
माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा मिति २०७८ साल कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।
यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाँडफाँड, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरू पारित भएको छ ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरूलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरूको नियुक्ति अनुमोदन गरिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लि. आफ्ना १६२ वटा शाखाहरू लगायत १५४ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा ३१६ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटिएमहरूमार्फत् ग्राहक महानुभावहरूलाई सेवा प्रदान गरिरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ मंसिर २०८२, सोमबार 








