सूचना प्रविधि क्षेत्रको विश्वको सबैभन्दा ठूलो प्रतियोगिता माइक्रोसफ्ट अफिस विशेषज्ञ विश्व च्याम्पियनसिप २०२१ नेपालको राष्ट्रिय विजेता घोषणा तथा अवार्ड वितरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।
माइक्रोसफ्टको नेपालको लागि राष्ट्रिय पार्टनर, दिप आइटी एण्ड एजुकेसनल कन्सल्टेन्सीको आयोजनामा भएको कार्यक्रममा, नेपाल सरकारका पूर्वगृह, स्वस्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको प्रमुख आतित्यथा तथा Microsoft USA, Microsoft New Zealand, Certiport USA, Sankalp world championship India देखि अन्तर्राष्ट्रिय अतिथि वक्ता र निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन नेपाल) का उपाध्यक्ष टुकाराम ढकाल र कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) का सचिव शेखर नाथ दुलाल राष्ट्रिय वक्ता का साथ भर्चुअल रुपमा माइक्रोसफ्ट टिममार्फत भएको कार्यक्रममा माइक्रोसफ्ट अफिस वर्ड, माइक्रोसफ्ट अफिस एक्सल र माइक्रोसफ्ट अफिस पावरपोइन्टको 2016 र 2019 को एसोसियट लेभलको ६ विधामा राष्ट्रिय विजेता घोषणा भएको हो ।
प्रतियोगिताको माइक्रोसफ्ट अफिस पावरपोइन्ट 2016 नेपाल च्याम्पियन-2021 को उपाधि विश्वआदर्श विद्यालयमा अध्ययनरत सुनसरीका गौरव चौधरी, माइक्रोसफ्ट अफिस पावरपोइन्टको 2019 नेपाल च्याम्पियन-2021 को उपाधि हेटौडाका आयाम अवल, माइक्रोसफ्ट अफिस वर्ड 2016 नेपाल च्याम्पियन-2021 को उपाधि स्काई राइडर माध्यमिक विद्यालयमा अध्ययनरत रत्ननगर चितवनकी दीपिका पण्डित, माइक्रोसफ्ट अफिस वर्ड 2019 नेपाल च्याम्पियन-2021 को उपाधि श्री सगरमाथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत ओखलढुङ्गाका दिपेश श्रेष्ठ, माइक्रोसफ्ट अफिस एक्सल 2016 नेपाल च्याम्पियन-2021 को उपाधि सिन्धुपाल्चोकका अविनाश गुरागाई र माइक्रोसफ्ट अफिस एक्सल 2019 नेपाल च्याम्पियन-2021 को उपाधि एग्रिकल्चर र फरेष्ट्री विश्व विद्यालयमा अध्ययनरत ताप्लेजुङका जेशिस ओझाले जितेका छन् । विजेताहरूले नोभेम्बरमा 130 भन्दा बढी राष्ट्रका राष्ट्रिय विजेताहरूबीच हुने अन्तर्राष्ट्रिय राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा माइक्रोसफ्ट अफिस पावरपोइन्ट 2016 मा करुणानिधि सेकेण्डरी स्कुलमा अध्ययनरत पोखराका रितेश कार्की, माइक्रोसफ्ट अफिस पावरपोइन्ट 2019 गरिमा आवासीय विद्यालय बाग्लुङमा अध्ययनरत जयन्ति आचार्य, माइक्रोसफ्ट अफिस वर्ड 2016 मा हिमालयन दर्सन कलेजमा अध्ययनरत विराटनगरका अनिशभक्त जोशी, माइक्रोसफ्ट अफिस वर्ड 2019 मा मकालु इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत इटहरीका आशुतोष बस्नेत, माइक्रोसफ्ट अफिस एक्सल 2016 मा जैन विश्वविद्यालयमा अध्ययनरत चितवनका असीम तार पाठक र माइक्रोसफ्ट अफिस एक्सल 2019 मा कालीगण्डकी एकेडेमीमा अध्ययनरत सफल आचार्य दोस्रो भएका छन् ।
देशभरबाट सहभागी विद्यार्थीहरूमध्येबाट राष्ट्रिय चरणको लागि ८३ जना विद्यार्थी छनोट भएका थिए । भदौ १३ र १४ मा भएको राष्ट्रिय चरणको परीक्षाबाट प्रत्येक विधामा १/१ जना गरी ६ जना राष्ट्रिय विजेता छनौट भएका हुन् । साथै प्रतियोगिताको २०२२ को लागि रजिष्ट्रेसन कार्तिक १ गतेबाट खुल्ला हुने र रजिष्ट्रेसन झापा, मोरङ र सुनसरीका लागि लोटस मल्टी ट्रेनिङ प्रा.लि. इटहरीबाट भर्न सकिने समेत जनाइएको छ ।
प्रतियोगिताका विजेताहरूले उपाधि मेडल, ट्रफीसँगै माइक्रोसफ्ट अफिस स्पेसलिस्ट एक्सपर्ट लेभलमा तयारी, मोक टेष्ट भौचर र सर्टिफिकेसनको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । त्यस्तै दोस्रो र तेस्रोले मेडल, ट्रफी र नेपाली रु २५,००० सम्मको अन्तर्राष्ट्रिय सर्टिफिकेसन कोर्समा छात्रवृत्ति प्राप्त गरेका छन् ।
माइक्रोसफ्ट पावर प्वाइन्ट २०१६ मा राष्ट्रिय विजेता गौरव चौधरी, माइक्रोसफ्ट वल्ड २०१६ र २०१९ मा फस्ट रनरअप अनिशभक्त जोशी र आशुतोष बस्नेत लोटस मल्टी ट्रेनिङका तर्फबाट प्रतियोगितामा सहभागी भएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।