माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूला २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ ।

यो अफर यही मिति २०७८ असोज ८ गते देखि १७ गते सम्मका लागि लागु रहने छ । जसअन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधिभर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ ।

क्यास ब्याकको अतिरिक्त ग्राहकहरूले दैनिक आकर्षक उपहारहरू पनि जित्न सक्नुहुनेछ । आकर्षक उपहारहरूमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरूबाट प्रि-गिफ्ट कुपनहरू र ट्राभल प्याकेजहरू, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरू रहेका छन् ।

यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन रु.५००० सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ ।

वर्ल्ड लिंक, कल्पमार्ट, ग्यापु र Jeeven sathi को तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । Kratos Technology को तर्फबाट विभिन्न ग्याजेटहरू र Daraj बाट खरिद गर्दा रु ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नुहुनेछ ।

माछापुच्छ्रे बैंक यही असोज १७ गते २१ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गर्दै छ ।