माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका ६, काठमाण्डौँ जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखीपुर नगरपालिका २ छजना चोकमा गरी जम्मा ७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ सेवा १७२ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द«हरूबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरूलगायत १७२ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३९ स्थानबाट १० लाखभन्दा बढी ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

साथै, बैंकको देशभर २०३ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।