

जोन विलियम वाटरहाउसको गसिप शीर्षकको चित्रकला
वैज्ञानिकहरूले कुरा काट्नुलाई राम्रो मानेका छन् । अंग्रेजीमा गसिप भनिने कुरा कटाईको बानीले मानिसलाई मानवीय बनाएको र यसले हाम्रो स्वास्थ्य राम्रो बनाउने मात्र नभई उमेर पनि बढाउने वैज्ञानिकहरूको दाबी छ ।
यो एउटा लत हो । यसले दिमागमा केही केही चुरोटको लतजस्तो बसाउने गर्छ । गसिप मन पराउनेहरूले यस्तै यस्तै कुरा खोज्दै हिँड्छन् र अरूका कुरा काटेपछि आनन्द मान्छन् । यसपछि उनीहरूले जुन लामो श्वास लिन्छन्, त्यसबाट प्राप्त सुख र सन्तुष्टिले उनीहरूलाई बढी प्रशन्न, स्वस्थ भएको महसुस गर्छन् ।
अरूका बारेमा कुरा काट्ने बानीले हामीलाई अन्य किसिमका जनावर र तिनका प्रजातिभन्दा फरक बनाउने गरेको छ ।
कुरा त्यस्ता मानिससँग काटिन्छ, जसलाई बढी विश्वास गरिन्छ । उनीहरूसँग लगाव छ भने मात्र हामीले कुरा काट्छौँ । कुरा कटाइपछि नै मानिसले को विश्वासयोग्य हो र को होइन भन्ने पत्ता लाग्छ । त्यसैले पनि यो मान्छे चिन्ने उपयुक्त काइदा पनि हो ।
अक्सफोर्ड विश्वविद्यालयका इभोल्युसनरी साइकोलजी विभागका प्राध्यापक रबिन डनबरका अनुसार कुरा काट्नु भनेको सञ्चारको यस्तो साधन हो, जसले हाम्रो आयु बढाउन सहयोग गर्छ । हामीलाई यसले आफू बाँच्नुको अर्थ पनि नजानिदो तरिकाले दिन्छ ।
प्राध्यापक डनबर भन्छन्, हामी आफू वरिपरिका मानिसहरूको खुसी र आफ्नो प्रगतिले बढी प्रभाव पार्छ । यसका लागि हामीले सामाजिक सम्बन्धलाई प्रबन्धन गर्नु मात्र पर्छ । यसो गर्दा हामीले बढीभन्दा बढी गसिप गर्ने अवसर पाउँछौँ ।
डनबरका अनुसार, सामाजिक सञ्जाल र सामाजिक सम्बन्धको पैयाँ (चक्का) घुमाउनका लागि हामीले वरिपरिको वातावरणका प्रति सहज हुन तथा कथा सुनाउनका लागि नै भाषाको विकास भएको हो ।
त्यसैले मानिस कथा सुनाउन सधैँ उत्सुक रहने गर्छ ।
तर कहिलेकाहीँ यस्ता कथा सुनाउँदा वा चुक्ली लगाउँदा वा कुरा काट्दा नराम्रो गरी फँसिन्छ भन्ने हेक्का पनि राख्नु पर्छ । त्यसैले कुरा काट्दा हामीले विश्वसनीय पात्रहरू छनोट गर्नुपर्छ ताकि आफू पनि कुरा काटेर स्वस्थ भइयोस् र अगाडिको साथी पनि स्वस्थ रहोस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

