लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५वि २ को गभर्नरमा चितवनका रामप्रसाद भट्ट निर्वाचित भएका छन् ।
हेटौंडामा आयोजित डिष्ट्रिक्ट कन्भेन्सनले भट्ट सहित फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा धनगढीका सिवी चन्द र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा भैरहवाका व्यवसायी नवराज न्यौपानेलाई निर्वााचित गरेको छ ।
लायन्स क्लव इन्टरनेशनको विधान अनसार गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरले ‘एस भोट’ लिनुपर्ने प्राव्धान छ ।
सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा नवराज न्यौपाने , नवलपरासीका श्याम वस्याल र वुटवलका उमङ्ख देवकोटाको उमेदवारी परेको थियो । बस्यालले उमेद्वार नबन्ने घोषणा गरेपनि न्यौपाने र देवकोटा चुनावी रस्साकस्सीमा होमिएका थिए । पछि देवकोटालाई आगामी बर्ष सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा अगाडि सार्ने सहमति भएपछि देवकोटाले उमेदवारी फिर्ता लिएर न्यौपानेका लागि सर्वसम्मत बन्न सघाएका थिए ।
न्यौपानेपछि आगामी बर्षका लागि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर बन्न देवकोटालाई बाटो खुलेको छ ।
दुई दशकदेखि सामाजिक सेवामा सक्रिय भट्टले डिष्ट्रिक्ट गभर्नरको रुपमा आगामी जुलाई एकदेखि आफ्नो कार्यकाल सम्हाल्नेछन् ।
लायन्स क्लवका गतिविधिलाई कमजोर आर्थिक अवस्थाका नागरिक सामु पयाउने उदेश्य राखेका भट्टले लायन्स भिलेज लगायतका महत्वकाँक्षी परियोजना अघि सारेका छन् ।
गभर्नर भट्टले आफ्नो कार्यकालका लागि क्याविनेट सेक्रेटरीमा प्रभाकर पण्डित, क्याविनेट ट्रेजररमा नारायणप्रसाद शर्मा , चिफ एडभाइजरमा उमङ्ख देवकोटा लगायत सातजना एरिया चिफको मनोनयन गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।