माछापुच्छ्रे बैंक लिमिटेडले भिसा कार्डमार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्टलेस कार्ड सेवा सुरु गरेको छ ।
आम ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा संचालनमा ल्याएको हो । कन्ट्याक्टलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पोइन्ट अफ सेल्स (पिओएस)मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त पिओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।
कन्ट्याकलेस कार्ड अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी रु. २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढीको काराबोर गर्दा कार्ड पिन नम्बर राख्नुपर्ने हुन्छ ।
बैंकले उक्त सेवा आफ्ना अधिकांश पिओएस मसिनलाई ट्याप एण्ड पे सुविधायुक्तमा स्तरोन्नति गरिसकेको छ । उक्त सुविधा लिनका लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्म मार्फत भुक्तानी सुविधा
