नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लि.ले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ ।
माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहक महानुभावहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ ।
आफ्नो कार्डमार्फत ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सक्नुहुनेछ ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।