आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ । आरम्भ चौतारी लघुवित्तमा कार्यरत कर्मचारीलाई सुविधा सम्पन्न बैङ्किङ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट Central Business Centre का प्रमुख लेखबहादुर पुनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यो सम्झौतापश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरूले उत्कृष्ट बैङ्किङ सेवा प्रयोग गर्नु पाउने भन्ने विश्वास प्रभु बैंकको रहेको छ ।

त्यसैगरी, ग्राहकको रोजाईको अग्रणी बैंकको रूपमा रहेको प्रभु बैंकले बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्ड प्राप्त गरेको छ । हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको –२०२५ अवार्डबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू रहेका छन् । २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत् करीब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका सेवा दिँदै आएको छ । साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।