शुक्रबार जेठ २३ का दिन त्रिविविस्थित भूगोल केन्द्रीय विभागले स्थानीय सरकारले डिजिटल प्रोफाइल बनाउन गरिने वेब म्यापिङका बारेमा गोष्ठी सम्पन्न गरेको छ ।
संयुक्त राष्ट्रसंघको दक्षिणी सुडानस्थित मिसनमा भौगोलिक सूचना प्रणाली विज्ञका रुपमा कार्यरत नारायण महर्जन र दिगो विकास अध्ययन केन्द्रका अध्यक्ष एवं कार्यकारी निर्देशक प्रकाश राईले अतिथि विज्ञहरूको रुपमा Web-Mapping for Local Government Digital Profile शीर्षकमा बिहानी शत्रको कायर्शाला गोष्ठीमा आफ्ना प्रस्तुतिहरू दिनु भयो।
कायर्क्रम विभागीय प्रमुख प्रा. डा. उमेशकुमार मण्डलको अध्यक्षतामा, विभागका प्राध्यापकहरू, विद्यावारिधि अध्ययनरत विद्वानहरू, भूगोलमा स्नात्कोत्तर तेस्रो शत्र र पहिलो शत्रका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
गोष्ठीको शुरुवात गर्दै प्रा. डा. मण्डलले यो कायर्क्रम विभागले आफ्ना प्राज्ञिक कृयाकलप अन्तर्गतको विज्ञहरूलाई आमन्त्रण गरी कायर्शाला गोष्ठी, सेमिनार र छलफल गर्ने नियमित कायर्क्रम भएको बताउनु भयो। साथै भौगोलिक सूचना प्रणाली (GIS) ले विश्लेषणात्मक उपकरणहरूसँग भौगोलिक तथ्याङ्क संयोजन गर्दै, जटिल भौगोलिक समस्याहरूको मोडेलिङ र समाधान गर्न मद्दत गर्नेबारे जानकारी दिनुभयो। तसर्थ यस्ता कार्यक्रमले GIS को अभिन्न विधा वेव म्यापिङ (Web-Mapping) ले जटिल भौगोलिक समस्याहरूको विश्लेषण, मोडेलिङ र समाधान गरी यसलाई स्थानीय सर्वसाधारणदेखि नीति निर्माण तह र विश्वका कुनाकुनासम्म पुर्याउन मद्दत हुने भएकाले यस गोष्ठीबाट भरपूर लाभान्वित हुन आव्हान गर्नु भयो।
गोष्ठीमा मुख्य विज्ञका रुपमा नारायण महर्जनले वेव म्यापिङका सैध्दान्तिक पक्षमा प्रकाश पार्दै कोडिङ (coding) र बिना कोडिङ स्थानीय सरकारलाई आवश्यक वेब म्यापिङ बनाउने विधि सिकाउनु भयो।
अर्को शत्रमा प्रकाश राईले स्थानीय सरकार सञ्चालन ऐन २०७४ले व्यवस्था गरेको दफा ११ र १२ मा स्थानीय पालिका र वडाका काम, कर्तव्य र अधिकार क्षेत्र भित्रका सम्पूर्ण विषयगत क्षेत्रहरूको स्व-अद्यावधिक हुने प्रणालीमा आफ्ना तथ्याङ्क व्यवस्थापन गर्न वेब म्यापिङले सघाउने प्रष्ट्याउनुभयो । आगामी कायर्क्रममा स्थानीय स्तरबाट तथ्याङ्क संकलन र वेब म्यापिङ गर्नेबारे पनि उहाँले बताउनु भयो।
कायर्क्रमको अन्त्यमा विभागका उपप्राध्यापक शेरबहादुर गुरुङले गोष्ठीमा सहभागी सम्पूर्णलाई धन्यवाद दिँदै भौगोलिक सूचना प्राणालीको क्षेत्रमा सदैव नवीनतम प्रविधिहरूसँग अद्यावधिक भैरहनु पर्ने बताउनु भयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 






