काठमाडौं । ‘‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८०’का लागि लामो सूची सार्वजनिक गरिएको छ । एक विज्ञप्ति जारी गर्दै कविडाँडा साहित्य समाजले दश आख्यान कृतिहरूको लामो सूची जारी गरेको हो ।

सूचीमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’, कृष्ण गौतमको उपन्यास ‘अद्वैत’, रमेश सायनको उपन्यास ‘अन्तर’, सानु शर्माको कथासङ्ग्रह ‘अर्को देशमा’, विश्व कुइँकेलको उपन्यास ‘गोपीचा’, जीवन जीवन्तको उपन्यास ‘चरैवेति’, भक्त स्याङ्त्यानको कथासङ्ग्रह ‘डम्फूको आत्मालाप’, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली’, गोविन्दप्रसाद कुसुमको उपन्यास ‘भृकुटी’ र रोशन थापा नीरवको उपन्यास ‘सन्त्रासका ६० दिन’ रहेका छन् ।

दोस्रो चरणमा यसै दश कृतिहरूमध्येबाट ‘उत्कृष्ट पाँच कृति’को छोटो सूची घोषणा गरिने विज्ञप्तिलेमा उल्लेख छ । उत्कृष्ट पाँचमध्येबाट एक कृतिलाई ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८०’ प्रदान गरिने छ ।