माछापुच्छ्रे बैंकको मिति २०८०/०८/०७, बिहीवार बसेको ४९१ औँ संचालक समितिको बैंठकले रोशन के.सी.लाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिनुभएको राजीनामा स्वीकृत गर्दै के.सी.लाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
के.सी. विगत ९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४/०१/१४ देखि २०७५/०९/२० अध्यक्षमा रहनु भएको थियो र हाल अध्यक्षमा नवनियुक्त हुनुअघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आउनु भएको थियो । साथै उहाँ एक सफल युवा व्यवसायीका रुपमा संस्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध रहँदैआउनु भएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला