
काठमाडौँ/ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (निम्ब)ले बैंक क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि युरोमनीः अवार्ड फर एक्सलेन्स २०२३ बाट सम्मानित भएको छ ।
युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । यस पटक सहित तेस्रो पटक यो अवार्ड पाउने बैंक बन्न पुगेको छ । यसअघि २०१८ र २०२१ मा समेत यो अवार्ड प्राप्त गरेको थियो ।
वर्षभरिको कार्यसम्पादन, रणानीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवा र शाखारहित बैंक सेवा उपलब्ध गराएकै कारण यस बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष बैंकले सम्मान पाउनु कारक रहेको बताइएको छ ।
निम्बको चुक्ता पुँजी ३४.१२ अर्ब रहेको छ । यो बैंक नेपालका वाणिज्य बैंकहरूमध्ये सबभन्दा बढी पुँजी हो । निम्बले २९६ शाखा, २८० एटिएम, ६२ एक्स्टेन्सन काउन्टर र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ । उत्कृष्ट सेवाका लागि सात वटा बैंक अफ द इयर अवार्ड प्राप्त गरेको यस बैंकलाई क्रेडिट रेटिङ इक्रा नेपालबाट ए श्रेणीको रेटिङ दिइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

