काठमाडौँ / नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ ।

यस अन्तरगत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्म मात्र उपलब्ध छ।

नवीकरण अफरले विषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र विद्यमान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागि कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ । यस अफरमार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्चगतिको इन्टरनेटको मजा लिँदा थप वचत गर्न सक्नेछन् ।

भायानेट देशमै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ वर्षदेखि इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सक्रिय ग्राहक सपोर्टको लागि प्रख्यात छ।

नवीकरण अफर र अन्य सेवाहरूबारे थप जान्नको लागि, कृपया www.vianet.com.np मा हेर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।