माछापुच्छ्रे बैंक र KFC आउटलेट बीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । KFC आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि.बाट सञ्चालित रहेको छ । जस अन्तर्गत KFC, Creambell र Pizza Hut आउटलेटहरू सञ्चालनमा छन् । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि.मा आबद्ध भएका केएफसी, क्रिमबेल र पिज्जाहटका आउटलेटहरूमार्फत खानाका परिकारहरू अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएस (POS Machine) मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १०% (बढीमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते,२०८० सम्म प्रदान गरेको छ ।
बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।
यसरी नै माछापुच्छ्र्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।