माछापुच्छ्र्रे बैंक लि. र सेल्सवेज क्यास एन्ड क्यारी प्रा.लि. बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सेल्सवेजका तर्फबाट अध्यक्ष सुशीलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापश्चात सेल्सवेज क्यास एन्ड क्यारीसँग आबद्ध सेल्सबेरीका आउटलेटहरूबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरूले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएसमार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन्।
यसैबीच बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरिरहेको छ । जसअन्तर्गत हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्ड प्रयोग गरी पिओएस वा क्युआरबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुटको सुविधा दिइएको छ ।
यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागु हुने बताइएको छ ।
माछापुच्छ्र्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरूलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउँदै आइरहेको छ ।
साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।
माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।