गत साता त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले एउटा कार्यशाला सम्पन्न गर्यो । नेपालजस्तो विविध सामाजिक सांस्कृतिक र भूगोल भएको मुलुकमा जनसाधारणले कसरी जलवायुको बदलिँदो परिस्थितिमा आफूलाई अनुकूलन गरिरहेका छन् भन्नेबारे कार्यशाला केन्द्रित थियो ।

यसअघि सो विषयमा गरिएका अनुसन्धानका निचोडहरू पनि प्रस्तुत गरिएको थियो । त्रिविले चीन, बाङ्लादेश तथा भारतका विभिन्न पाँच विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सहकार्य गर्दै अध्ययन अनुसन्धान गर्ने गरेको छ ।

यसका लागि अलायन्स अफ इन्टरनेसनल साइन्स अर्गनाइजेसन (एन्सो)ले आर्थिक सहयोग गरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा प्रमुख अतिथि त्रिविका भाइस चान्सलर प्रा.डा. शिवलाल भुसाल, त्रिविका रेक्टर भार्गव धिताल, डा. कुशम शाक्य, डा. बिनिल अर्याल, डा. महेश्वर ढकाल लगायत वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि लगायत अन्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. विनोद जोशी, डा. महेश्वर ढकाल लगायतले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नु भएको थियो ।