नेताजीको घरमा आफन्तहरूकाे जमघट थियो । त्यसैमा शुभचिन्तकहरु पनि आउँदै थिए । हरेक आउनेहरू “चुनाव हो यसलाई ठूलो मान्नु हुन्न ” भनेर सान्त्वना दिइरहेका थिए।
“चिन्ता गरेर के हुन्छ, परिणाम यस्तै भयो” पदमले सान्त्वना दिँदै नेताजीसँग गफ गर्दै थिए । यस्तै सान्त्वना, सहानुभूति दिन साथीहरू, आफन्त,घरमा आइरहेका थिए।
“के गर्नु यस्तै भयो” सबैमा एकै स्वर थियो।
“परिणाम नराम्रो नहुनु पर्थ्यो । तर राजनीतिमा विकृति बढ्यो । ठूलो चलखेल भयो । हर्केले समीक्षाका कुरा गरेर थपे। राजनीतिका लागि हामीसँग नेता छन्,नीति छ त्यस्तै कार्यक्रम पनि बनाएकै छौँ तर हामीमा गतिशील पद्धति भएन” हरिशले थपे ।
हरिश अगुवा कार्यकर्ता नै हुन् । त्यसैमा नेताजीले विश्वास गरेका विश्वास पात्र पनि हुन् । हरिश र नेताजी छयालीस सालको परिवर्तनसँगै विद्यार्थी राजनीतिमा सँगसँगै प्रवेश गरेका थिए । नेताजी भनेर गाउँभरि चिनिने रुद्रप्रसाद सामाजिक अगुवा पनि हुन् । विद्यालयको पढाइसँगै राजनीतिलाई आत्मसात गरेका थिए । छयालीस सालको जनआन्दोलनले धेरैलाई नेता स्थापित गर्यो भने नयाँ पुस्तालाई राजनीतिमा जान आकर्षक बढायो पनि । त्यही राजनीति बढ्दो आकर्षकसँगै, राजनीति परिवर्तनसँगै आर्थिक सामाजिक परिवर्तन गर्ने संकल्पसहित रुद्रप्रसाद लगायतका धेरै युवा विद्यार्थीहरु राजनीतिमा जोडिए।

कैलासकुमार पाण्डेय
विद्यार्थी राजनीति आफैँमा आनन्दको हुन्थ्यो । स्नातक स्नातकोत्तर पढ्दै गरेका साथीहरू माझ विद्यार्थी हकहितका कुरा उठाउनु, समसामयिक राजनीतिको यथार्थ विश्लेषण गर्नु, आर्थिक, सामाजिक रुपान्तरणका मुद्दामा छलफल गर्नुले झनै राजनीतिक संगठनको ओज गरिमा बढाउँथ्यो । त्यस अभियानमा समावेश हुनेलाई थप उत्प्रेरित गरिरहेको हुन्थ्यो । यस्तै राजनीति माहोलका बिचमा रुद्रप्रसादले दोहर्याई, तेहर्याई कक्षा भर्ना गर्दा राजनीतिशास्त्र,समाजशास्त्र ,शिक्षाशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण भइएछ । जतिसुकै राम्रो वक्ता होस्,कुशल संगठन कर्ता हो, साथीहरूको समर्थन प्राप्त होस् तर नेताले पदीय रूपमा माथि उठाउन चाहेनन् भने वा ठुला नेताहरूको नजिकको परिएन भने योग्यता क्षमताको केही काम हुँदो रहेनछ । काम गर्ने, पछि लागि रहनु पर्ने समर्थन गर्नका लागि ससाना पदीय जिम्मेवारी पाइने रहेछ तर नेतृत्वमा पुग्न आशीर्वाद नै चाहिने नै रहेछ । त्यही भयो रुद्रप्रसादको पनि ।
दशैँ बिदा अलि लामो नै हुन्छ क्याम्पसतिर । दशैँदेखि तिहार छठसम्म नै बिदा हुने भएकाले रुद्रप्रसाद लामो बिदामा घर आएका थिए । बिदामा घर आएको मौकामा गाउँका, भद्रभलादमी, आफन्त, इष्टमित्र सबैसँग भेट गरिहाल्ने स्वभाव थियो रुद्रप्रसादको । भेटकै क्रममा जयदेव काकासँग लामो गफ पनि भयो । भलाकुसारी सँगैका यावत कुरामा जयदेव काकाले सोधे, “रुद्रे तिमीले धेरै पढ्यौ भन्छन्,अब त जागिर खाऊ…” काकाले वाक्य पुरा नहुँदै रुद्रप्रसादले जवाफ दिएछन्, “काका जागिर त त्यस्तै हो पार्टीले टिकट दिए चुनाव लड्छु । राजनीतिक व्यवस्था र सामाजिक अवस्थामा आमूल परिवर्तन गर्ने गरी नेतृत्व लिन्छु।”
” कचौराभरि दही छ, हात परे सही छ भन्छन्, खै तेरो राजनीतिको मलाई विश्वास छैन” काकाले थपेछन्।
“किन विश्वास नगर्ने काका ? यो युग हाम्रो हो हामीले जिम्मेवारी नपाए कसले पाउने।”
“खै” भनेछन् काकाले । गाउँसँग प्रत्येक गतिविधिमा सामेल छन् रुद्रप्रसाद सहर बसे पनि गाउँको विकास बिना देशको विकास हुँदैन, गाउँ जाऔँ गाउँलाई हेरौँ भन्ने पार्टीको नीतिलाई पुरापुरा अवलम्बन गरेको छ । गाउँमा आदर्श प्राथमिक विद्यालयको स्थापना ,आदर्श बाख्रा पालन समूह गठन, आदर्श बचत तथा ऋण सहकारी संस्था निर्माण,आदर्श होमस्टे सञ्चानलजस्ता आदर्श गाउँ निर्माणको अभियान थालिएको थियो । खानेपानी कार्यालयबाट खानेपानी व्यवस्था, त्यस्तै सडक, सिचाइको समेत पहल गरिएको थियो । यस्ता समाजमा गरिएका रचनात्मक कार्यका लागि रुद्रप्रसादको प्रशंसा नै हुन्थ्यो ।
पार्टीको भातृ संस्थाको अधिवेशन भएछ । अधिवेशनमा रुद्रप्रसादले पनि नेतृत्वमा जाने इच्छा व्यक्त गरेछन् । त्यहाँ बनेका गुट कसैले पनि रुद्रप्रसादलाई समेट्न सकेन, सोझो प्रकृतिबाट प्रतिस्पर्धा गएको निर्वाचनमा परिणाम हार भयो । पार्टी विभिन्न तहका बौद्धिक, लेख्नु पर्ने कामका लागि रुद्रप्रसादको खोजी हुन्थ्यो । लाभको पद,पार्टीले दिनु मान-सम्मानमा अरुले अवसर पाउने गर्थे।
रुद्रप्रसादका मामा निकै मिजासिला र भद्र थिए । भान्जाको उन्नति प्रगतिमा सधैँ सहायक नै थिए । सानोतिनो सहयोग पनि गरिरहेका हुन्थे । मामा भेट्न गएका रुद्रलाई मामाले सम्झाउँदै भनेका थिए, “हामी गरिब मान्छेबाट राजनीति हुँदैन । आफ्नो मेलो गरिखाने हो । हाम्रो पनि आशाभरोसा छ तपाईंमाथि, राम्रो जागिर खानु पर्यो।”
मामाको सल्लाह राम्रो लागेन, एउटा निष्ठाको राजनीति गर्नेको यात्रा रोक्नु भएन भन्दै झर्किएर त्यहाँबाट फर्केका थिए । रुद्रप्रसादका ससुराली तर्फबाट पनि जागिरको सुझाव थियो । जहान त सुरुदेखि नोकरी खानेमा जोड गर्थिन् । सबै सम्भावना थाती राखेर जीवनको सुन्दर भविष्य र समाजप्रतिको जिम्मेवारी पूरा राजनीतिबाटै हुन्छ भन्ने निष्कर्ष थियो रुद्रको । जीतराज रुद्रका मिल्ने साथी र सधै सहयोग गरिरहेका दोस्त थिए।
“राजनीति बलियाबाङ्गाको हुन्छ, या त ठुलाको आशीर्वाद चाहिन्छ या स्रोत साधन तपाईं हामीले सोझो बाटो हिँड्नु बाहेक कुनै उपाय नै छैन ।” सुने नसुनेजस्तो गरे रुद्रप्रसादले ।
पार्टीमा निर्णायक भूमिका कहीँ नपाइने तर हरेक नेताले काम लगाइराख्ने । चुनावमा तपाईंले सहयोग नगरे कहाँ हुन्छ ।लाग्नै पर्छ भनी जिम्मेवारी तोकिने पनि जीतपछि मतलब निकलगया तो पैचान्ते नहि । भूमिका जिम्मेवारी नभए पनि वर्षौँदेखि पार्टीमा लागेको कार्यकर्ता भएकाले नेताजी भन्ने पहिचान नै बनिसकेको थियो रुद्रप्रसादको । पार्टीको अवस्था अलि कमजोर थियो । पार्टी फुटेको कारणले संगठन तहसनहस थियो । त्यति बेला रुद्रप्रसादले टिकट पाए । पार्टीले टिकट थमायो तर चुनाव व्यवस्थापनको कठिनाँइ बेग्लै छ । रुद्रप्रसादको सबै पैत्रिक सम्पत्ति बेचे पनि धान्न नसकिने खर्चको चाप थियो ।आधारभुत व्यवस्थापन मै समस्या आयो । स्रोत साधननै कम भएर आन्तरिक चुनाव हारेका दृष्टान्त धेरै छन् । स्रोत साधनको नै कमी भएकाले चुनाव परिणाम हात पार्न सकिएन । राजनीतिमा विकृति भित्रिएको छ, मोटाघाटा, सुकिला मुकिलाहरुको बोलवला छ । निष्ठाको राजनीति गर्छु भन्ने सधैँ पाखा लाग्नु पर्ने अवस्था छ ।
यस पटकको चुनावमा पुराना पुराना साथीहरूले सहयोग गरे । नेताप्रतिको दृष्टिकोणले गलत भएको छ । सबै भ्रष्टाचार संलग्न छन् भन्ने दुष्प्रचार छ तर त्यस्तो त होइन । त्यही बितृष्णाले युवा लहर चलेको छ । यो चुनावमा पनि एउटा जबर्जस्त नारा उठ्यो । युवा भन्ने नियति यस्तै रहेछ । चुनाव हारियो । परिणाम घोषणापछि सान्त्वना दिन आउनेको एकै सहानुभूति हुन्थ्यो, चुनाव हो हार जित हुन्छ नै।
“चुनाव हो धेरै गाह्रो मान्नु भएन, घोडा चढ्ने लड्छन् । ” जनकले फोनबाट भनेका थिए । सामाजिकसञ्जाल मार्फत पनि एकै सहानुभूति थियो चुनाव हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
