सुदूरपश्चिमको ब्यस्त बजार महेन्द्रनगरको साँगुरो एक गल्ली,जहाँ ससाना एउटैमा जोडिएका स्कुलजस्ता घरहरु छन् । त्यहाँ कोठाभाडामा बस्नेहरु धेरै छन् ।जस गल्लीलाई डेरा गल्ली पनि भनिन्छ । डेरा गल्लीमा भर्खरै बसाइ सरेर आएका छन् मधुरा र उनकी १२ वर्षीय छोरी कोपिला । डेरा गल्लीको एक घरमा, मधुराले एक कोठा भाडामा लिएकी छिन् । साँगुरो कोठा जहाँ खाना पकाउने ग्याँस छेउमै पुराना लुगाहरु छन् । मधुरा मिर्मिरे उज्यालोमै काम गर्न कोठाबाट बाहिर निस्किन् । शनिबारको दिन थियो । त्यसैले उनकी छोरी कोपिला सुतेकै थिइन् , छोरी कोपिलालाई कोठामै सुतेकै छोडेर मधुरा काममा लागिन् ।

साँझ कामबाट घर आउँदै गर्दा महेन्द्रनगर बजारको चिया अड्डा जहाँ साझ र बिहानको समयमा चिया पिउँदै पत्रिका पढ्नेहरुको थुप्रै हुन्छन् । चिया पसलमा दही पनि पाइने हुँदा मधुराले दहीँ किनिन् । दही किनेर फर्किँदै गर्दा उनले त्यहाँ जुलेबी पनि किनिन् । साहुले जुलेबी एउटा पत्रिकाले बेरेर दियो । उनको ध्यान जुलेबी बेरेको पत्रिकामा पर्न गयो । त्यहाँ बाट निस्किनसाथ, हतारहतार त्यो पत्रिका हेरिन् । पत्रिकामा लेखिएको थियो ,किशोरी बलात्कृत । त्यो पढ्नासाथ उनी आत्तिँदै डेरा गल्लीको आफनो कोठामा पुगिन् र हतारहतार आफ्नी छोरीलाई अङ्गालिन् । बलात्कार शब्दले उनलाई डराएको मात्र छैन ,आङ नै सिरिङ्ग हुने गरी तर्साएको छ । त्यो दिन बलात्कार शब्दले उनलाई आफनो छोरीमाथि केही महिना पहिले मात्रै भएको घटना याद गरायो । त्यो साँझ उनी त्यो अपराधलाई सम्झिन थालिन् ।

मधुराको बिहे भएको केही वर्षमै उनको श्रीमानको मृत्यु भयो । श्रीमानको मृत्यु भएपछि एक छोरी लिएर उनी माइतीमै बस्दै आइरहेकी थिइन् । बिधुवा आईमाई टुहुरी छोरी लिएर माइतीमा अंश खोज्न बसेकी ? भन्दै गाउँमा सबैले कुरा काट्न थालेका थिए । भर्खकी तरुनी एकलछोरी घरमा एक छोरी सहित बस्दा उनकाआमाबुबाको मन निकै डराएको थियो । समाजको कुदृष्टि नपरोस् भनेर केटा पाए फेरि घरजम गराइदिन पाए हुने सोच आमाबुबाको थियो ।

केही समयपछि माइतीकै सल्लाहमा छिमेकीगाउँको राम नामको एक व्यक्तिसँग उनको बिहे भयो । बिहेपछि मधुराले छोरीसँग लिएर रामसँग बस्दै आइरहेकी थिइन् । राम दैनिक ज्याला काम गर्न जाने गर्थे । मधुरा घरको काम गर्ने गर्थिन् ।
श्रीमानको मृत्युपछि एकलमहिला भएर दुखले भरिएको उनको जीवनमा दोस्रो विवाहले एका एक नयाँ खुसी थपिदिएको थियो । छोरीको लागि बुबा र आफ्नो लागि जीवनसाथी पाएकोमा मधुराका पुराना घाउँहरु बिस्तारै भरिँदै रहेका थिए ।

कोपिला कक्षा ५ मा पढ्दै आइरहेकी थिइन् । उनी मात्र १२ वर्षकी थिइन् । कोपिलालाई स्कुलसम्म छोड्न राम आफै जाने गर्थे । राम कोपिलालाई भन्ने गर्थ्यो ,मलाई आफ्नै बुबा भन्नु ,रगतको नाताले तिमी मेरो छोरी नभए पनि तिम्री आमा मेरी श्रीमती हुन् । जस नाताले अब म तिम्रो बुबा हुँ भन्दै रामले कोपिलालाई आफ्नोपनको विश्वास दियो । कोपिला पनि त्यसपछि रामलाई बुबा भनी सम्बोधन गर्दै आइरहेकी थिइन् । कोपिलालाई पनि राम दोस्रो बुबा हुन् भन्ने कुरा महसुस भएको थिएन ।

तर बिहेको केही समयपछि रामले मधुरालाई शारीरिक यातना दिन थाल्यो । मधुराले घरमा भैँसी पालेकी थिइन् ,जसले गर्दा उनको घर खर्च चलिरहेको थियो । राम साँझ रक्सी सेवन गरेर घर आउने गर्थे र मधुरालाई अनेक बहाना गरेर पिट्ने गर्थ्यो । श्रीमान्ले शारीरिक यातना दिए पनि गाउँ समाजको अगाडि लाज हुने डरले श्रीमानले गरिरहेको अपराधबारे कसैलाई भनिनन् । भने पनि मधुराको राम र एक छोरी बाहेक अरु कोही साहरा थिएन ।

एक पटक एकल महिला भई माइतीमा एकल जीवन बिताउँदा माइतीले बोझ सम्झी जड्याहा केटासँग विवाह गराइदिएकाले माइतीको उनलाई कुनै आशा थिएन । श्रीमानजस्तो भए पनि उनी सहेर बसिन् । तर केहीपछि उनको सहनशिलताको नराम्रो नतिजालाई भने उनले सहन सकिनन् ।

एक दिन मधुरा सधैँझैँ बिहान घरदेखि केही पर बजारमा उनी दुध पुर्याउन गइरहेकी थिइन्, बाटोमा एक जनाले आज त बजार बन्द छ ,भनेपछि मधुरा घर फर्किइन् । घरको पछाडिको बाट आउँदै गर्दा उनले घरको झ्यालबाट केही आवाज आइरहेको सुनिन् ,जुन उनकी छोरी कोपिलाको थियो । उनकी छोरी कोपिला रोइरहेकी थिइन् । मधुराले चुपचाप बिस्तारै दैलो खोलिन्। दैलो खोले पछीको त्यो दृष्र्यले मधुरालाई दिउँसै रात परेझै भयो ।

राम हतारिँदै बाहिर आयो । मधुराले रुँदै आफ्नो नङ्न अवस्थामा रहेकी छोरीलाई अङ्गालिन् । छोरीमाथिको अन्याले उनको मनमा बिद्रोहको ज्वालाले जन्मलियो उनले आफूमाथि अन्यायलाई सहँदै आए पनि छोरीमाथिको त्यो पीडा उनलाई सह्य भएन ।

उनी तुरुन्त छोरी सहित प्रहरी कार्यालय पुगिन् प्रहरी सामु मधुराले आफ्नो छोरीमाथि भएको अपराध भनिन् । प्रहरीको सोधपुछमा कोपिलाले भनेकी थिइन् ,बिहान दुध पुर्याउन गएको समयमा एक वर्षदेखि बुबा भनिएका रामले आफूलाई जर्बजस्ती गर्दै आइरहेको बताइन् । आफूमाथि भइरहेको शोषण आमालाई या अरु कसैलाई भने आमा छोरी दुबैलाई विष खुवाई मारिदिने धम्की दिएको रहेछ । कोपिलाको बयानअनुसार रामलाई प्रहरीले समात्यो र कानुनीप्रक्रिया अगाडि बढाएको थियो ।

आज आकाशमा टहटह जून लागेको छ । जुनेली रातमा मधुरा छोरीलाई लिएर कोठादेखि बाहिर माथि छत्तमा आएर बसिरहेकी छिन् । छोरी कोपिलालाई जुनेली रातमा मधुरा सुताउने प्रयास गर्दै छिन् । र सोच्दै छिन् ,समाजको तुच्छ नजरबाट मेरी छोरीलाई बचाउन के म सफल भइरहेकी छु । कोपिलालाई सुताउँदै गर्दा उनले भनिन्, छोरी तिमी कोपिला हौ । तर तिमीले फर्किन नपाई तिमीलाई चिथोरियो । के म सफल भएँ ? तिमीलाई बचाउन ?

सोच्दा सोच्दै उज्यालो छर्लङ्ग भएछ । मधुरा डेरा गल्लिको त्यही कोठामाथि छत्तमा थिइन् छोरीसँगै । उनीकी छोरीमाथि भएको अपराधले गर्दा उनलाई तर्साएको थियो । त्यसैले अब उनी स्कुल बिदाको दिन छोरीलाई आफूसँगै काम गर्ने ठाउँमा लिएर जाने र आफूसँगै घर लिएर आउने योजना बनाइन् । र त्यसै गरिन् ।

मधुरा एक पात्र मात्र हुन्, जसले आफ्नी छोरीलाई कुदृष्टिबाट बचाउन आफ्नो आँखाबाट टाढा जान दिएकी छैनन् । के मधुरामा जस्तै सबै आमा आफ्नो छोरीमाथि भैरहेको यौन शोषणलाई रोक्न संर्घष र युद्ध गरिरहेका छन् ?