
वरिपरि पहाड पर्वतले परिवेष्ठित विस्तृत दरामदिनको थाल जस्तो टारको उत्तरपट्टि एउटा विशाल गगनचुम्बी पर्वत अवस्थित थियो । पर्वतको वरिपरि फन्को मारेर एउटा साने सुन्दर गाउँ बसेको थियो ।
त्यहाँको वासिन्दा अत्यन्त भाग्यशाली थिए । प्रशस्त खान लाउन पुग्ने हुनाले दरामदिन निवासी मानिसहरु ईश्वरको भक्तिभावमा डुबिरहन्थे ।
बाघसिंह मण्डल त्यहाँका एकजना महान सन्त मानिन्थे । जपतप, साधना र दैवीगुणका कारण उनी सम्मानित व्यक्तित्वमा गनिन्थे । साधनाद्वारा सिद्धी प्राप्त गरेकाले उनलाई ईश्वरीय वरदान प्राप्त थियो । उनको तपस्याबाट खुसी भएर उनका इष्टदेवले दर्शन दिएका थिए । साथै वरदान पनि माग्ने आदेश दिएकाले उनले आºना इष्टदेवसँग आºना गाउँलेरूलाई धेरै कठोर परिश्रम नगरीकन अन्नपात , फलफुल आदि खाद्य पदार्थ प्राप्त भइरहोस् भन्ने वरदान मागेका थिए ।
साँच्चै लिस्याइलो र चिम्ट्याहा गुण भएको दरामदिनको उर्वर माटोमा बाह्रैमास लहलह फसल लाग्दथ्यो । त्यस ङस्थलको माटोद्वारा घरको भित्ता लिम्सिनु, माटाका भाँडावर्तन बनाउनु, सागसब्जी, अन्नादि उमार्नु उपयुक्त भएकाले धेरै महत्वपूणर् मानिन्थ्यो ।
बाघसिंह मण्डल आºना गाउँले र सन्तानलाई यस सांसारिक मायामोहबाट मुक्त गराएर सशरीर स्वर्ग गमन गराउन चाहन्थे । त्यसैकारण उनले जन्मथलोका गाउँलेहरूलाई बोलाउर एउटा योजना सुनाए । सबैको कल्याणहेतु गाउँलेहरूले उनको योजनाको मान रख्दै आºनो समर्थन जनाए । योजनाअनुसार गाउँलेहरूले मिलेर-जुटेर एउटा स्वर्ग चढ्ने सिँढी निर्माण गर्ने निधो गरे । त्यसका लागि गाउँलेहरूले माटाको हाडी आकारको सिँढी तयार गर्न रातदिन एक गरे । स्वर्ग जाने लोभ अर्थात् अलौकिक लोकको दर्शन गर्ने मनोकामना राखेका गाउँलेहरू यस कामलाई जसरी भए पनि पूणर् गर्न चाहन्थे । केही दिनमै प्रशस्त माटो थुपारियो । ठुलाठुला हाडी निर्माण गरियो । माटाको हाडीको उरुङ थुप्रो लागेपछि सिँढी बनाउने काम युद्धस्तरमा थालियो । सिँढी निर्माण कार्यको तीब्रता बढेपछि गाउँका दुईजना साहसी कारिगरहरू त्यसमा चढ्दै चढ्दै माथि पुगे ।
तलबाट सिँढीका सामग्री दिने सकर्मी , डकर्मीे र कुम्हालेहरूलाई गगनचुम्बी सिँढीको टुप्पोसम्म पुर्याउन हम्मे पर्न थालेपछि माथि पुगेका कारिगरहरूलाई लाग्यो –
“अब त आकाश स्पर्श गर्न सम्भव हुन्छ होला । साँझ पर्न अघि यस कामलाई समाप्त गर्न आवश्यक छ । आकाश एकदम नजिक छ ” – बादलको भित्र तिनीहरू पस्न थाले । माथिबाट तलकाहरूलाई देख्न छाडियो । त्यसपछि आकाशकै नजिक पुगियो भन्ने भ्रममा परेका कारिगरहरूले माथिबाट दुवै हत्केलाले मुखको आवाज तल पुर्याउने उद्देश्यले घेरा लाएर कराउने विचार गरेर आपस्तमा कुरा गरे-“अब दुईवटा दह्रा-दह्रा र लामा लामा लट्ठी पाउन सके आकाश पुग्न केही मुस्किल हुने छैन । आकाशमा ती ठुलाठुला लट्ठी अड्क्याउन सकियो भने स्वर्ग पुग्न सकिनेछ । ” ती दुईजनाले माथिबाट तल घेरा लागेर बसेकाहरूलाई कराए-“कोङबिङयानताङ् !” (दुईवटा लामा लामा लट्ठी पठाओ) ।
तर तलकाहरू धेरै नै तल र माथि चढ्नेहरू धेरै नै माथि भएकाले स्पष्ट आवाज पुग्न सकेन । तलकाहरुले “कोङबिङयानताङ् !” नबुझेर “चेक्ता” अर्थात् यसलाई लडाइदेऊ भनेको बुझुे ।
सबै छक्क परे । के ? यति ठुलो गगनचुम्बी सिँढी भत्काउनु ? असम्भव! खास निश्चित कुरो बुझ्ने प्रयत्न गर्दै फेरि तलबाट आकाशतर्फ मुख फर्काएर फेरि सोधे- के भनेको ? भत्काउनु ? किन ? “चेक्ता” (भत्काउनु) ?
माथिबाट पूरा शक्ति र बल दिए पुनः चिच्याएर-“कोङबिङयानताङ्” अर्थात् दुईवटा दह्रा दह्रा लट्ठी पठाओ भने ।
तर तलकाहरुले केवल एउटै शब्द मात्र सुने – “चेक्ता” अर्थात् भत्काओ । तलकाहरुले निश्चित भएर सबभन्दा तल राखिएको विशाल हाडी फुटाउने आदेश आयो भन्ने कुरा सबैलाई सूचित गरे । लौ फुटाऔँ । माथिबाट यसलाई फुटाउने आदेश आयो । तलकाहरुले ठुलाठुला लाठाले सिँढी भत्काउने काम गर्न थाले । त्यसपछि त्यति विशाल, गगनचुम्बी निर्माणधीन स्वर्ग जाने सिँढी गल्र्याम्म ढल्यो । गाउँलेहरुका अगाडि धराशायी बनेर केवल माटोको खपटा-खपटीको भयङ्क थुप्रो लाग्यो ।
आफ्ना गाउँले र सन्तानलाई अमरता दिने सपना र योजना पनि सिँढीसँगै धराशायी बन्यो ।
आज पनि लेप्चा समुदायमा यस कथाको प्राचीनता, ऐतिहासिकता र लोकविश्वास उतिकै ताजा रर आलो भएर प्रसिद्ध रहेको पाइन्छ ।
दरामदिनको फैलावदार विस्तृत टारको एउटा छेउमा माटाका हाडीका खपटा र थुप्रो भग्नावशेष अद्यावधि पाइन्छ ।
सङ्कलकः पुष्प शर्मा, कृतिः गोलसिमल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 








