साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : पत्र

शिक्षिका बडो नरमाइलो मानेर आफ्नो कक्षातिर जान हतारिन् । जानुभन्दा अगाडि प्र.अ.को कार्यकक्ष देखाउँदै उनले हतासमा भनिन्, ‘आमा, उता हेड सरको कोठातिर जानू न ।’

Chovar Blues Mobile Size

कक्षा सातको कोठाको मूलद्वारमा पुग्नेबित्तिकै कक्षा आठकी एक छात्रा रुन्चे अनुहार लगाएर मनपर्ने शिक्षिकाको सामू हत्पताउँदै आइपुगिन् र रुँदैरुँदै फिराद गर्न थालिन्, ‘म्याम ! अहिले भर्खर मेरो पैसा हरायो !’ एक लयमा बगिरहेको संगीतकारको सुरमा अचानकको ठूलो बज्रले खलल पुगेझैँ भयो ती शिक्षिकाको यात्रामा पनि । उनी उनको रुवाई र अचानकको बाक्लिदो संवेगले आत्तिन पुगिन् र सोधिन्, ‘हो र नानी ! कस्ले चोर्यो त तिम्रो पैसा, कति रु.. ?

‘म्याम पाँच सय’, प्रश्नले पूर्ण आकार नलिँदै ती छात्रा रुँदै र हत्पताउँदै कुराहरु पोख्न थालिन् । रुँदैरुँदै बोलिन्, ‘म्याम, आज मेरो जन्मदिन हो, बुबाले स्कुलबाट फर्किदा ‘आज केक लिएर आउनू’ भन्नु भा’थ्यो र विहानै दिनुभा’थ्यो त्यो पैसा ! म्याम पैसा खोजिदिनु न, म्याम प्लिज ! प्लिज म्याम ! म त मर्न लागेँ !’

बडो सकस भयो एकछिन् ती शिक्षिकालाई । उनी तेजले ती छात्रासँगै कक्षा आठमा पुगिन् । कक्षामा कुनै गुरु/गुरुमा प्रवेश गरिसक्नु भएको नभएर उनले सहज तरिकाले अनुरोध गरिन्, ‘आज सुरुचीको पाँच सय कस्ले भेट्टायो ? भेट्नेलाई पुरुस्कार छ । ल भन त छिटो ।’

कक्षा सुनसान भयो मानौँ वियोगको धून बज्यो कक्षामा । त्यो क्षण कोही पनि निस्किएनन् पैसा भेट्टाउनेवाला विद्यार्थी । ती शिक्षिकाले फेरि उही वाक्य दोहोर्याइन् र भनिन् । अहँ, ज्यान जाला, कोही चलमलाएन । बतास रोकिएको क्षण रुखका पात अचल भएझैँ देखिए सबै । नि:शब्द । सुनसान ।

विमल सिटौला
sagarmani mobile size

तर, अधिकांशको शिर झुकेको देखियो । आँखा-आँखाको मित्रता टुटेको देखियो । उनीहरुको हाउभाउ नै अनौठो देखियो गुरुमाको प्रस्तावले ।

सदाझैँ रमेश सर आइपुगे कक्षामा । दुई बीचमा मूलद्वारमा खासखुस खासखुस भयो । त्यसपश्चात् गुरुमा आफ्नो कक्षातिर लागिन् । रमेश सरलाई कक्षा दौडाउन हतार भयो । उनी सरासर पाठतिर लागे ।

उता अनु मिसलाई एकदम दहकस हुँदै गयो । परिणाममा, त्यस घटनाले उनले पढाउन सकिनन् । उनलाई ती छात्रको करुणामय रुन्चे अनुहारले पछ्याइरह्यो । यसप्रकार, कक्षामा गृहकार्य दिएर उनी निस्किन् बाहिर र ती छात्रालाई लिएर एकान्तमा(अफिसको एक कुनमा) लागिन् ।

‘ल भन त नानू, तिमीले पैसा कहाँ राखेको थियौ ? कसरी हरायो ?’

‘म्याम, कल्पनाले अंगालो हालेकी थिई मलाई रमेश सरको कक्षा भ्याएर ट्वाइलेट जाँदा । पैसा यहीँ गोजीमा राखेको थिएँ मैले । पछि थाहा भयो, अस्ति पनि रोमीको पैसा उसैले चोरेकी रैछ । आज उर्मीला र सरितालाई म खाजा खुवाउँछु भन्दै छे । उसलाई कस्ले दियो र पैसा ? उसकी आमा पनि छैन । बुबाले कहिल्यै दिदैनन् त्यसरी ।’ ती छात्राले झन्झन् भक्कानिएर अविरल अश्रुधारा बगाउन थालिन् । झन् एकान्तमा आफ्नी शिक्षिकासँग खुलेर बोल्दा उनीभित्रको कुनै पनि गुम्फनको झिनो अंश बाँकी नरहेझैँ गरेर बिस्फोट भयो ।

‘नरोऊ नरोऊ, तिम्रो पैसा जसरी पनि भेटिन्छ ।’ थुम्थुम्याउने प्रयास उनको जारी भयो । एक्छिन यस्तै भलाकुसारी भयो । अरु सहकर्मीलाई सुनाउन खोज्दा सबै कक्षाकोठामा गइसकेका थिए । ती गुरुमालाई ‘अब के गर्ने के नगर्ने’ भन्ने कुनै निर्णय हठात् मनमा उब्जिएन । त्यसपछि, दुबैजना टिफिनमा भेट्ने भन्दै आ-आफ्नो कक्षाकोठातिर लागे ।

टिफिन भयो । ती गुरुमाले नजिककी सहकर्मीलाई सुनाइन् यो कुरा । ती दुबै पुगेँ कक्षा आठमा । दुबैले क्रमैसँग भने, ‘ल नानीबाबु हो, कल्पनाको आज जन्मदिन हो । आजै अचानक उसको पैसा हराएको छ । तिमीहरुको जन्मदिनमा यसरी पैसा हरायो भने सम्झ त, कस्तो हुन्छ । जस्ले भेटेको छ, तुरुन्त उसलाई खुसुक्क देऊ त हामी गएपछि । बरु हामीलाई पनि थाहा नहोस् कसले भेटेको हो भनेर ।’

शिक्षिकाले यति भनी नसक्दै अर्की शिक्षिका बोल्न हतारिन्, ‘ल भन, तिमेर्को गोजी खोताल्न थालौँ कि खुरुक्क पैसा निकाल्छौ हँ ? जस्ले भेटेको छौ तुरुन्त सुरुचीलाई दिने । दिएनौ भने यो कुरो भोलि स्कुलभरि फैँलिन्छ र सबैले थाहा पाउँछन् नि ।’

अनु म्याम बोल्नु भो फेरि, ‘मलाई थाहा छ कस्ले पैसा भेटेको छ भनेर । तर, तिमीहरु कतिका इमान्दार छौ भनेर म हेर्दै मात्र छु ।’ यति भनेर उनले कल्पनाको अनुहारतिर आँखा दौडाइन् । कल्पनाले अनुहार कालोमैँलो बनाउँदै भुइँतिर दौडाई । धर्तीमा पाकेर लडेको फलसरि देखियो उसको दृष्टि पनि । उनीहरु बाहिर ननिस्किन्जेल उसका आँखा धरातिरै पछारिए, कहिल्यै नउठ्नेगरी ।

त्यो दिनपश्चात, कल्पना लगातार दुई दिन पाठशाला आइन् । तीन दिनको दिन उनकी बुढी आमा विद्यालयको परिसरमा विहानै झुल्किन् र तिनै शिक्षिकासँग भनिन्, ‘छोरी त अर्को स्कुल पढ्ने भन्छे । पत्र दिनुपर्यो रे, को नि, के पत्र भन्छन् रे नि ।’

शिक्षिका बडो नरमाइलो मानेर आफ्नो कक्षातिर जान हतारिन् । जानुभन्दा अगाडि प्र.अ.को कार्यकक्ष देखाउँदै उनले हतासमा भनिन्, ‘आमा, उता हेड सरको कोठातिर जानू न ।’ शिक्षिकाको मनमा हप्तौँसम्म गुन्जिरह्यो ती आमाको मुखबाट निस्किएका एक एक वाक्यहरु ।

‘छोरी त अर्को स्कुल पढ्ने भन्छे । पत्र दिनुपर्यो रे, को नि, के पत्र भन्छन् रे नि ।’

प्रतिक्रिया
Loading...