
टुन्टुनुटुन…टुन्टुनुटुन…।
ह्या ! अननोन नम्बरबाट पो आएछ !
हलो..! (उताको मान्छे मौन)
हलो..! (अझै पनि मौन)
हलो..!!
हजुर.. कता हुनुन्छ ? (अननोन नम्बरबाट एक नोन आवाज आउँछ ।)
(कुदिरहेको बाइक झ्याप्प रोक्दै) म ? म… इटाभट्टा !
इटाभट्टा ! किन जानुभाको नि ?
काम हुन्छ नि यार… ।
अनि ५०० शब्द जतिको मेसेज गरेर ब्लक गर्नु त ? ये तो नाइन्साफी हें सर !
हाहा उपाय नै केही थिएन । गाली खाइएला कि भनेर डर थियो । सो… ब्लक्ड !
हरे … ! मेरो नम्बर अनब्लक गर्नु त, यो बैनीको नम्बर हो थोरै कुरा गरौँ ।
होस् अब बाँकी के छ र कुरा गर्नलाई ?
तिमी मात्र मिस गर्दैनौँ नि सर । टुटेको सम्बन्ध मेरो पनि थियो ।
…

गगन ढकाल
टुट..टुट..टुट..
माफ गर्नुहोला महोदय, उताबाट फोन काटियो । तपाईंलाई अचम्म लाग्ला यो सिमवालाले कहिलेबाट फोन काटिएको जानकारी दिन थाल्यो भनेर तर तपाईंले अचम्म मान्नु पर्ने कुनै दरोकार छैन । कारण तपाईं सपनालोकमा हुनुन्छ । तपाईंलाई स्वागत छ, सपनालोकको सुन्दर संसारमा । हैन यो कस्तो सपना हो ? म जसको आवाज सम्झिन पनि चाहन्नँ त्यसैको कल आउने ? ह्या थु ! यस्तो जाबो सपना, बरु कोल्टे फेरेर सुत्छु । थोरै पानी खाएर ।
…
टुन्टुनुटुन…टुन्टुनुटुन..!
पुनः त्यही नम्बरबाट कल आएछ ।
‘दिक्क मान्दै उठाएर भने फेरि किन कल गर्या यार ?’
‘हन तपाईंलाई कहिलै एकैपल्टमा भनेको लाग्दैन है ? मेरो नम्बर अनब्लक गर्नु न अर्जेन्ट छ के ।’
‘… आँप कि जो मर्जी !’
नम्बर अनब्लक्क गर्ने बित्तिकै फोनको घण्टी बज्यो ।
टुन्टुनुटुन…टुन्टुनुटुन…!!!
अँ भन !
‘खबर के छ नि तपाईँको ?’
‘बाचेकै छु ।’
‘लौ किन बाच्नु त अनि ?’
‘कतै माया पाइएला कि भनेर ।’
‘हाहा… अलि फिल्मी भएन सर ?’
‘हाहा… इत्ना तो चल्ती हे ना !’
‘धेरैपछि आज तपाईंको आवाज सुने बोलिरहुँ जस्तो लाग्यो यार !’
‘हाहा हो र ? वाइयत !’
‘वाइयत रे ? ब्रेकपपछि कति रोएको छु । थाहा छ ?’
‘हाहा… थाहा हुनलाई सुनाउनु पर्छ नि मिस ।’
‘वाइयत !’
‘ल यार बाइ । आएम बिजि, ओके !’
हाहा… बाइकबाट उत्रेर पछाडि हेर्नू त !
(मैले फर्केर हेरेँ । त्यही खुसी उडेको उजाड मुहार रहेछ । देख्ने साथ वैराग जागी हाल्यो । थाहै नपाई अङ्गालोमा कसिहालेँ । लाग्यो आज धेरै दिनपछि प्राण अयो ।)
अङ्कमाल गर्दा ऊ डाको छाडेर रुन लागी । म हत्यारा हुँ मैले हाम्रो सम्बन्ध मारेँ । हाम्रो मायाको संसार उजाड पारेँ । कहिलेकाहीँ सोच्छु फेरि पुरानै संसारमा फर्किजाउँ भनेर तर तपाईंलाई मैले दिएको धोका कुनै सानो थिएन त्यही सम्झी आफैंलाई अपराधी घोषणा गर्छु…। मैले पलपल तड्पिन परोस् मायाको नाममा । मैले गरेको पापको दलदलमा ।
उसले यस्तै उस्तै के के कुराहरु बर्बराई रही । एकोहोरो कुनै पागलको आलापजस्तै…! कुनै अपराधीले अपराध बोधपछि गर्ने विलापजस्तै ।
अङ्गालोबाट थोरै पर सार्दै मैले भने । त्यस्तो हैन हामी दुबैको गल्तीले सम्बन्ध छुटेको हो । तिमी एक्लै आफूलाई दोषी करार नगर । जसरी बिच बाटोमा हाम्रो सम्बन्ध छुट्यो त्यसरी नै अब हामी पनि छुट्नु पर्छ । बाइ !
मैले उसलाई थोरै पर धकेलेर अघि भर्खरै अनब्लक गरेको उसको नम्बर र बैनीको नम्बर दुबै ब्लक गरिदिएँ । कस्तो आश्चार्य नम्बर ब्लक गर्ने बित्तिकै ऊ मेरो नजरबाट गायब भई । ऊ त शून्यमा पो परिणत भई ।
म झसङ्ग बिउझिएँ… !
… ।
घटघट….घटघट…घटघट…!!
एक बोतल पानी पुरै निट्ठु !
हैन, यो के भइरहेछ हँ, यो सपना लोकमा । जसको म स्मरण पनि गर्न चाहन्न त्यसैको कल आउने त्यसैसँग भेटवार्ता हुने । मलाई आजको यो सपना पिटिक्कै मन परेन ।
त्यो त्यही केटी हैन मैले माया मायाभन्दा अर्कोसँग सुत्न गएकी ? अनि मलाई भिडियो कल गर्दै उसको नग्नता प्रदर्शन गरेकी । त्यसलाई मेरो सपनीमा आउने दरोकार के ? हैन, यो सपना लोकका द्वारपालहरु कस्ता छन् हँ ? जो सुकैलाई अर्काको सपनीमा पस्न पास दिने ? हैन सम्बन्धित मान्छेलाई सोध्न पर्छ कि पर्दैन पास दिनुअघि । कि भूतपूर्व प्रेमिकाहरुलाई छुट हुन्छ हौँ ? जति बेलै सपनामा इन्ट्री मार्न !
मैले उसलाई कम्ता माया गरेको थिए र ? अहिले पनि आएर एकपटक नम्र स्वरले गल्ती भएछ ऊ बेला नसोची निर्णय गरेछु हाम्रो सम्बन्ध बनाउन है भनोस् त ! म कति कसिलो गरी उसलाई अङ्गाल्दो रैछु । रियलाइज भन्ने कुरा हुन्छ नि यार । विपनीमा नभएर सपनीमा भेट गर्न आएकी होली नि ! म अनकन्सियस हुन्छु भनेर । कतै अनकन्सियसमै उसलाई चुम्छु कि भनेर ।
प्रेमको पनि त केही अनुशासन हुन्छ । विश्वास हुन्छ, आत्मसम्मान हुन्छ अनि अस्तित्व पनि त हुन्छ । लौ ठिक छ मेरो त रिस लाग्यो रे । अनि त्यो हाम्रो भर्खर धर्तीमा झरेको नानी चाहिँ नि ? त्यस देवताको स्वरुपको पनि माया हुन्न यी यौवनका भोकाहरुलाई ? कि यिनीहरुको अस्तित्व यौवन मात्र हो ? योवन मात्र प्रेम हो र ? छ्या म त सोच्न नि सक्दिनँ प्रेमको यस्तो कलुषित परिभाषा ।
…।
टुन्टुनुटुन…टुन्टुनुटुन…!!!
(झसङ्ग हुँदै) ह्या ! फेरि करायो मोबाइल… कुन चाहिँ मरो हौँ !
अरे यो त नोन नम्बर छ त । विकास तिम्सिना
‘भन ।’
‘त्यो हाम्रो तेस्रो वर्षमा चाहिँ फङ्सनल पेपर के के छनोट गर्ने यार तनाब भयो त ?’
‘के रे के रे ! फङ्सनल रे, के हो त्यो भन्या ?’
‘नोटिस हेर मुला एकपल्ट ।’
‘ल यार… हुन्छ बाइ अहिलेलाई ।’
नोटिस हेर्नलाई मोबाइल खोलेँ । तिर्खाले प्याक्प्याक्ती भएको रहेछु । तिर्खाएको काकाकुल नजरले यसो बोतलतिर हेरेँ । अघि सकेको बोतलको पानी जस्ताको त्यस्तै छ । एकदम भरी…! ट्याप्पै !
अरे पानी पनि सपनामै पो खाएँ ? थुक्क सपनामा नि सुतेको कस्तो सपना होला यार । हुन त दिउँसो सुत्दा किन पो राम्रो सपना देख्नु र ? दिउँसो देख्या सपना पूरा हुने हैन क्यारे । यत्रैसित्ती !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

