तिमी आफ्नो आकाश छोडेर अर्को आकाशमा पदार्पण गर्दैछौ । तिमीले जहाँ पदार्पण गदेछौ त्यो उज्य।लो आकाश होइन-अँध्यारो आकाश हो । यो कति ठूलो बिडम्बना ! किनभने तिमी उज्यालोको खोजीमा थियौ, एउटा सम्पन्न र वैभवशाली जीवन बिताउने महत्वाकांक्षा तिमीमा अटेसमटेस थियो-त्यस प्राप्तिको लागि तिमीभित्र साहस, दुस्साइस, जाँगर, हौसला, मेहनत र लगनशीलता पनि थियो । तिमीलाई विश्वास हुन्थ्यो-तिमी जुनसुकै धरातलमा टेके पति विजयी हुन्छौ । प्राप्ति को सुन्दर सपना तिमीमा जहिले पनि हुन्थ्यो । तर तिमी हिँड्ने बाटोहरु हुन्नथे-त्यहाँ पहिराहरू हुन्थे -रूखपातविहीन पहिरो । काँडाहरूको जंगल हुन्थ्यो-जहाँ कुनै फलवृक्षहरू हुन्नथे ।
तिम्रा शरीरका प्रत्येक ठाउँहरूमा काँडाहरूले कोतर्थे, र तिम्रो हातमा काँडाहरू हुन्थे, फल होइन । तिमी सोच्थ्यौ – तिमी हिँड्ने बाटाहरू कठिन भए पनि त्यस कठिनतालाई सामना गर्न सक्नुपर्छ, काँडामाथि पैताला राख्न सक्नुपर्छ । जब तिमी पहिरोमा हिँड्न थाल्यौ, सयौं पल्ट लड्थ्यौ-काँडाको जंगल भएर जान्थ्यौ-त्यहाँ पनि काँडाहरूले बाटो छेक्थे । तिमी फर्कन्थ्यौ रित्तै भएर तर तिमी घमण्ड गर्थ्यौं _ पहिरोबाट हिँड्ने साहस गरे-काँडाको जंगल पन्छाउन आँट गरे प्राप्ति नभए पनि यो मेरो लागि ठूलो उपलब्धि हो । म छक्क पर्थें तिम्रा खोक्रा र मूल्यहीन कुराहरु सुनेर । किनभने प्राप्ति तिम्रै परिवेशभित्र हुन्थ्यो-आफ्नै हैसियतभित्र हुन्थ्यो । तर तिमी त्यो प्राप्ति पहिरोमाथि देख्थ्यौ-काँडाको जंगलभित्र देख्थ्यौ-अनन्त सुरूङभित्र देख्थ्यौ । तिमी मूल्यहीन सम्झन्थ्यौ आफ्नो सानो परिधिभित्रको प्राप्ति चाहे त्यो प्राप्ति मूल्यवान् नै होस् ।
अँ, तिमी एकपटक थुप्रै बाटाहरुमा हिँड्न थाल्थ्यौ, आखिर पइला त तिम्रो दुइटा त हो । तिमी सोच्थ्यौ-तिमीसँग शक्तिशाली पाइलाहरू छन्-अँटहरू छन् -सयौं बाटाहरू छन् हिँड्नको लागि । यो तिम्रो अन्धो दुस्साहस र आकाशे कल्पना थियो । तिमीभित्रको परिश्रम कति क्षय भइरहेछ_यो कुरा मलाई थाहा थियो । एकै पटक शिखर चढ्ने तिम्रो महत्वाकांक्षा, एकै पटक तिम्रो आफ्नो ढुकुटी भर्ने रहर, एकदिन पहाड फोड्ने तिम्रा चाहनाहरुले तिमीलाई उंभोतिर होइन उँधोतिर धकेल्दै थिए जसप्रति तिमी लापरवाही थियौ । तिम्रो अन्धाधुन्धा विश्वास तिम्रो कमजोरी थियो । तर थाहा छ तिमीलाई- ठूलो हिमालमा चढ्न पहिले सानो हिमाल चढ्न सक्नुपर्छ ? ठूलो नदीमा पौडी खेल्नुभन्दा पहिले सानो खोलामा पौडी खेल्न सिक्नुपर्छ ! तर तिमीलाई सानो पहाड चढ्नुपर्दा हीनताबोध हुन्थ्यो- साना नदी पार गर्दा तिमी आफ्नो अपमान बोध सम्झन्थ्यौ । तिमी भन्थ्यौ गर्बसाथ-म एकै पटक ठूलो पहाड चढ्न सक्छु भने सानो पहाड चढेर किन बदनाम होऊँ ? किन आफ्नो आँटलाई … म तिमीलाई कतिपल्ट सम्झाउँदै भन्थें-तिमी पहिले सानो पहाडमा चढ्न सिक -पहिले सानो खोलामा तैरिन सिक, सधैं तिमी हावामा दौडिरहेको छौ-आफ्नो बहुमूल्य मेहततलाई हिलोमा फाल्दैछौ-पिपलपाते गफ गरेर विश्वाश भर्दैछौ, तिमी मेरो कुरा कहाँ सुन्छौ ? आफ्नो निर्णय जस्तोसुकै विनासकारी सिद्ध होस् -आफूले निर्णय गरेको बाटोमा हिँड्नमा तिमी आफूलाई गौरवान्वित ठान्थ्यौ, अर्काको निर्णयमा हिँड्नुमा तिमी आफूलाई कायर सम्झन्थ्यौ ।
एकपल्ट तिमीले मलाई नसोधीकन थोत्रो र पुरानो घर लियौ किनेपछि बल्ल थाहा पाएँ। मलाई चित्त बुझेन- पुरानो घरको विरोध गर्दे भने-यस्तो पुरानो घर किन किनेको ? भुइँचालो आउँदा एक पटकमा भत्केला जस्तो छ।
तिमीले मलाई हृप्काउँदै भन्यौ – “हरेक लोग्नेमान्छेले आफ्नै नियममा चल्नुपर्छ, चाहे जस्तो निर्णय गर्न नसक्नु पुरुषत्वहीन हो । तिमी स्वास्नीमाग्छे-कायर जात-निर्णय केही गर्ने सक्छौ ? मँले घर किने राम्रो गरें, मलाई विश्वास छ ।”
नभन्दै त्यो घर भुइचालोमा भत्किएर गयो, हामी बाँच्यौं । तिम्रो कुरामा मलाई पटक्कै विश्वास लाग्दैनथ्यो । सोचे- गम्भीर भएर तिम्रो जिन्दगी कतै घाम एक धर्को नपर्ने अँध्यारो खाल्डोमा पुरिने त होइन ? तिम्रो सम्भावित पतन सम्झंदा म पीडाले आहत हुन्थे । म तिम्रो दुर्दशापूर्ण पतनको कल्पना गर्नसम्म पनि डराउँथें, किनभने तिम्रो पतन, तिम्रो असफलता एउटा सिंगै परिवारको जीवनमरण र इज्जतको प्रश्न थियो, तिम्रो मात्र होइन । तिमीले पाउने उज्यालो सबैको साझा उज्यालो थियो तिमीले पाउने अँध्यारो पनि सबैको साझा अँध्यारो थियो । तर अफसोच ! तिमी उज्यालोको खोजीमा अँध्यारोमा हिँड्दै थियौ-तिमो अँध्यारो अनन्त थियो जसको पछि उज्यालो छ छैन कुनै निश्चित थिएन | तर उज्यालो छ भन्ने कुरामा तिमीलाई पक्का विश्वास थियो ।
अक्सर तिमी र मेरौ बीच यही कुरामा विवाद हुन्थ्यो-झगडा हुन्थ्यो । छोराछोरी तिमो यस्तो व्यवहारप्रति बिमुख हुँदै थिए-मभित्र तिमीप्रति अनाकर्पण, उपेक्षा र अविश्वास बढ्दै थिए, तिमी आफ्नो बाटोमा जिद्धी र हठी थियौ भने म पति तिमो सोचाइ र योजनाप्रति तीव्र रुपले विरोध गर्थें । मेरो यो बिरोध तिम्रो लागि सह्य थिएन । तिम्रो र मेरो बीच वैमतष्यता र झगडाको जंगल फैलिदै थियो । तिमी पहाड जस्तो महत्वाकाँक्षा र बिहानदेखि साँझसम्भ तिमी डिजाइन मिटिङ र भेटघाटले हामी सिङ्गै परीवार पहरामुनि थिचिदै थियौं, मृतको पहरामा ? एकै पटक सयौं गमलामा फूल फुलाउने तिम्रो धृष्टता? हामी बाँच्नु र मर्नुको दोसाँधमा अल्झेका थियौं । उम्किने बाटो कतै थिएन, तर यति भएर पनि तिमी यस दुरावस्थाको भावसागरमा आँखा चिम्लेर बग्दै थियौ-आफ्नो कमजोरी र असफलतालाई मौन भएर कहिने रक्सीले मातेर-कहिले हुंकार छुटाएर ढाक्ने निस्फल प्रयास गर्थ्यौ ।
धेरै दिनपछि तिमी एकदिन रित्तै फर्क्यौ । हामी त्यसबेला तिम्रो अनुपस्थितिमा आफ्ना कठिन जीवन गुजार्दे थियौं-एउटा झिनो आशा त थियो तिमी फर्कदा केही उज्यालो ल्याउँछौ भनेर । तर तिमी युरी फर्क्यौ कि तिम्रो त्यो फर्काइ हामी सबैको लागि अभिशाप भयो । तिमी देखिन्न्थ्यौ शत्रुको अगाडि समर्पित सिपाही जस्तै । तिम्रो त्यो गर्बिलो, आत्मविश्वासी र दम्भी स्वभाव आगोको रापले डढेको देखिन्थ्यो । तिमी त्यो वैभवशाली जीवन बाँच्ने सपना बीच नदीमा टुटेको डुङ्गा जस्तै देखिन्थ्यो । तिम्रो त्यो घमण्डी अनुहार रुखमा अल्झिएको, च्यातिएको चंगा झै देखिन्थ्यो । तिम्रो त्यो हार हामी सबैको हार थियो । अब तिमीमा सानो पहाड चढ्ने हिम्मत पनि टुटिसकेको थियो ।
तिमीबाट उज्यालो पाउने आशा मात्र दुस्वप्ना रहेछ ।
आजकल छोरा पढाइ छोडेर एउटा साहुको दुकानमा बस्छ-छोरी अफिसमा टाइपिस्ट, उसले पनि पढाइ छोडी | म रोगी स्वास्नी, बत्ती कातेर बेच्ने गर्छु । तिमी कहिले बौलाहा झै भएर हिंड्छो, कहिले घरमा आउछौ रक्सीले धतङ्गिएर, कहिले मरन्च्याँसे भएर । कहिले घरमा आएर बादल झै गर्जन्छौ-तिमीहरूको लागि उज्यालो खोज्न गएँ पाउन सकिन, तिमीहरूको लागि दु:ख गर्दा गर्दा सम्पूर्ण शक्ति क्षीण भयो । कहिलेकाही त तिमीलाई देखेर टिठ लाग्छ-कहिले रिस उठेर आउँछ । सोच्छु-तिमी किन हाम्रो भार भएर बाँच्दैछौ ? कि त मरिदिए हुन्थ्यो-कि त कतै टाढा गइदिए हुन्थ्यो । अब तिमी मेरो पति पनि होइनौ -बाबु पनि हौइनौ, यति मात्न होइन तिमी यो घरको संरक्षक पनि होइनौ । हामी आ आफैंले आफ्नो संरक्षण गर्दैछौं । तिमी त थपिन लागेको परिवारको आँधी हुरी हौ भुइँचालो मात्र हौ ।
तिमी हिजो राती घरमा आएका थियौ–ढोकैबाट तिम्रो अनरर्गल प्रलाप सुनियो । छोरा- छोरीलाई गाली गर्न पनि तिमीलाई लाज लाग्न छोडिसकेको थियो मलाई त भन्नु नभन्नु भन्यौ, हिजो पनि भन्यौ । छोराले सहन नसकेर मूलढोकै बन्द गर्यो । तिम्रो कारणबाट हामी एउटा कोठामा दु:ख सास्तीले डेरा लिएर बसेका थियौं । छोराले ढोका बन्द गर्दा पहिले त मन रमायो भनूँ छोरालाई ढोका खोली देउ भनेर । तर फेरि तिमी बम्कन थाल्यौ जथाभावी बोल्न थाल्यौ-मेरो जीवनको दुर्दशाको जिम्मेवार तिमीहरू नै हौ, तिमीहरूकै कचकच र झकझकले म सफल हुन सकिनँ, म जलाइदिन्छु, सबैलाई ।
कराउँदा कराउँदा तिमो आवाज बन्द भयो । सोचे कतै तिमी सुत्न गयौ होला-अथवा कतै सडकमा लड्यौ कि ? रूखको फेदमा पल्ट्यौ कि ! रातभरि ननिदाउँदासम्म सोचें सोचिरहें । भोलिपत्ट बिहान ढोका्र खोल्दा तिमी बाहिर पल्टेका थियौ। उठाउँन खोजे-तर तिमी मरिसकेका थियौ । यो तिम्रो दर्दनाक अन्त थियो । मेरा चुरा, पोते थुत्दा र छिनिदा आँखाबाट आँसु आयो-तर तिमो मृत्युमा दुःख भने लागेन । अँ किन यो मन पत्थर भयो भन्न सक्तिनँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।