घर जस्ती हुनको लागि नयाँ छानो फेरिनु पर्दछ ।

अब यो घर घर जस्तो भएन । घर जस्ती हुँनको लागि नयाँ छानो फेरिनु पर्दछ । दुबै भित्ताहरूमा पुनः गारो लगाउनुपर्छ । मूलढोका फेरिनुपर्छ । अनि त्यसपछि नयाँ घर जस्तो देखिएला अथवा पुरानो घरको नवीकरण । चाहे जेजस्तो होस्‌ घर, बस ! घर होस्‌ ।

कृष्णमान रुन खोज्यो । फेरि घर बनिनु उसको तागतदेखि बाहिरको कुरो हो । कृष्णमान रून सकैन । गत रातको त्यति सातो हुरीले घर भत्काउँछ भन्ने थाहा पाएको भए सायद केही उपायहरू सोच्थ्यो होला उसले । तर त्यसो हुन सकेन ।

कृष्णमान ‘रातो आँखा लाएर टुक्रुक्क बस्यो र सोच्यो, “अब के गर्ने ?” उसलाई स्वास्नीको यो प्रश्न मन परेन । जबाफ दिएन । स्वास्नीलाई फर्केर पनि हेरेन । स्वास्नी अलच्छिनी छे | परार साल गाउँमा चलेको हल्ला अहिले साँचो रहेछ भन्ने अनुमान लगायो । कृष्णमानले बिहे त गर्यो । तर अलच्छिनी रैछे । कृष्णमानको सर्वनाश नपारी यसले छोड्दैन । परार सालको हल्ला थियो ।

अशेष मल्ल

देवता रिसाएको हुनुपर्छ । कृष्णमानको अन्दाज अब गाउँ छोड्नुपर्छ सायद उसको निर्णय । तर एक्लै जाने कुरो आउँदैन । स्वास्नी छे, सानो बच्चा छ । यो दशा हो । कुनै पापको फल हो । कृष्णमान पुनः रून खोज्यो ।

“त्यसै टुलुटुलु हेरेर मात्न भएन होला, के गर्ने !” स्वास्नी बाठी भएकी मात्र हो । उसलाई रिस उठ्यो ।

“खुब बाठी हुन्छेस्‌ ।”

बाठी भएकी हो र ? ,..यत्तिकै चुप लागेर त बन्यो घर ।”

एकपल्ट कृष्णमान जुरुक्क उठ्यो र एकपल्ट स्वास्नीलाई हेरेर चुपचाप अघिकै ठाउँमा बस्यो । स्वास्नीको आँखाभरि आँसु छ । स्वास्नीका कुरामा रिसाउनु गल्ती हो । अहिले उसले महसुस गर्यो । चुपचाप बसेर हुँदैन । ठीकै हो अब के गर्ने ? यो पनि ठीकै हो ।

“यो गाउँमा नबसौं, कतै जाऔँ बरु।”

“काँ जानु ?” स्वास्नीको सहज जबाफ ।

“यही बस्न त यो घरलाई ठड्याउनुपर् छ ।”

“यसलाई यत्तिकै छाडेर जानु त ?”

“के गर्ने त ?”

“त्यही त फेरि घर ठड्याउन पैसा-चाहिन्छ ।”

आफूले मात्र सकिँदैन । ऋण कसैले दिदैनन्‌ । दिए पनि तिर्न सकिने होइन ।

कृष्णमान सारै निरास देखियो । बरू एकपल्ट फेरि हुरी चलेर उसलाई टाढा उडाएर लगे पनि हुन्थो । मनमनै कृष्णमानले सोच्यो र परसम्म हेर्यो । “तर हुरी बिहानदेखि नै चल्न छाडिसकेको थियो । हुरी आए पनि उसलाई उडाउन सम्भव छैन । सम्भवत यो कि एकपल्ट फेरि हुरी आएमा उसको घरको बाँकी
भित्ता झर्नेछ ।

कृष्णमान र स्वास्नी मुख्मुख गर्न थाले । केटाकेटी भए सायद रून्थे चिच्याएर दुवै ।

“तेरो एउटा चुरा थियो होइन सुनको ।”

कृष्णमान पछुतायो, सम्भवतः यस्तो-प्रश्न गर्नु उचित थिएन ।

“किन ? ”

“बेच्न ।”

“बेचेर घर बनाउन ?”

“होइन ?”

“के गर्ने त ?”

“बाटो खर्च ।”

“अब यहाँ नबस्नु ?”

“हेर यहाँ बसेर केही फाइदा छैन । बरु सहरतिर पसेर कुनै काम गर्न पाए धेरै कल्याण होला ।”

दुबै मौन भए । “सहर भनेको कहाँ छ ?” कृष्णमान अहिले अकमकियो । “कुन बाटोमा जानुपर्छ त्यो उसको कल्पनाको सहर ?” कृष्णमान झन अकमकियो । सहरमा काम पाइन्छ रे । कुन्नि कसले सुतएथ्यो । उसलाई लाग्यो भर्खर बोल्ने कृष्णमान हैन अरू नै कोही हुनुपर्छ । जसलाई ऊ चिन्दैन । नत्र उसले झोध्ने थियो… त्यो। सहर कहाँ छ ? हामीलाई पुर्याउन सक्छौ ?

कुषणमानले साँच्चीकै आँसु झार्यो र भन्यो, “तँ दुई-चार दिनको लागि माईत जा ।”

“तपाईं ?”

“म… म…मेरो चिन्ता नली… ।”

कृष्णमानले आँसु पुछ्यो र स्वास्नीलाई हेर्यो । स्वास्नी रून थाली ।

यत्रो ठूली भएकीले रुन सुहाउँछ ? …नरो…एई…” रून्चे स्वरमा कृष्णमानले भन्यो ।

तर यो भन्नुमा उपादेयता देखेन उसले । रोएर केही बित्ने होइन । जति सक्दो रोइदे । आफ्नै कुरालाई खण्डन गर्ने मन लाग्यो उसलाई ।

कृष्णमानले टाउको कनायो । डिलबाट ओर्लेर परसम्म हेर्यो । पर…को घर अर्थात कुनै शुभचिन्तकको घर जसले उसलाई सहयोग गरोस्‌ । तर कोही नहोलान् त्यस्ता मानिसहरू । फेरि ऊ डिलमा चढ्यो र टुक्रुक्क बस्यो ।

साँझ झमक्क पर्यो । कृष्णमान हतासियो । उसलाई लाग्यो आज रात बिताउन पाए भोलि कुनै उपाय सोच्न सकिएला ।

“ब यो रात कहाँ बस्ने ?” स्वास्नीले भनी ।

“हिड्‌ कुनै घरमा बास देला नि !”

“अनि भोलि ?”

“भोलि भनेको धेरै परको कुरा हो चुप लागेर हिड्‌न अहिले । कहीं कहीं त पाइएला नि एक रातको लागि कसो नपाइएला अलिकति ठाउँ ?”

कृष्णमान उठ्यो । स्वास्नी पनि बच्चा च्यापेर उठी । ढुवै जना डिलबाट ओर्लिएर मूल बाटो समाउन खेतको गह्रा हुँदै तल झरे ।

कृष्णमान अघि-अघि, स्वास्नी पछि पछि ।

“अब सधैं एसरी बेघर भएर बस्ने ?”

“भोलि त हुन दे, भोलि ने राम्ररी विचार गरौंला । कृष्णमानले डुब्दै गरेको घामतिर हेरेर विश्वासी स्वरमा जबाफ दियो । स्वास्ती कहाँसम्म विश्वस्त भई उसले चासो राखेन ।

यतिखेरसम्म उनीहरूले मूलबाटो समाइसकेका थिए ।