साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यौनकथा : कामज्वरो

अन्ततः होमनाथ धङ्धगाउँदै, हडबडाउँदै आर्यघाट पुग्यो । त्यहाँबाट मुर्दाको फोटो खिचेर ल्यायो । त्यसमा आफ्नो टाउको जोड्न लगायो र फेसबुकमा पोस्ट गर्यो । फोन बन्द गर्यो र झ्यालमै बसेर हेर्न थाल्यो ।

“आज पनि अन लाइनमा छैन त्यो … । फ. फ.. फोन पनि लाग्दैन …! म के गरुँ …?”

होमनाथ हडबडाउँदै, धङ्धगाउँदै बैसाखी खोज्दै छ जस्तो गरेर कोठाको दक्षिण—पश्चिम कुनामा पुग्यो । त्यहाँ कन्तुर रहेछ । त्यसलाई खोलेर हतारहतार छाम्न थाल्यो । उसको आँखाबाट चस्मा झरेर तुर्लुङ्ग घाँटीमा पीङ खेल्यो । चस्माको खुट्टा बाँधिएको थिएन भने त्यही कन्दुरमा खस्थ्यो र उसको धामा बढाउँथ्यो । उसले केही भेट्टाएपछि दुवै हातले अँठ्याएर छिटोछिटो झ्यालमा पुग्यो । स्वच्छ हावा खान, प्रशस्त उज्यालो पाउन र बाहिरको दृश्य अवलोकन गर्नका लागि त्यही झ्यालमा बस्थ्यो ऊ ।

bahulako diary small and inside post

उसले कागज पक्रेको रहेछ । चस्मा निकाल्यो गन्जीमा रगेड्यो । फेरि चस्माका खुट्टा कानमाथि चढायो । अनि कागजमा चियायो ।

‘अहो… चन्द्रासँग लभ परेको सात वर्ष बितेछ ?’ उसले झ्यालबाट बाहिर हेर्यो । चिउडोमा हत्केलाको टेको दियो र सम्झनामा डुब्यो — ‘मोरी चन्द्रा ! अरूका लागि केकस्ती थिई जान्दिनँ, तर मेरा निम्ति उर्वसी, रमा, तिलोत्तमा सबैलाई मात खुवाइदिन्थी । सोचेभन्दा राम्री ! मेरो उमेरले बढी सोच्नै दिँदैनथ्यो कि ? मैले सबैभन्दा राम्री प्रेमिका पाएको त्यही चन्द्रा हो । म कति भाग्यशाली थिएँ । ऊ मेरा लागि तीनवटी परी बराबर थिई । उसले मलाई मन पराइदिएकी भएर हो कि ? खै कसरी बिछट्ट राम्री लाग्थी म सोच्नै सक्दिनथेँ । उसलाई सम्झने बित्तिकै दङ्ग परेर हतारहतार कल्पनाको महलभित्र पसिहाल्थेँ ।

आजभन्दा मात्र सात वर्ष पहिला म पैंतिस वर्षको छँदा सायद चन्द्राका लागि लक्का जवान थिएँ । उसले मलाई मन पराउनुको कारण जान्न खोज्दा उसका प्रत्येक अङ्गले अनभिज्ञता जाहेर गरे । जवानहरू निर्दयी हुन्छन् भन्ने सुनेकी थिई कि ?

हामी बाटोमा हिँड्दा वा पार्कमा टहल्दा मान्छेहरू फर्कीफर्की हेर्थे । रेष्टुरेन्टमा बस्दा त्यहाँ भएका जोडीहरू आफूलाई बिर्सिदिन्थे । हामीलाई हेरेर छाती तन्काइरहेका र हाँसो थामिरहेका जस्ता लाग्दथे । मेरो टोप र जीउको फुर्ती देखेर हो वा चन्द्रालाई मेरी नातिनी भन्ठानेर लाइन मार्न चाहन्थे, बुद्धुहरू …!

बखतबहादुर थापा

होमनाथ मुसुक्क मुस्कुरायो र फेरि कागज पल्टायो । केही पढ्यो । त्यो सम्झना ताजा गर्नलाई झ्यालबाट बाहिर चियायो । अनि मख्ख पर्दै फेरि हत्केलामा चिउडो राखेर अतीतमा डुब्यो — ‘केटा खोजभन्दा खोजिसकेँ भनेर मेरै नाकमा औँलो राखी । हाहाहा… त्यस सम्झनाले अँझै पनि दङ्ग बनाउँछ मलाई । त्यस बखत मेरो संसारै अर्को भएको थियो । बोल्न खोज्यो कि मेरो मुखबाट हाँसो झथ्र्यो ! त्यसले निकै दिनसम्म नशाजस्तै गाँजिरह्यो । त्यही भएर त ‘बुढो हैन केटो खोज भनेको के !’ भन्नलाई पनि पाँच–सात दिन लागेको थियो ।

मेरो सुझाउले उसको अनुहार अमिलियो । वृद्ध भन्ने कुरा बल्ल चाल पाएजस्तो गरेर ! म बोल्दिनँ भनेर चोसै पसारेर हिँडी ।

होमनाथले कागजमा दृष्टि गाड्यो । चित्त बुझेनछ, कागज र टाउको झ्यालतिरै तन्कायो । पढ्दापढ्दै मुस्कुरायो । अनि झ्यालबाट बाहिर चियायो र सम्झन थाल्यो — ‘बेइमान कहीँकी, मोटरसाइकलमा घुम्न जाँदा मेरो पिठयुँमा स्तन रगडेर मजा लुट्न पो थाली । म पनि दङ्ग पर्दै थामिएँ !

‘तपाईंको जीउ त कस्तो साह्रो के ?’ भनेर खितखिताई ।

मैले करङ हुन् भनेपछि फटाफट हातले छामी र ‘ए … हो त रहेछ !’ भनेर खितित्त गरी । भावनात्मक रुपमा जेजस्तो बोले पनि म भौतिक रूपमा अगाडि बढ्न चाहन्नथेँ । ऊ नयाँ नयाँ तरिका अपनाउँथी । दिनभरि खुब रमाइलो गर्यौँ । राति त्यसलाई के सन्का चढ्थे खै —

भन्दिनँ … म त भन्दै भन्दिनँ …
टि—शर्टभित्र के छ ? भन्दिनँ,
पैंटभित्र के छ ? भन्दै भन्दिनँ …
म त भन्दै भन्दिनँ … भन्दै भन्दिनँ … बरू … ।’ गीत गाउँदै कपडा खोल्न पो थाली । म अनलाइनमै थिएँ । ओहो… ओहो… भन्दाभन्दै मलाई कामज्वरो आयो । सासै अटकिएला जस्तो भयो । आँखा चिम्लिएँ ।

‘ला ! तिमी अनलाइनमै छौ ?’ चन्द्राको स्वर सुनेर मैले आँखा हेरेँ । पूरै नाङ्गै भुतुङ्गै देखिई । क्वारक्वारती मतिरै हेरिरहेकी थिई । उसका सबै अङ्गप्रत्यङ्गहरू मलाई देखेर दङ्ग परिरहेका छन् जस्तो लाग्यो । मैले ञ… गरेर भोटे कुकुर कराए जस्तो ह्वाङह्वाङ … गरेँ । चन्द्रा हाँस्दाहाँस्दा भुतुक्कै भएर डङ्रङ्गै ढली । मैले लाइन काटेँ र लामोलामो सास फेर्न थालेँ । यत्तिकैमा मोबाइलको घन्टी बजेर तर्साइदियो मलाई । झ्याप्प समाएर हेरेको त उसैको फोन रहेछ । जिल्ल परेँ, ‘कपडा लगाउन छोडेर यति छिटै किन फोन गरी…!’ भन्ने विचार आयो र फोन उठाउने मनै लागेन, तर उसको स्वभाव सम्झँदा कपडा लगाउँदै मेरो घरमै आइपुग्छे जस्ती थिई । फोन उठाउनै पर्यो । भिडियो अन नगरेसम्म उसले कुरै गर्न चाहिन । कुनै कपडाले जीउ ढाकी कि ? भन्ने मनमा लिँदै भिडियो अन गरेको मात्रै के थिएँ — पख है म कपडा लगाउँछु, भनेर जुरुक्क उठी । बस्दा खुम्चिएको, ढाकिएको अङ्ग पनि छर्लङ्गै पारी । आँखा चिम्लिनु पर्यो … भन्ने सुद्दी पनि हराएछ मेरो । हेरेको हेर्यै भएँ । उसले हात हल्लाउँदै भनी — ‘हलो…, तिमी चेतनाविहीन छौ कि के हो ? बेसै हुन्थ्यो ! मलाई कस्तो अड लागिरहेको छ । कुरा गरौँ कुरैको दुःख भने जस्तो, मलाई आफ्नै जीउका केही अङ्गहरू फाल्तु जस्तो लाग्छ ! अर्काको प्रयोगमा आउने भएर हो कि ! यदि त्यस्तो नहुन्थ्यो भने मेरो मन बारम्बार त्यतै किन गइराख्थ्यो होला र …? रिन खाए जस्तो गरेर सकसकाउँछन् पनि ! कहिलेकाहीँ होसै हराए जस्ती निर्दयी बन्छु । होसमा आउँदा कुनै अनर्थ भएनछ … भन्ठान्छु र लामो सास फेर्छु ! कस्तो निर्लज्जता भन्ने मनमा लिएका हौला, तर तिमीलाई सम्झना होला नि ? त्यही क्या त — तिमी र ममाथि कुनै सङ्कोच उत्पन्न नहोस् भन्ने सल्लाह ! मैले त्यही फाइदा उठाएकी !’

म ट्वाँ परिरहेको थिएँ । उसले कपडा लगाउँदै भनी — ‘मेरो नाटक हेर न, अर्काकै लागि, अर्काकै ध्यान तान्ने गरेरै छोप्नु पनि पर्ने क्या ! हिहिहि… कस्तो लाग्यो ? भो, तिम्रो विचारमा खलल पार्दिनँ अब । बाई …’ गरेर लाइन काटी ।

लाज लागेर हो कि ? पूरै तीन दिनसम्म सम्पर्कविहीन भई । चौथो दिनमा अनलाइनमा आई र निकै व्यस्त भएको बहाना बनाउँदै भनी, ‘मसँग भेट्नलाई आतुरिएका हौला हगि ?’ आँखा पनि सन्काई ।

भोलिपल्ट हामी पार्कमा पुग्यौँ । कुरै कुराको सिलसिलामा उसले भनी, ‘होमनाथ ! पूरै विश्वास गर्दा जे कुरा पनि यथार्थमा परिणत हुन्छ रे हगि ?’

मैले मनेँ, ‘हो, मैले पनि सुनेको छु ।’

‘हाम्रा लागि यस संसारमा एकान्त भन्ने ठावै रहेनछ ?’ एकाएक दङ्दास बन्दै भनी, ‘अब पूरै विश्वासका साथ अहिल्यै रात पर्यो भन्ने ठानौँ न ।’

‘अस्ति राति तिमीले देखाएको त्यो भिडियो बिर्सिसक्यौ ?’ मैले उसको विचार बदल्ने चेष्टा गरेँ । ऊ पेट मिचिमिचि हाँस्न थाली …।

होमनाथले हतारहतार कागत पल्टायो । एकछिन् घोरियो र दिक्कहुँदै बडबडायो — ‘अँ, भिडियो कलमा कुरा गर्दागर्दै ट्वाइलेटमा पसी । मैले ‘के गरेको त्यो ? छ्या …’ भन्दा आश्चर्य मान्दै भनी, ‘एउटा अन्तिम सत्य छ नि जन्मेपछि मर्नुपर्छ । यो पनि त्यस्तै हो के ! यस्तो यथार्थलाई पनि छ्या भन्छौ ? यसले गडबड गर्यो भने तिमी हामीलाई टेर्दैन । सिधा डाक्टरै खोज्नुपर्छ ! अनि तिमी र ममा पनि लाज, घीन, छ्या, छु बँचेकै छ ?’ भनेर छक्कै परी । निकै बेरसम्म आश्चर्यमा डुबिरही ।

केही दिनसम्म त्यसलाई देख्यो कि हाँसो उठ्थ्यो मलाई …!

होमनाथले अर्को कागज पल्टायो । पढ्न गाह्रो भएछ, आँखा झिमझिम गर्यो र चस्मा निकाल्यो । गन्जीमा घोट्यो । आँखामा चढायो । फेरि कागजमा एकोहोरियो, ‘हो, त्यसको छाडा पनले मलाई पूरै खुल्न सहयोग गर्यो । फेरि — तन्नेरी खोजेर बिहे गर न …, भनेँ । बोल्दै बोलिन, ओठ लेप्य्राइ र जुरुक्कै उठेर हिँडी । मन थाम्नै सकिनछ राति भिडियो कल गरी । म पनि बोलिनँ, त्यसैको जस्तो ओठ लेप्य्राएँ । उसले कान समाई । मैले दिनमै भनेको कुरा दोहोर्याएँ । उसले भनी — ‘होमनाथ ! तिमीले पश्चात्तापको बाटो समात्यौ । बच्चाले जस्तो जिद्दी नगर । समय छँदै फर्क, नत्र पछुताउने छौ ।’ जवाफमा मैले भनेको थिएँ — ‘मेरो यो चाउरिएको र सुकेको जीउ पश्चात्तापकै निशानी हो । यो उमेरमा आएर मैले बिहे गर्ने सवालै खडा हुँदैन । तिमीले पनि बिहे गर्दिनौ भने हाम्रो सम्बन्ध छिटै टुट्छ । तिमीले बिहे गर्यौ भने हामी सुखदुःखका साथी हौँ । रहिरहने छौँ ।’

उसले निकै बेर सोचेर एउटा सर्त राखी ।

मैले मन्जुरी दिएँ ।

उसले केटा खोज्ने जिम्मा मेरै थाप्लोमा हाली ।

ट्वाल्ल परेँ ।

‘देख्यौ ? सुरुवातमै ठेस लाग्यो हैन त ?’ उसले आँखा सन्काउँदै भनी, ‘दुलाहाको रूपमा तिमी आफैं पनि उभिन पाउने छौ ।’

मैले एक हप्ताको समय मागेँ । आफ्नै प्रियसीको लहमी बन्नु पर्यो । केटा खोजेपछि उसले भेट्न चाही । केटालाई एउटा रेष्टुरेन्टमा बोलाएर भेट गराएँ ।

चन्द्राले खुसी व्यक्त गर्दै भनी — ‘चन्द्र र चन्द्रा कस्तो जुराएको ! हाम्रो राशी, ग्रह जुराउनलाई बाहुनै चाहिँदैन होला ! तर म तिमीलाई चन्द्र हैन होमनाथ भनेर बोलाउने छु ।’ चन्द्राले मतर्फ सङ्केत गर्दै भनी — ‘यिनकै नाम हो होमनाथ । यिनी मेरा अभिभावक हैनन्, प्रेमी हुन् !’

चन्द्र ट्वाल्ल पर्यो ।

चन्द्रको अनुहारमा देखिएका जिज्ञासा रुपी भावभङ्गी मेटाउन उसले मतर्फ चोसो पसार्दै भनी — ‘प्रायः मान्छेहरू तनाव पन्साउन भगवान्को नाम लिन्छन् । म होमनाथ ! भनेर तनाव बिसाउँछु । यो नामले मलाई पीडा मुक्त बनाउँछ । तिमीलाई पनि मेरो मायालाग्दो स्वरले दङ्ग बनाउने छ । केही मात्रामा यिनको माया तिमीतर्फ सर्नेछ ।’
चन्द्रले के बुझेथ्यो खै, मुसुक्क मुस्कुराएर स्वीकृति दियो ।

‘बिहेपछि पनि यिनलाई छोड्दिनँ म ।’ चन्द्राले थपी ।

‘बिहेपछि तुरुन्तै अस्ट्रेलिया गइहाल्ने हैन र ?’ चन्द्रले जिज्ञासा राख्यो ।

‘जाने हो ।’ चन्द्राले भनी, ‘यिनसँग प्रेम गर्नलाई फोन भए पुग्छ । म रातदिनै फोनमा व्यस्त भइदिन सक्छु । तिमीले बिरोध गर्न पाउँदैनौ ।’

‘के छ र यिनमा ? रातदिनै कुरागरि नअघाउने ?’ प्रश्न गरेर चन्द्रले मेरो जीउमा दृष्टि दौडायो ।

‘यिनको अतीत कोट्ट्याइ कोट्ट्याइ अनुभव झार्ने र काम चलाउने । मलाई लाग्छ तिमी पनि फाइदामा रहने छौ ।

भनिन्छ — जीवन आफैंमा पाठशाला हो, यिनको सङ्गतले अलि छिटै अलि धेरै अनुभूत हुनसक्छ ?’

चन्द्राको कुरा सुनेर चन्द्र दङ्गै परेछ । मलाई हेर्दै हाँस्दै गर्न थाल्यो । मेरो दुर्बल शरीरले झन् हौस्याउँथ्यो होला, ह्वात्तह्वात्त खित्का छोड्थ्यो । ऊ जति खित्का छोड्थ्यो त्यति अमिलिन्थेँ म ।

मेरो अवस्था देखेर चन्द्राले ‘यो त कास्टिङ मात्रै हो विवाह पश्च्यात् पूरा सिनेमा देखाउने छु ।’ भनी ।

‘तिम्रो मानसिक तनावको शिकार मैले पनि बन्नुपर्छ क्यार !’ भनेर चन्द्र हाँस्यो ।

‘यिनको सम्झनाले मलाई मानसिक तनाव हुने हैन, रोमान्टिक मुढमा ल्याउँछ ।’ चन्द्रा मुस्कुराई ।

म जोकर जस्तो पालैपालो उनीहरूको मुखमा हेर्दै थिएँ … ।

होमनाथ एकछिन् टोलायो । फेरि हडबड गर्दै कागजमा चियायो । उसको चित्त बुझेनछ । चस्मा निकाल्यो गन्जीमा रगेड्यो र आँखामा चढायो । फेरि कागजमा घोरियो । सन्तुष्ट भएन । उठेर धङ्धगाउँदै कन्तुर भएको ठाउँमा पुग्यो । काठको ४/४ को कन्तुर जुरुक्क उठायो । झयालमा ल्यायो र आफू बस्ने स्टुलमा राख्यो । अनि छामछुम पार्न थाल्यो । उसको हातमा कागज लाग्यो । त्यसलाई आँखा अगाडि पु्र्यायो । केही पढ्यो र मुस्कुरायो । कन्तुरलाई भुइँमा राख्यो । आफू स्टुलमा बस्यो र पढ्न थाल्यो — ‘अहो… बिहेको दिन, मलाई दुलाहादुलही दुवैतर्फबाट निमन्त्रणा थियो । केन्द्रबिन्दु जस्तो । ती दुवैको जिज्ञासाको सामाधान मै थिएँ । अग्निको सात फेरा लगाउने बेला आएछ, चन्द्राले मलाई बोलाएर साउती मारी, ‘होमनाथ ! सात फेरा लगाउने बेला भयो त ?’

मैले बधाई दिएँ ।

उसले आँखा तरी ।

सिन्दुर हाल्ने समयमा पनि ती दुवैले मतिर हेरे । म मुस्कुराउन बाध्य भएँ र चन्द्राले भनेको सम्झेँ — ‘हामीबीच तिम्रो उमेर नै तगारो भयो हगि । त्यो तिम्रै उमेर हो र तिम्रै दृष्टिमा नमिलेको हो । मलाई तिमी असाध्यै मन पर्छौ । त्यसमा तिम्रो उमेर, आनीबानी सबै पर्छ ।’

केही खुसी केही गमसँगै विवाह सम्पन्न भयो ।

विवाह अघि नै उनीहरूको अस्ट्रेलिया जाने पूरा तयारी भइसकेको थियो ।

‘हामीले अस्ट्रेलियामै गएर हनिमून मनाउने विचार बनायौँ । कस्तो लाग्यो ?’ चन्द्राले म्यासेज पठाएकी थिई ।

हनिमून मनाउन जरुरी छ र ? के मैले त्यही सिकाएको थिएँ ? लेखेर पठाउँ कि जस्तो लागेको हो, तर कुरैमाथि कुरो उठ्थ्यो र त्यसको टुङ्गो कुन रुपमा लाग्थ्यो अन्ताज लगाउनै सकिन्नथ्यो ।

तिनीहरू अस्ट्रेलिया उड्दा म इयरपोर्ट पुगेको थिएँ । फूलको माला लगाइदिएर मुस्कुराउँदै थिएँ । चन्द्राले साउतीको भाषामा भनी, ‘मलाई थाहा छ तिमी के सोच्दै छौ ?’

म छक्क परेँ ।

‘अब यिनीहरूको हनिमून मनाउने दिन आयो भनेर निराशिएको हगि ?’

त्यसको चाकमा एक लात्ती बजाऊँ जस्तो भएको थियो ।

अस्ट्रेलिया उडेको हप्ता दिनमा साढे तीन बजेतिर अनलाइनमा आई । बस्ने कोठा देखाउँदै भनी, ‘गाँस र बासको तनावले हराएका थियौँ ।’ बेडरुम, किचेन, ट्वाइलेट र बाथरुम पनि देखाई । बेडमा फूल सजाउँदै थिई । ‘आज हामी पार्टी पनि गर्ने हो ! होमनाथ र मेरो सुहागरात के त ?’ भनेर मस्किई । उसको श्रीमान् सामान लिन गएको जानकारी दिँदै भनी, ‘होमनाथ ! तिमीसँग बिहे भएको हुन्थ्यो भने शारीरिक सम्बन्ध राख्दै गरिन्थ्यो, सुहागरात मनाउने दिन तोक्दै गरिन्थ्यो हगि ? हाहाहा… यहाँ अहिले सात बज्यो । दुई घन्टापछि फोन गर्छु ल ?’ लाइन काटियो ।

आज मेरी प्रेमिकाको सुहाग रात ! रातभरि जागा बस्दा के फरक पर्ला र ? मनमा यस्तै कुरा खेलाउँदै थिएँ उसले फोन गरी । मैले भिडियो अन गरेँ ।

‘होमनाथ ! अस्ट्रेलियामै सुहागरात मनाउने भनेर फूर्ति लगाइहालियो । यतिका दिनपछि आएर साइत जुर्यो । तिमीलाई कस्तो लागिरहेको छ ?’ सायद चन्द्राको आशय मैलाई सुनाउनु थियो ।

लोग्नेले वर्षैं बितेजस्तो लागिरहेको छ भनेपछि उसले अँगालो थाप्दै भनी, ‘आऊ, मेरो प्यारो होमनाथ ! प्रतीक्षाको फल मिठो हुन्छ रे ! लामै प्रतीक्षाले खुब रसाएको होला ।’ खितित्त गरी ।

लुट लुट, दुई—चार दिन उठ्नै नसक्ने गरेर लामै प्रतीक्षाको मजा लुट …। भन्ने मनमा लिँदै मैले लाइन काटेँ ।
भोलिपल्ट एकाबिहानै फोनको घन्टी बज्यो । निद्रा बिथोल्ने को हो ? झपार्छु भन्ने मनमा लिँदै झयाप्पै मोबाइल उठाएर हेरेको त चन्द्राको नाम देखियो । मेरो झोक स्वात्तै उत्रियो । लामो प्रतीक्षा पूर्तिको थकाइ मार्नु पर्ने हैन र ? यस्तो सोच्दै ‘हलो …’ गरेँ ।

‘धोकेवाज ! तिमीले लाइनै काटेर सुत्यौ ? म तिम्रो नाम लिएर कस्तो चिच्च्याइरहेकी थिएँ । कस्तो उफ्रिरहेकी थिएँ …। भुतुक्कै थाकेकी छु । थकाइ मार्नुको साटो तिमीलाई फोन गरेर गुनासो पोख्नु पर्ने ! मलाई आफ्नै ठानेर पचास प्रतिशत आनन्द तिमीले पनि उठाउनेछौ भन्ठान्थेँ म ! भरपुर यौन आनन्द लिन र दिनलाई कुनै कमी रह्यो कि ? तिमीसँग सोध्ने पर्ने थिएँ । लाइनै काटेर सुत्यौ हगि ! पूरा प्लानै चौपट्ट भयो ! आइन्दा यस्तो धोका दियौ भने म कारण जान्न त्यहीँ आइपुग्ने छु ।’ चन्द्राको कुरा सुनेर तर्सें म । मेरो निद्रा दई—चार दिनसम्म फर्किन्न जस्तो गरेर भाग्यो ।

ऊ हठी स्वभावकी मान्छे । सुर्याउनुको साटो उसको रिस बसाल्नु नै उचित थियो । मैले शान्त भएर भने, ‘माया भन्ने कुरा अनाडीको राम्रो । बारम्बार गरिने कार्य त सिक्दै गर्दै गरेको झनै राम्रो । यो कुरो तिमी छिटै बुझछ्यौ र दङ्ग पछ्र्यौ । मलाई देखाएर, मैले हेरेर कुनै फाइदा थिएन र छैन पनि ।’

‘छ, यसले हाम्रो माया झन् बढाउने छ । अनि भेट्नका निम्ति आतुरिने छौँ ।’ साथै उसले थपी — ‘तिमी मेरो प्रेमी हौ, म जस्तै बन न ! मैले चाहे जस्तै बन न ! म तिमीलाई गुरु वा अभिभावक मान्ने पक्षमा छैन यार ।’

‘ल. ल.. ल… ।’ मैले उसको आवेग उतार्ने काम गरेँ ।

उसको मानसिक उत्तेजनाको सहयात्री बन्दाबन्दै मलाई हस्तक्रियाको बानी बस्यो । त्यो कुरा चन्द्रालाई सुनाउँदा तिम्रो जवानी जाग्यो यार…, भनेर खुसीले नाची । साँच्चिकै उसले भने जस्तै हाम्रो माया बढ्यो ।

एकदिन उसले भनी, ‘मानसिक अनुभूति खुब लगियो । अब नेपाल फर्कें भने शारीरिक अनुभूति लिनुपर्छ ।’ उसको यस्तो प्रतावले मलाई हक्क न बक्क बनायो । फकाउँदा फकाउँदा गरेर केही दिनमै उसले मलाई राजी गराई । मेरो स्वीकारोक्तीले फेरि नाँची र नाँच्दै भनी, ‘अब म छिटै नेपाल आउने बन्दोबस्त मिलाउँछु ।’

चन्द्रा एक महिनाका लागि नेपाल आई । म उसको स्वागत गर्न इयरपोर्टमै पुगेँ । अर्को दिनदेखि हामी त्यही पार्क, त्यही रेष्टुरेन्ट धाउन थाल्यौँ । उसले एकान्तको कुरा उठाउँदा म फेरि टोलाएँ । उसले झकझकाउँदै मेरो त्यो स्वीकारोक्ति सम्झाई । सायद मसँगको व्यवहार उसलाई अपराध बोध भइरहेको थियो कि । सायद त्यसैका लागि आफ्नो शरीर सुम्पेर त्यस अपराधबाट मुक्त हुन चाहन्थी कि ! खै के ? खै के ? तर उसको त्यो अपराध मेरो नशा भइसकेको थियो । म त्यो छोड्न सक्दिनथेँ । ऊ मेरा लागि सुनको फुल दिने मुर्गी भने जस्तै थिई । एकै चोटी कर्यापकुरुप पार्ने मन भएन ।ऊ जस्तै भावुक बनेमा मैले समाज छोड्नु पर्थ्यो । म समाज त्याग्न सक्ने अवस्था पनि थिएनँ । त्यसैले ऊ छिटै फर्कोस् र भिडियो कलमै जटोस् भन्ने चाहन्थेँ । मेरो मनसुवा बुझेपछि ऊ निराशिई । केही दिन लुकेरै बसेँ । छुट्टी सकिएपछि ऊ फर्की होले भन्ने मनमा लिएर फोन गरेँ । उसको फोनै लागेन । इन्टरनेटमा खोजँ । भेट्टाइनँ ।

उसलाई खोज्दा खोज्दा हैरान भइसकेको थिएँ । एकातिर तनाव चुलिँदै थियो भने अर्कातिर मेरो जीउ झुरिएर माछाको काँडो जस्तो भइसकेको थियो । अब त हावाले उडाएरै पनि चन्द्राकहाँ पुर्याइदिन्थ्यो होला, तर कहाँ छ ऊ …….?

……..

अन्ततः होमनाथ धङ्धगाउँदै, हडबडाउँदै आर्यघाट पुग्यो । त्यहाँबाट मुर्दाको फोटो खिचेर ल्यायो । त्यसमा आफ्नो टाउको जोड्न लगायो र फेसबुकमा पोस्ट गर्यो । फोन बन्द गर्यो र झ्यालमै बसेर हेर्न थाल्यो । मान्छेहरू उसैको फेसबुकमा उसैको मृत्युको प्रचार गरिएको छ भन्ने सोच्दैनथे ! संवेदना दिन हतार गर्दथे । आफन्तहरू शोक मनाउन उसको घरमा आउँदा झयालमा बसेको देखेर गुनासो गर्थे, जान्थे । चन्द्रा पनि हस्याङफस्याङ गर्दै आई । होमनाथलाई झयालबाट हेर्दै गरेको देखेपछि खुसीले उफ्रिँदै माथि पुगी । अनि मुठी कसेर भुक्याउन थाली ।

“मलाई जीउँदै पाएर तिमी खुसी भएकी हैनौ र ?” होमनाथले आश्चर्यलाग्दो मुख बनायो।

“मुख देख्न पाउँछु कि पाउँदिनँ भन्ने हतार पो थियो त …!” चन्द्राले नखरा गरी ।

“मलाई पनि मुखै देख्न हतार भएर त हो नि …!” होमनाथलाई फेरि कामज्वरो छुट्यो । थरथराउँदै अँगालो थाप्यो ।
चन्द्रा उफ्रेर अँगालोमा बेरिई ।

प्रतिक्रिया
Loading...