आरूको रूखबाट फूलहरू झर्छन्‌ । भुईंमा रंगीन फूलहरूका छाप अंकित हुँदै जान्छन्‌ । चेतको हावा लागेर त्यो रूखबाट फूलहरू वर्षा तुल्य झर्छन्‌ । रंगीन फूलहरूको बर्सात हुन्छ ।

गर्मीको त्यस प्रारंभिक तापमा शारदादेवी आफ्नु ज्यूभरि सेतो वस्त्र धारण गरेर झ्यालनिर बसेकी हुल्छिन्‌ ।

बारीमा झाङ्गिएको त्यस आरूको रूखमा उनको आँखा फिजिएर जान्छ । नाकको गन्ध, कानको झन्झन्, साथै उनको पातलो जिब्रोको स्वाद एकै साथ रूखमा सर्न थाल्छन्‌ । ती हाँगाहरूमा प्रसारित हुँदै जान्छन्‌ र फूलको साथसाथ हावाको साथसाथ भुईंमा झर्दै पनि जान्छन्‌ ।

शारदा देवीको मनमा कुनै यस्तो कल्पना साकार हुन्छ जसमा उनी लयालु भएर बग्न थाल्छिन्‌- कुनै रोपवेको बाकस तारमा लयालु भई बगेझैं उनी एक डाँडोपछि अर्को डाँडो सर्दै जान्छिन्‌ । त्यो रोपवेको बाकस अचानक कुनै पहाडमा टक्कराउँछ र शारदा देवी झन्झनाएर तल खस्छिन् ।

तर आरूको रूखबाट झर्ने फूलहरूलाई निषेध लाग्दैन । ती उसै गरी झरिरहन्छन्‌ । शारदा देवीको मनभित्र उम्रेको फूलहरू त बीच वायुमै अड्किन्छन्‌, निषेध लागेर। ती बिलकुल भाँच्चिएका पखेटाका भुत्लाहरू जस्तै प्रतीत हुन्छन्‌ ।

पोषण पाण्डे

तत्काल झ्याल छोडेर शारदा देवी कोठाबाहिर आउँछिन्‌ । छिटो छिटो भर्याङ वर्लेर मूल ढोकामा आइपुग्छिन्‌ । काफल किनेर खाँदै माथि उक्लिन्छिन्‌, पोटिला काफलका गेडाहरू औँलाले टिप्तै उनी खाँदै जान्छिन्‌ । एक एक गेडी मात्र टिपेर खाँदा उनको लामो एवं पातलो जिब्रोमा काउकुती लाग्छ र यसलाई मेट्न उनी मुठुीभर नै काफल लिएर मुखमा हाल्छिन्‌ । शारदाको मुखक्रो कुना-काप्चाबाट काफलको रस पिच्केर आउँछ र उनका ओठका किनारहरू भिजेर लाल लाल देखिन्छन्‌ ।

काफल भिजेर हातका औंलाहरू राताम्य भएको देख्ता शारदा देवी तत्काल आफ्नो सेतो साडीमा पुच्छिन्‌ । साडीमा उनका औंलाहरूको गुलाफी टाटो पोर्तारन्छ जसलाई उनी हातले मेट्न खोज्छिन्‌ । उल्टो झन् पोतरिंदै जान्छ ।

शारदा देवी भर्याङ उर्क्लिदै जान्छिन्‌ । दगुर्दै दगुर्दै कोठाभित्र पस्छिन्‌ । उनको ज्यू फुट्ला जस्तो हुन्छ । झटपट पानीले साडीको छेउ धुन्छिन्‌ । साडीबाट काफलको गाढा रंग मेटिन्छ । अब त्यसमा हल्का गुलाफी रंगको आभा चम्किन थाल्छ…….

योटा अनौठो खालको आन्तरिक वेगले शारदा देवी हातको काफल तुरुन्त झ्यालबाहिर फ्याँक्छिन्‌ ।

“कि गरिबक्स्या यो आमई……’

शारदा देवी झस्किन्छिन्‌ छानाबाट खसे सरी…….. । साथै आफ्नो वस्तुस्थिति तत्काल थाह पाई हत्तपत्त भुइँमा झरेको साडी उठाएर कम्मरमा बेर्दै जान्छिन्‌ ।

ढोकामा स्तम्भित भएर उभिएकी जमुनी फेरि भन्छे–हजुर त साह्रै छिः……..ढोका त लाउनुपर्छ”
‘होइन……..थाहा पाइनँ…….अब के गरूँ त………’

‘कस्तो थाह नपाउनु नि……….’

शारदा देवी उसै गरी दराजभित्र कपडाहरू उघिन्न थाल्छिन्‌ । जमुनी उनको साडीमा रातो टाटै टाटो देखेर मनमनै अचम्म मानी सोध्छे–

‘यो क्या हो नि…….टाटै टाटो…….रातो रातो……..ह्याँ…….. ह्याँनिर…… फेरि ह्याँ पनि…….।

‘काफल खा’को जम्मै सरेर……..’
‘ह्याँ कसरी नि……..’

शारदा देवी कोर्टको अगाडि ठडयाइएकी अपराधिनी जस्ती………जमुनी केरकार गर्दै जान्छे। शारदा देवी साँचो साँचो बयान दिदै जान्छिन्‌ । जमुनी नोकर्नीलाई उनी यसो पनि भन्न सक्थिन्‌- जा, आफ्नो काम गर………तँलाई के वास्ता यी सब कुर……….’ तर खै, उनी त्यसो पनि भन्न सक्तिनन्‌ । अहिले ठीक यस्तो लाग्छ–जमुनी मालिक्नी हो अनि शारदा देवी उनकी नोकर्नी ।

आखिरी सोधाइमा शारदा देवीको मनको स्थिर तलाउ चलमलाउँछ र केही लहर त्यसमा सर्छ । उनी भन्छिन्‌-

‘कसरी कसरी…… म के जानुँ………’
जमुनी खिस्स हाँसेर भन्छे–खै फेरिबक्स्योस्‌, धोएर ल्याउँछु…….’
‘पख्‌ न…….. शारदा देवी जमुनीतिर फर्केर भन्छिन्‌–तँलाई यौटा मनको कुरो भनु भनेर……..’
‘भनिबक्स्योस्…….’

‘मलाई किन हो, कुनै चीज पनि छुन हुन्न कि छुन हुन्च कि जस्तो लास्छ……..किन होला भन्‌ न……’
‘आ…….के कुरा गरिबक्स्या……यो_त मनको तर्कना हो खाल……..जस्तो गर्यो उस्तै हुन्छ……..’ ‘
‘साँच्ची हो…… शारदा देवी खिलिलिली हाँस्छिन्‌ ।

सूर्य क्रमश: सर्दै जान्छ र दिनको घाम पातलिंदै पातलिंदै जान थाल्छ । तर गर्मीको वाफ सूर्य अस्ताएपछि पनि गएको छैन । खास गरी शारदा देवीको मनभित्र उम्लेको गर्मी उत्तेजित हुँदैछ । उनलाई दिउँसोको आफ्नो नग्नावस्थाको सम्कना हुन्छ, फलस्वरूप उनको मुख मण्डलमा आगोको एक तरुण ज्वाला उर्लेर आउँछ । कुनै उत्तेजित भिटामिन क्याप्सुलको प्रभाव झैं उनको नसा नसामा ताकतको घोडा दगुर्न थाल्छ । शारदा देवी भर्याङको डँडेल्नी समातेर उभिरहन्छिन्‌।

यत्तिकैमा जमुनी भर्याङमाथि उक्लिदै आउँछे र शारदा देवी…….होइन्‌ के गरिबक्स्या यो…….अय्या…..अय्या…..के गरि बक्स्या भन्या हजुर त…….साह्रै……के भन्लान्‌ कसैले देखे भने
पनि…….’

जमुनी शारदा देवीको कठोर अँगालोबाट उछिट्टिएर भाग्छे। उ माथि उक्लिनुको सट्टा तल वर्लिदै जान्छे ।

शारदा देवी लखेट्तै जान्छिन्‌ ।
होइन के भो हँ……के भो……के भो…..?’

त्यो निसास्सिएको वातावरणमा मटानबाट कसैको आवाज आउँछ।
जसुनी खिलिलिली हाँसेर भाग्छे । शारदा देवी लखेट्तै जान्छिन्‌ ।
‘पख्‌ न पख्‌, ए जमुनी…….’
‘अँ……ह्याँ आफूलाई…………..’
‘अब सत्तै गर्दिनँ ल…….’

कुनै जोरको तूफान हुरीपछरिको सम्यक्‌ वातावरण जस्तै शारदा देवीको मनस्थिति स्थिर हुन्छ । एक्कासि लहर छितरिएर उत्तानो भएको उनको मानसिक तलाउ पुनः एक ठाउँमा आई गहिरिन्छ । आरूको रुखबाट कुनै फूलहरू जस्तै जो अब एकनासको संतुलित गतिमा चल्न थाल्छ। शारदा देवीको आँखा मानौं यौटा उदास नीलो झाडीको भार वहन गरेतुल्य प्रतीत हुन्छ। साँझमा उत्पन्न हुने अस्पष्ट कुत-कुत्याउँदो लहर हराइसकेको छ । यौटा दुःखी मनलाई चाहिने खालको अँध्यारो चारैतिर फैलिरहेछ ।

शारदा देवी स्वचालित यंत्रझै आफ्नो कोठाबाट बाहिर निस्कन्छिन्‌ । भर्याङको डडेल्नी समातेर बिस्तारै बिस्तारै तल वर्लिदै जान्छिन्‌ । एकपछि अर्को, अर्कोपछि अर्को गर्दै शारदादेवी पाँच भर्याङ वर्लिसक्छिन् । तर उनको खुट्टाबाट कुनै आवाज निस्कँदैन ।

शारदा देवी अनायास बारीमा आइपुगिछन्‌, ससाना घाँस, मुनाहरूलाई पैरले खोस्रिदै अगाडि बढ्छिन्‌ । उनको यस किसिमको हिँडाई ठीक त्यस्तै छ जस्तो कि रातको चिहानबाट निस्कने प्रेतात्माको हिँडडुल…… । अन्तमा आरूको रूखमुनि आई घुँडामा टाउको घुसारेर बस्छिन्‌ ।

माथि रूखबाट शारदा देवीको ज्यूभरी रंगीन फूलहरूको बर्सात भैरहन्छ, उनको केश र आङभरि…..। ती फूलहरू जो झरिहेछन्‌ तिनलाई हातले रोक्न सकिंदैन, रोके हातमै पर्छन्‌: आङले छेक्न
सकिंदैन, छेके आङमै झर्छन्‌, न त छातीको तगारो राख्न सकिन्छ, राखे छातीमै टाँस्सिन्छन्‌ ।

शारदा देवीको ज्यूभरि फूलहरूको बर्सात भैरहेछ, मानो उनी यौटी नयाँ दुलही हुन्‌ जो सुहाग-रातको शय्यामा प्रियतमलाई पर्खेर बसिरहेकी छन्‌ ।

यो के फूल सिउरिबक्स्या कपालभरि–कताकताबाट जमुनीको हात उनको केशमा आइपर्छ र उ शारदादेवीको केशका फूलहरू झार्न थाल्छे।

घुँडाबाट टाउको उचालेर शारदादेवी भन्छिन्‌-
‘यो मैले कहाँ हो र…….’

जमुनी हातको लाल्टिन उचालेर हेर्छे । शारदादेवीको आँखाबाट आँसु झर्छन्‌ उसै गरी जसरी आरूका फूल झरिरहेछन्‌ ।

‘किन के भो हजुरलाई……..’

‘केही भा छैन………..’

‘त्यसो भए किन त……’

शारदादेवी आँसु पुछ्तै खिस्स हाँसेर भन्छिन्‌-

‘जमुनी, म जोगिनी हुन्छु कि क्या हो…….’

के कुरा गरिबक्स्या यो, केलाई जोगिनी हुनुपन्यो……’
‘के गर्ने त…..’

जमुनी अचम्म मान्छे । उ शारदादेवीको मनको कुरो बुझ्ने चेष्टा गर्छे, तर सक्तिन । रातको घडी बित्दै जान्छ र एउटाले अर्कोलाई केवल हेदै जान्छन्‌ । कुनै नेपथ्यबाट आउने खालको उदास वाद्य संगीतको धुन शारदादेवीको आँखामा रुमल्लिरहन्छ ।

‘उठिबक्स्योस्‌ ल…… धेरै रातमा खुला ठाउँ….’ जमुनी लालटिनको बत्ती अलिकता बढाएर भन्छे ।
‘के भो त…..एकछिन बस्‌ न अरू…..’
‘अँ……त्यै त……ह्वाँ सच्चो छैन उनलाई…….
‘के भाछ……?’
‘ज्वरो आइ रा’ छ…….’

शारदादेवी जमुनीको अनुहारमा एकटकसित हेरिरहन्छिन्‌ । उनको आँखामा आँसु सुक्छ, अनुहारमा टाटै टाटो पोतरिन्छ र एउटा सुक्खा हाँसो उनको ओठ र नाकमा आएर फरफराउँछ ।

शारदादेवीको केशलाई हावाले छिचोल्छ । फलस्वरूप केस्राहरू उनको मुखभरि आएर लुटपुटिन्छन्‌ ।

‘जमुनी….. तेरो उसलाई केही भो भने तँ कहाा सुत्छेस्‌…….’
‘हा…….हजुर त साह्रै…..के कुरा गरिबक्स्या……’

‘भन्‌ न त….. त्यसपछि तँ मेरो कोठामै सुत्ने………’ जमुनीको खास्टो तान्दै शारदादेवी जोर जोरसित भन्दै जान्छिन्‌- तँ…… मसँगसँगै है……..
है……..?’

‘होइन हजुरलाई के भा यो……हजुरको मनभित्र यस्तो कुरा होला भन्ने मैले सपनामा पनि चिताएकी थिइनँ …..हजुरले यो ख्याल ठट्टा गर्या भनुँ भने पनि, यस्तो ख्याल ठट्टा त कतै हुँदैन……..’

जमुनी आँखाभरि आँसु लिन्छे। वातावरण एकदम सुनसान हुन्छ ।

शारदादेवी जमुतीतिर टाँस्सिई जाम्छिन् र उसको हात समातेर भन्छिन्‌- तँलाई मेरो माया लाग्देन…..’

‘हजुरलाई मेरो नि…….?’

शारदादेवी चुप लाग्छिन्‌ । जमुनीको छातीभित्र ठाउको घुसार्छिन् र भित्रैबाट भन्छिन्‌-

‘ल…..ल भैगो हिँड्‌….. एक्लै सुतुँला…..’

‘के एक्लै नि ! सम्झिबक्स्योस्न…..’

‘कल्लाई…..’

ऊ……ह्वाँ हजुरलाई…….’ आकाशमाथि हात देखाएर जमुनी लालटिन घुमाउँछे ।

शारदादेवीको छाया पनि घुम्छ । उनी जुरूक्क उठ्ता त्यो छाया एउटा दीर्घ रेख। लिएर उनको अगाडि लमतन्न तेर्सिन्छ ।

शारदादेवी त्यसमाथि कुल्चिदै जान्छिन्‌……।