साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

वर्षा ऋतु

अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ?

Chovar Blues Mobile Size

बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु । चोलीको भित्री मात्र मैलो फाटेको गुन्यूँ, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटी स्वास्नीमान्छे हो त्यो आकृति ।

कहिले उसको हात र हँसिया छायामा छिटोछिटो सलबलाइरहेको हुन्छ र कहिले टोल्हाएकी हुन्छे र कहिले चिसै घाँसमाथि निदाइरहेकी हुन्छे । त्यसै स्पटमा एकदिनमा उसलाई रोइरहेकी देख्छु र छिमेककी सान्नानी सम्झाइरहेकी हुन्छे ।

भाषा बुझिँदैन, इसाराको भरमा अन्दाज लगाउँछु, ‘के गर्ने आइमाईको जातलाई, भावीले लेखेको मेटिँदैन, यस्तै हो दुःखसुख कतिसम्म भोग्नु छ अझै ।’ सोच्छु, सालाखाला नेपाली स्वास्नीमान्छेहरूको अस्तित्व यही हो ।

यो वर्षा ऋतु हो । यस ऋतुभित्र असारको पन्ध्र आफूसँग उन्माद र खुसियाली बोकेर आउँछ । रमझम हुन्छ त्यसै । चाहे भकारी रित्तै होस्, चाहे चामलको भाउ जति बढोस् ।

अपराह्न सिमसिम पानी, पातलो बादल छिचोलेर आएका घामका तरवार जस्ता किरणहरू, पश्चिमपट्टि लम्किएको जोर इन्द्रेणी एउटा अत्यन्त सुन्दर पाश्र्वदृश्यको अघि त्यही सयपत्री र हलीहकको झयाङनेरै ऊ नाच्दै रहिछ । लाटी अथवा अर्ध सद्दे ठानेकी थिएँ । तर होइन रहिछ ।

sagarmani mobile size
पारिजात

उसको नाँच असाध्य छरितो छ । सान्नानीको गीतसँग गज्जब मेल खाइरहेको उसको मुद्रा । यत्तिकैमा छेवैको सुन्दर भवनको पश्चिम झ्याल खोलेर एउटी किशोरी यही दृश्य हेर्न देखा पर्छे र ऊसँगै झ्यालबाट एउटा चल्ती गजल पनि तरंगित भएर आउँछ, ‘गम हो कि खुसी दोनो कुछ देर की साथी है ।’

हो र ? के यति चञ्चल हुन्छ सुखदुःख ? सोच्न नभ्याउँदै देख्छु एकाएक आकाशको क्यानभासमा भर्खरैको चित्रकारी मेटिइसकेछ । एक मुस्लो कालो बादल फराकिँदै रहेछ । जिज्ञासा कुत्कुतिएर आउँछ भित्रदेखि । सान्नानीलाई इसारा गरेर भन्छ, ‘उनलाई पनि लिएर आऊ न, एकै छिन ।’ नाउँ कान्छी र जात दनुवार रहेछ उसको ।

सायद दनुवार महिलासँग मेरो यो पहिलो परिचय हो । ऊ घरीघरी खिसिक्क खिसिक्क हाँस्छे र त्यो हाँसो मात्र हाँसो हो । हाँसोभन्दा बढी केही होइन । यो हाँसोमा सौन्दर्य तथा मनस्थिति केही पनि अभिव्यक्त हुँदैन ।

कालो रोगन, थेप्चो नाक, चिम्सो आँखा । अझ चिसो भन्न मिल्दैन झन्डैझन्डै तिनकुने भने हुन्छ । टाढाबाट हेर्दा तरुनी लागेको थियो । छेउमा आउँदा बूढी रहिछ । हेर्दै लाँदा अधबैंसे लाग्यो । पछि त्यो भ्रम पनि हट्यो अनि निष्कर्षमा पुग्छु, यस स्वास्नीमान्छेसँग उमेरको छाप रहेनछ, कस्तो अनौठो । ऊ आफ्नो अघिल्तिर उछिट्टिएको हरिया दाँत देखाउँदै खिसिक्क–खिसिक्क हाँसिरहन्छे ।

अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ? अस्ति टोल्हाउने, हिजो रुने, आज हाँस्दै नाँच्ने मनस्थिति बोक्नेलाई उधारौं पनि कताबाट ? आँसु, हाँसो, चित्ता, सबै ढोका खुल्लै छ । पशु पनि कताबाट ?

साँझ पर्छ । ऊ घाँसको भारी बोकेर हिँड्छे । गोरेटोतिरबाट असारे गीत ठोकिँदै मेरो कोठासम्म आइरहेको छ । एउटा जिज्ञासा छ, सुत्न मान्दैन मनभित्र सान्नानीलाई बोलाउन पठाउँछु र कुराकानी गर्न थाल्छु ।

आफ्नो कुरालाई सक्दो लामो पारामा भन्ने सान्नानीको त्यस अज्ञात घँसिनीबारेको कथनबाट म एउटा सानो निचोड कथा भन्छु । कुनै खास कथा छैन । उसको औसत कथा हो । व्यथा सुनिसकेपपछि आफैसँग प्रश्न गर्छु के स्वास्नीमान्छेलाई रूपवती हुनु आवश्यक छ ? छ । के स्वास्नीमान्छेलाई रूपवती हुन आवश्यक छैन ? छैन ।

यी दुवै प्रश्नले मेरो मनभित्र एकछिन यस्तो भीषण भुत्लाभुत्ली खेल्यो, रन्थनिएँ केहीबेर । युद्धपछि एउटा परिणाम आउँछ नै । अनि म आफैँभित्र घोषणा गर्छु । स्वास्नीमान्छे भनेर सिँगारिएको डोकोको पनि जार छ यहाँ । अँ, औसत कथा छ उसको ।

बिहे भयो, छोराछोरी भएनन् । लोग्नेले सौता हाल्यो । सौताले छोराछोरी पाइदिई । पछि लोग्ने मर्यो । ऊ घरबाट निकालिई । आमाबाबु कोही छैनन् । यतै कतै बाहुनका गोठाल्नी बसेकी छे । काम थुप्रै गर्नुपर्छ । खानावासी पुरोवस यति नै हो यसको कथा ।

भोलिपल्ट ठीक त्यही ठाउँमा दुई छरिता हातहरू सलबलाइरहेका छन् । सिमसिमे पानी परिरहेको छ, उसलाई वास्ता छैन । यसो हेर्छु माया लाग्छ । सोच्छु, अर्को अलिक राम्रो ठाउँमा काम लगाइदिन पर्ला, यो भन्दा बढी उसलाई खुसी तुल्याउने अर्को साधन पनि त छैन । अलिकति सुकिलो ठाउँमा पुगून्, अलिकति शारीरिक सुख मिलून् ।

ऊ एक धुनमा छे यता हेर्दै हेर्दिनँ । आखिर म चिच्याएर उसलाई बोलाउँछु । लोसे चालले आएर मेरो छेवैमा बस्छे । पसिना र झारपातको गन्ध एकैसाथ मिसिएर आउँछ । उसका त्रिकोण आँखाहरूमा कुनै जिज्ञासा छैन । हिजो जस्तो खिस्सखिस्स हाँस्दिनँ पनि । एकदम भावशून्य छ अनुहार । म उसलाई केही पनि प्रश्न सोध्दिनँ । भूमिका पनि बनाउँदिनँ । एकैचोटि सोधिदिन्छु, ‘बाहुन कहाँ तलब दिया छ ?’

‘दिया छैन ।’

‘यो भन्दा राम्रो–राम्रो ठाउँमा काम गर्न जाने हो ? खाई लाईकन पूरा सत्तरी तीन बीस र दश । खान पनि राम्रो छ । यस्तो दुखिया काम पनि गर्न पर्दैन ।’

ऊ घोप्टो मुन्टो लाएर एकैछिन घोरिन्छे र भन्छे, ‘माया लाग्छ ।’

‘कसको ?’ म अचम्मै मान्दै सोध्छु ।

‘अस्ति बाहुनको बैनीको बिहेमा एउटा गौनको फरिया हालिदिया थिएनयैं छ, लगाएकी छैन ।’

बल्ल बुझ्छु प्राण कता अड्केको रहेछ । तै फेरि फकाउँछु ।

‘त्यसो भए भोलि खुसुक्क पोल्टोमा घुसारेर आऊ न त । त्यो फरिया होइन भने माया मारिदेऊ, त्यो एउटा जाबो फरिया । मैले पठाएको ठाउँमा जति पनि दिइहाल्छ नि । ल ऐले ट्याक्सीमा चढाएर पठाइदिन्छु ।’

‘कहाँ ?’

‘पाटन ।’

‘पाटन भनेको कहाँ छ ? यही नेपालमा नै छ ?’

मलाई हाँस उठ्छ, उसको अबोधपना देखेर । भन्छु, ‘लाटी त्यही हो पाटन भनेको । दिनको दशचोटि ओहोरदोहोर गर्न सकिन्छ ।

बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई देख्दै आएकी छु । चोलीको भित्री मात्र मैलो फाटेको गुन्यूँ, ठूटो पारी छाडेको कपालमा रातो रिबन हेयर ब्यान्ड शैलीमा बाँधिएको एउटी स्वास्नीमान्छे हो त्यो आकृति ।

कहिले उसको हात र हँसिया छायामा छिटोछिटो सलबलाइरहेको हुन्छ र कहिले टोल्हाएकी हुन्छे र कहिले चिसै घाँसमाथि निदाइरहेकी हुन्छे । त्यसै स्पटमा एकदिनमा उसलाई रोइरहेकी देख्छु र छिमेककी सान्नानी सम्झाइरहेकी हुन्छे ।

भाषा बुझिँदैन, इसाराको भरमा अन्दाज लगाउँछु, ‘के गर्ने आइमाईको जातलाई, भावीले लेखेको मेटिँदैन, यस्तै हो दुःखसुख कतिसम्म भोग्नु छ अझै ।’ सोच्छु, सालाखाला नेपाली स्वास्नीमान्छेहरूको अस्तित्व यही हो ।

यो वर्षा ऋतु हो । यस ऋतुभित्र असारको पन्ध्र आफूसँग उन्माद र खुसियाली बोकेर आउँछ । रमझम हुन्छ त्यसै । चाहे भकारी रित्तै होस्, चाहे चामलको भाउ जति बढोस् ।

अपराह्न सिमसिम पानी, पातलो बादल छिचोलेर आएका घामका तरवार जस्ता किरणहरू, पश्चिमपट्टि लम्किएको जोर इन्द्रेणी एउटा अत्यन्त सुन्दर पाश्र्वदृश्यको अघि त्यही सयपत्री र हलीहकको झयाङनेरै ऊ नाच्दै रहिछ । लाटी अथवा अर्ध सद्दे ठानेकी थिएँ । तर होइन रहिछ ।

उसको नाँच असाध्य छरितो छ । सान्नानीको गीतसँग गज्जब मेल खाइरहेको उसको मुद्रा । यत्तिकैमा छेवैको सुन्दर भवनको पश्चिम झ्याल खोलेर एउटी किशोरी यही दृश्य हेर्न देखा पर्छे र ऊसँगै झ्यालबाट एउटा चल्ती गजल पनि तरंगित भएर आउँछ, ‘गम हो कि खुसी दोनो कुछ देर की साथी है ।’

हो र ? के यति चञ्चल हुन्छ सुखदुःख ? सोच्न नभ्याउँदै देख्छु एकाएक आकाशको क्यानभासमा भर्खरैको चित्रकारी मेटिइसकेछ । एक मुस्लो कालो बादल फराकिँदै रहेछ । जिज्ञासा कुत्कुतिएर आउँछ भित्रदेखि । सान्नानीलाई इसारा गरेर भन्छ, ‘उनलाई पनि लिएर आऊ न, एकै छिन ।’ नाउँ कान्छी र जात दनुवार रहेछ उसको ।

सायद दनुवार महिलासँग मेरो यो पहिलो परिचय हो । ऊ घरीघरी खिसिक्क खिसिक्क हाँस्छे र त्यो हाँसो मात्र हाँसो हो । हाँसोभन्दा बढी केही होइन । यो हाँसोमा सौन्दर्य तथा मनस्थिति केही पनि अभिव्यक्त हुँदैन ।

कालो रोगन, थेप्चो नाक, चिम्सो आँखा । अझ चिसो भन्न मिल्दैन झन्डैझन्डै तिनकुने भने हुन्छ । टाढाबाट हेर्दा तरुनी लागेको थियो । छेउमा आउँदा बूढी रहिछ । हेर्दै लाँदा अधबैंसे लाग्यो । पछि त्यो भ्रम पनि हट्यो अनि निष्कर्षमा पुग्छु, यस स्वास्नीमान्छेसँग उमेरको छाप रहेनछ, कस्तो अनौठो । ऊ आफ्नो अघिल्तिर उछिट्टिएको हरिया दाँत देखाउँदै खिसिक्क–खिसिक्क हाँसिरहन्छे ।

अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ? अस्ति टोल्हाउने, हिजो रुने, आज हाँस्दै नाँच्ने मनस्थिति बोक्नेलाई उधारौं पनि कताबाट ? आँसु, हाँसो, चित्ता, सबै ढोका खुल्लै छ । पशु पनि कताबाट ?

साँझ पर्छ । ऊ घाँसको भारी बोकेर हिँड्छे । गोरेटोतिरबाट असारे गीत ठोकिँदै मेरो कोठासम्म आइरहेको छ । एउटा जिज्ञासा छ, सुत्न मान्दैन मनभित्र सान्नानीलाई बोलाउन पठाउँछु र कुराकानी गर्न थाल्छु ।

आफ्नो कुरालाई सक्दो लामो पारामा भन्ने सान्नानीको त्यस अज्ञात घँसिनीबारेको कथनबाट म एउटा सानो निचोड कथा भन्छु । कुनै खास कथा छैन । उसको औसत कथा हो । व्यथा सुनिसकेपपछि आफैसँग प्रश्न गर्छु के स्वास्नीमान्छेलाई रूपवती हुनु आवश्यक छ ? छ । के स्वास्नीमान्छेलाई रूपवती हुन आवश्यक छैन ? छैन ।

यी दुवै प्रश्नले मेरो मनभित्र एकछिन यस्तो भीषण भुत्लाभुत्ली खेल्यो, रन्थनिएँ केहीबेर । युद्धपछि एउटा परिणाम आउँछ नै । अनि म आफंैभित्र घोषणा गर्छु । स्वास्नीमान्छे भनेर सिँगारिएको डोकोको पनि जार छ यहाँ । अँ, औसत कथा छ उसको ।

बिहे भयो, छोराछोरी भएनन् । लोग्नेले सौता हाल्यो । सौताले छोराछोरी पाइदिई । पछि लोग्ने मर्यो । ऊ घरबाट निकालिई । आमाबाबु कोही छैनन् । यतै कतै बाहुनका गोठाल्नी बसेकी छे । काम थुप्रै गर्नुपर्छ । खानावासी पुरोवस यति नै हो यसको कथा ।

भोलिपल्ट ठीक त्यही ठाउँमा दुई छरिता हातहरू सलबलाइरहेका छन् । सिमसिमे पानी परिरहेको छ, उसलाई वास्ता छैन । यसो हेर्छु माया लाग्छ । सोच्छु, अर्को अलिक राम्रो ठाउँमा काम लगाइदिन पर्ला, यो भन्दा बढी उसलाई खुसी तुल्याउने अर्को साधन पनि त छैन । अलिकति सुकिलो ठाउँमा पुगून्, अलिकति शारीरिक सुख मिलून् ।

ऊ एक धुनमा छे यता हेर्दै हेर्दिनँ । आखिर म चिच्याएर उसलाई बोलाउँछु । लोसे चालले आएर मेरो छेवैमा बस्छे । पसिना र झारपातको गन्ध एकैसाथ मिसिएर आउँछ । उसका त्रिकोण आँखाहरूमा कुनै जिज्ञासा छैन । हिजो जस्तो खिस्सखिस्स हाँस्दिनँ पनि । एकदम भावशून्य छ अनुहार । म उसलाई केही पनि प्रश्न सोध्दिनँ । भूमिका पनि बनाउँदिनँ । एकैचोटि सोधिदिन्छु, ‘बाहुन कहाँ तलब दिया छ ?’

‘दिया छैन ।’

‘यो भन्दा राम्रो–राम्रो ठाउँमा काम गर्न जाने हो ? खाई लाईकन पूरा सत्तरी तीन बीस र दश । खान पनि राम्रो छ । यस्तो दुखिया काम पनि गर्न पर्दैन ।’

ऊ घोप्टो मुन्टो लाएर एकैछिन घोरिन्छे र भन्छे, ‘माया लाग्छ ।’

‘कसको ?’ म अचम्मै मान्दै सोध्छु ।

‘अस्ति बाहुनको बैनीको बिहेमा एउटा गौनको फरिया हालिदिया थिएनयैं छ, लगाएकी छैन ।’

बल्ल बुझ्छु प्राण कता अड्केको रहेछ । तै फेरि फकाउँछु ।

‘त्यसो भए भोलि खुसुक्क पोल्टोमा घुसारेर आऊ न त । त्यो फरिया होइन भने माया मारिदेऊ, त्यो एउटा जाबो फरिया । मैले पठाएको ठाउँमा जति पनि दिइहाल्छ नि । ल

ऐले ट्याक्सीमा चढाएर पठाइदिन्छु ।’

‘कहाँ ?’

‘पाटन ।’

‘पाटन भनेको कहाँ छ ? यही नेपालमा नै छ ?’

मलाई हाँस उठ्छ, उसको अबोधपना देखेर । भन्छु, ‘लाटी त्यही हो पाटन भनेको । दिनको दशचोटि ओहोरदोहोर गर्न सकिन्छ ।’

केहीबेर ऊ फेरि घोरिन्छे र आँखामा एक प्रकारको आत्मविश्वास र ओठको कुनामा अलिकति लाज पोखेर सडकतिर संकेत गर्दै भन्छे, ‘त्यहाँ पालो बस्न आउने सिपाहीले लैजान्छु भनेको छ ।’ त्यसपछि ऊ स्पष्ट लजाएर घोप्टिन्छे ।

उसको स्वास्नीमान्छे हुनुको समग्रतालाई निमेषभरमा मूल्यांकन गरेर सोच्छु, ‘यिनी तावाबाट उम्केर भुंग्रोमा खस्न गइरहेकी छे ।’

म तर्सिन्छु र आवेशमा आएर भन्छु, ‘लाटी त्यो छल हो, धोखा हो, प्रवचना हो, तिमी गतिलो भ्रममा फँसेकी रहिछौ ।’

ऊ त जिल्लिएर सोध्छे, ‘के भन्नु भा हो मैले बुझिनँ ?’ म आफूलाई नियन्त्रण गर्दै भन्छु, ‘त्यो सिपाहीले तिमीलाई लाग्दैन ।’

‘खै लान्छु भन्छ ।’ उसका त्रिकोण आँखाहरू आत्मविश्वासले रंगिइ पो सकेछन् ।

त्यो आत्मविश्वासलाई म अब कसरी आघात गरूँ ? सोच्न नपाउँदै ऊ ‘आज हतार छ’ भन्दै मलाई छोडेर गइदिन्छे । लाग्छ, उसको मसँग कुराकानी गर्ने रहर अब छैन ।

भोलिपल्ट ठीक त्यही समय खेततिर हेर्छु तर त्यहाँ आज त्यो आकृति छैन । सधैं देखिरहेको क्यानभासमा एउटा विशेष रङ मेटिए जस्तो लाग्छ । एकैछिनपछि सान्नानी खस्केको अनुहार लाएर मतिर आउँछे ।

सोच्छु, ‘यसको पनि होला आफ्नै समस्या । अब मलाई पोख्दी हुन् ।’

म मौन बसिरहन्छु, कुरा कोट्याउन डर लाग्छ किनकि सान्नानीको कुरा गर्ने शैलीले कस्तै धैर्यवानलाई पनि थकाउँछ ।

सान्नानी आफैं बोल्न थाल्छे । सारांश अति छोटो छ । गोठाल्नीले हिजै भनेर गई, ‘अब उप्रान्त म यहाँ घाँस काट्न आउनेछैन, ऊ त्यो घरकी आइमाईले कता हो कता पाटनतिर ट्याक्सीमा हालेर भगाइदिन्छु भनी । मलाई डर लाग्यो, आजभोलि हामी जस्तालाई देशतिर बेच्छ भन्छन्, कसको के भर ।’

सारांश सुनिसकेपछि मलाई आफू बसेको ठाउँबाट खस्कँदै खस्कँदै जाँदै छु कि जस्तो लाग्न थाल्छ । थुप्रै प्रश्नचिह्नहरू मेरो वरिपरि उभिएर सोध्न थाल्छन्, ‘के म यति जाली, फटाही, विश्वासघाती देखिएँ ? मेरो दोषी भाषा तथा व्यवहारमा जब सदभावना, सहृदयता जस्तो केही बाँकी रहेन ? के मैले बोल्न जानिनँ ? के भएको छ मलाई ? म कस्तो परिवेशमा बाँचिरहेकी छु ? के कोही मेरो परिवेशलाई मोसो पोतिरहेछ ? मलाई एकाएक यो परिवेशसँग जुध्न मन लाग्छ, भुत्लाभुत्ली चिथारो विचार गर्न मन लाग्छ, हारजितको सीमासम्मै ।

आँखा यसो छामेर हेर्छु वर्षा ऋतुको दुई थोपा बाछिटा कसो कसो पसिसकेछ । मलाई आँखा बिझाए जस्तो लाग्छ र पानीले आँखा यसरी बिझाउनु जीवनको यो मेरो पहिलो अनुभव हो ।

प्रतिक्रिया
Loading...