साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

तिमीसँगको त्यो पल

उसलाई गम्लङ अङ्गालोमा बेर्दै उसका शरीरभरि ओठले स्पर्श गरौँ जस्तो लाग्छ । उसको अङ्गालोमा बेरिएर आफूलाई पूर्ण रूपमा उसैमाथि छोडिदिउँ जस्तो लाग्छ । नजाँनिदो भावले मैले मेरो शरीर बिस्तारै उसको शरीरछेउ ढल्काइदिन थाल्छु ।

Chovar Blues Mobile Size

 “के तपाईँलाई झोलाले अप्ठ्यारो पार्यो ?” ऊ बोल्यो ।

मुसुक्क हाँसेर बोलेँ, “होइन, म राख्दै छु । तपाईँलाई किन दुःख दिनु ?” नखरा देखाएँ, तर गार्हो त मलाई भएकै थियो ।

दाजुको विवाहका लागि केही चाहिने सामानहरू किनेको हुनाले झोला अलि गरूङ्गो थियो । मलाई बसमाथि राख्न अफ्ठ्यारो पर्दै थियो ।

होइन होइन । तपाईँलाई साँच्चै अप्ठ्यारो भएजस्तो छ । दिनुस्, म राखिदिन्छु ।” उसको मुखमा हेरेर म हासेँ र मेरो हातमा भएको झोला उसलाई दिएँ ।

उसको सिट भित्तापट्टि झ्यालसँगै थियो, मेरो उसको सँगै छेउमा ।

sagarmani mobile size

गर्मी छ । तपाईँ चाहनुहुन्छ भने झ्यालको सिटमा बस्नुस् । म छेउमा बसौँला ।” उसको आत्मियता, सहयोगी भावना र बोलीहरूले किन—किन मलाई ऊ आफ्नै जस्तो लाग्न थाल्यो । अन्जान लोग्नेमान्छे, रातको लामो एउटै सिटको यात्रामा कतै पीडा त हुने होइन । केहीक्षणअगाडिको भ्रम ममा तोडिदै थियो ।

बस साँझको छ बजे गोङ्गबुबाट छुट्यो । स्वयम्भूनजिकै पुग्दै थियो । तपाईँको नाम के हो ? घर उतै हो कि ? यहाँ राजधानीमा के पढ्नको लागि बस्नुभएको ?” एउटै सोधाइमा उसको मप्रतिको जान्ने चाहनामा प्रश्नहरू गरेको थियो ।

हजुर, म रितीका, घर धनगढीमा नै हो । अहिले बि.ए. तेस्रो वर्षमा पढ्दै छु, पद्यम कन्यामा ।”

शशी थापा पण्डित

म दिपेश घिमिरे, घर बाग्लुङ्गमा हो, अफिसको कामले काठमाडौँ आएको थिएँ । अफिस कैलालीमा छ । अहिले उतै फर्कदै छु ।”, मेरो मुखमा आँखै नझिम्काई एकटकले  हेरेर मेरो परिचय सुनेपछि उसले आफ्नो परिचय दिएको थियो ।

आज धेरैपछि त्यो दिनको घटना एकपछि अर्काे गरी निस्कँदै छ ममा । हो, म बाइस टेकेकी मात्र थिएँ । बैँसले ढपक्क बलेकी, चन्द्रमुखाकृति भएकी नहाँसी नबोल्ने मिलेका दाँत अनि लोभलाग्दो शारीरिक बनोट, कतै स्वर्गकी अप्सरा यहीँ झरेकी हुन् कि जस्तो लाग्ने ।

यस्तै भन्दै थियो त्यो भेटमा लोभिँदै उसले मलाई ।

हाम्रो यात्रा थियो धनगढीको, त्यो पनि रातको । म दाजुको बिहेको लागि काठमाडौँबाट घर फर्कंदै थिएँ । उसको अफिस थियो रे धनगढीमा, तर मैले केमा भनेर सोधिनँ । उसले पनि भनेन ।

ऊ सत्ताइस अठ्ठाइसको हुनुपर्छ । विवाहित थियो या थिएन ? थाहा पाउन जरुरी सोचिनँ । हेर्दा आकर्षक नै थियो । शारीरिक बनोट, रूपरङ लोभलाग्दै थियो । समग्रमा हेन्डसम् नै  देखिन्थ्यो । तर उसले मेरो प्रशंसा गरे जसरी मैले उसको प्रशंसा भने गरिनँ ।

हेरेँ, उसलाई आफ्नो प्रशंसा गरिदियोस् भन्ने चाह गरेजस्तो लाग्दै थियो मलाई । उसको हाउभाउ, बोली र उसको मुखाकृतिमा देखिएको झल्कोले त्यही बताइरहेको थियो ।

बस नागढुङ्गाबाट तल ओर्लँदै थियो । गोधुली साँझ झमक्कै पर्न आँटिसकेको थियो । वैशाख महिना यसै त गर्मी, बसभित्र झन् गर्मी थियो । झ्यालका सिसाहरू पूरै खोलेको थिएँ मैले । हल्काहल्का चिसो छिर्दै थियो भित्र । नौबिसे पुगेपछि चियानास्ताको लागि गाडी रोकियो ।

चिया खाजाको लागि जाउँ ।”, उसले मलाई आग्रह गर्यो । म चुपचाप उसको पछि लागेँ ।

खाजा नि केही लिनुस् न ? अब त रातको एघार नबजी खाना खान पाइँदैन ।” उसले भन्याे ।

खाना नलिई चियामात्र पिएँ मैले । पैसा तिर्न नदिई आफैँले तिर्यो उसले ।

गाडी अघि बड्दै थियो, आफ्नै रफ्तारमा । रितीकाजी, निद्रा लाग्यो भने मेरो काँधतिर ढल्किएर निदाए हुन्छ, अप्ठ्यारो मान्नु पदैन ।” उसको कुरा अप्रत्यासित थियो मेराे लागि ।

के भन्छ यो मान्छे ?” मनमनै साेचेँ । केही बोलिनँ । तर डर भने लाग्यो । कतै निदाएको बाहानामा मेरो शरीरको अङसँग त खेल्ने होइन यसले ? म आफैँभित्र डराइरहेँ । भित्तातिर अझ ठेलिएँ । 

कुरा गर्ने सुरमा उसले मेरो मुखतिर हेर्दै भन्याे, “रितीकाजी, कति वर्ष भयो तपाईँ काठमाडौं पढ्न बस्नुभएको ? एक्लै हुनुहुन्छ कि आफन्तसँग बस्नुभएको छ ?”

एस.एल.सी सकाएर आएको थिएँ । दाइसँगै कोठा लिएर बसेको छु ।” मैले जवाफ दिएँ ।

क्वारक्वार्ती हेरिरहेछ ऊ मलाई “लाटाले पापा हेरेजस्तो” । मलाई अफ्ठ्यारो लागि रहेछ उसको हेराइसँग । भान परिरहेको छ उसले मेरो मुखमा कम छातीमा बढी ध्यान दिइरहेको छ ।

म सलले छाती छोप्छु, माथिसम्मै छोपिने गरेर । उसका आँखाहरू घरिघरि मतिर हेरिरहन्छन् । उसले मलाई होइन मेरा शरीरलाई नियालिरहेजस्तो लाग्छ । मन धकले फुलेर आँउछ । गाडीको घ्याच्चघ्याच्च रोकाईसँगै उसका हातको कुइनाले र पाखुराले मेरो छाती छुन पुग्छन् । त्यो छुवाइले ममा असजिलो महसुस हुन्छ । तर घरिघरिको छुवाइले बिस्तारै ममा रोमाञ्चकता भरिन पुग्छ । विपरीत लिङ्गी, त्यसमा वयस्क पुरुषको छुवाइले जवानीको तरङ्ग मभित्र पनि उम्लेर आउँछ । उसलाई गम्लङ अङ्गालोमा बेर्दै उसका शरीरभरि ओठले स्पर्श गरौँ जस्तो लाग्छ । उसको अङ्गालोमा बेरिएर आफूलाई पूर्ण रूपमा उसैमाथि छोडिदिउँ जस्तो लाग्छ । नजाँनिदो भावले मैले मेरो शरीर बिस्तारै उसको शरीरछेउ ढल्काइदिन थाल्छु ।

मैले स्लीपलेस कुर्ता लगाएको थिएँ । उसले पनि हाप टिर्सट लगाएको थियो । उसको हात र मेरो हात एक आपसमा रगडिरहेका छन् । म रोमाञ्चित भइरहेछु । सायद ऊ पनि ।

कतै उसले जानाजान त छुवाइरहेको छैन ? म झसङ्ग हुन्छु । एकैक्षण अगाडिको ममा तरङ्गित भएको भावहरू एकाएक हराउन थाल्दछन् ।

रितीकाजी, तपाईँलाई निद्रा लाग्यो कि ?” ऊ मायालु बोलीमा सोध्छ ।

छैन ।” म जवाफ दिन्छु ।

धत्तेरिका, यस्तो राम्रो मानिसलाई पनि कस्तो नराम्रो सोच्न पुगेछु ।” आफैँमा ग्लानि हुन्छ, उसप्रतिको आफ्नो सोचमा ।

तपाईँलाई भोक लाग्यो कि ? अघि खाजा खान मान्नु पनि भएन । मसँग एक पोका चाउचाउ छ, त्यही खानु हुन्छ कि ?”

छैन भोक लागेको ।” म जवाफ दिन्छु ।

किन सिरियस देखिनुभयो नि ? बोल्न पनि गार्हो मान्दै हुनुहुन्छ । टाउको दुख्यो कि ?”

निधार छाम्छ ऊ, परिचित आफ्नो मान्छेलाई जस्तो गरेर ।

मलाई उसको आत्मीयता र रेखदेख देखेर ऊप्रति कताकता माया उर्लिएर आउँछ । उसलाई नराम्रो सोचेकोमा पछुतो पनि लाग्छ । सोच्छु, एकैक्षणको भेटमा पनि कस्तो हार्दिकता देखाउने मान्छे । मान्छे स्वार्थरहित हुँदैनन् भन्छन् । त्यसमा पनि केटामान्छे । के यो मान्छे स्वार्थरहित नै हो त

बोल्नुस् न रितीकाजी ।” ऊ फेरि बोल्यो । आफ्नै सोचमा मग्न म झसङ्ग हुन्छु ।

होइन, केही भएको छैन । सबै ठीकै छ ।” नरम भएर मायालु स्वरमा जवाफ फर्काउँछु म ।

वैशाखको महिना न हो, बसभित्र गर्मी थियो । बसको झ्यालको सिसा बिस्तारै बिस्तारै गाडीको गुडाइसँगसँगै सरेर बन्द हुन पुग्थ्यो । बन्द भएपछि खोल्न ज्यादै कठिन हुन्थ्यो । बलै प्रयोग गर्नु पथ्र्याे । योपटक पनि त्यही भयो । मैले खोल्न सकिनँ । उसले आफैँ खोल्ने प्रयास गर्यो । मेरो छेउबाट आफ्नो हात झ्यालको सिसामा पुर्यायो । कडासँग लागेको हुनाले खोल्न बल पुर्याउनु नै पथ्र्याे । यसो गर्दा उसको पाखुरा र कुइनाले मेरो छातीमा बेलाबेला छुन पुग्थे । त्यो छुवाइसँगँंगै मेरो जिउ करेन्ट लागेको जस्तो हुन्थ्यो । करिब दश मिनेटको उपक्रममा झ्याल खुल्यो ।

बल्ल चिसो हावा आयो, अब पूरा बन्द हुन नदिनू है ।” ऊ आफ्नो ठाउँमा बसेर बोल्यो ।

उसका आवाजले म झसङ्ग हुन पुग्छु । आफैँभित्र लाज लाग्न थाल्छ । अघिसम्म त उसको बोली झर्काे लाग्दै थियो । अहिले उसको स्पर्श किन स्वीकार्दै छ शरीर ? आफैँलाई सोध्न पुग्छु ।

बाहिर निष्पटः अँध्यारो थियो । परपर डाँडामा झल्याकझुलुक कतैकतै बत्ती बलेका देखिन्थे भने कहीँ अलि झुरुप्पै बत्ती बलेका थिए । बाटोमा आक्कलझुक्कल रात्री मालबाहक ट्रकहरू हिँडिरहेका थिए ।

यति सानो ज्यानको मान्छेले यत्रो ट्रक ? त्योभित्र भारी सामान, बसभरि मान्छे सबै बोकेर कुदाउन सक्छन् । चेतना र शाहस त पाएकै हुन् मान्छेले है रेखाजी ।” ऊ बाहिर कुदिरहेको गाडितिर दृष्टि फ्याक्दै बोल्छ ।

त्यही त, आविष्कार त गरेकै हुन् है मानिसले । एउटाले कति अध्ययन गरेर त्यो बनाउँछ । अर्काेलाई त्यही चलाउन पनि धौधौ पर्छ । अझ हामी त्यस शाहसको बखान गर्नेभित्र पर्छौँ है ।” म बोल्छु ।

म अलि सहज रूपमा प्रकट हुन थालेको थिएँ र बोलीमा पनि मिठास भर्दै थिएँ । तर यसलाई उसले कुन रूपमा स्वीकार्दै थियो, मलाई थाहा थिएन ।

अध्ययनको सीमा आ–आफ्नै ठाउँमा गार्हो अनि सजिलो दुवै छ ।” ऊ जवाफ फर्काउँछ ।

अलि सजिलोसँग बस्नु पर्यो भन्दै दाहिने हात मेरो सिटमाथि राख्छ र बाँया हातले बाहिर कुदिरहेको गाडी देखाउँदै बोलिरहेको हुन्छ ऊ । बच्चालाई केही देखाएजस्तो गरेर ।

मेरो सिटमाथि राखेको उसको हातले घरि मेरो काँधको आधा भाग घरि मेरो पाखुरामा छुन पुग्छ । यसले गर्दा उसको कुमभित्र मेरो शरीर टाँसिन पुग्छ ।

म अनुभव गरिरहेछु उसलाई । यस छुवाइमा ऊ रोमाञ्चक भएझैँ लाग्छ । मानौँ उसले आफ्नै प्रियसीलाई भनौँ या श्रीमतीलाई आफ्नो अँगालोमा बेरिरहेछ । यस छुवाइमा विपरीत लिङ्गीको स्पर्शको स्वाद चाखिरहेझैँ लाग्छ मलाई उसले ।

केहीबेरको यो उपक्रममा मैले केही विरोध नजनाएपछि उसको दायाँ हातका औँलाले मेरो छातीमाथिको भाग सुमसुम्याउन पुगिसकेको थियो । बायाँ हातका औँलाले मेरो काखमाथि रहेको मेरो हात र तिघ्रा मुसार्दै थियो । केही क्षणको मेरो विस्मृतिमा म पनि रोमाञ्चक बन्न पुग्छु । पुरुषको यति निकटम छुवाइ मेरो जीवनको पहिलो क्षण थियो । म पनि आल्हादित नबनी रहन सकिनँ । केही क्षणको यो उपक्रम चल्दै थियो, गुडिरहेको गाडीमा ब्रेक लाग्यो क्यारे, गाडी घ्याच्च रोकियो । तब म होसमा आएछु । म झसङ्ग भएँ । त्यो रोमाञ्चकतामा डर मिसिन थाल्यो ।

मैले उसको हात हटाउने कोसिस गरेँ तर उसले जोडले अङ्गालो मारिरह्यो ।

अघिसम्मको ममा रहेको उसको स्पर्शको आन्नदको अनुभव एकाएक धमिलिन पुग्यो । ऊ कति सभ्य, सहयोगी, इमान्दार जस्तो लागेको थियो, केहीक्षण अघिसम्म मलाई । यस क्षणमा आएर मेरो सोचाइ आफैँलाई घृणा लाग्न थाल्यो ।

कतै भनेको सम्झेँ, पुरुषहरू सधैं सहयोगको बाहनामा महिलाको अस्मितामाथि खेलवाड गर्न खोज्छन् । अहिले आएर हो जस्तो लाग्न थाल्यो मलाई ।

कति न सहयोगी र मायालु भाव देखाउँदै थियो अघिसम्म अहिले एक्कासी उसको यो रूप ? म तर्सिन पुग्छु ।

बसभित्र यति धेरै मान्छे हुँदा पनि एक्लै छु जस्तो भान हुन थाल्यो र यो मान्छेबाट बलात्कृत भइरहेछु जस्तो लाग्न थाल्यो मलाई । बैँसको कुनै उन्माद उमार्न सकिनँ । उसको सुम्सुम्याइ र स्पर्शहरूमा अब मैले । रिसले आँखा पनि देखिनँ – अन्तमा चिच्याउन पुगेँ, “तपाईँ अर्काे सिटमा जानुहुन्छ कि म जाऊँ ? कस्तो लाज नभएको मान्छे ? सोमत छैन ?”

सरी सरी । म त तपाईँ पनि यसमा सहमत हुनुहुन्छ जस्तो लागेर । नरिसाउनुस् न पिलिज् … । अब छुन्न ।” यति भन्दै उसले आफ्ना हातहरू मेरो शरीरका अङहरुबाट झिकेर सहज तरिकाले बस्यो ।

मैलै साथ दिन्छु रे ? अलिकति मीठो बोल्दैमा मनै पराएजस्तो सोच्ने अनि आफ्नै अधिकार क्षेत्रजस्तो ठानेर आफ्नो मन लाग्दो गर्न खोज्ने कस्तो मानसिक्ता हो  पुरुषहरूको  ?” म मनमनै फुसफुसाउँछु ।

यसपछि बसको यात्राभरि म ऊसँग बोल्दै नबोली बसेँ । ऊ भने बोल्न खोज्दै थियो । ओर्लने बेलामा पनि बाई गर्न खोज्दै थियो मोरो । मैले उसलाई हेर्दै हेरिनँ ।

बिहानको करिब दश बजे घर पुगेँ । दाजुको बिहे सकिएको भोलिपल्ट घरमा भोज थियो । त्यही मौकामा मेरो विवाहको लागि केटी हेर्न केटा पक्षहरूलाई बोलाइएको रहेछ, घरको सल्लाहअनुसार । मेरो इच्छा सोधियो र फकाइयो । मैले आमाबाबुको निर्णयलाई स्वीकारेँ । मेरो विवाहको लागि माथ्लाघरको विवेक दाजुले ल्याएको कुरा रहेछ । उहाँसँगै एउटै अफिसमा काम गर्ने सरकारी अफिसर रहेछ केटो ।

करिब दुई बजेतिर मलाई हेर्न केटोसहित उसका आफन्त र साथीभाइहरू आए । औपचारिक चिनारी गराइयो ।

तपाईँ !’ म झसङ्ग हुँदै बोल्छु ।

सबै जना गलल्ल हाँस्छन् । ऊ पनि लाज नमानी हाँस्छ ।

पछि पो थाहा पाएँ, मलाई बुझ्नको लागि घरबाट नै स्वीकृति लिएर ऊ बसमा मेरो सहयात्री भएको रहेछ । तर मलाई उसको बसको क्रियाकलापले मन पोलिरहेको थियो । केटा भएपछि जे पनि गर्न पाउने र त्यसलाई स्वीकार्ने समाज । तर यही क्रियाकलाप म केटी भएर उसलाई बुझ्न भनेर गरेको भए के उसले अपनाउन सक्थ्यो होला ? म घरका सदस्यसँग र त्यहाँ आएकासँग विद्रोह गर्दछु । सायद केटी भएकाले हो वा जानकारी बस् गरेकोले हो । मेरो कुरालाई हल्का रूपमा लिनुभयो सबैले र सम्झाउनुभयो ।

एकान्तमा कुरा गर्ने क्रममा उसले भन्यो, “साँच्चै तिमीलाई मन पराएको भएर अनि मेरै त हुनेछौ भन्ने शाहसका साथ आफूलाई सम्हाल्न नसकेर त्यो क्रियाकलाप गरेँ । माफ गर है रितीका ।”

उसले दुवै हातले कान समातेर घुँडा तेकेर माफी मागेर हत्तु गरेपछि न हो ऊसँगको मेरो रिस कम भएको । तब मात्र मैले विवाहको लागि स्वीकृति दिएको थिएँ ।

आज दस वर्ष पुगिसकेछ विवाह भएको पनि । तर त्यो घटना अझै पनि मेरो स्मृतिपटलमा ताजै भएर रहेको छ । आँखामा खिचिएको तस्बिरझैँ । सोच्दा पनि रोमाञ्चक बन्छ मेरो मन । आजको यो यात्रामा त्यो दिनको तस्बिर खिच्दै छ मनले सुस्तरी सुस्तरी …….. ।

प्रतिक्रिया
Loading...