प्रिय दाइ, हजुरलाई दाइ भन्नुबाहेक अर्को शब्द भेटिनँ मैले अनि हजुरलाई दाइबाहेक पनि अरू सम्बोधनहरूको प्रयोग गर्नु जायज पनि त हुँदैन है ? त्यसैले पनि मसित योबाहेकको अरू उपयुक्त सर्वनाम छैन तपाईँलाई दिनका लागि । लाग्दो होला हजुरको प्रिय बहिनीले आज किन आफ्नो सहोदर दाजुलाई पनि सम्बोधनका शब्दहरू खोज्दै छे भनेर । अँ म तपाईँलाई आज सब कुरा विस्तारमा भन्न जाँदै छु । पढेर पक्कै चकित पर्नुहुनेछ । त्योभन्दा बढी त मै आफैँ आश्चर्य पर्दै गएकी छु, आफ्नै जिन्दगीलाई देखेर, आफ्नो हाल सम्झिएर अनि आफूभित्रको मनोदसा भोग्दै जाँदा । हजुरलाई मैले पहिले नै मेरो मनभित्र उम्रिएको ढुङ्गो चिनाएर त्यति वेलै यो दलदलबाट उम्किन पर्ने त थियो तर मभित्र पनि ढुङ्गो फल्छ भन्ने यथार्थको पर्दा जुन दिन उघारियो, हो त्यो दिन मैले सकिनँ हजुरलाई सबै घटनाक्रमको बयान दिन ।

कारण के भन्ने प्रश्न उब्जिन सक्ला तर हरेक घटनाहरूको कारण तपाईँले पढ्दै जाँदा पक्कै महसुस हुने नै छ ।

***

म घरकी कान्छी छोरी, लाडप्यार पाएर हुर्किएकी सबैले मलाई जिद्दी छे भन्थे, सबैले । मलाई औधी मायाँ गर्थे त्यसैले त म जिद्दी थिएँ होला । मायाँले मान्छेलाई जिद्दी बनाउने क्षमता राख्छ, मायाँले मान्छेलाई पागल बनाउने क्षमता पनि राख्छ हो मायाँले सब थोक गर्ने रहेछ । कति शक्तिशाली है यो मायाँ भन्ने सानो शब्द । ठुलो संवेग बोकेको मायाँको अगाडि सब चिज फिक्का हुने रहेछ । आफ्नै धराताल पनि बिर्साउने रहेछ । मैले पनि आफ्नो धराताल बिर्सिँदै गएँ, बिर्सिएँ आफ्नो कर्तव्य, बिर्सिएँ आफू को हुँ भन्ने अवस्था, म अन्धी बन्न पुगेँ बिस्तारै । मायाँ नै त होला त्यो भावना जुन ममा हावी हुँदै गयो र मलाई मार्न खोज्दै छ आज आएर ।

मेरो प्रिय मान्छे, मेरो दाइ हजुरलाई कसरी व्यक्त गरूँ म हजुरलाई कति धेरै मायाँ गर्थेँ भनेर । अँ बहिनीले दाजुलाई मायाँ गर्नु त स्वाभाविक नै हो तर मेरो मायाँ त्यो मायाँ थिएन जुन छोरी र बाबुबिचको होस्, जुन दाजु र बहिनीबिचको होस् । मेरो हजुरप्रतिको मायाँ त यस्तो थियो जुन दिन हजुरले मेरो कन्यदान गरिदिनुभयो त्यस दिन झन् हजुरप्रतिको भावना उत्कर्षमा पुग्यो ।

***

त्यो समय २०७५ को हो दिन महिना त मैले बिर्सिएँ । मिल्थ्यो भने त यो क्षणलाई नै मनको क्यानभासबाट मेटिदिन्थेँ; जसरी एउटा बालकले सहजै मेट्छ आफ्नो पानामा कोरिएको बिग्रेको चित्र । ठिक त्यो दिन मेरो जिन्दगीले रूप फेऱ्यो रुखले पातहरू फेरेझैँ फरक यत्ति थियो रुखका पातहरू फेरि झरेर नयाँ पात फेरिन्छ तर रुख नामक मेरो जीवनमा त्यही पात बसिरह्यो अचल भएर ।

***

मधुसुदन घिमिरे

भरतपुरमा नयाँ घर बनाएपछि अङ्कलआन्टीले हामी सब परिवारलाई घर पूजाका लागि बोलाउनुभयो तर त्यस दिन हामी दुई दाजुबहिनी गएनौँ । “लौ घर हेरेर बस्नू है, हामी पर्सि फर्किन्छौँ ।” भन्ने नै त्यो दिनको बुबा मम्मीको अन्तिम वाक्य थियो । टिभीमा स्पोर्ट्स च्यानल हेरिरहेको दाइ हजुरले केवल टाउको मात्र हल्लाएर बुबामम्मीलाई बिदा गर्नुभयो मैले पनि हुन्छ ढुक्क भएर जानू भनेर भनेँ ।

दिनको त्यस्तै दुई बज्दै थियो, जेठ महिनाको गर्मी मौसममा बुटवलको घाम प्रचण्डसँग चर्किएको थियो ।

मेरो कलेजले पनि एक हप्ताको गर्मी बिदा दिएको थियो । हजुरलाई पनि थाहा छ नै होला त्यति वेला म नर्सिङ अन्तिम वर्षको पढाइमा थिएँ अनि हजुर चाहिँ आइटीबाट ब्याचलर सकेर बुटवलकै एन्सेल सेन्टरको सेक्युरिटी हेर्नुहुन्थ्यो । सबै कुरा राम्रो नै थियो केही समय, जब गरेर हजुर पनि बाहिर जाने सोच्मा हुनुहुन्थ्यो । यता म पनि बुटवलकै क्रिम्सन मेडिकल कलेजमा इन्टर्न गर्ने सोचमा थिएँ ।

मेरा सोचहरू धेरै थिए, रहरहरू औँलामा अटाउँदैन थिए । म आफ्नै मनको उढानमा व्यस्त थिएँ ।

म भर्खर बाइसौँ वसन्त सकेर तेइसौँ वसन्तको व्यग्र पर्खाइमा थिएँ । समयबाट बहिरहेको बतासको स्पर्श पाउदा मात्रै पनि मेरो शरीरले छुट्टै महसुस गर्थ्यो मानौँ म कुनै तलाउमा तैरिरहेकी छु ।

जवानीको जोस त सबैमा हुन्थ्यो तर मैले भने त्यस वेलासम्म कुनै खालको प्रेमिल सम्बन्धमा जोडिएकी थिइनँ । आफ्नो पढाइले नै जिन्दगीको आधा हिस्सा लिन्थ्यो अनि आधा चाहिँ आफैँलाई समय दिनुपर्ने बाध्यताबाट गुज्रिरहेकी थिएँ ।

जीवनमा मायाँ गर्छु भन्दै त धेरै केटाहरू आए गए तर कोही पनि मनको नजिक हुन सकेनन् अथवा मैले नै बनाउन चाहिनँ । जे होस् जिन्दगी शान्त तलाउजस्तै थियो एकदम सुन्दर अनि शीतल ।

त्यही तलाउमा ढुङ्गा हान्ने हिम्मत हजुरको कसरी आयो त्यो मलाई थाहा छैन तर पनि ढुङ्गाको प्रहारबाट एकैक्षणको हलचल पछाडि शान्त हुनुपर्ने त म नै थिएँ, अफसोस जे हुनुपर्थ्यो त्यो हुन सकिनँ ।

***

“कान्छु कफी बनाऊ न है ।” हजुरले मलाई अनुरोध गर्नुभयो । बजिरहेको टेलिभिजनको स्क्रिन झ्याप्प बन्द भयो । हातको रिमोट सोफामा छोडेर हजुर आफू बसेको स्थानबाट मेरो रुमसम्म आउनुभयो ।

म टेबलमा घोत्लिएर किताबमा आँखा गाडिरहेकी थिएँ हजुरको अचानक कफी खाने अनुरोधलाई रोक्न सकिनँ र बसेको चियरबाट उठेर हजुरको अनुहारमा एकै पलक हेरेँ । “यस्तो गर्मी छ कफी खाने र दादा ?” मैले ढोकाबाहिर आउँदै भनेँ । “अँ आज खाऊँ-खाऊँ भयो के त्यसैले ।”

म केही नबोली सरासर भान्सातिर लागेँ । हजुर पनि मेरो पछि-पछि छतको भऱ्याङ उक्लिन थाल्नुभयो ।

भान्सामा छिरेर मैले बिहानको दुध तताएँ र तातेको दुधमा कफी मिसाएर कपमा चम्चाले घोल्न थालेँ, हजुर भने डाइनिङमा बसेर फोन चलाउँदै हुनुहुन्थ्यो ।

कफीकपमा चलायमान मेरा औलाहरू बन्द भए कफी तयार भयो मैले टेबलमा हजुरको अगाडि राखिदिएँ । म आउनसाथ हजुरको मोबाइल स्क्रिन पनि बन्द भयो चलिरहेका औलाहरू पनि रोकिए । हजुरले मलाई एकटकले हेर्दै “बस न कान्छु” भनेर भन्नुभयो ।

म हजुरछेउकै कुर्सीमा बसेँ । बिहान कपालमा लगाएको जिन्जर ओयललाई पखाल्ने टाइम भइसकेको थियो ठिक समयमै हजुरले पनि “कपाल नुहाउने होला नि?” भनेर प्रश्न गर्नुभयो ।

“अँ अब एकैक्षणमा” मैले यत्ति मात्र बोलेँ  हजुरले मेरो अनुहारमा घोरिएर हेर्न थाल्नुभयो । हजुरले यसरी एकोहोरो भएर हेर्नुभयो कि मानौँ मेरो अनुहारमा केही लुकेको कुरा खोज्दै हुनुहुन्थ्यो ।

“यस्तो गर्मीमा नि हजुरलाई कहाँबाट कफी खान मन भो नि ?” मैले अनुहारलाई तपाईँको आँखाबाट हटाउने प्रयास गर्दै भनेँ ।

“तैँले बनाको कफी खान मलाई बाह्रै महिना मन पर्छ नि ।” तपाईँको बन्द ओठ केही उघ्रियो । थोरै दाँत देखाएर मुसुक्क हास्नुभयो ।

“जे होस् दाइ चाहिँ मैले ह्यान्डसम नै पाएकी हुँ ।” मैले भनिहालेँ ।

“होर ? म राम्रो लाग्छ तिमीलाई ?” तपाईँ बसेको ठाउँभन्दा अझै नजिक आउनुभो ।

“आफ्नो दाइ कसलाई राम्रो लाग्दैन र !” मैले केही पनि नसोची जवाफ दिएँ ।

“तर तिमी त मेरी बहिनी भएर मात्र होइन यत्तिकैमा नि राम्री लाग्छ । कस्सम कान्छी म तेरो दाइ नभएको भए तलाई गर्लफ्रेन्ड बनाउँथेँ ।” दाइको हाँसो अब भने जोडले निस्कियो यता म लाजले रातोपिरो भएँ ।

“ओइ भन् न बरु तेरो बोइफ्रेन्ड छ कि नाइँ ?” दाइले साउतीको आवाजमा बोल्नुभयो ।

“ह्या दाइ पनि, छैन के । भएको भए त तपाईँलाई सेयर गरिहाल्थेँ नि ।”

“हैन अब कान्छुले कुरो लुकाई कि भनेर हो के ।” त्यसपछि हजुरले मेरो हातमा आफ्नो हातले च्याप्प समाउनुभयो । म थोरै पछि हटेँ तर तपाईँ अझै नजिक हुँदै भन्नुभयो, “हेर त यसको कति मुलायम हात हो । तेरो त शरीर पनि नर्स हुने खालकै छ भन्या ।”

“के नर्स हुन राम्री नै हुन पर्छ र ?” मलाई दाइको यस्तो स्वभाव देखेर केही रिस उठ्यो तर रिसलाई घुटुक्क निल्दै भनेँ ।

“राम्री हुन परेन के कान्छी तर तिमी लास्टै राम्री छौ ।” तपाईँले मेरो अझै प्रशंसा गर्न छाड्नु भएन, बरु झनै मेरो जिउडाल यस्तो उस्तो भन्दै जानुभयो ।

“भयो के अब मेरो दादा, यु आर् अल्सो दि मोस्ट ह्यान्डसम मेन ।” मैले यत्ति भनेर कुर्सीबाट उठ्न खोजेँ तर हजुरले हातमै तानेर कुर्सीमा बसाल्नुभयो ।

“तलाईँ सिग्मन्ड फ्राएडको बारे थाछ ?”

“थाछ नि, साइकोलोजिस्ट हो । किन र ?” मैले तपाईँलाई प्रतिप्रश्न गरेँ ।

“उसले भन्छ कि बाल्यावस्थामा छोरी आफ्नो बाबुप्रति र छोरा आफ्नो आमाप्रति आकर्षित हुन्छ भनेर ।”

“अँ त्यो हो, यसको के काम त अब ?” मैले हजुरलाई फेरि प्रश्न गरेँ ।

“कान्छु तिमीलाई हो जस्तो लाग्छ कि नाइँ ?” हजुरले मलाई ठुलो धर्मसङ्कटमा पार्नुभएको थियो त्यस वेला । मलाई के भनूँ के नभनूँ भयो । म तपाईँको अनुहारमा प्रश्नवाचक चिह्न बनेर चुपचाप बसिरहेँ । अनि आफैँले भन्न थाल्नु ‍भयो ।

“खासमा यो बाल्यावस्थामा मात्र हैन जुन कुनै उमेरमा आकर्षण हुन सक्छ । त्यो पनि सेक्सुवल आकर्षण । अनि यो आफ्नो आमा वा बाबुसँग मात्र हैन आफ्नो दिदीबहिनी र दाजुभाइसँग पनि हुन सक्छ ।” हजुरको यस्तो कुरा सुनेर मेरा गोडा लुगलुगी काम्न थाले । ओठहरू पनि सुकेको महसुस भयो ।

“नियत खराब भएपछि त जोसँग जे नि त हुन्छ नि ।” मैले सुस्तरी भनेँ ।

“यहाँ नियतको कुरो छैन कान्छु । यो त शारीरिक रूपमा हुने आकर्षण हो जसबाट सेक्सुवल डिजायर फुलफिल हुन्छ ।”

“ह्वाट डु यु मिन ?” मैले थोरै चर्को आवाजमा बोलेँ । हजुर भने आफ्नै गतिमा बोल्दै हुनुहुन्थ्यो, “केही टाइम भयो कान्छु म तिमीसँग आकर्षित भएको छु । मलाई भित्रैबाट एक खालको छटपट छ । यो कुरा गर्नु त के सोच्नु पनि पाप हो हाम्रो समाजमा तर पनि तिमीलाई झुटो किन बोलूँ, मैले आजकाल सपनामा तिमीसँग सेक्स गरेको देख्ने गर्छु ।”

दाइ तपाईँको त्यही वाक्य “सपनामा तिमीसँग सेक्स गरेको देख्ने गर्छु”ले मलाई स्तब्ध बनाएको थियो । म एउटा शिक्षित युवती – नजानेझैँ कसरी बनूँ जान्ने झनै कसरी हूँ । मनमा अनगिन्ती कुराहरूले बुर्कुसी मार्न थाले । तपाईँको आशय मैले बुझिसकेको थिएँ तर मैले आफ्नो धर्म छाड्नु हुँदैन थियो । त्यसैले पनि यो कुरा गलत छ दाइ भनेर मैले तपाईँलाई सम्झाउने कोसिस गरिरहेँ गरिरहेँ ।

हजुरले मलाई सुन्नुभयो, एउटा अबोध बालक बनेर । मलाई हेरिरहनुभयो जसरी आमालाई बच्चाले भोक लाग्यो भनेर हेर्छ । र मलाई उल्टो सम्झाउनुभयो, “कान्छु, डर लाग्दै छ मलाई पनि तिमीलाई झनै के भइराको होला म बुझ्न सक्छु । तर पनि हामीले आज यो गर्दा केही फरक पर्दैन । आफैँ सोच न कान्छु, हामी बिहे गर्न लाग्या होर डराउन ।”

“प्लिज कान्छु, मलाई जज नगर । मैले जे फिल गर्दैछु त्यो तिमीलाई बताएँ । चाहेको भए मैले तिम्रो रेप गर्न पनि सक्थेँ, तर त्यो नियत म राख्दिनँ । मेरी बहिनीको भविष्यको बारेमा मलाई नि चिन्ता छ । तिमीलाई पनि त सेक्स गर्ने रहर, त्यो फिलिङ्स नभएको त हैन नि । दाइसँग गर्ने भनेर सोच्दिनौ तिमी, मलाई थाहा छ तर पनि कुनै पुरुषसँग गर्ने इच्छा त कहाँ नहुने होर ।”

हजुरले मलाई यसरी पग्लाउनुभयो कि जसरी आइसका ढिक्काहरू घामको तापमा पग्लिँदै जान्छन् ।

मैले बसेकै ठाउँबाट सोच्न थालेँ तपाईँ भने भऱ्याङ ओर्लिएर तलतिर जानुभयो ।

तपाईँको कुरामा तपाईँ सही नै हुनुहुन्थ्यो होला तर पनि यस्तो अपराधभन्दा बढी वजन भएको चिजलाई सहजै कसरी अँगाल्ने भन्ने चिन्ता मेरो मनमा बर्खे भेल बनेर उर्लिरह्यो ।

“हामी बिहे गर्न लाग्या होर डराउन,” हजुरको अगि भर्खरैको वाक्य कानमा तरङ्गित हुँदै थियो, म भने कपाल नुहाउने सोच्दै रुममा आइपुगेँ र टावल समाएर बाथरुम पसेँ ।

बाहिरको तापक्रमले भन्दा हजुरको कुराको तापक्रम चर्को थियो जसले मलाई पूरै पसिना पसिना बनाइसकेको थियो । कपाल नुहाउने भनेर भित्र पसेकी म सम्पूर्ण शरीरलाई चिसो पानीले भिजाएँ ।

फोर्सले बगिरहेको पानीमा मेरा कोमल योनाङ्ग पनि भिज्न थाले । मेरो गोरो छालालाई साबुनको फिजको कपडा लगाइदिए ।

आजसम्म कसैको स्पर्श नपाएर उत्तेजित नभएका मेरा अङ्गहरूमा मेरै हातले छुँदा पनि आनन्दको कम्पन महसुस भयो । कहिलेकाहीँ हस्तमैथुन गर्ने गर्थेँ तर त्योभन्दा गज्जबको आनन्द त्यस वेला आफ्नै स्पर्शमा भेटियो ।

***

नुहाएर म रुमभित्र पसेँ । बेडमा राखिएको फेर्ने लुगालाई एकपटक निहालेँ, थाहा छैन किन खास चित्त बुझेन । त्यसलाई दराजमा थन्क्याएँ र केही दिनअगाडि किनेको कालो कलरको वानपिसभित्र आफ्नो शरीरलाई प्रवेश गराएँ ।

पानीले भिजेको कपाललाई ड्राई गरिनँ बरु रुमबाट बाहिर निस्किएँ र छततिर लागे । एउटा मन जो यथार्थमा थिएन त्यसमा नयाँ खालको काउकुती लाग्दै थियो भने अर्को मन जुन वास्तविकताभन्दा बाहिर नजा भन्ने मन हजुरको कुराले सिर्जित भएको डर अझै भयङ्कर बनेर झाँगिदै थियो ।

दुइटै मनलाई बोकेर भारी महसुस गर्दै छततिर पुगेको मेरो शरीर पनि मन जत्तिकै कम्पित थियो ।

***

“कान्छी ?” तलैबाट आएको हजुरको आवाजले म नराम्ररी झस्किएँ । तपाईँ सरासर मलाई तल फेला नपारेर माथि आउनुभयो । हजुरको हातमा रक्सीको बोतल थियो । तपाईँलाई देखेर डराउनु त स्वाभाविक नै हो तर पनि डर त्यति लागेन जति तपाईँको हातमा भएको चिजले भयभीत तुल्यायो ।

“दादा!” म अगाडि बोल्न सकिनँ, बोली घाँटीमै अड्कियो ।

“त्यसरी किन तर्सेको हो के तिमी । डोन्ट वरी । म छु नि केही हुँदैन तिमीलाई जस्ट हामी इन्जोए गर्छौँ । मनमा भएको दाजुबहिनीको फिलिङ्सलाई हटाएर एउटा कपलको फिलिङ्स बोकेर ।”

तपाईँ निर्धक्क भएर यो सब भन्नुभयो र मेरो मनका सबै डरहरूलाई उडाइदिनुभयो चैते बतासले सुकेको पत्करहरू उडाएजसरी ।

अब भने मेरो मन जो यथार्थवादी भएर निष्पक्ष बन्दै थियो, त्यो मनलाई अर्को चञ्चल, पुलकित र काउकुती लागेको मनले विस्थापित पारिदियो ।

बिस्तारै हजुरको हातले मेरो हात होसियारीपूर्वक समायो र बैठक कोठासम्म पुऱ्यायो ।

टेबलमा भएका दुईओटा सिसाका ग्लासमा रक्सी भरिन थाल्यो । वेला-वेला केटीहरूसँग बसेर वाइन खाने बानी त मेरो पनि थियो तर त्यस दिनको माहोल जिन्दगीकै फरक बन्दै थियो ।

हजुरको हातले नै मलाई पिलाउन थाल्यो, मैले पनि आफ्नो मनमा भरिएको संवेगहरूलाई छताछुल्ल पारेजसरी भरिएको गाग्राबाट पानी छताछुल्ल गराएँ ।

त्यसपछि मेरा हातहरू पनि अग्रसर हुन थाले तपाईँलाई पिलाउन अनि त हामीले ग्लास दुइटाबाट एउटै बनायौँ । तपाईँ मेरो दाइ हुनुहुन्छ भन्ने वास्तविकतालाई बिस्तारै आफ्नै मनको उत्तेजनाले थुमथुमायो । रक्सीको नशाले छोइसकेको थियो मलाई हजुरलाई पनि बिस्तारै लाग्दै थियो ।

“कान्छु ।” तपाईँले यस्तै केही बोल्नुभएको थियो मलाई राम्ररी सम्झना त छैन तर पनि मैले ‘मलाई कान्छी किन भनेको ? म तपाईँकी कान्छी होइन, हजुरको केटी हो’ भन्न पुगेछु ।

तपाईँले त्यसपछि आफ्ना हातहरूले मलाई च्याप्प समाउनुभयो । म त पहिले नै गलिसकेकी थिएँ, रक्सीले लट्ठ पारेको शरीर सहजै सोफामा ढल्न पुग्यो । त्यसपछि त जे हुन पर्ने थियो त्यही भयो निःसन्देह । हजुरको हातहरूले मेरो वान्पिस झऱ्यातझुरुत पाऱ्यो । म सम्पूर्ण नाङ्गी भएँ अनि मेरो दुई खुट्टाको बिचबाट केही तरल पदार्थ झरेर नितम्बसम्म पुग्यो ।

“नमरी स्वर्ग देखिँदैन” भन्ने भनाइको अर्थ त्यस वेला अर्थहीन लाग्यो, कारण म स्वर्गीय आनन्दमा लिप्त थिएँ ।

शरीरको गतिलाई बढाउँदै हजुरको सम्पूर्णता मेरो शरीरले थाम्न थाल्यो । जसरी तपाईँ ममाथि हावी हुँदै जानुभयो सोही गतिमा मेरो मुखबाट विशेष ध्वनिको उच्चारण भयो; पूरै कोठा गुन्जायस बनाउँदै ।

विभिन्न चरणमा हामी सहवास गर्दै गयौँ । जसरी जुन चरणबाट गरे पनि हामी स्वर्गीय आनन्दबाट वञ्चित भएनौँ ।

***

पर्सिपल्ट घरमा बुबामम्मी फर्किएर आउनुभयो । हामी पहिलेजसरी नै कतै केही नभएको जस्तो गऱ्यौँ । हामीबिच जे भयो त्यो हाम्रो परिवारको कल्पनाभन्दा बाहिरको कुरा थियो त्यसैले पनि त्यसमा शङ्का गर्ने कुनै ठाउँ थिएन ।

हजुरले पनि मलाई उस्तै व्यवहार गर्नुभयो जस्तो तीन दिनअगिको थियो । मैले पनि तपाईँसँग उसरी नै बोलेँ जसरी पहिले बोल्ने गर्थेँ । मम्मी र बुबाको आँखा छलेर वेला-वेला एक अर्कालाई हेरेर मुस्कुराउँथ्यौँ, रातिको भान्सा सकेर हजुर कहिलेकाहीँ मेरो कोठामा आउनुहुन्थ्यो र आफ्ना हातहरूले मेरो छाती सुमसुमाउन थाल्नुहुन्थ्यो । म पनि के कम, हजुरको नाइटो तल औँला पुऱ्याएर चलाइदिन पछि पर्दिनथेँ ।

यसरी नै हाम्रो दिनहरू बित्दै थिए, तपाईँ दिउँसो अफिस जानुहुन्थ्यो म भने घरमै बस्थे । पढ्ने कोसिस त गर्थेँ तर पढाइमा मन जान छोडिसकेको थियो जस्तो पहिले पढ्ने मन हुन्थ्यो त्यो हराइसकेको थियो ।

तपाईँ नहुँदा ढोका लगाएर हाम्रै भिडियो मोबाइलमा हेर्ने गर्थेँ र अरू इन्टरनेटमा पाइने पोर्नसँग तुलना गरेर बस्थेँ ।

म त केवल हजुरकै प्रतीक्षामा हुन्थेँ, जब तपाईँ घर फर्कनुहुन्थ्यो फेरि उही चिज दोहोरिन्थ्यो ।

आफ्नै सहोदर दाइसँग जे भयो त्यसलाई बिर्सिएर अगाडि बढ्नुपर्ने थियो तर मेरो मनले मान्न सकेन । कोसिस गर्दा पनि मैले हजुरको साथ छोड्न सकिनँ । कहिलेकाहीँ तपाईँ आफू पनि भन्ने गर्नुहुन्थ्यो “कान्छु त्यो एकपटकका लागि थियो अब बिर्सिएर आफ्नो काममा फोकस होऔँ ।” तर यो जिद्दी मनलाई सम्झाउँदा पनि सम्झिएन । त्यसै दिनबाट अर्को कुराको महसुस भयो कि म त हजुरलाई प्रेम गर्न थालिसकेकी रहेछु, जसरी एउटा नवविवाहिता श्रीमतीले श्रीमान्‌लाई मायाँ गर्छे ।

***

“बुबा म पनि दाइसँग कास्की जाने है ?” मैले बालकले जसरी याचना गरेँ । हजुर आफ्नो पास्पोर्टको सिफारिस बनाउन कास्की जानेवालामा हुनुहुन्थ्यो ।

“ल यसपालि बहिनीलाई पनि पोखरा घुमाएर ल्याएस् है ।” बुबाले तपाईँलाई आदेश दिनुभयो तपाईँले पनि सहजै हुन्छ भन्नुभयो ।

भोलिपल्ट हामी बुटवलबाट पोखरा हिँड्यौँ । पोखरामा पनि मैले आफूलाई नियन्त्रण गर्न सकिनँ, तपाईँले पनि मलाई घुम्न ल्याउनुभएको गर्लफ्रेन्डजस्तो व्यवहार गर्नुभयो ।

होटेलमा बस्दा पनि हामी कपल हो भनेर सिङ्गल बेड रुम बुक गर्नुभयो । पूरै पोखराको ७ दिनको घुमघाम र तपाईँको कामलाई छोडेर हामीबिच चारपल्ट सहवास हुन पुग्यो ।

पोखराबाट घर फर्किने दिन हजुरले मलाई थोरै चेतावनी नै दिएर सम्झाउनुभयो, “कान्छु अब पुग्यो है . लिमिटमा बसौँ होला हामी । म पनि बाहिर जानेछु केही महिनापछाडि ।”

तपाईँको कुराले मनमा ठुलो प्रलय गयो । म किन यस्तो हुँदै छु भन्ने सोचेर एकपटक जहाँ छु त्यहीँ देहत्याग गरूँ जस्तै भयो ।

***

ठिक एक वर्षपछाडि मेरो बिहे हुने पक्कापक्की भएपछि हजुर नेपाल आउनुभयो । केटा पनि तपाईँले नै रोज्दिनुभएको थियो । केटासँग दुई महिनाजस्तो फोनमा मेरो कुराकानी भएको थियो । केटा क्यानडाको थियो मलाई बिहे गरेर उतै लग्ने प्लान बनाएको थियो । मेरो नर्सिङ पनि सकिएको थियो । अब उतै गएर काम गर्नुपर्ला भनेर सोचाइ बनाउन थालिसकेकी थिएँ ।

केटा सब हिसाबमा सबल र सक्षम थियो । मैले उसलाई मेरो पहिले कोही प्रेमी थियो र ऊसँग ब्रेकअप भएको हो भनेर झुट बोलेकी थिएँ । झुट त झुट थियो तर सत्यजस्तै एउटा झुट बनाउनुपरेको थियो मैले । तपाईँसँग जुन तरिकाबाट नजिक भएँ म त्यो दिनबाटै मेरो मनमा तपाईँ मेरो दाइ नभएर प्रेमी बन्नुभएको थियो ।

हामी सँगै हुन परिवारले दिँदैन थियो, समाजले दिँदैन थियो । खासमा यो सिङ्गो संसारले स्वीकार नगर्ने थियो ।

त्यसैले तपाईँलाई बिर्सिनका लागि भए पनि मैले कोहीसँग सम्बन्ध बनाउनु जरुरत हुन्थ्यो । आखिर तपाईँ मेरो दाइ नै हो । दाइलाई प्रेमी बनाउँछु भन्नु जत्तिको पाप अर्को के हुन सक्छ होला र ! म समाजकै कलङ्कित पात्र हुनु नै स्वीकार्य थियो तपाईँ मेरो बन्नुहुन्थ्यो भने तर तपाईँको मनमा त मप्रति बहिनीकै भावना थियो । बिस्तारै बुझेँ तपाईँले त केवल आफ्नो यौन सन्तुष्टिका निमित्त मलाई प्रयोग गर्नुभएको रहेछ भनेर । मैले पनि सोच्नुपर्ने त त्यति मात्र थियो जति तपाईँले मलाई भन्नुभएको थियो त्यस दिन । तर मैले सकिनँ दादा, हजुरले भने जसरी तपाईँलाई यौनका लागि प्रयोग गरेर बिर्सिन ।

मेरो कोमल मनभित्र तपाईँ त प्रेमिल फूल बनेर पो फक्रिनुभएछ; मैले चाल नै नपाईकन फुल्न थाल्नुभएछ ।

***

बिहे गरेर म क्यानडा त आएँ दादा, तर तपाईँलाई भुल्न सकिनँ अथवा भनौँ तपाईँ त मेरो दाइ हो भन्ने वास्तविकतालाई अपनाउन सकिनँ ।

जुन युवकले मसँग बिहे गऱ्यो त्यही युवकले मबाट यौन सन्तुष्टि पाउन सकेको छैन आजको दिनसम्ममा पनि । यो सबको कारण हजुर नै हुनुहुन्छ । जब-जब हामी सेक्सका लागि तयार हुन्छौँ मेरो आँखामा तपाईँको नाङ्गो शरीर नाच्न थाल्छ र म कायर बनिदिन्छु, म बेसहारा हुन पुग्छु । एउटालाई मनमा राखेर अर्काको शरीरसँग खेल्न कठिन हुने रहेछ मेरो प्रिय मान्छे । कसरी बुझाऊँ हजुरलाई यो सब अवस्था ? कुन मुख देखाएर भनूँ कि मलाई जोसँग बिहे गरिदिनुभयो ऊसँग म सन्तुष्ट छैन न त ऊ नै मबाट सन्तुष्ट भएको छ ।

म सक्दिनँ यी सब चिजहरू व्याख्या गर्न । सायद सक्दिनँ होला अब यसरी बाँचिरहन । मर्न बरु सजिलो छ मन मार्नभन्दा ।

त्यसैले दादा हजुरकी कान्छु, हजुरकी बहिनीले अबका दिनहरूमा जेजस्तो कदम चलाउँछे त्यसका लागि तयार भएर बस्नुहोला । कहिल्यै पनि विचलित नहुनू अनि आफूलाई दोषी पनि नठान्नू, कारण तपाईँको जिन्दगी ध्वस्त भएको मेरो आत्माले हेरिरहन सक्ने छैन ।

उही हजुरकी कान्छु ।

***

इमेल पढेर सकियो, ल्याप्टपको किबोर्डमा चालै नपाईकन आँसुका थोपाहरू झरेछन् ।

मन त छ अहिले नै नदीमा झ्वाम्म हाम फालूँ तर …

अचानक टेबलमा राखिएको फोनमा रिङ बज्न थाल्छ । मैले आँखा पुऱ्याउँछु, देखिन्छ प्रभात कलिङ – ह्वाट्स्याप अडियो कल …..

फोनलाई उठाएर कानसम्म पुऱ्याउँछु, “ज्वाइँ साहेब दर्शन ।”

उताबाट आँत्तिएको आवाज सुनिन्छ, “हजुर सुन्नू न ।”

म थरङ्ग तर्सन्छु र संयमित हुँदै भन्छु, “अँ सुन्दै छु । भन्नुहोस् न ।”

“आँचल …. आँचलले …” मेरो मुटु मानौँ मुखमा आइपुग्छ ।

“के भो आँचललाई ?” म जोडले चिच्याउँछु । उता मेरो भन्दा नि चर्को स्वरमा हुँक्क-हुँक्क सुनिन्छ ।

“आँचलले सुसाइड गरी ।”