साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कथा : नालासाेपाराकी धन्दावाली

किनकि, म एउटी किन्नर तवायफ भए पनि मेराे साथमा गुलरेज थियाे । मैले लामाे श्वास ताने र छाडे । अल्लाहलाई सम्झिएँ । अन्तमा आफैँलाई अन्तिमपटक पुकारेँ," नालासोपाराकी धन्दावाली !"

ratna book ads

काेठीकाे पछिल्लो भागकाे भित्तामा सोनूजीकाे अदब काेरिएकाे देख्छु सधैं म । नलुटिएर पनि लुटिएको जस्तो लाग्छ मलाई याे बैँस, याे शरीर, याे तन, याे मन, अनि मेरा सबै सबै, हाे – सबै सबै । कुनै पुरूषकाे किञ्चित हाँसोले पनि गलाइदिन्छ मलाई भित्रैदेखि नै थाेरै थाैरै भए पनि । लजाइदिन्छ मलाई भित्रैदेखि नै । यस्तो लाग्छ कि नदी तटकाे रेत हुँ म । अनि ममाथि हाबी भएको पुरूष मलाई स्पर्श गरेर बहँदै जान्छ जानीजानी कनै पनि नजानेझैं गरेर । कुनै पुरूषकाे बलिष्ठ बाहुले मेरो नाङ्गो शरीरलाई छाेइदिन्छ भने त अहाे … सोच्छु म के त्यहीँ कुरूप नगरकी तवायफ हुँ त ? के सोच्छन् हाेला ती पुरूषहरूले मलाई – नालासोपाराकी धन्दावाली भएर पनि कति साह्रो माेहित परेकी हाे लाेग्नेमान्छेका मुहार देख्नलाई भनेर । अनि पान चपाएकाे मुखबाट पानकाे रस थुक्दै भन्नेछन् – छि: तवायफ काेहिनूर कहीँ की ।

नमान्नेहरू पनि मान्न थालेका छन् मेरा काेठीकाे गल्लीमा देखिनलाई, नजान्नेहरू पनि जानेजस्तो गर्न थालेका छन् सुनाैला आलपिनले प्वाल पारेकाे साडीकाे फेरबाट मलाई चिहाउनलाई । कसैले “ओई रानी काेहिनूर !” भनेर एकपटक भए पनि पुकारिदिन्छ मेराे नाम भनेर यसै आशामा सधैं सधैं देखिरहन्छु म नालासोपाराकाे गल्लीमा । कुनै पुरूषले मेराे काेमल चिसा हातलाई चपक्क समातेर कुनै अँध्यारो कुनातिर लगिदियाेस् जस्तो लाग्छ हरेकपटक । जब मेरा नजरमा कुनै सोह्र वा अठार वर्षकाे जुँवाकाे रेखामुनि लठ्ठिएकाे बैँसलाई महसुस गर्छु त म ।

म मरिहत्ते गर्छु बलिष्ठ बाहु भएकाे सेता छालाका पुरूषका स्पर्शलाई छुन । अनि उनीहरू मरिहत्ते गर्छन् यो धन्लावालीकाे महफिलमा जम्नकाे लागि । तर, बिचमा दिवार छ इज्जतकाे । हाे, मेराे धन्दा गर्ने गल्लीतिर देखिनलाई लाज लाग्छ उनीहरूलाई कि कुनै इज्जतदारले नदेखुन् भनेर । एकतर्फ धन्दावालीकाे इज्जत छ कि उसैले नै ती पालुवाहरूलाई आमन्त्रित गर्दा कतै महफिलकाे भाउ घट्छ कि भन्ने । अनि दाेस्राेतर्फ छ ती पालुवाहरूकाे जसको आमन्त्रणले रानी काेहिनूरकाे महफिल नजमाउलिन् कि भन्ने ।

इलैया पाठक

उसरी नै याद आउँछ फेरि मलाई सोनूजीकाे अदब । उनी कति सालीन भएर काेर्दछन् आफ्ना शेराेका गुलदस्ता । म गुनगुनाउन लाग्छु आफ्नै लफ्जमा :

“वस्त्र दाेनाें ने त्यागे
वेश्या सिर्फ स्त्री कहलायी …”

यी अपरिचित रङमा थप्न चाहन्न म रङकाे दास्तानलाई । पटकपटकको अस्लिलताले मेरो हृदयलाई धेरैपटक केरिसकेकाे छ कहिल्यै नमेटिने गरेर । याद गर्छु, कित्लीमा तताएकाे पानी उम्लिसक्याे हाेला भनेर । जान्छु भान्छामा – एक कप चियाको स्वादलाई मेटाइदिन ।

***

फेरि उही काेठा ।

दिक्दारी लाग्छ मलाई । म सोच्छु फेरि, यी तसलिमा जी पनि काेलकत्तामा एक्लै कसरी बस्न सकेकी हुन क्यार ! न अम्मी, न अब्बु, न नै दादु, न लाेग्ने, न सन्तान । हुन त याे रानी कोहिनूर र तसलिमामा के नै अन्तर देखिन्छ र ? दुवैको काम ‘काेठामा बस् अनि धन्दा गर्’ । फरक छ त केवल शब्दको । उनी शब्द चलाउँछिन् सेता पानाभरि अनि म अङ्ग चलाउछु पुरूषकाे नाङ्गा शरीरभरि ।

***

केही दिनदेखि देख्दैछु नालासोपाराकाे गल्लीमा कनिज बेगमकाे महलबाट धाउने एउटा ठिटोलाई म । सेताे चमडी छ उसकाे वदनकाे । लरक्क लर्काएकाे खैराे कपाल अनि थाेरै थाेरै गरेर आउँदै गरेकाे दारी । नवपालुवाले वन नै ढाकेझैं ढाकेकाे उसकाे याैवना । पुष्ठ छाती । हल्का हिँडाइ । थाेरै ओठमा खुल्दै गरेको मुस्कान ।

मलाई कुरा गर्नु छ उसँग । मिठामिठा कुरा । जसकाे स्वादले जलेबीलाई नै खल्लो बनाइदेओस् । सेठनी चम्पाबाईकाे नजरबाट गिरफ्तार हुनुअगावै मैले काेठीकाे आँगनलाई पार गरे । काेठीकाे भित्रबाट आइरहेको नलकाे आवाज बिस्तारै कम हुँदै गयो । मलाई लुक्नु छ केही घण्टाकाे लागि आफ्नै नजरबाट । मलाई लुक्नु छ चम्पाबाईकाे नजरबाट ती समय जहाँ म नारी नभए पनि नारीकाे भेषमा सजिएर कुनै इज्जतदार पुरूषकाे एक झल्काे पाउने आशामा नालासोपाराकाे रेल्वे स्टेसनमा उभिन पुगेकी छु ।

त्यो केटाेकाे बारेमा मलाई यति मात्र थाहा छ कि ऊ कनिज बेगमकाे महलकाे हाे र ऊ बिहानैकाे पाँच बजे नालासोपाराबाट जाने रेल चढेर मुम्बई जान्छ पढ्नकाे लागि । बेलुकी सात बजेकाे मुम्बईबाट आउने रेलको अन्तिम सवारमा ऊ आउँछ मुस्कुराउँदै एक्लै ।

केही समयकाे ब्याग्रतापछि मैले रेलको डब्बाबाट झर्दै गरेकाे उही केटाेलाई देखें । आज मैले पहिलोपटक यति नजिकबाट उसकाे चमकदार मुहारकाे दर्शन पाएँ । जहाँ उसकाे र मेराे मुहारकाे रङ र बनाेट अधिकतम मिलेकाे पाएँ । ऊ नालासोपाराकाे उपल्लो बाटोतिर नपुगुन्जेलसम्म मैले उसलाई पछ्याएँ । केही पाउने वा केही गुमाउने आशाले ।

हिन्दी सिरियलकै समान एकपछि अर्को धाराप्रवाह झैं मैले उसलाई पछ्याइरहेँ । मलाई डर थियो कि कतै उसको इज्जतकाे बदनामीकाे दाग मेराे काेठीकाे नामबाट नलागाेस् ।

दिनहरू बित्दै जाँदा मैले उसमा धेरै फरकपना पाएँ । ऊ आउने जाने जुन समय म उसलाई लुकेर जुन झ्यालबाट चियाउने गर्दथेँ । त्यसरी नै उसले मेरो काेठाकाे झ्यालतिर चियाउने गर्न थाल्याे ।

शनिबारको बेलुकी थियो । म उसैको बारेमा सोचिरहेकी थिएँ । डायरीकाे अन्तिम हरफमा उसैको कल्पलाई सजाएकी थिएँ । मभित्र भएकाे पिडालाई कुम्ल्याउने कुनै सान्त्वना छैन बरू म त जीवनकाे अन्तिम सुरूङ्गमा छु जहाँ पछाडिबाट आइरहेको बाढीले मलाई अगाडि धकेल्दै छ र सुरूङ्गकाे अन्य भैसकेकाे छ ।

यत्तिकैमा मेराे हात कसैले समात्याे । म झस्किएँ । हातकाे स्पर्शले थाहा पाए, ऊ माहिम थिई ।

ऊ अति हतारमा भएकोले यति मात्र भनिन्, “तँलाई बाहिर कुनै लाेग्नेमान्छेले बाेलाएकाे छ ?”

“कहाँ ?”

“अतिफा पान दुकानकाे अगाडि ।”, यति भन्दै माहिम काेठाबाट बाहिर निस्किइन् ।

काेठीकाे आँगनमा महफिल जमिरहेकाेले चम्पाबाईकाे नजरबाट भाग्न कुनै असहज थिएन । बस् मनमा एउटै कुराले खाइरह्याे कि बाहिर काे थियो ?

मलाई डरलाग्छ पटकपटक उस्तरी नै जसरी मेरो काेठीकाे ढाेका ढक्ढकाइरहेकाे कुनै बजनदार लिङ्ग लिएर उभिएको केटाेले मलाई पुकारिरहेकाे हुन्छ सानो आवाजमा – “रानी कोहिनूर !” हाे आज त्यसरी नै मैले पहिले त आफ्नै पहिचान लुकाउनु छ कि आफू किन्नर भएकाे दुर्भाग्यलाई छाेप्न । दाेस्राे पहिचान लुकाउनु छ कि म चम्पाबाईकाे काेठीकाे तवायफ हुँ । खुसीकाे लागि मसँग केबल यति नै शब्दकाे उपकार छ कि कुनै वचनका कारणले गर्दा सेठनी चम्पाबाईले आजसम्म मेरो लिलाम हुन दिइनन्, बन्द काेठाकाे उकुसमुकुसताभित्र ।

अहाे ! कति दुर्भाग्यमा छु अझै पनि म । जसोतसो म अतिफाकाे पान दुकान अगाडि पुगें । त्यसरी नै कनिज बेगमकाे महलकाे त्यो केटाेकाे बदनाम गर्न पुगेको जस्तो लाग्याे ।

म केवल उसकाे अगाडि गएर मात्र उभिएँ । नजर मिलाउने सामर्थ्य मसँग छैन । अझ स्पष्ट भन्नुपर्दा उसकाे अगाडि उभिने सामर्थ्य पनि छैन मसँग । यस्तै कुरालाई मजाकमा उडाउँदै माहिम भन्ने गर्दथिन् मेरा सामु, ‘जब कुनै पुरूष विर्यहिन हुन्छ तब उसको अन्त्य नजिकिएकाे बुझ्नुपर्छ ।’ तर म त कुनै पुरूष हाेइन । न नै स्त्री । त्यही पनि आखिर किन ममा देखिन्छ यत्रो बिचित्रता ? जुन पुरूषकाे एक नजरकाे लागि म तडपिन्छु जलबिनाकाे माछाझैं, अहिले किन गल्दैछु उसैको अगाडि ।

मैले केही बाेल्नुअगावै उसले मेराे हात चपक्क समात्याे । त्यसरी नै जब जब म सोच्ने गर्दथेँ यही गल्लीमा उही समान पुरूषलाई देख्ने गर्दामा । अनि लग्याे उसरी नै अँध्याराे कुनामा जसकाे सपना म अक्सर नबिराइकनै देख्ने गर्दथे ।

गल्लीकाे अँध्याराे कुनामा पुगेपछि उसले मेराे हात छाडदियाे र मलाई घचेट्न थाल्याे त्यही गल्लीकाे भित्तामा आड बनाएर ।म नि:शब्द छु उसकाे याे चालामाला देखेर । लाग्छ हाम्रो चालामाला देखेर अगाडि उभिएको छ सुफी सन्त जलालुद्दिन । केही अदब काेर्ने आशामा ।

उसले मलाई भन्याे, “एउटी किन्नर भएर पनि तिमीलाई थाेरै पनि घबराहट भएन कि कनिज महलकाे सदस्यकाे दिनरात पछाडि लाग्न ?”

मेरो दाेष पक्डिएकाे छ उसले । तर, मलाई लाग्दैन कि ऊ मसँग यति धेरै रिसाएको छ जति उसकाे बाेलीका शब्दहरू मेरा सामु पतङ्गझैं उड्दैछन् ।

मलाई यसकाे उत्तर दिने कुनै साहस भएन । न डर, न इज्जत । मलाई त भित्रभित्रै असह्य खुसी उत्पन्न भैरहेको छ कि उसले मलाई भित्तामा घचेटेर मेरा दुबै हातलाई चपक्क समातेकाे छ । त्यसरी नै भित्ताकाे आडमा जसरी उसले मलाई भित्तामा घचेटेकाे छ ।

उसकाे मुखबाट आएकाे ताताे श्वासले म पग्लिदै छु मैनबत्तीसरह । उसकाे चिसा हातले मेराे ताताे हातकाे स्पर्श गरेकाे छ । उसकाे बलिष्ठ छातीले मेराे काेमल छातीलाई स्पर्श गरेकाे छ ।

जति जति ऊ मेराे नजिक आउँछ, उसको शरीरबाट निस्किएको अत्तरकाे बास्ना र उसकाे मुखबाट निस्किएको ताताे श्वासलाई म सहन गर्न नसक्ने भैसक्छु ।

उसले भन्याे, “किन मलाई पागल बनाउदै छ्याै, रानी कोहिनूर ?”

उसकाे यस प्रश्नको उत्तर पनि मसँग छैन । जस्ताे म पूरै अशिक्षित भैसकेकी छु । हिजै मात्र पढेकाे सूफी सन्त सुफीयाना कलामकाे ‘रूमी’ले पनि यसको उत्तर दिन सकेन, न सफल भयो ‘कुरान मजिद’ नै ।

मैले नसोचेकाे कुरा गर्याे उसले, एक किन्नरकाे ओठमा उसले आफ्नो ओठलाई जाेड्याे । अस्लिलताकाे पराकाष्ठातालाई उसले पार गर्याे । भन्नेहरू त भन्दै गर्दथे कि चम्पाबाईकाे काेठीमा जन्मिएका बच्चाहरूकाे रगतमा उच्च खानदानकाे रगत बगेकाे हुन्छ । मैले मात्र पहिले सुनेकी थिएँ । तर अहिले जान्ने माैका पनि पाएँ ।

***

ओठबाट ओठ हटाउँदै, हातबाट हात छुटाउँदै, छातीबाट छातीकाे भार कम गर्दै उसले जाने बेलामा भन्याे, “भाेलि बिहानै म नालासोपाराबाट निस्कनुअगावै तिम्रो काेठीकाे खिड्कीमा गुलरेज अख्तर नामकाे पुरूषकाे पत्र आउने छ धैर्य गर ।”

उसले यतिमात्र भनेर त्यहाँबाट लाग्याे, आफ्नै महलमा ।

मैले अर्को पनि सत्यता जान्ने माैका पाएँ । उसको नाम गुलरेज अख्तर हाे ।

त्योभन्दा पनि अर्को सत्यता मैले याे थाहा पाएँ कि, उसले लेख्ने पत्रकाे अक्षरमा मेराे नाम पनि चढ्ने छ ।

***

काेठीकाे सङ्घारमा पाइला राख्दा ढाेकामा नै सेठनी उभिएकी थिइन् । उनकाे मुहार क्राेधले लाललाल थियाे । भित्र छिर्न नपाउँदै उनले मलाई राेक्दै भनिन्, “थाेरै लाजकाे पनि त याद राख रानी कोहिनूर कि तिमी के हाै भनेर । थाेरै लाज आखिरतमाथि पनि राख । जुन ईश्वरले तिमीलाई यस धरतीमा ल्याएका छन्, उनीमाथि इमान ल्याउ । के गर्दै थियौ त्यो अन्धकार गल्लीमा कनिज महलकाे पुरूषसँग ? तिमीलाई याे अधिकार छैन कि कुनै पुरूषलाई मेराे आदेशबिना तिमीले छुने, तिमीलाई कुनै पुरूष वा महिलाले स्पर्श गर्ने ।”

उनको अन्तिम कुराले मलाई धक्का पुर्यायाे । साँच्चै नै मैले उनकाे महफिललाई खल्लो खनाएर उनले तय गरेकाे काेठीकाे रसुलमाथि आफ्नो मनमर्जी चलाएकी थिएँ ।

कठाेर शब्दमा उनले मलाई आदेश दिइन्, “रानी कोहिनूर ! आफ्नो गल्तीलाई स्वीकार गर । आज उप्रान्त मेराे आदेशबिना मेराे रसुललाई लल्कारेर याे काेठीकाे सङ्घार नाघ्ने कुचेष्टा नगर । याे नभुल कि नालासोपाराका सम्पूर्ण तवायफहरूमाथि मेराे हुकुम चल्छ, र तवायफहरूले पनि याे भुल्नु जरुरी छैन कि उनीहरू कहाँ उभिएका हुन् ।”

उनका हरेक शब्दमा मैले ताैबा (प्रायश्चित) गरिरहेँ । तर मेरो मनले याे ताैबा गर्न चाहेन कि मेराे शरीरमाथिकाे हुकुमउपर पूर्ण हक चम्पाबाईकाे भए तापनि म आफ्नो इमान बेचेर तवायफ बन्नेवालामा छैन ।

***

आज फेरि मैले डायरीकाे अर्को पन्ना पल्टाएँ । सोनूजीकाे अदबलाई फेरि सम्झिएँ र आफ्नै अदबलाई स्वीकार गरेँ – म वेश्या हाेइन् । र, लेखे डायरीकाे उपल्लो भागमा एउटा शीर्षक – ‘भाे मलाई किन्नर नभन !’

रातकाे बाह्र बज्नेवालामा छ । काेठीबाट पुरूषहरू बिस्तारै बाहिरिदै छन् । बाहिरिएका हरेक पुरूषहरू सधैंका परिचित हुन् र तिनीहरू पनि सधैंका झैं मेराे काेठीपट्टिकाे दर्शन गरेर आ-आफ्ना साधनमा सवार भई गए ।

आज पनि मैले आशमानमा देखिएको चन्द्रमासँग अनाैठाे प्रश्न गरे, ” भन त चन्द्रमा ! तिमीलाई हुसेन (इस्लाम धर्मावलम्बीहरूकाे एकमात्र ईश्वर) ले कुन लैङ्गिकता दिएर हाम्रा सामु पठाएका हुन् ?”

चन्द्रमाले पनि मेरो प्रश्नको उत्तर दिएन । सायद याे पनि मेरो नियति नै सम्झिएँ ।

***

फजर् नमाज गर्नलाई म तयार हुँदा मेराे काेठीकाे झ्यालबाट पत्थरकाे टुक्रामा बेरिएर आएकाे पत्र भित्तामा ठाेक्किएर भुइँमा खस्याे । मैले हत्तपत्त त्यसलाई खाेले । सुरूमा निलाे मसीले सुन्दर अक्षरमा लेखिएको मेरो नाम थियो – अस्लामेकुम रानी कोहिनूर !

पत्रलाई लिएर म झ्यालमा गए । त्यहाँबाट गुलरेज रवाना भैसकेको पाएँ ।

उसले पत्रमा लेखेको थियो कि उसकाे अफेयर क्लासकाे कुनै सावा फजल नामकी केटीसँग रहेको छ तर उसले पहिलोपटककाे दिनदेखि नै नालासोपाराकाे रेल्वे स्टेसनबाट मैले उसलाई पछ्याएकाे चाल पाएकाे बताएको थियाे । पत्रकाे अन्तिम हरफमा उसले लेखेको थियाे कि ऊ मसँग समय बिताउन चाहन्छ । सम्पूर्ण लिङ्गभेदलाई त्यागेर ।

म खुसीले पागलसरह भएँ । आफ्नो हाेसलाई नै काबुमा राख्न सकिनँ । सिर्सिर चलेको बतासले मेराे हातबाट गुलरेजकाे पत्रलाई खाेसेर भुइँतिर झारिदियाे ।

कुनै अग्लाे भीरमा उम्रिएकाे पिपलकाे रूखबाट चुँडिएर खसेकाे पात जसरी पशुका सेवाधारीकाे भारीमा पुग्दछ । त्यसरी नै त्यो पत्र पनि कलबाट पानी ओसारिरहेकाे अब्दुल्ला अन्सारीको हातमा पुग्याे ।

मेरो आँखाकाे परेला झिम्कनुभन्दा पहिले नै उसले त्यो पत्रलाई उठायाे पढ्याे । पत्रमा मेराे नाम रहेकाे थाहा पायाे । पुनः उसले पत्रलाई सर्सर्ती पढ्याे अनि मेराे काेठातर्फ शिर उठायाे । डरका कारण मेरो निधारमा देखिन थालेका पसिनालाई बुझेर केही समयमा नै ऊ मेरो अगाडि आइपुग्याे ।

“अब्दुल्ला ! मलाई मेराे पत्र फिर्ता गर ।” मैले उसलाई भनेँ ।

“दिएकी नै कहिले थियौं र ?” यति भन्न नपाउँदै उसले मेराे शरीरमा हात पुर्‍यायाे ।

मैले उसको यस नियतिलाई त पहिलेदेखि नै बुझेकी हुँ । तर, यतिसम्म गर्ला भन्ने आशा थिएन ।

मैले उसलाई यस्तो कुकर्म नगर्न आग्रह गरेँ । उसले मानेन । उसले आखिरतमाथि पनि अपहेलना गरेर मलाई स्पर्श गर्न चाह्याे । जब अस्तित्वको धरातलमा उभिएर मृत्युलाई पुकारिन्छ आफ्नो बचावटकाे लागि । तब नजिकै टेबुलमा रहेको फूलदानी उठाएर मैले उसकाे शिरमा प्रहार गरेँ ।

***

चम्पाबाईकाे अदालतमा दाेषी ठहर म भएँ । भाेगाइपछि भन्नेहरू सधैं सत्य हुन्छन् । महसुस गरे कि जब आउँछ अस्तित्वमाथिको प्रश्न तब उठछ प्रश्न दाेषीकाे आधारमाथि ? र त्यो आधार मैले बाेकेकी थिएँ । तवायफ बनेर ।

टाउकाेबाट चुहिरहेकाे रगतलाई एक हातले थाम्दै उसले चम्पाबाईकाे अगाडि जीवन रक्षाकाे दुहाई माग्दै भन्याे, “जब मैले रानी कोहिनूरलाई यस्तो कुकर्म नगर्नकाे लागि सम्झाएर उसकाे हातबाट पत्र खाेसे तब उनले ममाथि हत्याकाे उदेश्यले मलाई हानी पुर्‍याइन । हे सेठनी ! ममाथि न्याय गरियोस् । जीवनको दुहाइ पाम ।”

उसको यस्तो कपटपूर्ण उत्तरकाे अगाडि मेराे इमानले काम गरेन । जब मेरो हातबाट चम्पाबाईले गुलरेजले लेखेको पत्र लिगिन् । उत्तरस्वरूप पहिलेकै जस्तो दण्ड मैले भाेगेँ । काेठीकाे आँगनमा जब कुनै प्राणधारीकाे अर्धवस्त्रमा काेर्राले चुटेर रगतको धारा चुहाइन्छ । तब उसकाे अस्तित्व नै वेश्या हुनेछ । म त्यो ईश्वरको अदालतमा आफ्नो इमानकाे माग गरिरहेँ कि ती कुन बाबुआमा थिए जसकाे इज्जतकाे लागि म बेचिनुपर्याे तवायफ बनेर ?

इज्जतकाे हुङ्कार बज्नुअगावै मैले गुलरेजलाई भेट्ने निधाे गरिसकेकी थिए । एउटी तवायफकाे इज्जत त हरपल लिलाम नै हुन्छ । तर, यसपटक म उसलाई पूर्ण पुरूष बनाउन चाहन्थेँ, आफू तवायफ बनेर नै ।

मेरा आँखाबाट आँसु बग्न छाडिसकेका थिए । हुन पनि कति बगुन् ती आँखाका आँसुहरू । भन्न मिल्ने हाे भने ती पनि भन्थे हाेलान् कि किन बन्न पुगेछु रानी कोहिनूरकाे आँखाकाे आँसु ।

मेराे शरीरमा बजिरहेको काेर्रालाई राेक्दै उनले ममाथि नयाँ रसुल तय गरिन् । मलाई आफ्नो काेठीबाट निस्कने कुनै हुकुम छैन । बाहिरबाट ताल्चा लगाइ मलाई थुनुवा गरिनेछ ।

अन्तमा त्यसकाे अमल गरियाे । म आफ्नै काेठीमा बन्दिनी बन्न पुगें ।

याे नजरबन्दले मलाई अझै गुलरेजमाथि अगाध माेहब्बतकाे जागा गराइदियाे । कसैले नदेख्ने गरेर ऊ मलाई त्यसरी नै पत्र पठाउन थाल्याे जुन सुरूवातीका दिनहरूमा उसले पठाउने गर्दथ्याे । मैले पनि त्यसरी नै पत्र पठाउने उपाय अपनाएँ ।

आजको पत्रमा उसले लेखेको थियोे । ऊ मेरो काेठीमा आउन चाहन्छ भनेर । तर, मैले यसको जवाफमा चम्पाबाईकाे रसुललाई दाेषी ठहर गरेर ऊसँग माफी मागेँ ।

***

वर्षकाे अन्तिम महिना अर्थात् जिहिल्ज महिनाकाे सुरू भएको छ । म अझै पनि चम्पाबाईकाे नजरबन्दमा छु । तर, अति खुसी छु । यसबिचमा मैले गुलरेजलाई आफ्नो काेठीमा सत्रपटकसम्म आमन्त्रण गरिसकेँ । आज म बताउन नसक्ने अवस्थामा छु कि हामीबिचकाे सम्बन्धले कुन रूप लिइसकेकाे छ ।

गुलरेजले अधिकतम् आफ्नोे घरमा काेचिङ क्लासकाे नाममा मुब्बईमा नै राेक्किनुपर्ने र मुब्बईबाट छुट्ने अन्तिम रेलबाट आउनकाे लागि ऊ असमर्थ्य हुने बताएको छ । तर, वास्तविकताकाे कुरा गर्ने हाे भने ऊ मध्यरातमा जब सारा तवायफ भाेगीहरू काेठीकाे आश्रमबाट बाहिरिन्छन् तब ऊ आउँछ मेराे काेठीमा । थाेरै दिवारकाे सहायता अनि धेरै मैले झ्यालमा बाँधेर उसलाई आउने बाटाे बनाएकाे निलाे साडीकाे याेगदानलाई भुल्न सक्दिनँ म । न ऊ पनि भुल्न सक्छ ।

हाे, म तवायफ हुँ । अझ किन्नर भएर । मलाई दु:ख छ कि म किन्नर हुनुपरेकाेले मलाई मेरा अम्मीअब्बुले त्याग गरे । तर, दाेस्राेतर्फ म खुसी छु कि म किन्नर भएकै कारणले मेराे कान्ति मुहारलाई गुलरेजले त्याग सकेन ।

गुलरेजले जब मध्यरातमा मेराे काेठीमा आउँछ र सूर्याेदय पूर्वकाे फज्र नमाजकाे दुई रक्अत फर्ज गर्नुपूर्व नै ऊ त्यहाँबाट बाहिरिन्छ ।

कुनै दुई प्राणीहरू एकै खाटमा नाङ्गै एकै रात बिताउछन् भने पनि उनीहरूलाई रण्डी भन्ने कुनै हक छैन । न ऊ वेश्या हाे । हाे म तवायफ हुँ केबल नामकी । हाे म किन्नर हुँ केबल पहिचानकी । तर यदि तिमी मलाई रण्डी वा वेश्याकाे उपमाले सजाउन चाहन्छौं भने पनि बिना अफसोच मलाई लगाउन सक्छौं । तर, फरक यतिमात्र हुनेछ कि म केवल तवायफ हुँ त गुलरेज अख्तरकी । वेश्या हुँ त केवल गुलरेज अख्तरकी वा रण्डी नै भन्न चाहन्छौं भने पनि भन तर म रण्डी बन्छु त केवल गुलरेजकाे नामबाट उसले तय गरेकाे बिछ्यौनामा ।

ती रातहरूमा उसले मेराे याैवनालाई मात्र चुमेन । मेरा आशा, भराेसाकाे पनि साक्षी बनेकाे छ । मेरो डायरीकाे हरेक पन्नामा उसले आँसु चुहाएकाे छ । थाेरै थाेरै भए पनि मलाई अङ्ग्रेजी भाषा सिकाएकाे छ । अझ शुद्ध हिन्दी लेख्न सिकाएकाे छ । उर्दूका अदबहरूमा भिज्न सिकाएकाे छ । हाे म वेश्या हुँ त उसले मलाई आफ्नो याैवनामा पनि भिज्न सिकाएकाे छ ।

हिजाेसम्म मेराे काेठीकाे दिवारमा सोनूजीकाे अदब मात्र थियो तर आज उसले मेरा लागि भनेर प्रिय पुस्तकहरूकाे सङ्ख्याले सोनूजीकाे अदबलाई छाेपिदिँदै गरेको छ ।

हिजैमात्र उसले मेरा लागि मिर्जा माेहम्मद हादी रूस्वा खुसवंतसिंहकाे उमराव जान अदा पुस्तक उपहार दिएकाे थियो । ऊ मलाई यो देखाउन चाहन्छ कि उमराव पनि लखनउकाे मशहुर तवायफ हुन् । तर यो स्पस्ट गर्न चाहँदैन कि उसकाे भाेग्या कुनै तवायफ हाे भनेर । अर्कोपटककाे भेटमा ऊ मेरा लागि आल्हा उदलकाे महागाथाकाे बारेमा पनि बुझाउने कुरा गरेकाे छ ।

आज म आफ्नो डायरीकाे अन्तिम हरफमा एउटा हरफलाई पनि सँगसँगै जाेड्दैछु । रानी कोहिनूरले आजसम्म ती चिजहरू केवल बेचिरही जुन बेचिन लाएकका थिए । तर आज उसले केही नबेचिकन नै केही किनेकी पनि छे – गुलरेजलाई ।

***

जिहिल्जकाे छ तारिख पूरा भैसकेको छ । अब केबल चार तारिखपछि ईदुल अज्हा पर्व आउदैछ । काेठीकाे झ्यालबाट म देख्छु । ‘अल्लाहु अक्बर’ भन्दै दुवै हात काँधसम्म उठाएका हुसेनका भक्तहरूलाई । कति खुसी छन् उनीहरू । शव्वाल महिनामा सामुहिक नमाज पढि ईदुल-फित्र मनाउदा पनि उनीहरू यति नै खुसी थिए । अबको चार दिनमा पुनः बलिदानकाे इद आएको छ ।

म सोच्छु कि अल्लाहु अकबर भन्दै हिँडिरहेका मान्छेहरूका पछाडि घिसारिरहेका जनावर सरह म पनि त एक प्रकारकी जनावर हुँ । मलाई मेरै अम्मीअब्बुले बलिदान दिएका हुन आफ्नो इज्जतकाे खातिर चम्पाबाईकाे हातमा । म हरेक दिन बलिदान भैरहेकी छु आफ्नै नजरबाट । दुनियाँकाे नजरबाट ।

हतारिदैं आएकी माहिमले मेराे काेठाकाे ढाेकाबाट लुसुक्क छिरेर भित्रपट्टीबाट चुक्कुल लगाइन । उनकाे पुरै वदन भयकाे कारण कामिरहेकाे थियाे ।

मैले उसलाई कुर्सीमा बसाए ।

उसले काेठाकाे नयाँ रूपलाई नियालिन । मेराे आलपिनले सजिएको नयाँ साडी, हिन्दी एवं उर्दु अदबका पुस्तकहरू, श्रृङ्गारका सामानहरू । नयाँ हिजाब । सबै सबै नियालिरहिन ।

उनले प्रश्न गर्न थालिन् , “गुलरेज आउने गरेकाे छ यहाँ ?”

“अँ”

“बन्द गरिदेउ यी सबै कार्यहरू !”

“किन ?”

“औरंगजेब आएकाे थियो बिहानै |”

“काे औरंगजेब ?”

“कनिज बेगमकाे महलकाे नाेकर !”

मेरा कान झन ठाडाठाडा भए । कनिज महलकाे कुरा सुन्ने बित्तिकै । मैले उनलाई सत्य बताउन भने । सुरूमा उनी डराइन् । र पछि सबै सत्य बताउन थालिन् ” जुन पुरूषलाई तँ आफ्नो काेठीमा आमन्त्रित गर्दछेस् । ऊ तेराे आफ्नै भाइ हाे । कनिज बेगमकाे एक्लो सन्तान । तँ किन्नर भएकाे रहस्य फजलले लुकाइन तेरा अब्बुसँग । जुन दिन तेराे अब्बुले तँ किन्नर भएकाे थाहा पाएँ तब उनले चम्पाबाईलाई बाेलाएर तँलाई उनकाे हातमा पचास हजारकाे सिक्का कबुल गरेर सुम्पिदिएँ । फजलले तँलाई आफूसँग छुटाउन चाहिनन् । फजलबाट तँलाई छुटाउने क्रममा तेरा अब्बुले फजललाई मारिदिए र तँलाई चम्पाबाईसँग बेचिदिए । उनले दाेस्राे निगाह कनिज बेगमसँग गरे । जाेसँगकाे सम्बन्ध तेरा अब्बुसँग पहिलेदेखि नै थियो । कनिज बेगमकाे काेखबाट जसले जन्म लियाे ऊ नै गुलरेज अख्तर हाे । तेरो साैतेनी अम्मीकाे छाेरा र फजल नै तेरो वास्तविक अम्मी जान हाे ।”

उनले ममा आएको विचित्रतालाई पढ्दै गरिन । भनिन, ” यी सबै कुरा चम्पाबाई र अाैरंगजेबबिच कुरा हुँदा मैले सुनेकी हुँ ।” उनी भन्दै गइन, “कनिज बेगमले गुलरेजकाे काेठा छापा मारेकी थिइन रे । जसमा तेरानिम्ति किनेका कपडा, पुस्तक, पत्र फेला पारेकाेले आैरंगजेबलाई यहाँ पठाएकी हुन ।”

तलबाट लगातार तीन पटकसम्म “माहिम ! माहिम !! माहिम!!” भन्ने आवाज आयाे ।

उनी बाहिर जान हतारिइन ।

उनी कुर्सीबाट उठ्दै मेराे हात समातेर मसँग कबुल गर्न लगाइन । याे कुराकाे प्रतिकार चम्पाबाईसँग नगरियोस् । किनकि, ऊ तवायफ भए पनि यो संसारमा बाँचिरहन चाहन्छे । उसकाे मुखबाट आएकाे अन्तिम शब्द नै “बिस्मिल्लाहिर्रह्मानिर्रहीम् ” थियो । यति भनेर काम्दै गरेकाे उनकाे दुप्लाे शरीर लिएर उनी काेठीबाट बाहिरिइन ।

मैले अहिलेसम्म सोचिरहे मेरा अब्बुले मलाई किन बेचे ? किन म नालासोपारकाे गल्लीमा एउटी तवायफकाे रूपमा बाँचिरहेकी छु ? किन गुलरेजसँग मेरा सम्पूर्ण कुराहरू एक समान मिल्छ ?

यी सबै कुराकाे एउटै उत्तर मसँग थियाे । माहिमले दिएकाे मेरा प्रश्नविहिन उत्तरहरू ?

के यी सबै कुराहरूलाई म आफ्नो डायरीमा लेख्न आवश्यक ठान्छु ?

के अरू नारीहरूले झैं म पनि राेऊ कि म आफ्नै अब्बुद्वारा बेचिएकी हुँ भनेर ? अथवा रूनुपर्ने छ म आफ्नो अधिकार हाे कि कर्तव्य हाे त्यो पूरा गर्नकाेलागि ।

के आजसम्म जुन पुरूषसँग मैले प्रेम गरे, रात बिताए ऊ मेरो आफ्नै भाइ थियाे ? त्यस रात मलाई गुलरेजले पत्र पठायाे । लेखेको थियाे, दशाैं तारिखकाे कुर्बानी इदमा ऊ मलाई यसबाट मुक्त गराएर मुब्बई लैजान चाहन्छ । अन्तमा उसले ठट्टा गर्दै लेखेकाे थियाे । माेहबाकाे पुस्तक ऊ मेरालागि मेरै हातबाट किनाउनेछ ।

***

बिहानै नमाज गर्नुपुर्व नै मेरो अगाडि चम्पाबाई उभिएको भेट्टाए । उनले नै मेरो काेठीकाे ढाेका खाेलेकी थिईन । मलाई डर लाग्याे यस कारणले हाेइनकी उनी मेरो अगाडि उभिएकी छिन । मलाई डर थियो याे कारणले कि मुम्बई जाने बेला गुलरेजले मलाई एकपटक दर्शन दिनेवाला थियाे । जुन कुरा उनले थाहा पाउन भन्ने मैले चाहँदिन ।

उनी म सुतिरहेको खाटतर्फ बढिइन । अाेडिरहेकाे कपडा थुतेर मेराे कपाल लुछ्न थालिन ।

उनको मुखबाट आएको भद्दा गालीले तवायफहरूकाे ईज्जतलाई प्रष्ट पार्दथ्याे । सुतिरहेको ठाँउबाट उनले मलाई घिसारेर भुँइमा पछार्दै लात्तीले बजाउन थालिन ।

मेरा नाजुक अंगहरूमा पनि उनको लात्ती बर्सदै गर्याे । म केबल कठाेर बनिरहे । न कुनै प्रतिबाद न कुनै बचावट । केबल सहिरहे । केबल सहेर नै उनकाे पिटाइ खाइरहे ।

उनले मलाई लात्तीले हानेर पनि पुनेन । उनको क्राेधकाे सिमालाई आँकलन गर्न नसकिने थियाे । बद्रकाे लडाइँमा हारेको याेद्वा जस्तै उनले ममाथि रिस पाेखि नै रहिन ।

आलमारीमा राखेकाे कपडालाई भुइँमा फ्याकिन । गुलरेजले दिएको पुस्तकलाई च्यातेर नै त्यसको अस्तित्व नै समाप्त गरिदिईन । नजिकैबाट आइरहेको “ला इलाह इल्लल्लाह” बाट सुरू हुँदै गरेको नमाजलाई पनि उनले वेवास्ता गरिन ।

तल गुलरेज आएको छ । मैले थाहा पाएँ । कारण, ऊ आउने समय नै यही हाे । मेरो मुखबाट अहिलेसम्म सहेकाे सबै पिडालाई भुलाएर केबल एकै शब्द निस्कियाे “गुलरेज”

चम्पाबाई काेठीकाे झ्यालमा गइन । त्यहाँ उनले गुलरेजलाई चिनिन । उनकाे क्राेधकाे सिमा झन बढ्दै बढ्दै गयाे । उनले ठुलाे स्वर लगाएर मेरो काेठी बाहिर उभिएको अब्दुल्ला अन्सारीलाई बाेलाईन ।

“जी हुजुर !” अब्दुल्ला अन्सारी काेठी भित्र पस्यो ।

“मेरो धन्दालाई त्यो नकचराे ठिटाेले आगाे लगाईदियाे । जा अन्सारी ! तँलाई चम्पाबाईकाे हुकुम छ । मेरो काेठीबाट बन्दुक झिकेर लैजा र त्यो ठिटाेकाे छातीमाथि चला । त्यसको छातीबाट बगेको ताताे रगतले मात्र ममाथिकाे बेइमानीकाे आगाेलाई शान्त पार्नेछ ।”

अन्सारी खुब रमायाे चम्पाबाईकाे याे कुरा सुनेर ।

उसकाे मुखबाट कुरूप हाँसो निस्कियाे – “हा… हा…हा… … ”

“जी हुजुर” यति भनेर ऊ काेठीबाट निस्कियाे ।

चम्पाबाईकाे मुहारमा थाेरै खुसिकाे चमक आयाे । मलाई डर थियो कि कतै अन्सारीले गुलरेजमाथि गाेली नचलाअाेस् ।

गुलरेजलाई बचाउने दायित्व मेरो हाे र सधै रहने नै छ । किनकि ऊ मेरो लाेग्ने समान हाे । जुन अब्बु मलाई आफ्नो सन्तान मान्न तयार नभएकाेले नै मलाई बेचिदिए भने म किन मानुँ ऊ मेरो अब्बु हाे । अल्लाह मलाई याे हुकुम दिन्छन कि यदि गुलरेज तयार छ भने म उसँग निगाह गरूँ । कुरानले मेरो लागि यतिसम्मकाे बाटो दिएकाे छ कि नाताले गुलरेज मेराे आफ्नै अम्मीकाे छाेराे हाेइन । र उसँग निगाह गर्न पाउने मेरो पुरै हक छ ।

म उठेर झ्यालमा गएँ । गुलरेजले मलाई देख्याे । मेरो हालतलाई देख्याे । अगाडि उभिएकी चम्पाबाईलाई उसले देख्याे । मैले उसलाई आवाज दिएँ, “भाग ! गुलरेज यहाँबाट भाग ! तिमीमाथि गाेली चल्दै छ ।”

गुलरेजले मेरो आवाज सुन्याे । केबल सुन्याे । केही प्रतिउत्तर दिएन । न नै त्यहाँबाट भाग्याे । चम्पाबाईले मेरो मुख थुनिन । मैले उनकाे हात टाेकिदिँए । उनकाे हातबाट बगेकाे रगत मेरो मुखभरि लाग्याे ।

उनले मलाई छाेडिदिईन र आफ्नाे कम्मरबाट चक्कु निकालेर म तर्फ तेर्साईन ।

गुलरेजकाे अगाडि बन्दुक तेर्सिएकाे छ । मेरो अगाडि चम्पाबाई चक्कु तेर्साएर रन्थनिएर उभिएकी छिन । मार्ने र मर्नेको भारलाई हामी दुवैले सम्बाेधन गर्याैं । केवल एउटा शुन्यतालाई हामीले पार गर्याैं ।

गुलरेज उभिएको छ । नि:शब्द, मुर्ति झैं । यस्तो लाग्छ कि उसलाई केही थाहा छैन । यहाँ के घटिरहेको छ भनेर ।

मैले आँखा चिम्लिए । चम्पाबाईकाे काेठी । हरेक रातकाे अपमान । तवायफकाे उपमा । अब्बुले किन्नर भनेर बेचिदिएकाे पीडा । अम्मीले मेरै लागि दिएकाे कुर्वानी । गुलरेजसँगकाे पहिलो भेट । पहिलो चुम्बन । पहिलो स्पर्श । पहिलो उपहार । अनि उसले दिएकाे शिक्षा । सबै सम्झिए एक पछि अर्को गरेर ।

मुम्बईबाट रफ्तारमा आएको ट्रेन झैं । सबैकुराकाे स्मरण गरे । एक पछि अर्को गरेर । रेलले कालाे धुँवा फाल्याे आकाशतिर । मैले लामाे श्वास तानेर छाडे । रेलले आवाज दियाे बेस्सरी । तर मैले आवाज दिन सकिँन रेल ले झैं ।

समुन्द्रमा आएकाे आँधीकाे आतंक झैं मैले आजसम्मकाे धैर्यता, अपमान र आखिरतमाथिकाे ईमानलाई सम्झिए । चाेट लागेको हातले च्यापेकाे चक्कु पक्कै पनि कमजोर हुन्छ । सम्झिए । कि त मार कि त मर ।

चम्पाबाईकाे हातलाई चपक्क समातेर भुइँमा चक्कु खसाले । उनले मसँग प्रतिवाद गरिन । उनलेे दिएको पीडाले मलाई यतिसम्मकाे तागत दिएन कि म उसँग प्रतिवाद गरूँ ।

अब मसँग केबल एउटै विकल्प थियो । त्यही अपनाए । चम्पाबाईलाई आफ्नो काबुमा पारे र उनलाई झ्यालबाट खसालिदिएँ ।

उनकाे शरीर पर्खालमा उभ्याएकाे फलामे डण्डीमा पस्यो । र उनको शरीर क्षेतविक्षत भयो । मैले उनकाे अन्त्य गरे । एउटा हत्या गरे । रगलले मैले आफ्नो कलंकलाई पखालिदिए ।

बाँकी भएकाे तागत लगाएर ठुलाे स्वरले चिच्याए , “गुलरेज !”

गाेली चल्याे ।

हाे गाेली चल्याे ।

मेरो मनमा आँधी चल्याे ।

मैले गुलरेज तर्फ हेरे ।

अफसोच ।

गाेली हावामा फायरिङ भएको थियाे ।

तर, दाेस्राे गाेलीले बचाउन सकेन । दाेस्राे गाेली अब्दुल्ला अन्सारीकाे छातीमा चल्याे । गाेली चलाउनेमा अाैरंगजेब थियो ।

काेलाहल मच्चियाे ।

मेराे आवाजले गर्दा माहिम मेरो काेठीमा पसिन । उनलाई थाहा भयो त्यहाँ के भैरहेको छ । उनले मेराे हालत देखिन । मैले उनलाई चम्पाबाईकाे लास देखाए ।

उनी सुरूमा त डराइन ।

त्यसपछि खुसि भईन ।

“भाग ! रानी कोहिनूर ! चाँडै नै पुलिस आउनेवाला छ ।”

उनले मेरो हात तानिन ।

“पख” मैले भने ।

टेुबुलमा रहेकाे उमराव जान अदाकाे पुस्तक र आफ्नै डायरीलाई लिएर म र माहिम बाहिर निस्कियाैं । ईदुल- अज्हाकाे माहोल भएकोले हामीलाई बाहिर निस्किन कुनै कठिन थिएन ।

बाहिर पहेँलो फाेक्सीकाे अगाडि गुलरेज उभिएकाे थियो । उसले मलाई केही पनि भनेन । आजपनि उसका चिसा हातले मेरो ताताे हातलाई स्पर्श गर्याे । आज पहिलोपटक चम्पाबाईकाे काेठीकाे अगाडि दुईटी नालासोपाराकी तवायफहरूलाई कुनै ईज्जतदार पुरूषले अँगालो हाल्याे । जसमा माहिम र अाैरंगजेब अनि मसँग गुलरेज थियो ।

नमाजकाे समय समाप्त भएको एवं दुई पटककाे गाेलीकाे आवाजले मान्छेहरूकाे चापलाई हामीले महसुुस गर्याै । दाेषी ठहर हुनुभन्दा अगावै हामी फाेक्सीमा सवार भएर रेल्वे स्टेसनमा लाग्याे ।

माहिम र मैले यी सबै कुरालाई केवल स्वप्न नै मानिरह्याैं । यात्राभरि गुलरेजले मलाई केही पनि भनेन । केबल आफ्नो छातीमा मलाई च्यापेर चिसा आँखा बनाइरह्याे ।

तवायफकाे अड्डा टाढिदै गर्दा रेल्वे स्टेशन नजिकिदै आयाे ।

“गुलरेज बाबू” याे आवाज अाैरंगजेबकाे थियो ।

“जी” गुलरेजले भन्याे ।

“मैले ईदुल-अज्हाकाे ताेफा तिमीलाई दिँए नि – रानी कोहिनूर ।”

गुलरेजले मुस्कुराउदै भन्याे,” अनि मैले माहिम दिएनि हजुरलाई ।”

बल्ल भने माहिम मुस्कुराई ।

अाैरंगजेबले गुलरेज र मलाई रेल्वे स्टेसनमा झारिदियाे ।

मैले माहिमलाई भने, “माहिम ! लामाे आयु गरेर बाँचेस है !”

“म अल्लाहसँग तिम्रो लागि दुवा गर्नेछु कोहिनूर !”

एउटा मिठो अंगालो सँगै हामी छुट्टियाैं ।

बल्ल भने गुलरेज बाेल्याे,” नालासोपाराकी तवायफ कहिकी कोहिनूर !” त्यसपछि ऊ यस्तरी हास्याे जसरी उसले आज संसार जितेकाे छ ।

मैले उसलाई भने, “मेराे उपहार खाेई नि ?”

“मसँगै मुम्बई जाने भए मात्र दिनेछु !”

“मलाई किन्नर नभन्ने भए मात्र नि ? ” मैले उसलाई भने ।

ऊ मुस्कुरायाे ।

रेलमा चढनु अगाडि उसले भन्याे,” म तिमीलाई यस कारणले मात्र मुम्बई लैजाने छु कि तिमी मुम्बईमा गएपछि मसँग निगाह गर्नुपर्ने छ ।”

मैले उसलाई यति मात्र उत्तर दिएँ, “म पनि केबल यस कारण तिमीसँग मुम्बई जाँदै छु कि तिमीले मसँग जिन्दगीभर मिठामिठा कुरा गर्नुपर्ने छ । जलेबीकाे स्वाद भन्दा पनि मिठाे ।”

मेराे हातमा मेरै डायरी र उमराव जान अदा थियाे । रेल छुट्याे नालासोपाराबाट । नालासोपाराकी धन्दावाली र कनिज बेगमकाे महलकाे ईज्जतदार पुरूषलाई लिएर ।

नालासोपारकाे कुनै सदस्य अर्को सदस्यसँग कुरा गर्दै थियाे ,” खै कुन्नि ! नालासोपारामा अब तवायफकाे वेश्याखाना समाप्त हुन्छ कि के हाे ?”

अर्को पुरूषले सोध्यो,” किन ?”

उसले जवाफ दियो,”नालासोपाराकी धन्दावाली माहिम र रानी कोहिनूर मिलेर सेठनी चम्पाबाईकाे हत्या गरी कुनै दुई पुरूषहरूसँग फरार भएका छन रे !”

मलाई कुनै डर लागेन ।

किनकि, म एउटी किन्नर तवायफ भए पनि मेराे साथमा गुलरेज थियाे । मैले लामाे श्वास ताने र छाडे । अल्लाहलाई सम्झिएँ । अन्तमा आफैँलाई अन्तिमपटक पुकारेँ,” नालासोपाराकी धन्दावाली !”

“के भयो ?” गुलरेजले सोध्यो ।

मैले उत्तर दिँए, “निगाह माैलवीलाई राखेर गर्छाैं कि माैलवी नै नराखेर ?”

रेल केवल चलिनै रह्यो । तर मलाई कुरा गर्नु थियाे गुलरेजसँग । रानी कोहिनूर अख्तर बनेर ।

प्रतिक्रिया
Loading...