रोल्पाको एक अत्यन्त दुर्गम गाउँमा धनबहादुर बुढामगर परिवारसंग बसोबास गर्दै आएका थिए । उनी गरीब थिए, त्यसैले गाउँमा दैनिक ज्यालाधारीको काम गरेर जििवकोपार्जन गर्ने गर्थे । नाम धन बहादुर भए तापनि धनको नाममा उनीसंग पाखाको दश आना जग्गामा ढुँङ्गा माटोले बनाएको खरले छाएको झोपडी मात्रै थियो । खोरमा एकजोर बाख्रा र केही क्mुखुराहरु पनि पालेका थए । एक दिन उनकी गर्भवती बुढीलाई जचाउन लगभग एकघण्टा हिंडेर स्वास्थ्य चौकी पुगे । किनभने नजिकै कुनै स्वास्थ्य चौकी थिएन ।
स्वास्थ्यकर्मीले जाँचेर भने – ‘पेटभित्र बच्चा उल्टो बसेको छ । त्यसैले ठूलो अस्पतालमा लगेर परीक्षण गराउनु’ भनि सल्लाह दिए । अब क्mुन ठुलो, क्mुन सानो अस्पताल गाउँलेलाई के थाहा ? यहाँ नहुने भए पछि सदरमुकामको अस्पताल पक्कै पनि ठूलो होला भनि एकदिन सदरमुकामको अस्पतालमा जचाउन लगे । मोटरबाटो बनी सकेको थिएन्, त्यसैले बुढीलाई बिस्तारै हिंडाउँदै दोश्रोदिन सदरमुकाम पु¥याए । गरीबलाई अनेक थरीका दुःख आई परे पनि सहनशील हुन्छन् । फेरी दुःख त गरीबले खप्परमै लेखेर ल्याएको हुन्छ ।
अबेला भएकोले त्योदिन सबै जाँच भएन् । अस्पताल अगाडी एउटा सानो होटलमा बास बसे । भोली पल्ट डाक्टरले अल्ट्रासाउण्ड लगायत अरु जाँच गरि सकेपछि भने – ‘बच्चाको अवस्था राम्रै छ, तर साल तल भएको कारणले गर्दा सुत्केरी हुने बेलामा ठूलो अस्पतालमा लानु पर्छ र अपरेशन गरेर बच्चा निकाल्नु पर्छ’ । धनबहादुरले प्रश्न गरे डाक्टर साहब ! यो ठूलो अस्पताल होईन र ? गाउँको भन्दा ठूलो अस्पताल भनेर सदरमुकामको अस्पतालमा लिएर आएको थिएँ । अब फेरी अर्को ठूलो अस्पताल खोज्दै कता जाउँ ? डाक्टरले हाँस्दै भने दाइ ! गाउँको भन्दा यो ठूलै अस्पताल हो, तर अहिले यहाँ अपरेशन गर्ने सुबिधा नभएकोले आठ महिनामा नेपालगञ्ज वा बुटवलतिर लानु बेस होला ।
अब नेपालगञ्ज वा बुटवल जान पनि केही खर्च तखपक्कै चाहिएला । उनी बडा धर्मसंकडमा परे । समय अझै छ बिचार गरौंला भनि फेरी घरै फर्के । बाटोमा एउटा चौतारीमा बसेर खाजा खाए । डाँडापारी अर्को गाउँमा एउटा गाडीले धुलो उडाउँदै गएको देखेर बुढीले भनिन् –हाम्रो गाउँमा गाडी आउने कहिले होला ? बुढाले भने खोई ! भोट माग्न आउने बेलामा त नेताले दुई वर्षमा बाटो ल्याउँछु भन्थे । यत्तिका वर्ष भै सक्यो न नेताको मुख देख्न पाईयो, न त बाटोको । दुःख भने आएका आऐ छन् । जुन जोगी आए पनि कानै चिरेको हुँदो रहेछ । नेताहरुले गरीबको दुःख हेरी दिने भए त आज हामीलाई यो बाटो हिंडेर सदरमुकाम सम्म किन जानु प¥थ्यो र ? उपचारको लागि नेपालगञ्ज, बुटवल र काठमाण्डु किन धाउनु प¥थ्यो ? बुढीले भनिन नेपालगञ्ज वा बुटवलमा हामीले चिनेको कोही छैन् । बरु, तल्लाबारीका छिमेकी मंंगले बुढामगरकी बुढीले भन्दै थिईन् उनका बुढा पोखरामा बाटोको काममा लागेका छन् अरे । उनकी बुढीलाई भेटेर क्mुरा बुझौं न ।
भोली पल्टै उनको घरमा गई मंगलेकी बुढीसंग निकैबेर गफ गरे । क्mुरो बुझ्दा उनका बुढा पोखराको सडक तथा नाली निर्माण कंम्पनीमा काम गर्न गएको छः महिना भै सकेको रहेछ । फोन नं. पत्ता लगाएर बेलुकी फोन गरे र सम्पूर्ण क्mुरा बताए । गाउँका मानिसहरु गरीबै भए पनि शहर बजारका मानिसहरु जस्ता मतलबी हुँदैनन् । उनीहरुसंग धन नभए पनि एकले अर्कालाई सहयोग गर्ने मन र भावना हुन्छ । मंगलेले क्mुरा बुझे र हुन्छ म बुझेर खबर गरौंला भने । उनले पोखराको क्षेत्रिय अस्पतालमा गएर एकजना डाक्टरसंग यी सबै क्mुराहरुको जायजा र खर्चपर्च बारे जानकारी लिए । घर पुगेर बेलुकी उनले धन बहादुरलाई फोन गरे र भने दाइ ! अब सातआठ महिना पुगे पछि भाउजुलाई यहाँ लिएर आउनु भए हुन्छ । तर खर्च त चाहिएला नि ! केही खर्चको जोहो त गरेरै आउनु होला । यहाँ कोठा भाडामा लिएर हामीसंगै बस्नु होला । मैले काम गर्ने कम्पनीमा तपाईले काम पनि पाउनु हुन्छ । अलिअलि खर्चको जोगाड त त्यहाँबाट पनि होला नि !
अब रोल्पामा नहुने भएपछि र जानै पर्ने भएपछि उनले खर्चको जोहो गर्न थाले । सात महिनाको गर्भ पुगे पछि एउटा बाख्रो सत्र हजारमा बेचे । अर्को भने बिक््रmी भएन् । केही क्mुखुराहरु पनि बेचे र बीस हजार दाम जम्मा गरे । लामो बाटो हिंड्नु छ र बुढी पनि कमजोर छिन भनि केही क्mुखुराहरु एकदुई दिन बिराएर काटेर श्रीमतीलाई खुवाए । एकदिन घर र बाख्रा छिमेकीलाई जिम्मा लगाई बिस्तारै हिंड्दै सदरमुकामतिर झरे । चारैतिर लकडाउन थियो । त्यहाँबाट फाट्टफुट्ट केही मालबाहक गाडीहरु मात्रै चलेका थिए ।
अनेक हारगुहार गरेर एउटा गाडीमा बसेर अस्पतालको कागज देखाउँदै जसोतसो बुटवल सम्म आई पुगे । त्यहाँ एउटा चिया पसलमा चिया पिउँदा एकजना प्रहरीसंग भेट भयो । उनले यस्तो लकडाउनमा कता जान हिंडेको ? भनि सोधे । गाउँको सोझो मगरले किन झुठा बोल्थ्यो र ! आफ्नो सम्पूर्ण ब्यथा उनलाई बताए । प्रहरीलाई पनि गर्भवती महिलाको अवस्था र गरीब गाउँलेको दुःख देखेर उनी प्रति बडा माया लाग्यो । उनले भने दाइ ! केही समय पर्खनुहोस् । पोखरा जाने कोही गाडी फेला परेमा म त्यसैमा तपाईहरुलाई पठाई दिउँला । केही बेर पछि सिमेण्टी बोकेर पोखरा जाने एउटा गाडी फेला प¥यो र त्यसलाई रोकेर राम्रोसंग क्mुरा बुझाएर पोखरा पठाई दिए ।
यसरी एउटा गाउँघरको गरीबको ब्यथालाई प्रहरीले नबुझि दिएको भए कति आपत पर्ने थियो होला । समस्या त गरीबलाई मात्रै हुने रहेछ । धनी मान्छे र नेताजीहरुलाई क्mुनै समस्या नै छैन् । भन्ने बित्तिकै हेलिकप्टरमा चढेर जान पाई हाल्छन् । नेताजीहरुलाई आपूmले तिर्नु पर्ने होईन् क्यारे । ट्रकले पनि भोलिपल्ट बिहानै पोखरा ल्याई पु¥यायो । सोधपुछ गर्दै गाउँले साथीलाई भेटे र उनको डेरामा गएर थकाई मारे । सुत्केरी हुनलाई अझै एक डेढ महिना बाँकी थियो होला । खाने र अस्पतालको खर्चको लागि केही रकम भए पनि होस्टेमा हैंसे त होला भनि पर्सीपल्टबाट उनी पनि साथीसंग काममा लागे ।
दुई सप्ताह पछि एक दिन श्रीमतिलाई जँचाउन भनि सरकारी अस्पतालमा लगे । सम्पूर्ण क्mुराको जाँच भयो र तीन हप्तापछि अपरेशन गर्नको लागि भर्ना गर्न ल्याउनु भनि सल्लाह दिए । तर, क्षेत्रिय अस्पतालमा कोरोनाका बिरामीहरु छ्यापछ्याप्ती भएकोले त्यहाँ भर्ना गर्न डराएर साथीहरुको सल्लाह अनुसार उनलाई निकै नाम चलेको एउटा ठूलो निजी अस्पतालमा लगे । हुन त उनलाई नाम चलेको र नचलेको भन्ने संग केही मतलब थिएन् । तर, अस्पतालभित्र पसि सकेपछि अस्पतालको भब्य भवन हेर्दा उनी दंग परेका थिए । मनमनै सोच्दै थिए ठूलो अस्पताल भनेको यस्तो पो हुने रहेछ ।
त्यहाँ सम्पूर्ण जाँचहरु भैसके पछि तीनदिन पछि अपरेशन गरेर बच्चा जन्माउने क्mुरो भयो । उनलाई रु. पचासहजार जम्मा गर्न भनियो । गाउँमा रु पाँच हजारको मुख त नदेखेका धन बहादुरले पचास हजार कहाँबाट ल्याउँथे ? साथीहरुको सल्लाह अनुसार उनी अस्पतालको हाकिमको कोठामा गए र बिरामीको फायल टेबलमा राखेर हात जोडेर बिनती गरे सर ! रोल्पामा मेरो श्रीमतिको उपचार हुन नसकेर म यहाँ आएको हुँ । मसंग त्यती धेरै पैसा छैन् । जसरी पनि ममाथी क्ृmपा गरि अपरेशसन सफल बनाएर आमा र बच्चाको ज्यान जोगाई दिनुहोस् । हाकिमले एकछिन फायलको अध्ययन गरे र
उनको अवस्था हेरेर कति पैसा छ ? भनि सोधे । उनले आफ्नो थैली खोलेर गन्न पनि नजानेर हाकिमको टेबलमा राखी दिए । गनेर हेर्दा सत्रहजार मात्र रहेछ । तीन हजार त अहिलेसम्म खर्च भैसकेको रहेछ । हाकिमलाई पनि दया लाग्यो र उनले भने ल ठिक छ, यो दुई हजार तपाईले खाने खर्च राख्नु र बाँकी पन्द्र हजार बुभाई दिनु । त्योभन्दा माथीको खर्च अस्पतालले ब्यहोर्छ भनि फायलमा केही लेखेर पठाई दिए । जे होस् अपरेशन राम्रैसंग भयो र छोरा जन्मियो । पोखरा सम्म आएको यात्रा सफल भयो भनि धन बहादुर निकै खुशी थिए । एक हप्ता जति काममा गएनन् । उनको काम सुत्केरीलाई खाना पकाउने र अस्पताल पु¥याउने मात्रै थियो ।
हप्ता दिनपछि टाँका खोलेर बिरामीलाई घर पठाए । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रै थियो । कोठामा लगेर बुढीको राम्रै स्याहार गरेका थिए । आपूmसंग भएको खर्च सकिए पछि साथीसंग केही सापटी लिएर काम चलाए । अस्पतालबाट लगेको एक हप्तामा आमा र बच्चा दुवैजनालाई ज्वरो आयो र बच्चालाई पहेंले रोग (जण्डीस) पनि भएछ । साथीहरुको सहयोगले फेरी त्यहीं जचाउन् लगे । आमा र बच्चालाई भर्ना गरेर उपचार गर्नु पर्ने भयो । भएको केही पैसा बुझाए । धन बहादुरलाई झन हत्ते भएर आयो । काममा पनि जान पाईएन्, नत्र अलिअलि खर्च त टार्ने थियो नि ! अस्पतालमा राख्दा पनि एक सप्ताहपछि बच्चाको अवस्था झनै खस्किएर भयो । अस्पतालमा आमा छोराको स्याहार गर्दा गर्दै धनबहादुरलाई पनि ज्वरो आयो । परीक्षण गर्दा आमाछोरा र धनबहादुर तिनैजनालाई कोरोनाको संक््रmमण भएको देखियो । धनबहादुरलाई झिकीदेउ गाँड भन्दा थपीदेउ गाँड भयो । पोले माथीको फकुण्डो भयो र मन यति दुखेर आयो कि क्mुनै सीमा रहेन । यता खर्च पनि सकियो र उता काममा पनि जान पाएनन् । उनी किङ्गकर्तब्यविमुढ भए । धन्न साथीहरुले केही सहयोग गरेर खाना सम्म खाने ब्यवस्था मिलाई दिए । तिनैजनाको उपचारको लागि अस्पतालले अब थप साठी हजार धरौटी पैसाको माग ग¥यो ।
हातमा साठी रुपिया पैसा नहुने मान्छेले साठी हजार सुन्दा त उनी पागल जस्तै भए । साथीहरु मिलेर फेरी हाकिम साबको कोठामा गएर अनुरोध गरे । हाकिमले भने हामीले सकेको ग¥यौं । अब यहाँ भन्दा बढी त शुल्क नतिरी उपचार गर्न सकिन्न । सर ! हामीसंग क्mुनै उपाय नभएर हजुरसंग गुहार माग्न आएका हौं भनि भन्दा हाकिमले भने – छैन भने कि चन्दा उठाएर बुझाउनु कि सरकारी अस्पतालमा लैजानु । अब चन्दा माग्नु बाहेक क्mुनै उपाय छैन भनि उनी अरु साथीहरुसंग गुहार माग्न गए । भन्ने बित्तिकै कतै केही उपाय लागेन र फर्केर आउँदा त आमा छोरालाई कोठाबाट बाहिर निकाली सकेका रहेछन् ।
धनबहादुरकी बुढी छोरालाई लिएर बाहिर बराण्डामा बसी रहेकी थिईन् । आमाछोरा दुवै जनालाई स्वाँस प्रस्वाँसमा गाह्रो भएको बेला प्राणवायुको ब्यवस्था गर्नु पर्नेमा बेवास्ता गरि झन बराण्डामा ल्याएर मिल्काएका रहेछन् । यो कस्तो अमानवीय काम हो ? धन बहादुर पनि एकछिन पागल जस्तै भयो र भन्यो हे भगवान ! अब मैले के गर्ने होला ? ठूलो अस्पताल भनेको त यस्तो पो हुने रहेछ । कोरोनाले ग्रसित भएका बिरामीहरु प्राणवायु नपाएर भकाभक मरि रहेका थिए । कोरोनाले आमाछोरा पनि दुवै जना मरे भने त धनबहादुरको बेहाल हुने भयो । एकछिनमा त्यहाँ केही समाजसेवी युवाहरु बिरामीहरुलाई खाना बाँड्दै आए र उनलाई पनि खानाको दुईवटा बट्टा दिए । उनको नाम र ठेगाना सोधे र के भएर यहाँ आउनु भएको हो भनि सोधे । उनले पनि सम्पूर्ण ब्यथा बिस्तारमा बताए र रुन थाले । उनी रोएको देखेर केही युवाहरु त्यहाँ जम्मा भए र बिरामीको बारेमा अझै बिस्तारमा बुझ्न थाले । यो त अस्पतालको चरम लापरवाही रहेछ भन्दै उनीहरु हाकिमको कोठामा गए । यो के ब्यवस्था हो ? भनि बिरामीको तर्फबाट गुनासो गर्न थाले । हाकिमले भने हामीले सकेको ग¥यौं । अब यहाँ भन्दा बढी त्यसमा पनि तिन–तिनजनालाई सहयोग गर्न सकिन्न । कोरोनाको बिरामीलाई निशुल्क उपचार हुनु पर्ने हाईन् र ? भन्दै उनीहरु एकछिन झगडा गरे । नीति नियमहरू ठूला बडाको लागि मात्रै हो त ? भनि एकछिन मुर्दावादको नारा पनि लगाए ।
यत्तिकैमा प्रहरी आएर के भएको हो ? भनि क्mुरा बुझ्न थाल्यो । केही पत्रकारहरु पनि त्यहाँ आई पुगे र फोटो खिच्न थाले । एकजना पत्रकारले क्षेत्रिय अस्पतालका प्रमुखसंग क्mुरा गरे । प्रमुखले कोरोनाका बिरामीहरुको सबै अस्पतालमा निःशुल्क उपचार हुन्छ । त्यहाँ किन भएन् ? नभए सम्बन्धित ठाउँमा गएर उजुरी गर्नु र अहिलेलाई बिरामीलाई लिएर यहीं आउनु । हामी उपचार गर्छौं भने पछि एउटा एम्बुलेन्समा राखेर क्षेत्रिय अस्पताल पु¥याए । त्यहाँ पत्रकार सम्मेलन गरे र अस्पतालले चरम लापरवाही गरेको क्mुरा पर्दाफस्ट गरे । बिरामीलाई भर्ना गरे र सम्पूर्ण उपचार निःशुल्क भयो ।
खानाको ब्यवस्था भने तिनै समाजसेवीहरुले जिम्मा लिए । हुन त सरकारी नियम अनुसार कोरोनाका बिरामीहरुलाई जहाँ पनि निःशुल्क उपचार गर्नु भन्ने छ, तर कैयौं निजी अस्पतालहरुले यो नियमको पालना नगरेकोले गरीब बिरामीहरुलाई उपचारमा धेरै बाधा पुग्न गएको छ । यस्तो अनैतिक ब्यवस्थाको अनुगमन कसले गरि दिने ? र किन नगरेका होलान् ? गरीबले नेपालमा कहिले राहत पाउने ? क्षेत्रिय अस्पतालमा ल्याई सकेपछि आमाछोरा दुवैजनालाई सघन उपचार कक्षमा र धनबहादुरलाई सामान्य कोभिड वार्डमा भर्ना गरेर उपचार शुरु भयो । पन्द्रदिन पछि धनबहादुरलाई सञ्चो भएर आयो ।
बच्चालाई पनि केही बिसेक हुँदै आयो । आमालाई पनि एक हप्तामा ज्वरो घटेर आयो । चिकित्सक तथा नर्सहरुको लगभग एक महिनाको अथक र असीमित प्रयासले दुवैजना रोगमुक्त भएर आए र धनबहादुरले छोरालाई काखमा लिंदै डाक्टर नर्सहरुलाई मुरीमुरी धन्यवाद दिंदै अस्पतालबाट बिदा भएर गए । उनको आँखाबाट खुशीका अश्रुधारा बगी रहेका थिए । गरीबको कोही नभए पनि भगवानले जसरी पनि हेर्ने रहेछन् भन्दै सन्तोषको साँस फेर्दै घर गयो । चिकित्सक तथा नर्सहरु पनि बच्चालाई अत्यन्तै गम्भीर अवस्थाबाट बचाउन एक चुनौतीपूर्ण कार्यमा सफलता प्राप्त गरेको हुनाले निकै खुशी थिए ।
जीवनमा यो भन्दा ठूलो आनन्द र खुशी के होला ? घर पुगेर धनबहादुरले बुढी र बच्चालाई केही खाने क्mुराको तयारी गर्न लागे । मंगले बुढामगरले पनि साथीको अवस्था देखेर सुटुक्क बाहिर गए र एउटा क्mुखुरा लिएर आए । बेलुकी झोल बनाएर सबैले आनन्दसंग खाना खाए । धनबहादुरले जीवनमा ठूलो खड्को काटेको अनुभव गरि रहेका थिए । भोलीपल्ट देखि बुढीले भान्साको काम म आफै गर्छु तपाई काममा जानु भने पछि उनी पनि साथीसंगै काममा लागे । बच्चा एक वर्षको नभईन्जेल सम्म साथीसंगै पोखरामा काम गरेर बसे । साथीहरुको ऋण तिरेर भ्याए र केही धन पनि कमाए । निषेधाज्ञा खुले पछि साथीसंगै घर फर्के ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।