हिउँद को समय वारिपारि गाउँमा पत्कर बोकेर खोल्मा ९मतान रगोठ भर्नु सबैलाई चटारो थियो। गाउँमा माओवादी नाम गरेका नौला नौला मान्छे हरू को आउँ जाऊ बाक्लिएको निक्कै भएको थियो। डाँडा घरे सान्दाई को विदेश मा हत्या भएको करिब एक साल भई सकेको थियो। त्यै पिडामा पुरै गाउँले हरू रानी विनाको मौरी जस्तै बिरक्तियाका थिए।
पुरै गाउँका भोटे हरू सबैको नाममा धेर थोर घर जग्गा थियो तर स्याङ्ग्कि को आप्पा भूमि हीन थिए। नेपाल बाहुन हरूको गोठ बारी कमाएर बसेका स्याङ्ग्किले कहिले वारि गाउँ त कहिले पारि गाउँका साहु को डकाई हुने बित्तिकै आफ्नू सबै काम छोडेर काम गर्न जानु पर्थ्यो।
गाउँमा माओवादी छापामारहरू आएर डाँडा घर मै बस्थे , ठुलो घर र पालि थियो वारिपारि का मूल बाटोमा मानिसहरू आए गएको देखिन्थ्यो। स्याङ्ग्कि तीते फापरको पिठोमा खुदो हालेर
रोटी बनाउन हतार हतार घोल बनाउँदै थिइन। बुवा ममी घरमा को हुनु हुन्छ भन्ने आवाज सुनेर पिठो लागेको हात सँगै बाहिर हेर्दा आँगनमा केही थान बन्दुक बोकेका माओवादीहरू थिए।
अनपढ स्याङ्ग्किले बन्दुक यत्ति नजिक बाट पहिले कहिल्यै देखेकी थिइन । मनभरि डर र त्रासले गर्दा बोल्न नसकेकी स्याङ्ग्कि , पल्लो गाउँको माओवादी नरेले के गर्दै छौ भान्जी भन्दा पो झसङ्ग हुँदै हतार हतार बास्नुस् न भन्दै सुकुल तिर इशारा गरिन।
नरेले स्याङ्ग्कि तिर हेरेर भन्यो भिनाजु खै त रु माहुरीको घार त धेरै रछ मह निकाल खाऊ। यतिन्जेल सम्म सबै माओवादीहरू घर भित्र पसी सकेका थिए। एक जना कपाल घाटी सम्म हुने गरी काटेकी बहिनीले घोलेको पिठो बाट रोटी पकाउन थाली सकेकी थिइन।
नरेले फेरी सोध्यो भान्जी खै त भिनाजु ?
आप्पा गोठालो जानु भएको छ भाइ पारि महाजनको दाउरा काट्नु गएको छ स्याङ्ग्किले सानो स्वर मा भनिन।
स्याङ्ग्किले चुलोमा अगुल्टो ठोस्दै गर्दा माओवादीहरू रोटी खादै थिए। नरेले खोपी बाट हर्पे ९काठको भाँडो ० निकाल्यो र कमरेडहरू मह सँग रोटी खाऊ भन्दै पकापक खान थाल्यो। भोलि साहुलाई ब्याज तिर्नु ठिक पारेको मह माओवादीले खाई दियो। स्याङ्ग्किलाई ठुलो पिर पर्यो तर केही बोल्ने आट गरिन।
मह र रोटी खाएर माओवादीहरू बाहिर निस्किँदै भने। साथीहरू सेल्टर पुगिसके होला हामी पनि जाऊ।
कमरेडहरू जाँदै गर्नुस् म एक छिनमा गाउँलेहरू सबैलाई बेलुका सेल्टरमा भेला हुन भनेर आउँछु भन्दै , नरे त्यही बस्यो।
बाहिर निस्केका माओवादीहरू डाँडा घर तिर जाँदै गरेको झ्यालबाट प्रस्ट देखिन्थ्यो।
अगेना छेउमा बसेकी स्याङ्ग्किलाई नरेले च्याप्प समात्यो, स्याङ्ग्कि केही बोल्न सकिन। आशुका थोपाहरू झर्दै थिए नरेको हातबाट उम्कने अनेक कोसिस गर्दा पनि नसके पछि स्याङ्ग्कि निरीह बनी। नरेले भान्जी भन्दै स्याङ्ग्किलाई बलात्कार गर्यो र यो कुरा गोप्य राख्नु नत्र मार्दिने धम्की दियो। भिनाजुलाई साँझ डाँडा घर जानु भन्नु माओवादी आएका थिए भन्दिनु भन्दै नरे बाहिर निस्कियो।
लुङ्गी मिलाउँदै बाहिर निस्केकी स्याङ्ग्किले मूलबाटो नजिकै अरू माओवादीहरू पनि जाँदै गरेको देखि। मन मनै सोची लोग्ने माओवादीहरू सबै नरे जस्तै बलात्कारी हुन्छन् होला १ हैन फेरी ती आइमाई माओवादीहरू सँगै बस्दा कसरी सुरक्षित होलान्रु के आइमाई माओवादीहरू यी लोग्ने माओवादीहरूको बलात्कार सहेर बसेका हुन्छन् त ?
साँझ सम्म स्याङ्ग्किको होस् ठेगानमा थिएन। माओवादीहरू बलात्कारी हुन् भन्ने मन भरि कुरा खेली रह्यो। साँझ परेको थियो। आप्पा तिम्रो खाजा र खोपाको मह माओवादीले खाई दियो। अहिले साँझ डाँडा घरमा जानु रे १ स्याङ्ग्किले मलिन स्वरमा भनी र गाग्रो टिपेर कुवा तिर निस्की।
रिमरिम साँझमा च्याँख्ला र गुन्द्रुकको झोल खाएर , आप्पाले त बस्दै गर म डाँडा घरे कान्छाको मा पुगेर आउँछु भन्दा , आप्पा म पनि जान्छु। घर मा एक्लै बस्नु डर लाग्छ राति तर्साउँछ । नरेले एक्लै हुँदा गरेको बेबहारले तर्सिएकी स्याङ्ग्कि मलिन स्वरमा बोली र आप्पाको पछि पछि लागि।
डाँडा घर माथिको मानेडाडा देखिनै बन्दुक बोकेका माओवादीहरू ठाउँ ठाउँमा १(२ जनाको टोली बसेका रहेछन्। स्याङ्ग्कि र आप्पालाई पनि माओवादीहरूले परैबाट को हो बाटोमा भनेर सोधे। आप्पाले हामी बाउ छोरी हौ तपाईँहरूले बोलाउनु भएको रहिछ र आएको। उता बाट आइमाई माओवादीले जवाफ फर्काई ूहुन्छ बुवा जानुहोस्।
स्याङ्ग्किले हरेक आइमाई माओवादीहरूलाई पनि लोग्ने माओवादीहरूले बलात्कार गर्दो होला भन्ने मन मनै सोच्दै आप्पाको पछि पछि लागि।
डाँडा घरको आँगनमा ठुलो ठुलो भाडामा भतेर ९भोज ० पाक्दै थियो। सान्दाईको बिहेमा यहीँ आँगनमा यस्तै भतेर ९भोज ० पाकेको थियो। घर, पालि सबै तिर माओवादीहरू बसेका थिए। आँगनको कुना तिर गाउँका अरू सबै आएर बसेका थिए।
एक छिन पछि माओवादीहरू सबैले धान को भात पालो पालि खाए। मकै को चाख्ला, सिस्नु र गुन्द्रुकले नछोड्ने गाउँमा आप्पा र अरू गाउँलेहरूले पनि धेरै समय पछि धान को भात खाए। स्याङ्ग्किले डाँडा घरको कान्छी माइजू सँगै बसेर धानको भात र गोरुको मासु खाई। तल्लो गाउँको महाजनको तारे गोरुको मासु र काभ्रे खेतको चामल बडो मिठो थियो।
सबैले मासु भात खाए पछि गाउँबाट पनि माओवादीमा २ जना जाने भए। महाजनले जहिले ऋणको ब्याज बापत काम गराउने , बलेख्रा, लैनो भैँसी लाने गरेर पुरै गाउँ पीडित थियो।
राजेश भन्ने एउटा माओवादीलाई सबैले कमान्डर भन्दै थिए। एक छिन पछि सबै माओवादीहरू आँगनमा बसे र कमान्डरको कुरा सुन्न थाले स्याङ्ग्कि र गाउँलेहरू सबैले उसको कुरा सुने। नरे पनि माओवादी कमान्डरको छेउमा बसेर घरी घरी स्याङ्ग्किलाई हेर्दै थियो। स्याङ्ग्कि भुईँ हेरेर उनीहरूको भाषण सुनी रही।
कमान्डरले आमूल परिवर्तन, वर्गीय विभेद , धनी र गरिबको अन्त्य , साहु महाजनको जग्गा सुकुम्वासी भूमिहीनलाई दिने लगायत जनताको जनसत्ता स्थापना गर्ने कुराहरू गरे। स्याङ्ग्किलाई त्यो कमान्डर पनि नरे जस्तै बलात्कारी लाग्न थालेको थियो। नरेको हर्कतले सबै लोग्ने माओवादीहरू लाई स्याङ्ग्किले बलात्कारी देख्न थालिन ।
सबैले ताली बजाउँदा स्याङ्ग्कि झस्की र आफू पनि ताली बजाउन थाली। स्याङ्ग्किलाई पनि माओवादी जनसेना मा समावेश हुनुपर्छ भनेर बिहानी भन्ने आइमाई माओवादीले ूमहिला पनि पुरुष समान युद्ध गर्न सक्छ। हामी बच्चा पाउने मेसिन मात्र हैन हामीले राज्यसत्ता र देश हाँक्नु पर्छू भन्दै गर्दा स्याङ्ग्कि भने नरे जस्ता अरू लोग्ने माओवादीहरूको बलात्कार सहनु माओवादीमा के जानु भनेर सोच्दै थिइन।
रात अबेर सम्म धेरै माओवादी लोग्ने र आइमाईहरूले सबै गाउँलेलाई माओवादी तपाईहरूको छोराछोरी हुन् भनेर विश्वास दिलाउन कोसिस गरे। झन् नरेले त स्याङ्ग्कि तिर हेर्दै महाजन बलात्कारी र सामन्ती शासक हो। यो गाउँका चेली बेटी सामन्ती महाजन देखि चोखा छैनन् भनेर भोटे गाउँका आइमाईहरू माथि प्रश्न चिन्न खडा गर्दियो। आफ्नै छोरी बुहारी श्रीमती को इज्जत माथि धावा बोल्दा पनि सोझा भोटेहरूले हो मा हो मिलाए। सायद माओवादीहरूको डर थियो या गोरुको मासु र धानको भात खाएर नुनको गरियो। स्याङ्ग्किले नरेलाई हेर्ने आट गरिनन्।
सबै जना गाउँलेहरू मध्य रातमा आ(आफ्नो घर फर्किए। झुल्के घामले बिहान पख टेम्के पहाड जिस्काउँदै गाउँ झर्यो। डाँडा घरमा बसेका माओवादीहरूको कुनै अत्तोपत्तो थिएन। पारि मूलबाटोमा शाही सेनाको एउटा टोली आउँदै गरेको देखिन्थ्यो।
सेनाले केही छिनमा पुरै भोटे गाउँ भरिका मान्छेलाई भेला गरेर डाँडा घरमा घुँडा टेकायो। स्याङ्ग्कि कुवा वाट घर फर्किँदा आप्पालाई सेनाले लगी सकेको थियो।
स्याङ्ग्कि र पल्लो घरको साङ्गडोल्मा पनि डाँडा घर तिर दौडिए तर उनीहरूलाई दोबाटोमा सेनाले पक्रियो। ५(६ जना सेनाले दुवै जनालाई खस्रुको बोट मुनि सामूहिक बलात्कार गरेर छोडिदियो ।
उता डाँडा घरमा रुवाबासी चली सकेको थियो। गाउँभरिका भोटेहरूले माओवादी पालेको र महाजनको गोरु र धान लुटेको आरोपमा डाँडा घरे कान्छालाई आँगनमा किला ठोकेर बाँधिएको थियो। सेनाले अरूलाई घुँडा टेकाएर माओवादी कहाँ छ देखा भन्दै मालिङ्गोको लौरीले कुट्दै थिए। सबै गाउँका लोग्नेहरूलाई हात बाँधेर राखे पछि गाउँमा भएको खसी बाख्रा केही वाकी छोडेन सबै लुटेर फेरी डाँडा घरको आँगनमा भतेर चल्यो। साँझ महाजन आयो र भोटेहरूले सबक सिके अब छोडी दिनु भनेर सेनालाई भन्यो र गाउँमा बस्न सक्दिन बनेर सदरमुकाम सर्यो।
स्याङ्ग्कि र साङ्गडोल्मा पीडाले खस्रु बोट मुनिनै बेहोस परे। लुङ्गी रगतले लतपतिएको थियो चोली फाटेको थियो। शरीर र अनुहार भरि निल डाम थियो। साँझ गाउँलेहरूले स्याङ्ग्कि र साङ्गडोल्मालाई बोकेर घर लगे। पुरै भोटे गाउँ गनायो वारि पारि का ले भोटे गाउँका आइमाईहरू लाई हेर्ने नजर फरक भयो। गाउँमा यत्रो तमासा हुँदा पनि बन्दुक बोकेर हामी तपाईँहरूका छोराछोरी हौ भन्ने माओवादीहरूको अत्तोपत्तो थिएन।
बिस्तारै समय टर्दै गयो। वारि पारि दसैँको चल(पहल हुँदा भोटे गाउँ सुनसान थियो। ऋण माग्न जाऊ महाजन र ठुलाघरे वारिपारिकाले माओवादी भन्थ्यो ऋण पाउने कुरा थिएन । पुरै गाउँ कुपोषण र भोकमरीले बेहाल थियो। यही बेला साङ्गडोल्माको भुँडी उठे पछि वारिपारि मुख देखाउन नहुने भयो । ज्यो ज्यो आलेले घर बाट पालिमा सारेपछि साङ्गडोल्माले, स्याङ्ग्कि नाना तिम्रो त भुँडी उठेन म त बरवाद भए भन्थी , साङ्गडोल्माले गुनासो गरेको भोलि पल्ट चिहान डाँडामा झुन्डिएर आत्महत्या गरिछ।
साङ्गडोल्माले चिहान डाँडा रोजे पछि स्याङ्ग्कि एकोहोरो टोलाउने गर्न थालेकी थिन। वारिपारि दसैँको चटारो आयो , यो सालको दसैँ भोटे गाउँमा आएन। बच्चाहरूले नयाँ लुगा लाउन पाएनन् , न मासु र धानको भात खान पाए।
दसैँ सकिए पछि फेरी गाउँमा माओवादीहरू आउन थालेका थिए। अग्नि नामको माओवादीले पल्लो गाउँको ठुलाघरेको चामल लुटेर गाउँभरि सबै लाई २(२ डालो बाडी दिए महिनौँ अनिकाल खेपेको भोटे गाउँको घर घरमा चामलको खोलेले सबैको ज्यान बचायो।
महिना देखि ननुहाएको स्याङ्ग्किले आज पर सरेको दिन नुहाई , आँगनको मेन्दोक चुल्ठोमा सिउरिएर डोको बोकेर दाउरा लिन जङ्गल तिर गएको पल्लो गाउँको बाहुनको छोरो रामजीले लुकेर हेरी रहेको थियो। स्याङ्ग्किको पिछा गरेर जङ्गल सम्म पुगेको रामजीले स्याङ्ग्किलाई जङ्गलमा बलात्कार गर्यो। स्याङ्ग्कि भाग्न खोज्दा रामजीले उसको केसमा समायो। स्याङ्ग्कि जति जति गुहार गुहार भन्थिन उति उति रामजीले खुकुरीले मुखमा हान्यो , स्याङ्ग्किको पुरै टाउको नचिनिने भयो र आवाज सधैँको लागि रोकियो। स्याङ्ग्कि ढलेको वरिपरि रगतको भेल बगेको थियो। स्याङ्ग्किको चुल्ठोको मेन्दोक रगतले भिज्यो। फेरी भोटे गाउँका आइमाईहरूले अनुहार छोप्नु पर्ने भयो।
देशमा माओवादी जनयुद्धले उग्र रूप लिएकोले जिल्लाबाट प्रहरी आएर घटनाको सत्य तथ्य अनुसन्धान गर्ने कुरो थिएन। गाउँमा आउने तिनै माओवादी थिए उनैको जनअदालतमा गाउँलेहरूले बिन्ती बिसाए ।
त्यही नरे बलात्कारीले न्याय दिने घोषण गरे सँगै भोटे गाउँका अनपढ भोटेहरूले स्याङ्ग्किको पनि चिहान डाँडामा बसाई सारे। तर जनयुद्ध सकिएको यत्रो समय बित्यो, अहिले सम्म स्याङ्ग्किको हत्यारा पत्ता लागेन । अन्ततः अहिले बाट भोटे गाउँका लोग्ने र आइमाईहरूले आफ्नू अनुहार सधैँको लागि नदेखाउने बाचा गरेका छन्।
समाप्त
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।