पहिलो दृश्य

वतावरणमा निचाम्म सन्नाटा छाएको छ । वरिपरिका उत्तीसका पातहरु अलिअलि हल्लिएकाछन् । त्यस सिवाय मानिसहरु मौन छन् । चलिरहेको पवन–प्रवाहपनि स्थीर छ । गाउँका मानिसहरु बखते दर्जी र खिनौरीलाई घेरा हालेर एकटकले हेरिरहेका छन् । बखते दर्जीलाई पाता फर्काएर लडाइएकोे छ । खिनौरीका हात पनि दाम्लाले बाँधिएका छन् ।उनीहररूलाई सुम्ल्याउन भाटा तयारी अवस्थामा छन् ।
यी दुवै अभियुक्तहरुलाई कामरेड विकलमान सिंह एक घण्टादेखि केरकार गरिरहेको छ ।
कामरेड विकलमान प्रश्नको शरवर्षा गर्छ– “किन घरमा अँगालाँ भरिकी स्वास्नी हुदौँहुदै अर्की ल्याइस्

पुण्य कार्की

ए ! पातकी” “हजुर घरकी रोगी भै तेह्र वर्षसम्म पनि बालवच्चा भएनन् ।”

बखतेको निरीह आवाज सबैका कानकानमा छुयो ।
“बाहना पार्छस् ! तँलाई अमत्याइँ लागेर तरुनी स्वास्नीभित्यारएको होइनस् ?”
“होइन हजुर होइन । अमत्याइँले होइन, घरको आवश्यकताले हो मालिक!”
“एई !मालिक नभन  मलाई ! म मालिकहरुको राज्य समूल नष्टपार्न हिडेँको योद्धा हुँ योद्धा !”
“माफपाऊँ हजुर ! त्यो कुरा त म धेरै जान्दिन !”
“के आवश्यकता थियो त्यस्तो अर्की ल्याउनलाई ?”

“के कुरा गर्नु हजुर घरको आवश्यकताको बारेमा । बिहेपछि नै जेठीलाई पाठेघरको विमार लाग्यो । ओखती गराउँदा गराउँदै घरको झिटीमिटी सकियो । बल्लबल्ल बाच्ँन त बाँची , तर सन्तानको मुख हेर्नबाट सधैँलाई बञ्चितभई । पाठेघर फ्ँयाकेकोले आगा छेउमा बसेर भात तिहुन पकाउन पनि मिल्दैन । जरकमरक गाह्रो काम गर्न पनि सक्तिन । उसकै सहमति र सल्लाहमा उसकै काका की छोरी उसैले मागेर भित्यारइ दिएकी हो हजुर!”
“महिला माथि यत्रो उत्पीडन गर्ने प्रतिगामी !”
“उत्पीडन गरेको होइन हजुर ! बरु खिनौरीलाई भित्रयाएपछि उसैलाई अलिक सुविस्तामिलेको छ ।”
खिनौरीतिर फक्र्यो कामरेड विकल । अवखिनौरीलाई र्याखर्याख्तीपार्न थाल्यो ।
“ओई ! खिनौरी तैँले सौतालाई के के सुविस्तादिएकी छस् ? भन् ।”

खिनौरी अलिअलि सक्पकाँउदै जवाफ दिन थाली–“दिदीलाई पेट दुखेको वेलामा सके ताप गर्छु । तातोपानी र ज्वाँनु खान दिन्छु ।”
“भातमैँ पकाउँछु । भाँडा मै माज्छु ।पानीको गाग्रो बोक्न सक्दिनन् दिदी,आफैँ पधेँराबाट पानी ल्याउँछु । वनबाट दाँउरा आफैँल्याउँछु । दिदीलाई कुनै पनि गारो काम छुन दिएकी छैन ।”

“यी बूढाबूढी नै धूर्त ढाँट रहेछन् । यिनीहरुले हामी सबैलाई ढाँटिरहेको छन् ।”

“एक रत्तिढाँटेका छैनाँै हाम्ले । नभए दिदीसितै बयानलिदाँ हुन्छ हजुर ।” खिनौरी मधुरो स्वरमा बोली ।
“फलामको वैरी फलामै हुन्छ भने जस्तो नारीजातिको वैरी नारी जाति नै हुन्छन् ।” कामरेड विकल नराम्रोसित कड्कियो । यीदुवैलाई सुम्ल्याउन भाटातताएर ठिक्कपारिएको थियो ।

आखिरमा उनीहरुको जनअदालतले बखते र खिनौरीले वहुविवाह गरेर ठूलो अपराध गरेको कुराठहरभयो । पचास पचास चोटितातोभाटाले करङ सेक्ने र एकएकमहिनाश्रमशिविरमा ढुंगाबोकाउने पैmसला गरे ।
सिकुटे ज्यानको बखतेलाई भोटो फुकाल्नलाएर विकलमानले नै हान्यो भाटा । खिनौरीलाई भाटाहान्ने काममहिलाकामरेडको हातमासुम्पिइयो । दुवैको आङबाट छरछर रगतनिस्क्यो । डाँको छोडेर रोए। यी निरीह प्राणीको चित्कारले आकास गुन्जायमानबन्यो । तर यिनीहरुको पक्षमाबोलिदिने कोहीएकजनानिस्केन ।
सबै डरले थर्कमानछन् । वोल्यो भने आफूले पनिभाटाखाइने पो हो कि त्रास छ मनमा । चुपचाप रमितेबनेर उभिएका छन् ।झन् जनकारवाहीको विरोधगर्दा प्रतिगामी सामन्तीतत्वक्रान्तिविरोधीतत्वबनिने खतरा छ । सोही कारण तैँ चुप मैँ चुपको अवस्थामाछन् सकल मनुष्यगण ।

किनबाठो बनेर कोही कसैको पक्षलिनु?नदुखेको कपाल किन दुखाउनु? यस खालको मनोभावले पनि सबलाई मौन रहन निर्देश गरिरहेको छ ।

बखते र खिनौरीलाई श्रमशिविरमा हिँडाए पछि गाउँघरका लुगाफाटो तुन्ने सिउने काममा बाधापर्यो । बालीघरे प्रथामा लुगासिउँदै आएका बिष्टबराजुहरु अप्ठयारोमा परे । सबभन्दा धेरै अप्ठयारोत बखतेकी जेठीश्रीमतीलाई पर्यो । रोगीज्यानकीमान्छे , पकाइतुल्याइ गर्ने मान्छे नभए पछि उसको जीवन कठिनभो । पँधेराको पानी पनि ऊ आफैँले बोक्नु पर्ने भयो । जंगलको दाउरो पनि आफैँ ल्याउनुपर्ने भयो ।

“सौती भनेर के गर्नु ?त्यसले जति तालस्मलाई कसले गरेको थियो र ?कुनै गाह्रो काम छुन दिन्नथी । आगाको रापमा जान दिन्नथी ।तातो चिसोको खुव याद गर्थी । पापी मोरा मोरीले कमाइ गर्ने , खुवाउने, पियाउने दुवैलाई लगेपछि अव म के गरी खानु ?” जोसँग पनि बखतेकी जेठी बूढी मनको औडाह बिसाउँथी ।

उसलाई मनभित्र अर्को डरपनि छ, कतै गोली हानेर फ्याट्ट मारिदिने पो हुन् कि ?ज्यान बँचाइदिए त एक दिनफिर्दा हुन् । लोग्ने र सौताको पीरले अरु सिद्रो सुके जस्तो सुक्दै गएकी छ ।

दुई महिना पछि खवर आयो– बखते र खिनौरी खोटाङको कुनै गाउँमा ढुंगाबोक्दैछन् अरे । बाँचेकै रहेछन् भन्ने कुराले जेठीको मन ढुक्क त भयो । कहिले छोडीदेलान नभन्ने खुनखुन मनमा बल्झिरह्यो ।


दोस्रो दृश्य

भक्ते बुर्जाको रक्सी दोकान अगाडि मान्छेहरु बराम लागेर उभिएकाछन् । आज यहाँ पनि भाटे कारवाहीहँुदैछ ।चौवीस घण्टा भट्टीमा बास बस्ने र रक्सी पिएर होहल्ला मच्चाइ हिँड्ने रामे, देवे र दनसेलाई पाताफर्काएर ल्याइएको छ । मानिसका आँखामा गहिरो संशय र त्रास छ ।साथै मनको गहिराइबाट एक कुतूहलको औडाह पनि उठिरहेछ ।
कोही भन्दैछन्, मिलिसियाले जे गर्दैछन ठिकै गदैछन्। कोहीभने यति विघ्न ज्यादति गर्नु हुन्नथ्यो भन्दैछन् । तर तिनीहरुको आवाज निम्जो छ। तिनीहरुको स्वर कताकता भित्रभित्रै दबेको छ । उनीहरु मुर्ख पनि बन्न सकिरहेका छैनन् ।प्रष्टबोलेर सतहमा आउँदा उनीहरुको अनावश्यक निगरानीमा परिएला कि भन्ने डर छ । उनीहरुका गलत कुराको विरोेधमा जीव्रो वाचाल वनाउँदा आफू उपर अनिष्ट ओइरेला की भन्ने आशंका छ । त्यसैले विरोध गर्दा पनि जिव्रो चपाएर विरोध गरिरहेका छन् ।

उनीहरुको प्रत्यक्ष उपस्थिति रहेको ठाउँमा त बिरोध बोल्न धुकचुक हुन्छ । उनीहरुको सामुन्नेमा त बोल्नलाई आँटपुग्दैन । कसैले मनको कुरा मुखमाल्याउन खोेजे पनि तातो भाटोको स्मरणले सबलाई शिथिल गराउँछ ।
निख्रँदो फागुन महिना छ ।गाँउमाथिको सालघारीका पातहरु पहेँलिएर झर्ने सुरसारमा छन् । दिउँसो हावानचल्ने कुराको संकेत बिहानीले नै दिइरहेको छ ।

हिजोअस्ति जुनढंगले बतास चल्यो ।आजशान्त छ आवहवा ।स्थीर र मौन छ परिवेश । डिलमुनिको आँपको गाछी स्थीर र निर्विकार उभिएको छ । आपँका डालीडालीमा मौनता छ । हावा नचलेर होला पातहरु अलिकति पनि हल्लिएका छैनन् ।बकाइनो र पिपलका पात पनि हाँगाहागाँमा टक्क अडिएका छन् । एकरत्ति चलेका छैनन् ।
रुखका पातजस्तै मौन र स्थीर छन् मानिसहरु । अबअगाडि के होला? भन्ने गहिरो संशय र जिज्ञासा मात्र छ । न्यायमूर्तीको आशनमा छ कामरेड विकलमानसिंह । उसले आदेश गरेपछि मिलिसियाका जवानहरुले फटाफट दाखिला गरे रामे , देवे रदनसेलाई ।

विकल गज्र्यो, “चौवीस घण्टा कुकुरको मुतधोकेर गाउँमाहल्ला फैल्याउने ?”
“छैन हजुर हल्लाखल्ला गरेकै छैन म माथिको फत्तुर मात्रहो ।” दनसेले बक फुटायो ।
“बढ्ता हल्ला गर्ने यही देबे हो , म तचुईँ बोलेको छुइनँ प्रभु !” रामेले हल्लाको सम्पूर्ण दोष देबेको थाप्लामा हाल्यो ।
“भन्नु उसो होइन, हल्ला गर्न यी दुईटै उत्तिकै छन् । तुलामा हालेर जोख्यो भने यी घटीवढी छैनन् । दुइटै वरावरी छन् ।”
दनसेले दुईटैलाई पोल्यो । कामरेडले हावामा कोर्रा घुमाउँदै देबेतिर फर्केर गर्जन ग¥यो –“होइन यो त चुँबोल्दैन त ?” देबेले थरथर काम्दै हात जोड्यो । विन्तिबिसायो –“के गर्नु हजुर गल्तीभो, एकचोटिलाई माफीदिनुस् ।”
“कतिचोटि माफी मिनाहा दिनु तिमीहरू लाई ? यस अघिपनि मैले सचेत गराएको हुँ । अव चाहिँ भाटे कारवाही हुन्छ ।भाटे कारवाही!” विकलमानले एकल फैसला सुनायो ।
हुन त यसअघिपनिउनीहरुलाई मादकपदार्थ सेवन नगर्न पटक–पटक चेतावनी दिएको हो ।तर,उनीहरुलाई रक्सीको लत यसरी लागिसकेको छ;एकदिन रक्सीपिउन पाएनन् भने उनीहरुका हात काम्छन् । राति निद्रा पर्दैन । घरपरिवारका मान्छेले कति भुकुन्न गर्दा पनि यो लतबाट छुटाउन सकेनन् ।

देबे र दनसेलाई त परिवार जनले नशामुक्त गर्न दार्जलिङ्गको तान्त्रिक भएठाउँमा पनि पु¥याए । तीनमहिना सुधार केन्द्रमा भर्ती गरे । कसै गर्दापनि रक्सीको लतबाट मुक्त गर्न सकेनन् । दुईतीन महिना छोडे जस्तो गर्ने त्यस पछि खाइहाल्ने बानीले सबैलाई वाक्दिक बनाएको छ ।
“खाने भन्दा पनि बनाएर बेच्ने महाअपराधी हो, आज भट्टीवाल भक्तेलाई पनि छाडिन्न!”हावामा कोर्रा फड्कार्दै विकलमान करायो ।
“एभक्ते ! तँ कहाँ छस्?यता अगाडि दाखिल हो !”भक्ते बुर्जा डराइडराइ आँगनमा निस्क्यो । मान्छेको कुँडुलो चिर्दै कामरेड अगाडिपुग्यो । थरथर कामेको छ । उसले आफ्ना जहान बच्चा पाल्नकै लागि रक्सीजाँडको पशल थालेको छ । सम्पत्तिको नाममा चारसुर्का बारी छ , त्यस वाहेक केही छैन ।

“गाउँभरिको भात खाने अन्न कुहाएर वेच्ने, गरिवलाई अनिकालमा पार्न, अरुलाई कुलत र दुव्र्यसनी बनाउने तँ फटाहालाई जनसरकारले अब छोडेदैन वुझिस् !”

“हजुर बालवच्चा हुर्काउनको लागि वाध्यताले यो पेसा अँगालेको हुँ । कसैलाई करकापमा खुवाएको पियाएको छैन । खोज्दै आउने, राजीखुसीले खानेलाई मात्रदिएको छु ।”

“त्यसो भनेर तैँले धर पाउदैनस् । गरिवले भात खानुपर्ने मकै, कोदो जाँडरक्सीमा खत्तम पार्न पाइन्छ ।”
“जति अन्न बेसाएर ल्याउछु खनखनी नगद गनेर ल्याउँछु,उनीहरुकै दाममा अन्न किनेको छु हजुर !”
“पैसा गने पनि अन्न त जाँडबनाएर कुह्यो नि त । पछि गाउँलेलाई भोकमारी लाग्छ । गाउँमा अन्नदानो पाइदैन ।कैयाँको दोकानमा कुहेका चामल किन्न अम्टाई झर्नुपर्छ । लाहानगएर ढाकरबाट बेसाहा वोक्नु पर्छ । तैँले गाउँको अन्न यसरी दुरुपयोग नगरेको भए , गाउँमै बेसाहा पाइन्थ्यो । बेसाहा बोक्न अन्त जानु पर्दैनथ्यो ।”
विकलमानले यसरी च्यापे पछि भक्ते बुर्जा बोल्यो –“त्यो त हो ।”
“त्यो त हो भन्दै गल्ती गर्न पाइन्छ ।”
“यो पेसा मेरो रहर भन्दा पनि वाध्यताले हो; खाइजिविकाको अर्को कुनै उपाय छैन हजुर !”आफ्नो मजवुरी पोख्यो “गर्नलाई हजार काम छन् । के त्यसो भए भट्टी नथाप्ने जति सबै भोकै छन् त? छैनन् । केही न केही पेसा व्यवसाय गरेकै छन् । खाएकै छन् ,जहानबच्चा पालेकैछन् । यस्तो काइते कुरा गर्न पाइन्न ।”
उसले निमेषभरमै निर्णय सुनायो ।

“कामरेडहरु ! रक्सीपार्ने फोसी, पैनी, बाटा, नानी( पैनीभित्र रक्सीथाप्ने मटिया ‚ र जाँडका घैलाहरु आँगनमा निकाल्नुस् । पैनी, नानी र जाँडका घैलाहरु फुटाउनुस् । फोसी र बाटा हाम्रो मिलिसियाले जिम्मालिनुस् । रक्सी बेच्नेलाई पचासभाटा हान्नुस् । खानेलाई चालीस–चालीस भाटाहान्नुस् ।”

उसको आदेश जमिनमा गिर्न नपाउँदै रक्सीपार्न प्रयोग गरिने सारा सर्दामहरु आँगनमा निकालियो र पैनी, नानी र जाँडका घैला फुटाइयो । ग्यालिनग्यालिनमा संचित गरेर राखिएका रक्सीबारीको डिलबाट बासँघारीतिर खोलो बनाएर पोखियो ।
भक्तेको ढाडको भोटो फुकाल्न लगाइयो र उसको ढाडमा पचास भाटा सुम्ल्याइयो । कुट्ताकुट्तै भक्ते मूच्र्छा प¥यो । बुर्जिनीलाई लाग्यो, पापीहरुले पोईलाई ठहरै मारी हाले नि ।

“मेरो लोग्नेलाई मारिहाले नि बज्याहरुले ………………” कंकला स्वर शब्दमा चिच्याई । पाँचमिनेट पछि भक्तेले पिर्लिक्क आँखा हे¥यो ।
“लोग्ने मरेको होइन रहेछ” मनमनै गुनगुनाई बुर्जिनी ।
दसभाटा हान्दानहान्दै भक्ते सिकिस्त भएपछि उसलाई त्यत्तिकै छाडियो । भक्ते मूच्र्छा खाएपछि रामे , देबे र दनसेलाई चालीसचालीस कोर्रा लाउन डराए कामरेडहरु । कारण रक्सीले गालेर फुकिढल भैसकेको थियो उनीहरुको ज्यानकतै कुट्ताकुट्तै सिलटिम्बुर खाएभने अर्को झ्याउलो आइलाग्ने कारणले उनीहरुलाई पाचँपाचँभाटा हानेर जनमिलिसियाहरु अज्ञात थलो तिर बाटो लागे ।
गाउँगाउँमा जाडँका घैलाफुटाइयो । रक्सीपार्ने पैनी, नानी र जाँडका घैलाफुटाइयो । मटियाका रक्सी माटोमा बगाइयो । ग्यालिनहरु बालियो ।जाडँरक्सी  विरोधको अभियानले धेरै सकारात्मकथोरै नाकारात्मक असरहरु देखिए । जाडँरक्सीका दुव्र्यसनीबाट आजितपरिवार जो धेरै समयअघि देखि पिडित थिए, उनीहरुले थोरै राहतको सास फेरे ।


तेस्रो दृश्य

तास आखडाहो बैदार जुनकृष्णको घर ।त्यहाँतास खेल्न सातगाउँका तासेहरु भेलाहुन्छन् । ठूलै हारमार चल्छ ।विहान एघार बजेतिर खानाखाएर भेलाहुन थाल्छन् । तासको खालमा उठने र पस्नेको लर्को दिनभरि नै चालु रहन्छ । बेलुकी सन्ध्या ओर्ले पछि आ–आफ्नो दरदिशा समात्छन् ।

गोधूली समयको वेला छ । गोठमा लैना भैँसीहुनेहरु दूधदुहुने सुरसारमा छन् । कोहीघाँस हाल्न गोठतिर कुदिरहेकाछन् । गृहणीहरु साझँबत्ती बालेर चुल्हो सल्काउने ध्याउन्नमाछन् ।

अचानक बैदारको घरमा खैलावैलाचल्यो । एकैछिनमातल्लोघर माथ्लोघर ओल्लोघर पल्लोघरका सारा मानिस ओइरिए । के आइमाई , के वूढावूढी, के केटाकेटी , के तरुणी तन्नेरी सबै झुरुम्म आगँनभरि बरामलागे ।
“तिमीहरु तासका बाह्रमासे खेलाडीको विषयमा हाम्रो जनअदालतमा उजुरी परेको छ । आज हामीबाट कारवाही हुन्छ कारवाही!” विकलमानले उद्घोष ग¥यो ।
दुई खालतास नारिरहेका तासेहरुमा छ जना पहिले नै सुइँको पाएर हो या संयोग वशअगाडि नै उठिसकेका छन् । छ जना चाहिँ धमाधम तास फिटिरहेका बखत पक्राउ खाएका हुन् । अभियुक्तहरुका अनुहार सर्वाङ्ग कालोनिलो छन् । अबभाटो खाइने भो भन्ने डरले थरर कामिरहेकाछन् । चुँबोल्न सकिराखेका छैनन् । लट्टे पड्के जस्तो विकलमानसिंह मात्र बोलिरहेको छ–“आज हेर्नुस् !दाजुभाइदिदीबहिनीहरु यी समाज भडुँवाहरु रंगेहात पक्राउ खाएकाछन् । यिनीहरु आफ्नो काम कर्तव्य भुलेर समाजमा तास जुवा जस्तो विकृति फैल्याउन, आफ्नो भएको जेथोमेथो मासेर स्वास्नी छोराछोरीलाई कति बिजोग बनाउने कर्ममा लागेका छन् । यिनीहरुलाई अबछोड्ने होइन ।”

पिडित परिवारका सदस्यले उसको बोलीमा समर्थन जनाउदै तालीपिटे ।
पहिलोचोटि रंगेहात पक्राउ खाएकाले उनीले जुम्लाहात गरेर कामरेड सित अनुनय विनय गरे –“हामीबाट ठूलो गल्तीभयो । आजका मितिबाट अबआइन्दा हामीले तासजुवा खेलेको पाइएमा, भेटिएमा जेजस्तो कारवाही भोग्न पनि तयार छौँ ,

एकचोटिलाई हजुरहरुले हामीलाई माफीमिनाह दिनुपर्छ ।”
“समाजलाई विकृति विसंगति तिर लैजानहरुलाई कुनै हालतमा पनि माफीमिनाह हुन सक्दैन । तिमीहरु त यो समाजका जघन्य अपराधीहो । गाउँका युवाहरुलाई बर्वाद पार्ने , सिर्जनशील कर्मठ पुस्तालाई वेकम्मा र पंगु बनाउने तिमीहरु समाज भाँडा तत्व हौ, यस्ता तत्वलाई सख्त कारवाही गर्न हामी हृदय देखि नै कटिवद्ध छौँ, र थुप्रै गाउँका यस्ता तत्वलाई हामीले ठेगानलाइ सकेका छौँ । आजयिनलाई पनि छाडिन्न ।”

धर्तीलाई घुर्मैइलो अन्धकारले करिबकरिब लपेटिसकेको थियो । के कारवाही गर्ने हो ?चाँडो निष्कर्षमा पुग्नुथियो ।
परिस्थितिका आंकल नगर्दै उसले निर्णय सुनायो –“ठीक छ । एकचोटिलाई हामी माफी दिन्छौँ । खेलेको नखेलेको विषयमा हाम्रो तर्फबाट कडा निगरानी गरिनेछ । अब आइन्दा तास जुवाको खाल नारेको भेटिएमा वापाइएमा हद भन्दामाथि सजाय हुनेछ । आजचाहिँ चेतावनी स्वरुप हामीले हल्का सजायको व्यवस्था गरेका छौँ ।”

उसको कुराले नौनारी खङ्ग्रङ्ग भएर सुकेका तासेहरुको आँतमाथोरै आशाको उज्यालो खस्यो । ठूलो मार नखाइने रहेछ, भन्ने भाव सबैको अनुहारमा छताछुल्ल पोखियो । तर हल्का सजाय के पो होला?आँखामा कुतूहल उब्जिरहेको थियो ।
कसैको मनमा तातो भाटाको डाम स्मृतिभयो । कसैकोमा डोकोमा ढुङ्गाबोक्नु पर्ने हो कि संशय नाँच्यो । कसैले हल्का भने पछि कान समातेर उठबस गर्नुपर्ने होला, यस्तै यस्तै सोचे ।
“लुअब सजाय सुरुहुन्छ । छजनाले यो बाउन्नपत्तीतास बराबरी भागलगाउने ।अनि जनसमुदायको अगाडि यी तासका पत्ती चपाउँदै निल्ने । यति तास खाएपछि सजाय पुरा हुन्छ ।”
यस खालको सजाय होला भन्ने कुरा कसैले सोचेकै थिएनन् । सजाय गाह्रो पनि थियो, सजिलो पनि थियो । छजना खेलाडीलाई आगँन वीचमा गोलोघेरामा बस्न लगाइयो र तास बाँडियो । सबैको भागमा बराबरी भाग लाउदा आठआठ पत्तिभागमा प¥यो। चारपत्तीतास उब्रियो ।
“चारपत्ती उब्रियो ।”तास भागलाउनेले भन्यो ।
“यो चारपत्तीदिनरात तासको खालआफ्नो घरमा नार्न दिने बैदार जुनकृष्णले खानुपर्छ !”विकलमानले फैसला सुनायो ।
सबैलाई परर तालीपिट्न लगाइयो । तासे खेलाडीहरु तास चवाउनथाले ।कोही उकुक्उकुक्उल्टी गर्न लागे ।
“उल्टी ग¥यो, थुक्यो, भूइँमा फ्याँक्यो भने भूइँको मुखले टिपेर खानुपर्छ, यो कुरा बुझ्नू!”

कामरेडले कडानिर्देश र निगरानी गरिराखेको छ । आधी घण्टा भित्र चपाउँदै पानीले निल्दै बाउन्न पत्तीतास खाइसके । तास खुवाएको दिनपछि त्यो गाउँमा मात्रै होइन, अन्यगाँउमा पनि तासजुवाको खालमा जानचुमचुम गर्ने तासे खेलाडीहरु संल्याङ्सुलुङ सेलाए ।


चौथो दृश्य
सातगाँउकामान्छे आज काइँला मुखिया र नन्दी केशरको ज्यामिरे बेँसीको ठूलो कित्तामा जम्माभएकाछन् । मंसिरको बाली थन्क्याएर खेतखलिहानहरु खालीखालीछन् । कतै कतै दाईँ गर्न बाँकी परालका कुन्यूहरु छन् ।नत्रसबै खेत खालीछन् ।
ज्यामिरे बेँसीको खोलापुच्छारमा सुनकोशी नदी एकनासले सुसाएर बगिरहेको छ । पारिपटिका रुखाडाँडाहरु अपलक सुनकोशीको निलो जलप्रवाहलाई हेरिरहेछन् । ठूलै उर्दी गरेर गाउँगाउँमा मानिस त्यो ज्यामिर बेँसीमा उतारिएकाछन् । यथा समयमा कार्यक्रम सुरु गरियो । सुरुमा नन्दीकेशर र काइँला मुखियाको मौजाका चारैसुरमा ठूलाठूला राताझण्डा गाडियो । खेतवीचमा खाट जोडेर बनाइएको मञ्चबाट विकलमानसिंहले घोषणा ग¥यो –“जनसमुदायहरु ! रातो सलाम ! आजहाम्रो जनसरकारले यो फेटका खुङ्खार सामन्ती जिम्दारहरुको जमिन कब्जा गर्दैछौँ । अबआइन्दा यस जग्गामायी सूदखोर जालीहरुको हक हुनेछैन । यीजग्गा गरिव सुकुम्वासीको नाममा दर्ता गरिनेछ । यसबाट आउने कुतबाली रैरकम रैतानहरुले हाम्रो पार्टीलाई बुझाउनु पर्नेछ। आजका मितिबाट यी जग्गापार्टीले कब्जा गरेको कुरा सबैलाई चेतनाभया …………………..”
उसले निकै लामो भाषणग¥यो । निचोडमा सात गाउँका मानिसले के बुझे भने –“अब ज्यामिरे बेँसीको नन्दिकेशर र काइँला मुखियाको मौजा कामरेडहरुको अधिनमा पुुग्यो ।”

आखिरमा त्यस जग्गाका बटियादार मोहीकिसानहरुलाई जम्मापारेर बाली बुझाउने विषयमा थप स्पष्ट पारियो ।
नन्दीकेशर काठमाडौँमा छन् । काइलामुखिया विराटनगरमा छन् ।उनीहरुले आजभन्दा वीस वर्ष आगाडि नै गाउँछोडेर हिँडेका हुन् । उनीहरुको काठमाडौँ विराटनगर दुवै ठाउँमा घर छ । झापार सुनसरीमा खेती मौजाहरु छन् ।राणाकालीन समयदेखि नैअकुत सम्पत्तीका मालिक उनीहरुलाई अब यो थलोमा फर्किनुपनि छैन ।

वर्षको एकचोटि खेतवारीको बटिया भाग उठाउन, गाउँघरको सुन्तला, केरा, घिउ, मह , कुराउनी, अमिलो बटुल्न त आउँदैथे आउँदैथे , तर पाँच सात वर्षदेखि त्यो पनि आउनछोडे । गाउँमा अशान्ति र असुरक्षा छ भने थाहापाए पछि गाउँमा आइराख्ने जोखिम मोलेनन् । बरु बटियादार मोहीलाई खबर पठाएर घिउ, कुराउनी , खुँदो, मह र जग्गाजमिनबाट आउने कालो मास र अन्य रैरकमउतै ल्याइदिनु भने । नुनका सोझा मोहीलेपनि त्यसै गरिराखेका थिए ।
अब पार्टीले बब्जा गरेको जग्गाकमाउनु कि नकाउनु दोमनमा परे । मुखियाजिम्दारहरुको शासना–ताडनाउनीहरुलाई थाहै थियो । उनीहरु दुवैतिरको अचानोमा परेका थिए ।

पार्टीले तीन भागबालीको एक भागबाली पार्टीलाई बुझाउनू , पछि हाम्रो सराकर आएपछि मोहीले पनि जमिनको हिस्सा पाउने छौ भनेपछि उनीहरुले जग्गा कमाइराखे । त्यो सालदेखि जग्गाको रकमपार्टीलाई बुझाउन थाले । देशभरिकै जमिन्दार भूस्वामीको अवस्था यस्तै छ भन्ने बुझेपछि नन्दिकेशरले मोहीसित कुनै किचकिच गरेनन् । काइला मुखियाले पनि चासो देखाएनन् । समयआफ्नै लयमाबगिरह्यो । हुँदाहुँदा गाँउको जमिन  ठेक्काबटिया लगाएर सहर पस्ने सानाठूला सबै मान्छेका कुतबालीहरु गाउँतिर अड्किनथाले । बेलाबेलामा बटियादार मोहीहरु सित भेट्न जनमिलिसिया आउछन् ।
कुतउठाउने वेलामाभने स्वयम् विकलमान आउँथ्यो । किसानहरु सितभलाकुसारी गथ्र्यो ।एकदिन कामरेड विकलमान गाउँमा आयो ।ज्यामिरे बेँसीका मोहीसित केहीक्षण् गफियो ।
“ सन्चसुविस्तै हुनुहुन्छ?”
“ठीकै छ ।”
“जिम्दारहरुले माथिबाट सेनापुलिस लगाएर दुःखदिएकाछन् कि छैनन् ?”उसले सोध्थ्यो ।
“ छैन छैन त्यस्तो क्यै दुःखपाइएको छैन ।”
“ढुक्कभएर खेती गर्नुस बढीभन्दाबढी अन्नवाली उब्जाउनुुस् र पार्टीलाई नियमित कुत बुझाउनुस् !” निर्देश ग¥यो । सोझा सिदा अनपढ किसानहरु नुनको सोझो गर्थे ।

“पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौति न हो……जसलाई भए पनि हामीले बुझाउने नै हो । आफ्नो पाखुरा बजारेको भागलिने हो, साहुको भागबुझाउने हो ।”

“हामी साहु होइन है, हामी त साहु–सामन्तमास्ने अभियानका योद्धाहरु हौँ ।”
“जे भए पनि जग्गा मालिक त हो नितपाईहरु” एकजना मोहीले भने ।
“त्यो पनिहोइन । जग्गाका वास्तविक मालिक तपाईहरु हो । हामीले तपाईहरुको खोसिएको हकफिर्ता दिलाएका हौँ, कुरा त्यसरी बुझ्नुस् न ।”
कामरेडको कुरा उनीहरुले त्यति बुझ्न सकेनन् । उनीहरुको मनमाहिजो जिम्दारलाई कुत बुझाउन विराटनगर काठमाडौँ जानुपथ्र्यो । आजगाँउमै बुझाउनपाएका छन् ।सित्तैमा कमाइ खानपाएका भने होइन क्यारे ।

कामरेड सित बढी विवाद र मुखामुखसवालजवाफ गर्नु उचित ठान्दैनन् । मुखियाजिम्दारको चर्कोशासना र परितापबाट उनीहरु तुलनात्मकरुपमा मुक्त भएका थिए । थोरै शान्ति र आनन्द पाएका थिए ।फेरि कत्तै तावाबाट उम्केको माछो भुङ्ग्रोमा खसेजस्तो अरु चर्को समय र विपत्तिटाउकोमा आउने पो कि आखाँमा हर्दम सन्त्रासको भाव खेलिबस्थ्यो ।


पाचौँ दृश्य

समयको चक्र एकपल एउटा विन्दुमा अडिँदैन, रोकिँदैन । यो नित्य निरन्तर घुमिरहन्छ ।सरलरेखामा पनि घुम्दैन , वर्तुलाकार रेखामा घुमिबस्छ । समयको खेल भनूँ या समयको फलभन;ूँ हिजो राजामहाराजा बस्ने दरवार र कुर्सीहरुमा रैतानका छोराछोरीहरु आशिनभए । सुरुमा गाउँबाट उठेको वितराजनको विद्राहको झिल्को गाउँमा ब्याप्तहँुदै सेनाप्रहरीका दुर्गमा मार हान्ने अवस्थामा पुग्यो । राज्यपक्ष र विद्रोहीपक्ष वीच शान्तिवार्ता, शान्ति सम्झौता, संविधान सभाको चुनाव, सैन्य समायोजन तथा व्यवस्थापनर संविधान निमार्ण हुँदै यो अवस्थामा मुलुकले अकल्पनीय मोडहरु पार ग¥यो ।
सयौँ वर्षदेखि राजकाजचलाइ आएका दरवारहरु सर्वसाधारण मान्छेले देख्न हेर्न मिल्ने संग्रहालय बने । हुमायूँ पन्छीको भुत्ला जडित हिरामणिमाणिक्यादिले सुशोभित स्रमाटको शीरको श्रीपेच प्रदर्शनीको बस्तु बन्यो । सबैले छुनपाउने नजिकबाट अवलोकन गर्न सकिने सामान्य टोपी जस्तो चिज बन्यो ।
समयको ऊर्वर जमिनबाट कति पात्र उम्रिन्छन् । अनि समयकै गर्तमा कतिपात्र मृत बन्छन् , छोपिन्छन् , पुरिन्छन् । कतिपात्र जीवित हुुन्छन् ।समयरेखामा कुनै पात्रलुप्त हुन्छन् । कुनै पात्रगुप्त बस्छन् ।

गाउँले मानिसहरुको दिमागबाट विस्मृत नहुने पात्रहो विकलमान सिंह । गाँउमाघटेका हर वारदातहरुमा उसको सघन उपस्थिति छ । उसको नेतृत्वदायी भूमिका छ । त्यसले पनि उसलाई यादगार पात्रको रुपमा सुरक्षित राखेकाछन् गाउँलेहरुले आफ्नो स्मृतिकोषमा । तर ऊ फेरिएको दृश्यपटमा गाउँलेका आँखाले देखिने हेरिने रुपमा काहीँ पनि झुल्केको देखेका छैनन् । ऊ कहाँ गयो होला, कहाँको मानिस थियो होला?मरीपो सक्यो कि बाँचीरहेको होलाकि अनेकन प्रश्नहरुले ऊ बाटदण्डित र सेवित सबैलाई सोच मग्नबनाइ राख्छ । शान्ति सम्झौता पछि सेना समायोजनक।े सिलसिलामा केही समय उसले क्यान्टोनमेन्ट रुङ्ग्यो । पछि समायोजन रोज्ने कि सुविधा रोज्ने दुईविकल्पमा सुविधा रोजेर क्यान्टोनमेन्टबाट सधँैको लागिऊ बाहिरियो ।
शान्ति सम्झौता पछि शहर पसेको विकलमान सिंहको जीवनअचेलभरि हेर्न लायकको छ । तर गाउँमा छोडिएकापात्रहरु उसको अहिलेको चित्रसित बेखवर छन् । बखते रखिनौरीहरु,दनसे र देवेहरु,जुनकृष्णर नन्दीकेशरहरु उसको फेरिएको चरित्रदेखि धेरै दूर छन् ।
ऊ मिडियादेखि औधि सतर्क हुन्छआजभोलि । उसलाई अब हाइप्रोफाइलमा आउनु जरुरी पनि छैन । लो प्रोफाइलमै बसेर उसले वैयक्तिक लाभका ठूलाठूला काम भ्याइरहेको हुन्छ ।
क्यान्टोनमेन्टबाट निस्केर उसले मन मिल्ने साथीहरुको एउटा सानो सानो झुण्ड निमार्ण ग¥यो । त्यस झुण्डले विस्तारै उपत्यकामा जग्गा ,दलाली र प्लल्टिङको काममा हातहाले ।

पाँचवर्षको दौरानमाउसले निकै ठूला रकमकमा यो । काठमाडौँमा जग्गा मात्रै जोडेन, आलिशान महल जोड्यो बर्दिया, गाइघाट,वुटवलमा आफूले कब्जामा लिएका जग्गा,तानाबाना मिलाएर प्लल्टिङ गर्न थाल्यो । जसबाट करोड करोड नाफाभयो ।
त्यो पैसालाई उनले विभिन्न व्यवसायहरुमा लगानी गरेको छ । हाइड्रोपावरमा लगानी गरेको छ । इटहरी र धरानका सुपरमार्केटमा लगानी गरेको छ । अहिले ऊ सबभन्दा महँगो गाडीमा हिँड्छ । कहिले मर्सिडिज चढेको हुन्छ । कहिले फरारी चढेको हुन्छ । ठूलाठूला ठेक्कापट्टा उसैलाई हातपर्छ । क्यासिनो देखितारेहोटल सम्म लगानी छ ।

पैसा कमाउदै गएपछिउसलाई अलिअलि तनाव बढ्दै गयो । उसको कारोवार र कामका कारणले पनि तनावबढाएको हो । तनावभुल्न सुरुमा वारमा पसेर वियर पिउनथाल्यो । पछिपछि वियरले काम गरेन । हार्डड्रिङस गर्न थाल्यो । अचेलभरि ऊ व्राण्ड फेरी फेरी रक्सी पिउँछ ।
घरको एउटा रुमथरिथरिका रक्सीको शोकेसले सजिएको छ । आइतवार ह्वीस्कीखायो भने सोमवार जीनवाटाकिला तान्छ । मंगलवार कोन्याक्स तान्यो भने बुधवार सिंगल माल्टावाभोड्का खान्छ । बिहीवार लिक्वर्सतान्यो भने शुक्रबार कम्यारी या ग्रापा तान्छ । शनिवार चाहिँचिलियनवा स्पेनिसवाइन घुड्क्याउँछ ।
भनेजस्ता साथीहुँदामात्र घरमा घुड्क्याउने हो नत्रतारे होटलमा गएर खान्छ । होटेलको पनि एउटैको स्वादमा ऊ रम्दैन । कहिले क्राउनइम्पेरियल रविभवन पुग्छ । कहिले अकलाहोटेल धुम्वाराही पुग्छ । कहिले होटल टाइगरवन हाँकिन्छ त कहिले भेगास सिटीइन्टरटेन्मेन्ट पुग्छ । बडा रक्सीको स्वादे र पारखीभएको छ ।
रक्सीजस्तै रतिक्रियाको पनि पारखीहो ऊ । शान्तिवार्ता पछि गजल रेस्टुरा धाउने क्रममा एक नर्तकीसित उसको प्रेम वस्यो । प्रेम यसरी मौलायो । केटीले पनिछोड्न सकिन । उसले पनिछोड्न सकेन । आखिरमा उनीहरुको पे्रम दाम्पत्य सूत्रमा परिणतभयो । जेठीगाउँमै गाई चराइ बसेको कुरा सुन्नमाआएको छ , कति सत्य हो ? सवैलाई थाहाहुने कुरापनिभएन ।
फूर्सदको वेलाउसको एउटानयाँ रुचिथपिएको छ । त्यो हो क्यासिनोमा गएर जुवाहान्नु । त्यसैले हप्तापन्ध्रदिनमा ऊ तारे होटलका क्यासिनो र मिनीक्यासिनोमा छिरी बस्छ । तालपर्दा बीस,पचासलाख दुईचार घण्टामै मारेर फर्किन्छ । हुन त जुवाहो, सधैँ लाभमात्र हुँदैन । कहिलेकाहीँ आफ्नो खल्तीको पनि जान्छ ।


छैटौँ दृश्य
केहीदिनदेखि विकलमान सिंह मनोचिकित्सकको क्लिनिकमा धाउन थालेको छ । आजपनि ऊ डाक्टरसित वार्तालाप गरिरहेको छ ।
मनोचिकित्सकले उसको मानसिकतामा आएको समस्याको विषयमा पूर्वइतिहास केलाउन कोसिस गरिरहेको छ ।
“तपाईलाई सपनामाकाट्न आउने ती पात्रहरु चिन्नुहुन्छ? तिनीहरुको नाम गाम थाहा छ ?”
“छ छ किननहुनु ।एउटाबखते दर्जी हो , अर्को खिनौरी हो । अर्कोरामे, देबे रदनसे हुन् । अर्को नन्दिकेशर, कान्छामुखियाहुन् । अनिकेहीतासका खेलाडीहरु छन् ।”
“तिनीहरु सित तपाईको कुनै दुश्मनी र मनमुटाव थियो कहिल्यै?”
“त्यसो भए तपाई प्रहरीसेवा वा प्रशासनिक सेवामा हुनुहुन्थ्यो ।”
“होइन होइन म अर्कै क्षेत्रमा थिएँ …………”
डाक्टर  सामु पूर्व इतिहास जस्ताको तस्तै सुनाउनु नपरोस् भनेर एकछिन सोचमग्न भयो । मनोचिकित्सक न हुन् उसको मनोदशा बुझिहाले । र संवाद अर्कैतिर बटारे ।
डाक्टरले उसलाई नियमित टक थेरापीलिन, नियमित साइको डाइनामिक थेरापीलिन र केही औषधि लिनसिफारिस गरे ।
जति नै रक्सीखाएर सुतेपनि बिहानी पखको सपनामा बखते र खिनौरीहरु कुट्न खोज्छन् । काट्न खोज्छन् ।नन्दिकेशर र कान्छा मुखियाहरु औँलो ठड्याउदै कुट्न आउछन् । बैदार जुनकृष्णहरु तास फिट्तै तास कोच्याउन आउछन् ।
ऊ हरेक रात आतंकितभएर उठ्छ । सपनामै चिच्याएर गुहारमाग्छ ।उनीहरु सित कवुल गर्छ,आखिर मपनि यसै ग्रहको एलियन नहुँ । मलाई माफ गर्नुस् ।

समाप्त