मेरो यो पात्र यति सम्पन्न छ कि, के भन्ने ? जसको बयान गर्न मलाई कुनै वार्तिककार, भाष्यकार, टीकाकार वा शब्दकारसँग शब्द सापटी माग्नुपर्ला । त्यो पनि त्यस्तो शब्द जुन शब्द आलङ्कारिक होस्‌ । उपमामय होस्‌ ।

मेरो यस पात्रको नाम … ।

जरुरी छैन । कुनै पनि हुन सक्छ ।

जेहोस्‌, आममान्छेको भन्दा फरकचाहिँ छैन ।

मेरो यस पात्रको आफ्नो भन्ने कोही छ त केवल एक माता मात्र ।

र साथमा माताले जोड्न सक्षम अपार धनहरू थिए ।

माता, जसको ऊ एकमात्र छोरो हो ।

पिता छैन । पिताले छोडिसकेको छ।

अर्थात्‌ – माता र पितामा पारपाचुके भएको थियो ।

मेरो यस पात्र अहिले पच्चीस वर्षको खाइलाग्दो युवकमा देखापरेको छ्‌ ।

त्यसो त उसकी माताश्री पनि ज्यादा बूढी देखिन्नन्‌ ।

बरु मेकअपबद्ध तरुनी नै देखिने गर्छिन्‌ ।

पिताले छ्वोडेर गएपछि, माताको कमाइमा मेरो यस पात्र हुर्कदै गयो ।

जवान भयो । दुनियाँ बुझ्ने वा सोसरह बुझ्न सक्ने भयो ।

अहिले उसको साथमा माता र माताको देन अपार छ।
पाँचतले बिल्डिड्ग छ । त्यो पनि राजधानीको मुटुमा नै अवस्थित – के चाहियो ? कार छ। होन्डा छ । नोकर्नीहरू छन्‌।

अर्थात्‌ – उच्चवर्गमा हुनुपर्ने जम्मै गुण जम्मा छ ।

तर – एउटा अफसोसचाहिँ के थियो भने, मेरो यस पात्रले एस्‌.एल्‌.सी. अहिलेसम्म पनि वा कहिल्यै पनि पास गर्न सकेन । क्षमता पनि देखिन्थ्यो । जब कि उसकी माताश्री कुनै एक क्याम्पसमा प्राध्यापन गर्ने गर्छिन्‌ ।

अनि, केही उपाय नपाएपछि, उसले इन्डियाबाट भकाभक सर्टिफिकेट किनेर ल्यायो र क्याम्पसमा पढ्न थाल्यो । त्यस्तो क्याम्पसमा उ पढ्न चाहन्थ्यो वा पढ्दै थियो, जहाँ एकभन्दा एक सुन्दरीहरू जम्मा हुने गर्दछन्‌ ।

यसबाट, अनि के थाहा लाग्छ् भने, मेरो यस पात्र आफ्नो पिताले छोडेकोमा कुनै दुःख मान्ने पक्षमा देखिँदैनथ्यो । भनौँ, देखिन चाहँदैनथ्यो, किनभने आफूले पाउनुपर्ने सब सम्पन्नता, सुख-सयल पाइरहेकै छ । तब – अरू के चाहियो ? हो, रिसचाहिँ कति छ भने, उसको पिताले उसकी मातालाई छोडेर अर्कै नखरमाउली तरुनीलाई बिहा गरिबसेको छ । योचाहिँ ऊ सहन गर्ने पक्षमा देखिन्नथ्यो वा त्यस्तो पक्षमा उ छैन ।

उसले जीवनमा अरू त्यस्तो केही सहनु परेन ।
सोच्नु परेन । गुन्नु परेन ।
घर कसरी बन्यो ? सम्पन्न कसरी भइयो ? पत्रो प्रोपर्टी कसरी जम्मा भयो ?
एक्ली माताले यो सब कसरी प्राप्त गर्न सकिन्‌ ?

यस्ता यावत्‌ प्रश्नहरू उ केही सोच्दैनथ्यो ।
किनभने यस्ता प्रश्नहरू उसको दिमागमा कहिल्यै आएन पनि ।
यसबाट लाग्थ्यो – जस्तो ऊ फल त खान्थ्यो, रुख गन्ने झन्झटचाहिँ गर्दैनथ्यो र गर्न पनि चाहँदैनथ्यो । यो सम्भवत: उसको मौलिक विशेषता थियो र सोच्ने वातावरण पनि कहिल्यै उत्पन्न भएन ।

किनभने उसको हर आवश्यकता तुरुन्तै पूरा हुन्थ्यो। पहिला माउन्टेन बाइक, त्यसपछि होन्डा, अनि कार … टि.भी., डेक आदि सब तुरुन्तै उपलब्ध भएको थियो ।

तर कसरी ? योचाहिँ उसले कहिल्यै आफ्नी माताश्रीलाई सोध्ने प्रयत्न, प्रयास वा भूल, केही पनि किमार्थ गरेन । गर्न सकेन । गर्न पनि चाहेन । कार लियो । क्याम्पसमा हल्लियो ।
दुईचार कुरा गर्यो ।

चुम्बन गर्यो र युवतीले चाहिन्‌ भने त्यस्तो क्रिया पनि सम्पन्न गर्यो जुन क्रिया प्रेमको अपभ्रंश मानिने गरिन्छ ।

अनि, बियर इत्यादि पियो । राति-मध्यरात घर फर्कियो ।

बस – लाइफ, के चाहियो ? यही त हो मोज।

यसरी मेरो यस पात्रको चरित्र र दिन दुवै बितिरहेथ्यो ।

चरित्र, कुन अर्थमा भने, उसको घुमफिर, तरुनी टचिङ – प्रक्रियाहरू अति स्वाभाविक भएको छ, किनभने उससँग रूप मात्र हैन, सम्पन्नताका आवरण पनि प्रशस्त छ्न्‌।

आजकालका युवतीहरूलाई प्रेम हैन, सम्पन्नता चाहिन्छु ।

यसैले उसको सम्पन्नतामा कुनै पनि युवती लढिनु कुनै नौलो कुरो होइन ।

यसैले पनि उसको चरित्र साफ छ र दिन आनन्द्साथ बितिरहेछ ।

अनि दिन कुन अर्थमा भने, उसको यस्ता यावत्‌ क्रियाबाट अत्यधिक आनन्द मिलिरहेछ । समय कटिरहेछ । यसैले कहिल्यै पनि यो सोच्नु परेन – त्यो के भने, उसको भविष्य के हो? लक्ष्य के हो?

चाह्यो भने, ऊ अमेरिका जान सक्छ ।

त्यहाँ गएर दस जना युवतीसँग ‘लभ’ गर्न सक्छ ।

चाह्यो भने, ऊ जापान जान सक्छ ।

चाह्यो भने, ऊ … आदि-आदि गर्न सक्छ ।

तर ऊ यो देशप्रति अतिमोह राख्ने भावुक प्राणी हो ।

उ आफ्नी मातालाई जति माया गर्थ्यो वा गर्ने गर्थ्यो, त्यति नै यस देशलाई पनि गर्ने गर्थ्यो । अचम्म पर्नुपर्ने केही कुरा छैन, उ मात्र एउटा त्यस्तो नवयुवक होला, जसले आफ्नो देशलाई अति माया गर्ने गर्थ्यो । किन ? किनभने यस देशले कहिल्यै पनि उसलाई दु:ख दिएन । समस्या दिएन । कष्ट दिएन । बरु खुसी नै खुसी, आनन्द नै आनन्द दियो।

यसैले उ देशप्रति कृतज्ञता र मोह समग्रमा राख्ने गर्दथ्यो ।

मेरो यस पात्रको दिन बिहान आठ बजेबाट सुरु हुन्छ।

व्यायाम गर्छ । दूध, फलफूल डाइट खान्छ।

अङ्ग्रेजी र्याप-पप सुन्छ । खाना खान्छ ।

कार वा होन्डा लिएर बाहिरिन्छ ।

बाहिरिनुभन्दा पहिले माताश्रीलाई क्याम्पसमा पुर्याइदिन्थ्यो ।

अनि जहाँ मन छ, त्यहीँ घुम्न पुग्थ्यो । ऊ छ…

यस घुमाइमा उसको साथ पुरुषसाथी नभए पनि स्त्रिसाथीचाहिँ दैनिक बदलिँदो आकारले साथ रहेको भेटिन्थ्यो ।

अनि, त्यस स्त्रीसाथीलाई लिएर ऊ कि त आफ्नो कोठामा , आएर बन्द हुन्थ्यो। कि त, गोदावरी – गोकर्ण आदि यस्ता प्रेम गर्न पवित्र मानिने वा मानिँदै आएका त्यस्ता स्थानमा पुग्थ्यो । प्रेम गर्थ्यो । चुम्बन गर्थ्यो । शरीर टाँसिन्थ्यो । हात चल्थ्यो । बिस्तारै सास ऊष्ण बनेपछि कपडे पत्रहरू फालेर आफूले हेरेको नीलो फिल्मभित्रका अनेक प्रक्रियास्वरूप करेन्ट सञ्चरण गर्दथ्यो ।

रात परेपछि दुईचारजना पुरुषसाथीसँग बसेर बियर र भोड्का पिउने गर्थ्यो ।
अनि रात रङ्गीन गरेर घर फर्कन्थ्यो ।

कहिलेकाहीँ ऊ भावुक पनि हुन्थ्यो ।

त्यस अवस्थामा आफुलाई उ दार्शनिक बन्न लागेको भान गर्थ्यो ।

र पाउँथ्यो,:- एकान्त छ, सगय ।-जीवन एक्लो छ ।

अनि आफ्नो दार्शनिकताको छटा यसरी बुन्थ्यो :

१. के जिउनुको अर्थ यही हो ?

२. मेरो जीवनको अर्थ यही हो ?

३. हो ! हो भने किन हो?

४. होइन, होइन भने किन होइन !

५. मैले कतिसम्म बाँच्नु छ ?

६. म कहिले मर्छु ?

७ मरेपछि के हुन्छु ?

५. अर्को जन्ममा के हुँला ?

९, यस्तो मोज गर्न पाउँला ?

१०. नपाए के हूँला ?

……………….. आदिआदि ।

तर यसपछि ज्यादा उ दार्शनिक बन्ने मुड गर्दैनथ्यो । उसै त बियरको नशाले टाउको दुखाइरहन्थ्यो – त्यसमाथि यस्तो सोचियो भने, बान्ता नै आउन बेर छैन । यसर्थ आजको सारा कर्म बिट मारेर ऊ सुत्दथ्यो – भोलिको दिनको प्रतीक्षा गदै ।

भोलि हुन्थ्यो । उही क्रिया पुन: चालू हुन्थ्यो ।

***************

– एउटा कुरा सोधूँ म।

– सोध न, मेरो राजा ।

– साँच्चै, जवाफ दिने हो ?

– कमभन्दा कम पनि, तिमीसँग चाहिँ म झूटो बोल्दिनँ ।

– तिमीले जीवनमा कहिल्यै प्रेम गरेकी छ्यौ ?

– छु।

-कोसँग ?

– तिमीसँग।

– मबाहेक ?

– तिमीबाहेक मदनसँग ।

– मदनबाहेक ?

– मदनबाहेक कृष्णसँग ।

– कृष्णबाहेक ?

– कृष्णबाहेक भीमसँग ।

– भीमबाहेक … ?

– अरे, छोड यार यस्तो कुरा ।
-…………..।
-………….।
– न एउटा कुरा त,
– के कुरा मेरो राजा ?
– उनीहरूले तिमीलाई किन छोडे ?
– उनीहरूले हैन, मैले उनीहरूलाई छोडेकी हुँ ।
– किन ?
– एउटै उत्तर छ।

– के?

– उनिहरू प्रेमको हैन, दयाका लायक थिए ।
– किन ?

किनभने उनीहरू रूपवान्‌ त थिए, तर … ।
तर… ।

तर सम्पन्तचाहिँ थिएनन्‌ ।

ए…..!

अरे, यार यो दुईदिने जीवनमा प्रेम त त्यससँग गर्नुपर्छ, जससँग साधन होस्‌ –

धन होस्‌ ।

समय कटाउन ।

अनि मसँग नि … ?

तिमीसँग त साँचो प्रेम गर्दै छु राजा ।

ओह, रियल्ली ?

– रियल्ली … ।

– तर मसँग चाहिँ प्रेम गर्नुको कुनै कारण छ ?

– छ,प्रशस्तछ।

– के छ?

– एक त तिमी ह्यान्डसम छौ, त्यसमाथि पनि मैले सोचेभन्दा पनि बढी तिमी सम्पन्न छौ ।

– ओह, डार्लिङ … !

– ओह, डार्लिङ … !

*******
माथिका यस्ता संवाद मेरो यस पात्रसँग सम्बद्ध छ ।

र यस्तो संवाद प्राय: एउटै र स्थायी हुने गर्थ्यो ।

तर जोजोसँग यो संवाद गरिन्थ्यो, त्यससँग अर्को दिन गरिन्तथ्यो ।

अर्थात्‌ – दिनहुँ फेरिने युवतीसँग यो संवाद हुन्थ्यो ।

आज एकसँग त भोलि अर्कैसँग । यो उसको आफ्नो विशेषता थियो।

र बर्तमान समयसापेक्ष बनाउने हेतुमा छ निरन्तर चिन्तनशील रहन्थ्यो वा देखिन्थ्यो।

अर्को उसको गुण वा विशेषता के थियो भने, कुनै पनि युवती, जुन राम्री होस र उसले सर्वप्रथम पहिले देखेको होस्‌ । त्यस युवतीलाई अनि त ऊ तुरुन्तै मन पराइदिन्थ्यो र आफ्नो शब्दजालमा फसाउने काम गरिहाल्थ्यो । फसी भने, युवतीलाई ऊ के-के गर्छु त्यो माथि नै वर्णित भइसकेको छ, तर यदि उक्त युवती कसै गरी पनि फसिन भने, उ त्यस दिन बियरको सद्दा रक्सी पिएरै रातभर नसुतेरै समय छर्लङ्ग बिताइदिन्थ्यो र भोलिपल्ट मात सकेपछि फेरि अर्की युवतीको खोजमा प्रयत्नरत देखिन पुग्थ्यो ।

यसर्थ मेरो यस पात्रप्रति यी विशेषणहरू लगाउन सकिन्छ :

– आमयुवतीको चाहना हो, ऊ ।

– एक आधारभूत आवश्यकता हो, ऊ ।

– यौनपूर्तिको लालसा हो, ऊ ।

– जीवनप्रतिको धारणा हो, ऊ ।

मेरो यस पात्र कहिलेकाहीँ कस्तो दयावान्‌ भइदिन्थ्यो भने, पानी परेको समय छ भने, कूनै युवती रुझेर बस कुरिरहेकी छे भने, ऊ आफ्नो कारको ढोका खोलेर तुरुन्त लिफ्ट दिन्थ्यो ।

अनि युवतीको ‘धन्यवाद’ जाडोले काँपेको अधरबाट निस्कन नपाउँदै आफ्नो हातले युवतीको शरीरलाई तापक्रम दिने कार्य सुरु गरिहाल्थ्यो ।

प्रायःजसो युवतीहरू पहिले त हच्किन्थे ।

तर पछि – सम्भवत: यो सोचेर, युवक धनी छ, ह्यान्डसम छ, प्रेम गर्नैपर्ला भनेर आफ्नो चिसो लुगाहरू, विना आनाकानी उतार्न दिन्थे, अनि त्यस्तो तातो पाउने क्रममा डुब्दथे, जुन तातो, त्योभन्दा पहिले कहिल्यै पाइएको थिएन ।

यसबाट प्रेमको दुई अर्थ निक्लन सक्छ :

१. प्रेम, केवल साधन र शरीरसँग मात्र हुन्छ।

२. प्रेम, भावना वा हृदयगत कुरा हैन – वर्तमान परिप्रेक्ष्यमा ।

यस्ता अर्थहरूबाटै मेरो यस पात्रको यावत्‌ दिनहरू बित्दै थियो ।

अनि सांसारिक कुरालाई उ यसैमा जोड्ने प्रयास पनि गर्दथ्यो ।

कतिसम्म भने, ‘इन्सेस्ट’ (incest) केवल कुनै एक धर्ममा मात्र सीमित गरिनु हुन्न । सबैजसो धर्ममा यो फुक्का गरिनुपर्छ भन्ने सोचाइमा ऊ आफ्नो धारणा राख्दथ्यो । उसको यो ‘इन्सेस्ट’ धारणा सङ्कुचित पनि छ र व्यापक पनि । सङ्कूचित कुन अर्थमा भने, मानव पशु हैन, तापनि त्यस्तो क्रियामा पशु हुनचाहिँ पछि पर्दैन । अनि व्यापक कुन अर्थमा भने, अगम्यागमन वा हाडनाताको करणी हो भने यो सब, यसैले नाजायज छैन । संसारमा जन्मेको पहिलो पुरुष र स्रीका हामी सन्तान-दर-सन्तान हौँ भने यस्ता कुरामा केको लाज ? केको बन्देज ?

यसबाट लाग्दथ्यो – उसले वात्सायन र फ्रायड राम्ररी अध्ययन गर्ने गरेको छ। भलै, विद्यालयीय पुस्तक नपढेको होस्‌ । यस कुरामा यसर्थ उसलाई विद्वान मान्नु , कुनै अर्घेलो नहोला ।
************

– के गरेको ?
– के गरेको छु र ?
– कस्तो मात्या होला ?
– के मात्तिनु नि?
– यो के समातेको ?
– छाती समातेको ।
– कस्तो लाज पनि नभा मान्छे !
– केको लाज मैयाँ ? संसारै यसमा चलेको छ।
– अँ होला ?
किन हैन ! विभिन्न देशका वरिष्ठ त्यागी नेताहरू त यसमा नाड्गिँदारहेछन्‌। तिमीलाई यो कुरा थाहा छैन ?

-छैन ।
– मैयाँ
– हजुर।
– मलार्इ माया गछ्यौ ?
– तिमी अहिले कति वर्षकी छ्यौ ?
– पन्ध्र।
– मैयाँ?
– हजुर।
– मलाई माया गछ्यौं !
– गर्छु त तपाईंसँगै बसेको छु।
– मैयाँ?
– हजुर।
– चुम्बन खान्छुनि।
– नाइँ, रक्सी गनाउँछ।
-. मैयाँ!
– हजुर।
– मसँग बिहा गछौं !
– गर्छु ।
– मैयाँ?
-हजुर ।
_ बिहा गरेपछि के-के हुन्छ, थाहा छ !
– छैन।
_ थाहा पाउन चाहन्छयौ ?
– चाहन्छु।
– हिँड, उता कोठामा ।
– किन?
– म तिमीलाई थाहा दिन्छु ।
– नाइँ, डर लाग्छ।
– के कोडर?

– फेरि, केही भयो भने ?

– केही हुँदैन । मजा हुन्छ ।

आज मेरो यस पात्रलाई ज्यादैमजा लागेछ क्यारे ।

मस्तसँग सुसेल्दै, रातको बाह्र बजे घर फर्कियो ।

आफ्नै परिवेश बोकेर – आफ्नै ताल लिएर फर्कियो ।

जीवनमा पहिलोचोटि एक अबोध किशोरीसँग समय सुताएर आएको थियो ।

यसैले ऊ बढी आह्लादित देखिन्थ्यो ।

घर पुग्यो ।

ढोका खोल्यो ।

आफ्नो कोठाभित्र पस्न के लागेको थियो – पल्लो कोठाबाट एउटा सिस्कारी मिश्रित आवाज आयो । एउटा त्यस्तो आवाज, जुन साँढेले गाईलाई चढ्दा गाईबाट निस्कने गर्छ । त्यस्तो आवाज, जुन कुकुरले कुकुर्नीलाई बलात्कार गर्दा कुकुर्नीबाट निस्कने गर्छ ।

ऊ भझस्केर पल्लो कोठामा च्याउन पुग्यो ।

भित्र हेर्यो । देख्यो । यो के ? ऊ छक्क पर्यो । अचम्म भयो ।

भित्र, उसकी माताश्रीको सम्पूर्ण सेतो नग्न देह, उसकी माताश्रीको नयाँ प्रोफेसर साथीको नग्न देहसँग लुकामारी खेल्नमा तल्लीन थियो ।

उ अचम्म, उभिएर हेरिरर्यो ।

दुई ती नग्न देह आपसमा यस्तरी क्रियाशील थिए, जुन – मानौँ पहिले कहिल्यै त्यस्तो थिएन । ऊ चूपचाप स्तब्ध भयो । पछि, अनि के पनि उसलाई थाहा भो भने, उसकी माताश्री दिनहुँ तरुनी बन्दै जानुको कारण यो पनि रहेछ र एक्कासी उसलाई के पनि महसुस भयो भने, उसमा ज्ञान र इन्द्रियबोध अचानकै हुन थाल्यो ।

ज्ञान, कुन अर्थमा भने, आफ्नी माताश्रीले यत्रो घर, कार, सम्पत्ति आदि प्रोपर्टीहरू कसरी जम्मा गर्न सक्षम भइन्‌ ? आज बल्ल पत्ता लाग्यो । अनि, इन्द्रिय, कुन अर्थमा भने, उसको पाइन्ट सानो हुँदै गइरहेछ् । उभिएर अब बसिरहनु हुन्न । यसैले, उ हुत्तेर तल नोकर्नी कान्छीको कोठाभित्र छिर्न पुग्यो । छिरेर टक्क अड्यो । जिरो वाटको मद्धिम उज्यालोमा कान्छी मस्त निदाइरहेकी छे ।

कान्छी, जसलाई उसले आफू हुर्केर जवान भएसम्म वा भनौँ सांसारिक कूरा बुझ्न सक्नेसम्म भएपछि पनि एउटै रूपमा देखेको थियो अर्थात्‌ कान्छीको मुहारमा कुनै उमेरका रेखाहरू थिएनन्‌ । बरु भन्‌ तरुन्याइको बैँसालु छापहरू दिन प्रतिदिन टल्किँदै थिए । यस्तो मन, गर बा त झन पहिले पनि र सदा नै गर्थ्यो । अहिले त भन्‌ त्यस्तो महसुस गर्दै थियो । कान्छीको स्कर्ट सरेर तिघा-दर्शन भइरहेथ्यो र तिघ्रा जिरो वाटको उज्यालोले मजासँग सोसिरहेथ्यो ।

मेरो यस पात्र झन्‌ असह्य भएर एक्कासी कान्छीमाथि जाइलाग्न पुग्यो ।
बलात्कारहेतु खप्टिन पुग्यो । पहिले त कान्छी निद्राबाट बिउँझी । र त्यसपछि डराई ।

-को हो?

– म हुँ, कान्छी।

– सानुराजा !

-अँ…।

– यो हजुरले के गर्न लागिस्या ?
-चूप लाग्‌ ।
ल… ल … किन लुगा मेरो च्यातेको … ?
-नकरान …।
– नाइँ म त…।
– के भो त…?

-तर… !

-के तर नि…?

अनि, सब शब्द निरर्थक भए ।

जैविक वाक्यहरू मौन भए

क्रियाशील क्षणहरू प्रत्ययबद्ध भए ।

केही समयपछि ती दुवै छुट्टिए – ऊष्ण सास-परिधिबाट ।
– कान्छी
– हजुर
– एउटा कुरा नढाँटी भन्‌ है ?
– हवस्‌
_ मुमाका साथीहरू दिउँसो पनि यहाँ आउँछन्‌ ?
– आउँछन्‌ ।
_ के-के गर्छन्‌ ? तँलाई थाहा छ!
-… … …।
-भन न ।
– तँलाई के थाहा छ!
– छु हजुर।
– के ?
– अघि हामीजस्तै … !
– अनि अर्को कुरा … !
– कुन कुरा
– म त सानुराजा भएँ, ठूलो राजा तेरो को हो नि ?
-हँ…..?
-भन्‌ त… !
-त्यो… त्यो… !
– नडरा न .. भन्‌ न… !
– हजुरको बुबा … !
-ओह … ?

एक्कासी, अनि मेरो यस पात्रलाई जीवनको प्रत्ययबोध भयो ।

लाग्यो – कताकता बिरक्ति छाउन लागेको आभास भयो ।

जीवनप्रतिको रिक्तता – तीक्तता ऊमाथि महसुस हुन थाल्यो ।

यसैले ऊ सोच्न लाग्यो । सोच्दै गयो । सोचिरह्यो ।

तर निष्कर्ष – फेला पर्लाजस्तो छैन ।

अबउप्रान्त यस्तो क्रियामा कहिल्यै संलग्न नहुने उसले प्रण गर्यो ।

र एउटा कुरा के पनि प्रण गर्यो भने, अब उसले यस्तो क्रिया केवल एकैजनासँग मात्र गर्नेछ ।

यसैले आजकाल उ एउटा दाउमा हिँडरहेथ्यो ।

त्यो हो ? सायद, पछि नै थाहा होला ।

उसले जीवनमा दुई कुरा गर्न जानेको छ ।

एक, प्रेम गर्नु, अर्को घृणा गर्नु ।

प्रेम, ऊ आफ्नी माताशरीलाई गर्दथ्यो भने घृणाचाहिँ पितालाई गर्दथ्यो ।

किनभने माता जसले जे गरेर भए पनि उसको जीवन जिउने साधनहरू जुटाइदिएकी छिन्‌ । यसैले मातालाई उ अद्यापि प्रेम गर्थ्यो नै, तर पितालाई घृणा किन गर्थ्यो भने, जसले उसलाई कहिल्यै छोरो सम्झेन । केवल प्रतिद्वन्दी सम्झने गर्थ्यो । यो कुरा उसले कहिले थाहा पायो वा महसुस गर्यो भने, बाटोमा एक दिन एक्कासी भेट हुँदा उसको पिता उसँग बोल्न मुस्किल मानेको थियो र आफ्नो सदाबहार तरुनी, तर निःसन्तान कान्दीस्वास्नीको परिचय उसँग बाध्यतावश गराएथ्यो ।

र अहिले उ आफ्नो पिता र सौतेनी आमाको घर आउने – जाने गर्न थालेको छ।

पहिला त पिता र निःसन्तान सौतेनी आमा खुलस्त भएनन्‌, पछि धेरै आवतजावत गर्न थालेपछि खुलस्त भए ।

अनि अबउप्रान्त अन्यतिर ऊ कहिल्यै ध्यान दिने छैन, यो एउटा प्रण फेरि पनि एकचोटि उसले गर्यो र अर्को एउटा प्रण के पनि गर्यो भने, कुनै पनि बेला मौका पारेर आफ्नो पितासँग आफ्नो वचपनदेखिको घृणाको बदला लिनेछ । पूरापूरा लिनेछ । अवश्य पनि लिनेछ । त्यो बदला … के … कसरी … लिने हो ? यसमा मेरो यस पात्र समय बुनिरहेथ्यो । समय खोजिरहेथ्यो । समय पर्खिरहेथ्यो ।

र त्यो बदला थियो – आफ्नी निःसन्तान सौतेनी आमालाई बलात्कार गर्ने ।

यसैले ऊ आजकाल आफ्नो त्यस निःसन्तान सौतनी आमालाई बलात्कार गर्ने प्रयत्नमा मौका खोजिरहेको देखिन्थ्यो – निरन्तर … निरन्तर … !

 

(२०२० सालमा बागलुङ जिल्लामा जन्मनु भएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ । 

पाँच पुस्तक लेखिसक्नु भएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।

लक्ष्मणप्रसाद गौतम
उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)