यो बार छ र यावाहाङ् छ। यो बार छैन भने यावाहाङ् छैन । सिपाही यावाहाङ् दिनभरि बन्दुक पड्काउँछ । सलाम छड्काउँछ । हुन्छ हजुर – भन्छ । जङ्गली काँढाले चिथ्राचिथ्रा पारेको पतलुङ्झैँ जिन्दगीलाई लतार्छ । हरेक दिन परेड सिध्याएपछि बन्दुक बिसाउँछ । पसिना गन्हाउने बर्दी फुकाल्छ। नुहाउँछ र जुल्फी फर्काउँदै त्यो बारमा पुग्छ । सारांशमा यति नै हो यावाहाङ्को दिनचर्या।
यावाहाङ्को भोलिको कथा कस्तो हुने हो ? पत्तो छैन । भित्रभित्र के दुख्यो ? भित्रभित्र के पाक्यो ? हिउँदको घाममा सुत्केरी ढुङ्गामाथि बसेर कट्टुको इँजार फुकाएर जुम्म्रा र लिखा मारेजस्तो आफ्ना घाउहरू फुकाएर हेर्ने फुर्सद पनि छैन । आङ्को थोत्रो पतलुङजस्तो फटाइदिएको छु समयलाई र समयले उसलाई । यो सम्झिँदा यावाहाङ् पानीमा आफ्नो अनुहार हेरेर बेस्सरी रुनु पर्ने हो। तर ऊ रूँदैन । रुनु उसको शब्दकोशमा पर्दैन । भावुकता उसको कर्मशीलताभित्र पर्दैन ।
आई लभ् मार्इ डियर बियर… । यावाहाङ् होश-बेहोश धताउँछ र आलोपालो घाउमाथि टिन्चरआयोडिनको झाेल खन्याउँछ । कुनैकुनै समय घाउहरू दबाइको असरले चहर्याउनुको अनुभूति पनि आनन्दकै हुँदोरहेछ । फेरि र फेरि अनि घाउहरू भिज्दै जान्छन् टिन्चरअायोडिनका झाेलाले ।
थ्रर्ष्टि क्यामल … । त्यो स्वास्नीमान्छे अर्थात् मारिया यो बारकी परिचारिका । ऊ यावाहाङ्को घाउको मलहम पनि हुनसक्छ । यावाहाङ्ले मरुभूमिको उँटले पानी तानेझैँ बियर उधाएको देखेर ठट्वा गर्छें। गोला र बारुद लादिएको ट्रकमुनि किचिएको नाबालकजसतो पीडाले थिचिएर हाँस्न बल गर्दा यावाहाङ्को अनुहारमा किरिङ्मिरिड् विकृतरूप देखापर्छ र ढुङ्गा फ्याँकिएको पानीको तरङ्गझैँ बिलाएर जान्छ । यद्यपि ऊ मारियालाई हाँस्न सघाउँछ र आफूलाई बोतलबाट पोखाउँछ। ग्लासमा डुबाउँछ र मारियामा चोबलिएको हेर्न खोज्छ । सम्भवत: मारिया पनि टिन्चरआयोडिनकै झोल हुन् ।
छोरीको बिहे भइसक्यो भन्दैमा मान्छेमा बैंस जाँदैन । त्यसो त मारियाभित्रको स्वालीमान्छे अझै डेग चलेको छैन । पँतालीस वर्ष त बेलायतीहरूको बैँसभित्र नै गनिन्छ । मारियाको स्थुलकायले केही आयतन भने पक्कै ओगटेको छ। यावाहाङसँग ठट्ा गर्दा घरिघरी ढिकीको मुस्लीजस्ता हातहरु उसको शरीरमा मिसिन आइपुग्छन् । यावाहाङलाई याद छ, ती हातहरूमा छन्छन् बज्ने काँचका चुराहरू छैनन् । त्यो कञ्चन, शुभ्न र स्निर्ध निधारमा टीका छैन । नाकमा टल्किने फूली छैन। अहो, यहाँ कहाँ पाउनु छिटको गुन्यू र चौबन्दी । यद्यपि उनी स्वासीमान्छे नै हुन्। यसमा कुनै सन्देह छैन । आँखाहरू जुझ्दा सर्मले केही नजर झुक्दैन र मात्रै बँचेको छ, नत्र मरिसक्थ्यो यावाहाङ् ।
यावाहाङ्का नाङ्गा आँखाहरू नचाहेर पनि मारियाको शरीरमा गाडिन पुग्छन् । उनका अङ्ग-प्रत्यङ्गलाई छाम्न र खेलाउन पुग्छन्। अरे, यसरी नाङ्गो आँखाले स्वास्निमान्छेको शरीरलाई समात्नु हुँदैन । नाङ्गोपन आदिम हो। जङ्गली सभ्यता हो । असंस्कृत र छाडापन हो। तर स्वास्नीमान्छेको सर्वाङ्ग शरीर नै लोग्नेमान्छेको आँखा समात्न आइलाग्छन् भने यो सभ्यतालाई के भन्ने ? यावाहाङ्का आँखाहरू मारियाको शरीर समात्न पुग्छन् वा मारियाका शरीर यावाहाङ्का आँखाहरू समात्न आइलाग्छन् ! यावाहाङ्लाई थाहा छैन। उ मारियाका झट्ट बाहिर नदेखाउने सबै अङ्गहरूलाई मनैमनले मुसार्छ ।
आज तिमी यो पहिरनमा अति सुहाएकी छौ … । यावाहाङ्ले पनि बेलायती सभ्यताको सय डेढसय औपचारिक शब्दकोश घोकेको छ । त्यही शब्दकोशबाट तयार पारेको रोजा-रोजा पुर्वतयारी एकदुर्इ संवादहरू टेपरेकर्डको ढाँचामा चालु गरिदिन्छ । सम्भवतः त्यो शब्द ज्याज् सङ्गितझैँ मारियाको कानभित्र भरिन्छ ।
धन्यवाद, प्रिय यावाहाङ् … । त्यो स्वास्नीमान्छे शिक्षित छे । पाश्चात्य सभ्यताले सु-संस्कृत छे । ऊ बेलायती हावापानीले मुलायम गुलाबका पत्रझैँ ओँठहरू, यावाहाङ्को नेपाली हावापानीले दपेटेको गाला डाम्न ल्याइपुर्याउँछे । यध्पि ती नेपाली हावापानीले भीर-पहरामा फूल्ने गुराँस र लालुपाते ओँठहरू होइनन् । जसका पत्रपत्रमा प्रेमका अपीलहरू हुन्छन्, मायाका याचनाहरू हुन्छन् । मारियाको सवालमा ऊ त केवल सभ्यताको साँचोमा आफूलाई ढाल्दछे, र, औपचारिक्ताको प्रदर्शनी गर्छे । यसर्थ उसका ती गुलाबी ओँठहरु केवल यातनाका हरफहरू हुन् ।
कठै, यावाहाङ्भित्रको यावाहाड् अझै मरेको रहेनछ । यावाहाङ् जराजुरीभित्र कहीँ कतै बाँचेको रहेछ । नत्र यतिखेरसम्म उसको शरीरभरि च्याउ पलाइसक्नु पर्ने थियो । तर अहिले उसलाई आफू पलाउँछु-पलाउँछु कि जस्तो भइरहेछ ।
कास्, त्यो आँखाको रङ्ग नीलो नभएर कालो भइदिएको भए । ती आँखा छम्छम नाँच्ने परेली नघुँग्रिएका भइदिए । हरिणका झैँ आँखा अलिक चिम्सिएका र तिखारिएको नाक अलिक न्याप्टिएको भइदिए । उफ्, कति अशक्त विषालु हुँदोरहेछ आँखाको रङ्ग । यावाहाङ् आफ्ना अशक्त आँखा युद्धका मोर्चामा दौडिरहेका सिपाहीझैँ त्यो स्वास्नीमान्छेको शरीरभरि दगुराइदिन्छ ।
अहो, ती केशराशी सुनौला नभइदिएर घना बादलझैँ कालो भइदिएको भए। नाकमा फुली निधारमा टीका, गलामा तिलहरी, छिट्को गुन्यूमा बेरिएको बाटुलो नितम्ब र टमक्कै चौबन्दि बाँधिएर उठेको छातीको उभारको सौन्दर्य नै बेग्लै हुने थियो । त्यो शृङ्गारको आफ्नै महत्व हुने थियो ।
कठै, सामान्य मान्छेले झैँ यावाहाङ्ले पनि मानवीय कमजोरी जोगाएर पालिराखेको रहेछ । कति संवेदनशील हुँदोरहेछ मनको तार जो सानै आघातले पनि लामो समयसम्म झङ्कार प्रैदा गर्दोरहेछ । यावाहाङ् चेतनाको शून्यतामा कतै कहीँ आफै बजेको झङ्कार सुनिरहेछ् । सुर-बेसुरको राग सुनिरहेछ हृदयको सुरुङ्गभित्र । कवि संवेदनशील हुन्छन् कमजोर हुँदैनन् । कतै यावाहाङ् कवि त भएन ! के सिपाही कवि हुन सक्तछ ? के सिपाही मान्छे हुन सक्तछ ? किन यसरी कवि हुन खोज्दैछ यावाहाङ् ? भि.सी. र एम्.सी. तक्मा थाप्ने छाती यति जाबो धक्काले हल्लिन पर्ने हो र।
के अझै मात्न सकिन्छ ! … यो भन्दा धेरै के को मातले मातिन्छ ? मारिया यावाहाङ्को टहलमा जुद्छे । ग्लासहरू रितिन्छन् – भरिन्छन् र रितिन्छ । यावाहाङ् फेरि अरू फेरि घाउहरूमा टिन्चरआयोडिन खन्याउँदै जान्छ । नशा झन् निशा हुँदै जान्छ । उफ्, यो मारिया निख्खर सेतो नभएर गहुँगोरो वर्णकी भइदिएकी भए ।
******
यावाहाङ् जरैदेखि हल्लिन्छ र आफूलाई भत्किनबाट जोगाउन त्यहाँबाट काँढा फर्किन्छ । र ऊ नायोङ्माको तस्वीरलाई मनको धित मरुञ्नेल हेर्छ । कोठाभरि सजिएका नग्न तरुनीका तस्वीरहरूलाई प्रेम गर्छ । र कामज्वरोका रोगीले झैँ चिट्चिटी पसिना काढ्छ । नायोङ्मा एउटा सिपाहीभन्दा जरो-ज्याद्रो छै र साहसी छे। को हो को ? कहाँ हो कहाँबाट आएका परदेशी एउटा पल्टनेले आफ्नो सिउँदोमा छरिदिएको सिन्दुरको व्याङ् हेरेर नायोङ्मा आफ्नो विश्वासमा अटल छे – हिमालझैँ अचल । पहाडझैँ स्थिर । आकाशझैँ डग्दैन आफ्नो सिउँदोको सिन्दुरप्रतिको आस्था । नायोङ्मा पाखा, पखेरामा फुल्ने पहाडे बुकी हुन्, लालुपाते र भीर पहरामा फूल्ने लालीगुराँस हुन् । हावापानीको सस्यानो विचलनले विचलित हुँदैन जङ्गली फूल ।
नायोङ्मालाई डिस्को, बार र रेस्टुराँ के हो थाहा छैन । स्कूल, कलेज, सिनेमा हल पनि जान्दिनन् । गाउँ, बेसी, मेलापात, दाउरा घाँस, र पानी पँधेँरो थाहा छ । भीरपाखा, बहराणहरा,। बारईदप्तु,, बाखरा-गोठाला; थहा छ । घर व्यवहार सम्हाल्ने ज्ञान छ, त्यो पनि पल्टनेको घर एक धर्सा सिन्दुरको लागि नायोङ्मा हरेक वर्ष उधौली-उभौलीको छेक पारेर आउने कम्याङ्कुरुङ्सँग मायाका सन्देशहरू पठाउँछे आफ्नो पल्टनेलाई । उसको आकाशमाथि उड्ने कर्याङ्कृरुङ् आफ्नो पल्टनेको देशसम्म पुग्छ पुग्दैन उसलाई सरोकार छैन । नायोङ्मा दृढ र विश्वस्त छे, उसको पल्टने उसलाई भेट्न सिन्दुरले बाँधेर ल्याउने छ जरुर ।
यावाहाङ् नायोङ्माको तस्वीरलाई धित मरुञ्जेल हेर्न पनि सक्दैन । नायोङ्माका तस्वीरले पनि उसको उपहास गरेजस्तो लाग्छ । आफ्नो बैँसले पनि आफैलाई खिल्ली उडाएजस्तो लाग्छ । यावाहाङ् आफूलाई छल्न झ्यालबाट आँखा बाहिर हुत्याउँछ । उराठलाग्दो हिउँदमा विरक्त छ यो चर्चक्रुकहाम् ब्यारेक । हिउँको खास्टोभित्र लगलगी काँपिरहेको छ – बेलायत ।
शनिबारको दिन ।
हिउँदले सिक्रासिक्रा पारेको रुखको हाँगामाथि बसेर हिउँले नुहाउँदै वा ऊ मनाइरहेका हुन्छन् जोडी ढुकुर । ऊफ, यावाहाङ्को आँखाले त्यहाँ पनि अड्ने भर पाउँदैन् र पुनः कोठाभित्र फर्किन्छन् र फेरि भित्तामा सजिएका नग्न स्वास्निमान्छेको पोस्टरहरूमाथि जोतिन्छन् । अहो, यावाहाङ्को बैँस त्यहाँ पनि छरिएको रहेछ । यावाहाङ्भित्रको यावाहाङ् पुन: बौरिएर जाग्छ र फेरि मृत्यु भोग्छ । कठै, आफू स्वयमले आफैसँग कामतृप्ति प्राप्त गर्नुपर्ने कष्टसाधनाभन्दा ठूलो तपस्या अरू के होला ? यावाहाङ्ले पटक-पटक आफ्नो बैँसलाई हत्केलाका चक्रहरूसँग ख्याएको छ । यावाहाङ्ले धेरै-धेरै पटक नायोङ्मालाई आफ्नो छातीभित्रबाट निकालेर आफ्नो हत्केलामा मैथुन गरेको छ । यावाहाङ अहिले एक्लै छ साथमा छन् नाङ्गा तरुनीका पोस्टरहरू मात्र । उसले नायोङ्मालाई सम्झन्छ र बेसरी मनले अँठ्याउँछ । अनि उसले आफ्नो उत्तेजित इन्द्रियलाई हत्केलाभरि राखेर फेरि मुठ्याउँछ । हस्तक्रिया सुरुमा ढिलोढिलो र पछि चाँडोचाँडो सम्पन्न गर्छ । यो तीव्रता धेरैबेरसम्म रहँदैन । हातभरि ल्याथल्याथी चिप्लो भएपछि ऊ सुस्ताउँछ र छटपटिन्छ । कतिखेर मारियालाई सम्झेर त कतिखेर नायोङ्मालाई सम्झेर छटपटिन्छ ।
यावाहाङ् छटपटिनुको कुनै अर्थ छैन र पनि छटपटिन्छ । र, फेरि त्यही बारमा पुग्छ, जहाँ मारिया हुन्छे । मारिया फर्साइली छे। दुवै ओँठ कानसम्म फटाएर मुस्काउनु उनको सभ्यताले सिकाएको छ । मारिया बेलायती स्वास्निमान्छे । ज्याक् भाग्यमानी छ । उसलाई मारियाको पाँचौ पति हुने सौभाग्य प्राप्त छ।
प्यासा उँट् … ! मारियाले जुराइदिएको उपनाम हो यावाहाङ्को । मारिया हाँस्छे। यावाहाङ् रुनु न हाँस्नुको दोसाँधमा हुन्छ । खोइ, घाउहरू किन चहर्याउँदैनन्? टिन्चरआयोडिनको यो आयु सिद्धियो कि ! अहो, यो कस्तो नशा हो ? नशा लागेर निशाले समातेपछि आँखाहरू साटिदारहेछन्। अब आँखाहरूमा जूनताराहरू नाँच्न थाल्दछ र यावाहाङ् मारियालाई नायोङ्मा देख्न थाल्दछ …- मारिया – नायोङ्मा- मारिया। अब यावाहाङ् स्वयम् पनि ज्याकमा साटिन थाल्दछ….र वरिपरि ती छायाँहरू मडारिन थाल्दछन् … अजिङ्गरको बेह्राइमा … ज्याक… मारिया… मारिया .. ज्याक्…!!
उफ्, यो भोक … कस्तो कष्टदायी अनुभूति !!
पाँच पुस्तक लेखिसक्नु भएका गौतमले अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।