काठमाडौंको समाजमा चलेको कसै गरी अमेरिका जाने होडमा बगेर विद्यार्थीका रूपमा लोग्ने अमेरिका गएपछि एक्लिएकी छिन्‌ मन्दाकिनी सिंह । लोग्नेको त्यो प्रयासमा उनको सहमति त थियो नै, तर आफूले तत्काल भिसा नपाउने र त्यसको लागि अनिश्चित कालसम्म कुर्नुपर्ने भएपछि उनलाई खल्लो लाग्न थालेको छ। भर्खर तीन महिना बितेको छ, कुराइको अनिश्चितताले चिन्तित छिन्‌ उनी ।

सात-आठ वर्षअघि उनीहरूको संयुक्त परिवार सहजता र समझदारीमा तीनवटा साना परिवारमा छुट्टिएको थियो । सहरको एउटा शान्त बस्तीमा लहरै एकनासका तीनवटा घरहरू छन्‌, तीमध्ये एउटा मन्दाकिनीको र अरू दुईवटा उनका जेठाजुहरूका । शालीनता झल्कने पहिरन, शुङ्गारप्रियता, सौम्य स्वभाव र सुसङ्गठित देहमाधुरीले सुन्दर व्यक्तित्वको परिचय पस्किने गरेको छ मन्दाकिनी सिंहको । आठ नौ वर्षको बालक छोरो र घरेलु कामदार मालाको उपस्थितिलाई गौण मान्दा घरमा एक्ली छिन्‌ उनी । लोग्नेसँगै नहुनुले एकखालको खालीपन बढ्दै गएको छ । बिहानको समय नित्यकर्म र दिउँसोको तयारीमा बित्छ, दिउँसो अफिस गएपछि काम र साथीहरूको सङ्गतमा बित्छ, बेलुका नसुतुञ्जेलको उच्च समय बिताउन भने गाह्रो परेर यदाकदा लोग्नेसँग कुरा गर्ने नाममा प्रायः इण्टरनेटले पस्केका स्वच्छन्द कुराहरूको स्वाद लिँदै बिताउने बानी क्रमश: पर्दै जान थालेको छ। माला घरभित्रकी साथी बनेकी छ मन्दाकिनीकी । सात वर्ष भयो र यो घरमा आएकी, बाह-तेह्र वर्षकी कलिली थिई त्यतिबेला । यी सात वर्षभित्र राम्रै घुलमिल भएकी छ। केही सिकाउनु पर्दैन, आदेश दिइरहनु पनि पर्दैन । घरको स्नेहमय वातावरणले पनि हँसिली, जाँगरिली र फूर्तिली बनाइदिएको छ उसलाई । मन्दाकिनीको स्वभावका केस्राकेम्रा थाहा पाइसकेकी छ, इष्टमित्र र साथीहरूसँग गरिने सबै विधि-व्यवहारहरू बुझिसकेकी छ। तीनवटै घर परिवारको बीचमा आज्ञाकारी, इमान्दारी, परिपक्वको परिवार बनेकी छ। भर्खरकी तरुनी भए पनि दोहोरो आङ्की डडाँक देखिन्छे । जीउ, अनुहार, बल र बोलीले केटो मान्छेजस्तो देखिन्छे ।

लोग्ने गएको केही दिनपछि मन्दाकिनीले मालालाई थप जिम्मेवारीबोध गराएकी थिइन्‌ – “हेर है माला, बाबुसाहेबको अनुपस्थितिमा हामीले कुनै तलबितल पर्न नदिई यो घर चलाउनुपर्छ । नत्र त मेरा जेठानी दिदीहरूले खिसिटेउरी गर्छन्‌। म एक्लीलाई सबै काम कुरा सम्झन र गर्न गाह्रो पर्छ । तँ अब काम गर्ने केटी मात्रै नभएर मेरी साथी, कर्ताधर्ता सल्लाहकार सबै होस्‌ ।” दुलहीसाहेबको आफूप्रतिको विश्वासले दङ्ग परेकी छ माला । त्यसपछि क्रमशः मालासँगको कुराकानी र सामीप्य घनीभूत हुन थालेको थियो । घरभित्रको स्वच्छन्दता बढ्दै गएको ,थियो । कुरा गर्दागर्दै मालालाई च्याप्प समात्ने, अँगालो हाल्ने, उसको जीउमा अडेसिने र सामान्य रूपले जीउ माड्न लगाउने कामहरू हुनथालेका थिए । आफुसँग गरिने अन्तरङ्ग कुराकानीले माला झन्‌ फुर्किदै गएकी थिई । दुलहीसाहेबसँगको धक फुक्दै गएको थियो।

केही दिनअघिको कुरा त हो उनले मालालाई केटो मान्छेको पगरी गुताइदिँदै भनेकी थिइन्‌ – “जेठाजुहरू नजिकै भए पनि घरभित्र लोग्नेमान्छेको संरक्षण खोजिँदोरहेछ । घरप्रतिको तेरो सतर्कता, तेरो जीउ, अनुहार, बोली र बलले एउटा दहो लोग्नेमान्छेको उपस्थितिको आभास हुन्छ मलाई । अब तँलाई झलक्क हेर्दा पनि केटोमान्छेजस्तो देखिने बनाइदिन्छु ।”

अर्को दिन नभन्दै मालाको निम्ति पाइन्ट र कमिजहरू किनिदिएकी थिइन्‌ उनले । कपाल पनि ‘ब्वाइजकट’ बनाउन लगाइदिएकी थिइन्‌ । मालालाई पनि मन परेका छन्‌ ती लुगाहरू । प्रायः घरमा बस्ता पनि त्यही पहिरन गर्छे । कपाल पनि सुहाउँदो लागेको छ, सजिलो पनि भएको छ।

केही दिन यता गर्मी क्रमश: बढ्दै गएको थियो । रुघाको कारणले एकहप्तादेखि धक फोएर नुहाउन पाएकी थिइनन्‌ मन्दाकिनीले । बिदाको एकदिन दिउँसो मालाको सहयोग लिंदै नुहाउने विचार आयो – “धेरै दिनदेखि जीउमा मयल जमेजस्तो लागिरहेछ । आज बेर लगाएर नुहाउछु । तँ जीउ माडिदे है माला ।”

मालाले अवज्ञा गर्ने कुरा कहाँ थियो र ? अलिअलि गर्दै निसङ्कोच नाङ्गिएर, लोग्नेसँगका कतिपय अन्तरङ्ग कुराहरू सुनाउँदै, हाँस्तै मालासँग जीउ मडाइमडाइ, निकैबेर लगाएर नुहाइन्‌ उनले । आफूबाहेक यस्ती नाङ्गी आइमाईलाई नजिकबाट हेँर्दै यसरी माडमुड पारिदिएकी थिई मालाले, न कसैले लोग्नेसँगको सम्बन्धका कुराहरू यति खुला भएर आफूसँग गरेको थियो । त्यसैले नौलो र रोमाञ्चक लाग्यो दुलहीसाहेबसँगको बाथरुमभित्रको सान्निध्य । उनले नुहाइसकेपछि लुगा धुँदै विचार गरी मालाले – “लोग्ने साथमा नभएरै त हो यसरी मसँग छिल्लिएकी । लोग्ने यहाँ हुँदा दुवैजना एकअर्कालाई नुहाइदिन्थे रे । कसो मलाई पनि नाङ्गो हो, नुहाइदिन्छु भनिनन्‌, भनेकी भए नाङ्गिदिन्थेँ म त। मलाई के हुन्थ्यो र दुवैजना उस्तैउस्तै त हो। मलाई केटोमान्छे देख्न खोजेकी यस्तै गरेर लोग्नेको सङ्गरेलो मेट्न हो कि क्या हो ? भए के त ! अरू त मैले के गर्नु र ? यस्तै गर्ने त होला गरिदिउँला ।”

नुहाएर ताजा भएकी मन्दाकिनी केहीबेरसम्म घर वरिपरि टहलिइन्‌ । त्यो टहलाइले सन्तुष्ट नभएझैँ गरेर “म एकछिन आराम गर्छु” भन्दै कोठाभित्र पसेर ढोका लगाइन्‌। अरू काम थिएन र सानुबाबु पनि पल्लो घरमा खेलिरहेकोले माला पनि आफ्नो कोठाभित्र पसी । चञ्चल भएको थियो उसको मन पनि । ढोका थुनेर लगाएका लुगा पन्छाउँदै आफ्ना कतिपय अवयवहरू नियाली, दुलहीसाहेबका सँग तुलना गर्दैं। “उनी बिहे भएर बच्चा पनि पाइसकेकी बत्तीस-तेसीस वर्षकी मान्छे, मेराभन्दा बाक्ला त देखिने नै भए नि। तैपनि मेराभन्दा आकर्षक देखिन्छन्‌, कुँदिएकाजस्ता । मलाई त मेराभन्दा लोभलाग्दा लागे भने अरूले “जीउ त परेकै छ भनेर किन नभनून्‌।” बान्की परेको छ उनको जीउ, लुगा लगाउँदा पनि टिमिक्क पर्छ मेरो पर्दैन । उनको जीउ खिरिलो छ, मेरो अलि भद्दाजस्तो । त्यै भएर पनि होला मलाई केटोजस्ती भनेकी । हुन त म पनि उन्नाइस बीस वर्षकी मान्छे, त्यस्तै सङ्गत पर्यो भने म पनि त टिमिक्क पर्छु होला नि ।”

बाथरुमको चर्तिकलाले दिनभरि मालाको मन चञ्चल बनेर दुलहीसाहेबले अरू पनि केही गर्छिन्‌ कि भनेर सोच्दै उनलाई कर्के आँखाले हेर्दै गरेकी थिई । बेलुकाको खाइसकेपछि दिनभरि खेलेको छोरा चाँडै निदायो । कामधन्धा सकेर मालाले ढोकाबाट चिहाइ सहैँझैँ । उसलाई देख्नेबित्तिकै मन्दाकिनीले भित्र पस्ने आदेश जारी गरिन्‌ – “आइन, ढोका बन्द गरेर आइज ।” माला आएर नजिक बसी मन्दाकिनीले ठाउँ सरेर उसको काखमा सुत्ने भनिन्‌ – “दिउँसो नुहाउँदाको तेरो मडाइले मेरो जीउ नै बरालिएजस्तो भएको छ। माड्न नपुगेर होला ।”

आदेश बुझेर आफ्ना हातहरूले भ्याउने ठाउँहरू मिचिदिन थाली माला । आँखा चिम्लेर आनन्द लिन थालिन्‌ मन्दाकिनी –

“साँच्चै ! लोग्नेमान्छेजस्तै छस्‌ तँ । बाबुसाहेबको जस्तो जीउ बराठिएको छ, हातपाखुरा दह्रा छन्‌ । उहाँका चर्तिकलाहरू पनि सिकिस्‌ भने त उहाँलाई पनि बिर्साउँछेस्‌ तैँले । तँलाई आज बाबुसाहेब बनाउँ क्यारे !”

दुलहीसाहेबलाई बाबुसाहेबको सम्झनाले चञ्चल बनाएको अनुमान गरी मालाले । आफ्नो जीउको बयान सुन्नुले उनको पनि बयान गरिदिन मन लाग्यो –

“जीउ त मेरोभन्दा हजुरको धेरै राम्रो । यति बान्की परेको जीउ सबैको कहाँ हुन्छ र। बाबुसाहेबका चर्तिकलाहरू पनि हजुरलाई नै पो थाहा हुन्छ । मलाई के थाहा !”

हास्तै खुलस्त हुन खोजिन्‌ मन्दाकिनी –

“हो बाबुसाहेबका चर्तिकलाहरू मलाई नै थाहा हुने कुरा हो । तर उहाँको जस्तो दहो जीउ त तेरो छ नि। कहाँ पाउनु मैले तेरोजस्तो जीउ । तेरोभन्दा बान्की परेको, राम्रो त होला, तर यो सुन्दरता एउटी आइमाईको सुन्दरता मात्रै हो। तँत चढ्दो उमेरकी केटोजस्तै फूर्तिली र हृट्ठाकट्टा मान्छे । मलाई केटोजस्तो देखिने तेरो जीउ मनपर्छ । त्यसमाथि मत मनै भैहालँ नि । घरमा बाबुसाहेबको झलक दिने अर्को मान्छे तँ मात्रै बन्न सक्छेस्‌ पो भनेकी त।”

कताकता सङ्कोच लाग्यो मालालाई –

“हजुर र म त उस्तैउस्तै त हो नि । हजुर घरकी मालिक्नी पनि, हजुर नै बने हुन्छ नि ?” अझै रुचि लिएर सम्झाइन्‌ मन्दाकिनीले –

“मालिक्नीका कुरा छोड्‌, तँ त अब मेरी साथी होस्‌। म तेरो बाबुसाहेबजस्तो बन्नै सक्तिनँ। म त उहाँकी स्वास्नी भएर, बच्चा जन्माएर यतिका वर्ष बिताइसकेकी मान्छे । तेरो बाबुसाहेबका लोग्नेपनका चर्तिकलाहरुले मेरो जीउ र अभाव एउटी पूर्ण स्वास्नीमान्छेको बनाइदिएका छन्‌ । मेरो जीउको दह्रोपनालाई माडमुड पारेर कमलो बनाइदिएका छन्‌। तँ त आजसम्म संसर्गमा नपरेकी मान्छे । लोग्नेमान्छेको संसर्गमा नपरी मान्छेको जीउ र स्वभाव कहाँ आइमाईको जस्तो बन्छ र । तेरो बाबुसाहेबको संसर्गमा पर्नुअघि मेरो स्वभाव पनि तेरैजस्तो थियो ।”

दुलहीसाहेबको तर्क बेठीक त लागेन, तैपनि उनलाई अझै खोतल्ने बठ्याइँ झिकी मालाले “यत्तिकै ठीक छु नि। केटोमान्छेजस्तै बनेर गर्ने कामै के छ र बाबुसाहेबको नाटक गर्नु !

मालाको काखबाट शिर उठाएर लोग्नेलाईजस्तै कटाक्ष गर्दै उसको चिउँडो समातेर मन्दाकिनीले भनिन्‌ – “नबुझेझैँ गरेर मलाई सताउन खोजेकी हेर न। पोक्ची । यो उमेरकी बुझिन भन्ठान्छु कि क्या हो ?”

माला मुस्काइरही अनि उसको काखमा बसेर छातीमा पीठ टेकाएर उसका दुवै हातहरूलाई आफ्नो छातीमा बाँध्दै दुलहीसाहेबले मनको कुरा खोलिन्‌ –

“मनका कुरा तँसित नगरे कोसित गर्नु मैले ? अरूलाई सुनाएर हिँड्दै उपचार खोज्ने बाइफाले बन्नु भएन । घरभित्रका दुइटी आइमाईको कुरा कसैले वास्ता पनि गर्दैन । हेर्‌ न, कहिलेकाहीँ मलाई तेरो बाबुसाहेबको सम्झनाले एक्ली बनाउँछ । केही गर्न पनि जाँगर चल्दैन । जीउ कचल्टिएजस्तो हुन्छ । टाउको दुख्छ, मनै भरङ्ग भएर त्यत्तिकै बिरामी परेजस्ती हुन्छु। आज पनि त्यस्तै भएको छ । यस्तो बेलामा तैँले बाबुसाहेबले जस्तै जीउ खेलाइदिइस्‌ भने मलाई सञ्चो हुन्छ । यसै भएर तँलाई यस्तै बेलाका लागि बाबुसाहेब बनाउन खोजेकी हुँ मैले । तँलाई कुनै हानि हुँदैन बरु तेरो जीउ पनि मेरैजस्तै राम्रो हुँदै जान्छ ।”

उनीजस्तै राम्री हुने लोभ त छँदै थियो, तैपनि दुलहीसाहेबको कुरा केही दिनमै भंग हुने तङ्गजस्तो, लहडजस्तो, ठट्टाजस्तो लाग्यो मालालाई, उसले लजाएजस्तो गरेर भनी “बाबुसाहेबले गर्नेजस्तो गर्न सक्छु त म ? केटा र केटीको जातै फरक कामै फरक।” कुराभन्दा पछि गरिने कामले स्वयम्‌ आकार लिने ठानेर मालालाई रङ्गमञ्चमा उतार्न खोजिन्‌ मन्दाकिनीले “त्यही नै त हुँदैन नै । तर त्यस्तैत्यस्तै सङ्ग्रेलो मेटाउनेसम्मका कौतुकमय त गर्न सकिन्छ । प्रयोगै सही, गरिहेर्ने आज ।” आफ्नो आसनलाई अझै बनाएर मालाका हातहरूलाई आफ्नो खुकुलो पहिरनले ढाकेको छातीभित्र खिराएर खेलाउन, थालिन्‌ मन्दाकिनी । मालाले धक फालेर आफ्ना हत्केला र औँलाहरूलाई आवरणभित्रै क्रियाशील बनाउँदै कथित खेलमाथि टिप्पणी गरी – “रतेलीजस्तै होइन र यो खेल ?”

मालाले कुरो बुझेकीले खुसी भइन्‌ मन्दाकिनी – “हो, रतेली नै हो । बिहेमा घरबाहिर खेलिने रतेली धेरैले देख्ने हुँदा काम थोरै र कुरा धेरै हुन्छ । कोठाभित्रको यो तेरो र मेरो रतेलीमा चाहिँ काम धेरै र कुरा थोरै हुन्छ ।

रतेलीप्रतिको मोह बढ्दै गयो मालालाई – “मलाई त असाध्यै मन पर्छ रतेली ।”

खुसी अझै बढेर मालालाई बाबुसाहेब बनाउन हतारिइन्‌ मन्दाकिनी -“अब म म नै हुन्छु तँचाहिँ बाबुसाहेबका चर्तिकलाहरू सुरु गर। म उठेर सिकाइदिन्छु ।” दुलहीसाहे्‌ब मुस्काउँदै जीउ ठाडो पारेर बसिन्‌, मालाले पनि मुस्काउँदै भनी – “अलिअलि त मलाई पनि थाहा छ ।”

जान्न खोजिन्‌ दुलहीसाहेबले – “कसरी थाहा पाइस्‌ नि ?”

मुस्कान जारी राख्दै मालाले भनी – “हजुर र बाबुसाहेब कोठाभित्र बस्ता सधैँ ढोका कहाँ बन्द गरिसिन्थ्यो र ?”

कटाक्ष गर्दै मालालाई अँगालो हालिन्‌ मन्दाकिनीले – “पोक्ची, लुकेर हेर्न पल्केकी पो रहिछ त ।”

बिस्तारै दुलहीसाहेबको शरीरमा मालाका हातहरूको सगबगाइ घनीभूत हुँदै गयो।

 

(२०२० सालमा बागलुङ जिल्लामा जन्मनु भएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ । 

पाँच पुस्तक लेखिसक्नु भएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।

लक्ष्मणप्रसाद गौतम
उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)