साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा: त्यो दिन….

गोधुली साँझमा हजारौँ मान्छेहरूको भीड लाग्ने ठाउँ नितान्त एक्लो देखिन्थ्यो । पुलमुनि बसेर घण्टौँ गफ गर्ने प्रेमजोडीहरूलाई पुलले पर्खिरहेको भान हुन्थ्यो । हात समातेर जीवनका रंगीन गफ गर्नेहरूले सम्झनाका डोवहरू छोडेर गएका थिए ।

  • रमेश दियाली

बोली सुन्नबितिक्कै मेरो आँखा रसायो । उनी कामिरहेकी थिइन् । डरले ओठ थर्रथयाइरको थियो, केही भन्न खोजेझैँ । मेरो निन्द्रा छुट्यो । अहं….  ! पटक्कै निदाउन सकिनँ ।

उनी मेरो उनको आईन्, र अंगालो हालेर ग्वाग्वा… रोइन् । नजिक आँसु मेरो छाती चिसियो । धड्कन् बढ्यो । निधारका केही भागमा पसिनाका दाना उम्रिए । मेरो अंगालोबाट हट्दै आँखामा हेरेर बोलिन्- “अब हामी मर्छौ होला है ?”  फेरि सुक्क सुक्क गर्दै आँसु बगाउन् थालिन् । उनका आँखा राता भइसकेका थिए । म मौन । शब्दहरू एकाएक बिलिन भए । अझ भनौ, म आफैँमा हराएँ, शून्यता बनेर ।

bahulako diary small and inside post

फेरि उसैगरि च्याप्प च्यापिन् । बल्ल  मेरो बोली फुट्यो- “केही हुँदैन, न डराउ | म छु नि तिम्रो साथ ।” डरको सास सुस्त सुस्त बाहिर फ्यकिन्, र आँखा बन्द गरिन् ।

म छुट्याउन् सक्दिनँ । तिम्रो र मेरो सम्बन्ध प्रेम हुँदै श्रीमान्-श्रीमतीमा आएर रोकिएको छ । जीवनको स्वर्णीम सुरूवात भर्खरै सुरू हुँदै छ । तिम्रो अंगालोभरिको माया पाउन मैले नै  यो यात्रा तय गरेको हो । मेलै मेरो मन र शरीर नै तिमीमा समर्पित गरिसकेको छु । हिजोको दिनलाई भुलिदिएको छु । थाहा छैन्, भोलि के हुने हो !

उनी बर्बराइरहेकी थिइन्, फोनको घण्टी बज्यो । उठाएँ- “तिमीहरूलाई कस्तो छ ? मैले त नजानू भनेको अस्ति नै ! इटाली पुरै लक डाउन गरेको छ भन्ने समाचार आको आई छ । मान्छेहरू मरेका मरै छन् रे !”

फोन नेपालबाट बुबाले गर्नुभएको थियो । प्रश्नमाथि प्रश्न गर्दै हुन्थ्यो । भन्दै हुन्थ्यो- “हामी यहाँ चिन्ताले मर्न आटिसक्यौँ । फेरि बुहारीको बाबाआमाले सोधिरहनुहुन्छ । हामीले के जवाफ दिनु ?” बुबाको बोलीमा डर र आक्रोस थियो । जवाफमा केही भन्न सकिनँ ।

“यता सबै ठीक छ बुवा, चिन्ता नलिनू !” यति भनेर फोन राखिदिएँ भन्ने कुरा भने नभएका होइनन्, तर भन्नै सकिनँ । झ्यालबाट छिरेको प्रकाशतिर हेरेँ । उज्यालो आइसकेको थियो । तर सुनसान सडक भने मौन थिए । भ्यानिस सिडी दिउँसै अँध्यारो बोकर बाँचिरहेको बेला उज्यालोको खोजीमा मानिसहरू बन्द कोठामा कैद थिए । उनी मोबाइलमा हाम्रो बिहेको फोटाहरू हेर्दै थिइन्, एकोहोरो बनेर सुन्दरताको रंग भर्दै । हातको औँलाहरूले फोटाहरूलाई स्पर्स गर्थिन् । मायाको स्पर्स अजिवको हुँदोरहेछ।

साँच्ची, भनै पो बिर्सेछु ! नाम काव्य ।  हाम्रो बिहे भएको एक महिना भयो । हनिमुनका लागि इटाली आएका ।

प्रेम विवाह भएकाले एक अर्कालाई नजिकैबाट बुझेका थियौँ । एकाएक सोचेभन्दा भिन्न भयो इटाली । हामी कोठामै थुनिएको दुई दिन भइसकेको थियो ।

आएलगत्तै इटली पुरै लक डाउन भयो । सुनसान सडक, पसलहरू बन्द थिए । अझ भेनिस सिटी त कर्फ़्यू नै लागे जस्तै । छिन-छिनमै समाचार हेथ्र्यौँ  । सोसल मिडियाले झन त्रास भरिदिएको थियो । कहालीलाग्दो दिन असाध्यै धमिलो । आकाशमा एक-आपसमा मडारिरहेका कुहिरोहरू । म कुहिरोभित्रको घामलाई खोज्दै थिएँ । पानी भने परेको थिएन ।

हामी स्पेलडिट भेनिस होटलमा बसेका थियौँ । रूम न्. १४ । होटलबाट वरिपरि हेर्दा भेनिस सिटीको खाका प्रष्टै देखिन्थ्यो । सहरमा सुन्दरताले भरिएका पुराना महल र मूर्तिहरूले थप आकर्षण भरेको भान हुन्थ्यो । होटलभन्दा पर ग्रेण्ड केन्लमा हरियो रंगको पानी आफैँसँग रमाइरहेको थियो । खुल्ला आकाशमा चराहरू स्वतन्त्र उडिरहेका थिए । सडक कुनै मैदानी फाँटजस्तै देखिन्थ्यो । फराकिलो तर एक्लै। सुस्त हावामा मसिना फूलका पातहरू नाचिरहेका थिए । हो, व्यस्त सहरमा गहिलो शालीनता छाएको थियो । हामी अशान्त थियौँ ।

दिनलाई बिदा गरेर भेनिस सिटी बास बस्न खोज्दै थियो । बाहिर हेर्न मन लाग्यो । काव्यले कफीको अफर गरिन् । हामी दुवै कफी पिउँदै झ्यालको पातलो पर्दा हटाएर शान्त भेनिस सिटी हेर्न थाल्यौँ ।

गोधुली साँझमा हजारौँ मान्छेहरूको भीड लाग्ने ठाउँ नितान्त एक्लो देखिन्थ्यो । पुलमुनि बसेर घण्टौँ गफ गर्ने प्रेमजोडीहरूलाई पुलले पर्खिरहेको भान हुन्थ्यो । हात समातेर जीवनका रंगीन गफ गर्नेहरूले सम्झनाका डोवहरू छोडेर गएका थिए ।

हामी एकअर्कालाई हेर्छौँ । अनुहारमा निरासका रेखाहरू प्रष्टै देखिन्छ । धमिलो पानी जस्तै, आँखामा धुलो परे जस्तै । हाम्रो आँखाहरु आपसमा बोलिरहेका छन् । ओठबाट शब्द निस्किन सकिरहेका छैनन् । लाग्छ, हामीले बोल्न बिर्सिसकेका छौँ ।

काव्याले लामो सास फेरिन् । मेरो कुममा टाउको राखिन् ।

जीवन कहाँ गएर ठोकिने हो, थाहा नहुँदो रहेछ । अनेकौँ घटनाहरूबीच जीवनका गोरेटाहरू निर्माण गर्नु पर्ने । कति खेर के घटना घट्छ पत्तै नहुने ।

उनी मौन संवाद गरिरहकी थिइन् । भनिन्- “एउटा सुन्दर फूल, त्यो खोला बस्तीसँगै बग्दै छ ।”

मानव बस्ती बिस्तारै खाली हुँदै थियो । साँच्चै जीवन एकादेशको कथा जस्तै रहेछ ।

“कथा त हो नि जीवन !” पनि मेलै थपेँ । हामीले एकअर्कामा लिन भएर धेरैबेरसम्म गफ गर्यौँ ।

काव्यालाई भोक लाग्यो । मैले सडकतिर आँखा डुलाएँ । कोठामा खाने कुरा थिएनन्,

पसलहरू बन्द छन् । के गर्ने त ? सोचेँ कुनै पसल त खुल्ला होलान् कि, हेरेर आउँछु ।

मबाहिर जान लागेको थाहा पाएपछि काव्यले भनिन्- “यस्तो अवस्थामा बाहिर जानु राम्रो होइन् । बाहिर जानुभनेको आफैँलाई खतरामा धकेल्नु हो । मलाई एकदम डर लागिरहेको छ । मलाई एक्लै छोडेर नजाऊ ।”

भोक मान्छेको पहिलो आवश्यकता हो । श्रीमानको दायित्वले पनि मलाई रोकिन दिएनँ । काव्यलाई सम्झाइबुझाई सान्त्वना दिएर म बाहिर निस्किएँ । कोठाको ढोका बन्द गरिदिएर ।

होटलको गेटहुँदै रोड आगाडिको रेस्टोरेन्ट एण्ड पिजा हाउस लेखेको बोर्डतिर पाइला मोडेँ । सुनसान सडकमा फगत म एक्लै थिएँ । बत्तीहरूले उज्यालो प्रकाश छरिरहेका थिए । उज्यालो प्रकाशमा मेरो छाया प्रष्टै देखिन्थ्यो चिल्ला सडकमा । पिजा हाउस नजिकै पुगेँ । सिसाको ढोकामा रातो अक्षरले कोलोज लेखेर टोसेको रहेछ । निरासाको लामो सास फेरेँ, र फनक्क फर्केँ । पुलिसको भेन साइरन बजाउँदै मतिरै आयो । मेरो आँखा रसिदै गए । डरले लगलग खुट्टा काम्न थाले । म पुलिसको घेरामा परिसकेको थिए । के गरौँ र कसो गरौँको अवस्थामा छटपटीले सास फुत्त बाहिर निस्केलाझैँ भयो । कसलाई मदत मागाँै यो बिरानो ठाउँमा ? कोही थिएन ।  एक मनले आफैलाई धिकार्दै थिएँ । उकुसमुकुस भएर एकैचोटि कराएछु-

माई वाइफ …….

माई वाइफ ……

मेलै बिन्ती बिसाएँ ।  मेरो कुरा सकिन नपाउँदै मलाई भेनमा राखे । भन्दै थिए- “दिस मेन स्प्रेड द भाइरस”।

गल्ती मेरै थियो ।  काव्यलाई मनभरि सम्झेँ । म नहुँदा के हालत भयो होला उसको ?

“यो कस्तो सजाय दिँदै छौ भगवान् ?” मैले ईश्वरलाई पुकारेँ । बिस मिनेटमा मलाई क्वारन्टल हलमा पुर्याइयो । शंकास्पद कोरोनाको बिरामीको सूचीमा राखियो । मजस्ता अरू थुप्रै मान्छेहरू पनि थिए । म पुरै अँन्धकारको कोठामा कैद भए । मुखमा माक्स र सेतो कपडाले शरीर छोपिदिएको थियो । सात दिनसम्म राख्ने कुरा मेरै छेउमा बस्नेले बतायो । म अकमक्क परेँ ।

क्वारटनमा हुनेहरू धेरैजसो बुढाबुढी थिए । सबै इटालीकै नागरिक हुनुपर्छ । मेरो अनुमान,  बोली भिन्नै थियो । कसैले कसैले मात्रा अंग्रेजी बोल्थे । घण्टैपिछे चेक जाँच गरिन्थ्यो । म आफूलाई कोरोना भाइरस छैन् भनेर आग्रह गर्थेँ । तर मेरो कुरा सुन्ने कसले ?  रिपोर्ट आउन् दुइ हप्ता लाग्छ भन्थे नर्सहरु ।

हाम्रो बाह्र दिनपछि फर्किने टिकट थियो । दुइ हप्ताको लागिमात्रा आएका थियौँ ।   म भने  काव्यको चिन्ताले थकित थिए । उनी बोलेका शब्दहरूले झक्झकाइरह्यो । भरोसा टुट्यो । आशाको दियो निभ्दै गयो । हेर्ने आँखा बिस्तारै बन्द हुँदै गए । मनमा प्रश्नमाथि प्रश्न को थाक थियो । काव्यलाई के भयो ? के खाइन् होला ? मलाई कति खोजिन् होला ? मन कति आतियो होला ? यी यावत प्रश्नहरूले मेरो हृदय पग्लेको थियो । उनका लोलायका आँखा र निर्दोष अनुहार झल्झली आँखैअघि आइदिन्थे । काव्यलाई सम्झिदा सम्झिदै अनायसै भनेँ- “मलाई माफ गर !”

एक हप्तापछि मलाई एउटा अस्पतालमा सारियो । कोरोनासँग लड्दै गरेका थुप्रै मान्छेहरू थिए । अस्पताल शान्त थियो । बिरामीहरूको बाक्लै उपस्थित थियो । कोरोना संक्रमण भएकाहरूलाई बेग्लै बिल्डिंगमा राखिएको थियो । कयौं मान्छेहरू मृत्युसँग लड्दै थिए भने कतिले मृत्युलाई जितेर घर फर्किने तयारी गर्दै थिए । मास्क र सेतो कपडाले ढाकिएको अनुहारहरू प्रष्टै देखिदैन् थियो ।

अस्पतालको बेडमा छट्पट्टी रहेका बिरामीहरूलाई दबाई खुवाउदै गरेका, र जाँच्दै गरेको नर्स र डाक्टरलाई देख्दा भगवानलाई सम्झेँ । लाग्या, मन्दिर खाली छ आजकल । चर्च, गुम्ब र मज्जिद भन्नु नै अस्पताल हो । यिनै हुन् ईश्वर ।

खुल्ला पखेटा फिजाउँदै आकाशमा चराहरू उडिरहेका छन् । जनवारहरू मस्त छन् आफ्नै दुनियाँमा । तर सृष्टिकै हामी चेतनाील प्राणीहरू भने बन्द छौँ । के हालत भयो होला वर्षौँसम्म चिडियाघरमा बन्द भई बस्दा जंगलका रैथाने जनावरहरुलाई ? म यस्तै यस्तै सोचमा मग्न छु ।

अस्तव्यस्त अवस्थालाई चिर्दै फेरि काव्यालाई सम्झेँ । सम्झनामा मात्रा रहिन् अब । मन् आतिएको थियो,  म अपरिचित थिएँ । रातलाई हेर्दै बिहानीको प्रतिक्षा बसेँ ।  मेरो नजिकैबाट एक बृद्ध हजुरआमा निको भई हुइल चियरमा लग्दै गरेको देखेँ । कोरोना लागेकाहरू पनि निको हुन् सक्छ भन्ने एउटा राम्रो सन्देश थियो त्यो । अनुहारमा मुस्कानसहित परिवरहरूले हजुरआमालाई स्वागत गरिरहेको देख्दा फेरि मेरो परिवारलाई सम्झेँ ।

तीन् दिन्पछि मलाई जाँच गरियो । निकै समयको जाँचपछि म पुनः आफ्नै बेडमा आएँ । सात दिनको बसाईपछि बल्ल डाक्टरले हातमा कागज र फाइल बोकेर आएँ । मलाई कुन देशको हो भनेर सोधियो । मेलै छोटो उत्तर दिए- “नेपाल ।”

डाक्टरले ओठमा हाँसो भर्दै अंग्रेजीमा भनेँ, तिमी संक्रमणबाट मुक्त छौ । अर्थात् तिमीलाई कोरोना भाइरस लागेको छैन ।

मलाई खुसीले बुरूक्क उफ्रौँजस्तो भयो । डाक्टरलाई घन्यवाद दिएँ । तर डाक्टरले अस्पतालबाहिर नजाने उर्दी जारी गरे ।

नेपाल एम्बेसी र इटाली एम्बेसीको मिलेमत्तोमा मलाई दुइ दिनपछि नेपाल फर्काउने भयो । नेपाल सम्झदै पनि मेरो मन खुसीले ढक्क फुल्यो । दुइ दिनपछि म नेपाल ओर्लिएँ ।

प्रतिक्रिया
Loading...