कुलमान घिसिङ विद्युत् विभागको कार्यकारी निर्देशक भएपछि काठमाडौँले अँध्यारोसँग जुध्नु परेको थिएन । परन्तु त्यस साँझ भने बिजुली आएको थिएन‚ प्राविधिक गडबडीले । हामीले बेलुकाको खाना खाइसकेका थियौँ । सहर कालोपोखरीमा डुबेको थियो। अझ पनि लाइन आउने छाँटकाँट थिएन ।

सिमसिमे पानीले ओसिएको रात गर्मी थिएन । परन्तु बालकलाई गर्मी भयो रे । त्यसबखत म खुब हाँसेको थिएँ‚ उसको नामबारे बहस चल्दा । मलाई उसको नाम कस्तो मन परेको थियो । मैले भनेँ‚ बालक तिमी कहिल्यै बूढो हुने छैनौ ।
मेरो यस्तो कुरा सुनेर आश्चर्यमा उसले भन्यो‚ के भन्न खोज्नुभएको दिदी रु मैले बुझिनँ नि १ जन्म लिएपछि एकदिन बूढो अवश्य भइन्छ । भगवान्‌ले मलाई मात्र के छुट देलान्‌ र रु त्यसो त बालक भइरहने मेरो इच्छा छैन । समयको मागअनुसार बूढो हुनुमा पनि अर्कै किसिमको आनन्द आउनेछ । मेरा समवयी साथी युवा‚ वयस्क‚ प्रौढ हुँदैजाँदा म बालक नै भइरहेँ भने मेरो मानसिक स्थिति कस्तो होला रु मलाई अपरिष्कृत‚ हर्मोनको त्रुटिले अपूर्ण मानव‚ जन्मै ठगिएको अभिशप्त ।।। केके भन्ने छन् । त्यतिखेर न त म आउँदो पिँढीसँग समायोजित हुन सक्छु न त आफ्नै पिँढीसँग । मलाई जीवनभर बालक हुनु छैन । म चाहन्छु प्रकृतिको नियमलाई स्वीकार्न सकूँ ।

साँच्ची नै वास्तविकतासँग होइन बालकसँग मजाक गर्न म जिस्किएको थिएँ । बालकले मेरो भावाशय बोध ग

अनिता पन्थी

र्दागर्दै पनि अबोधीजस्तै भइ आफ्नो बौद्धिकतामा मलाई निरुत्तर बनायो । मैले ठानेको थिएँ नामजस्तै ऊ पनि बालक नै होला । मेरो प्रतिक्रिया सुन्न ऊ आतुर थियो । मलाई उसले गरेजस्तो तर्कपूर्ण कुरा गर्न आउँदैन । त्यसो त उसले जानेजति कुरा म जान्दिनँ । अहँ‚ त्यो भन्न खोजेको होइन । परन्तु बालकले जसरी स्वतःस्फूर्त विचार राख्न मलाई आउँदैन । तर्कद्वारा आफ्ना धारणालाई सत्यको नजिक पुर्‍याउन म असमर्थ हुन्छु । त्यसो त तर्कैतर्कले असत्यलाई पनि सत्य यही हो भन्ने प्रभाव छोड्न के म नेता हुँ र रु मलाई त्यसो गर्ने आवश्यकता नै किन ?

बालकलाई मैले केही त भन्नुपर्छ । ऊ त्यसैका लागि पर्खिएको छ । मैले भनेँ‚ बालक ! कुरा के भने नि वृद्धावस्थाको त्यस घडी विरक्ति र अशक्तताले हरेक पक्षबाट अब मर्नु नै बेस भन्नेजस्तो क्षण आएछ भने पनि तिमीलाई सबैले बालक नै भन्ने छन् । तिम्रो नामले तिमीलाई कहिल्यै वृद्ध बनाउँदैन‚ मैले तिमीलाई अघि यत्ति भन्न खोजेको हुँ ।

बालकलाई हेर्दा यस्तो लाग्छ‚ ऊ आफ्नो दृष्टिकोणमा पोखिन चाहेको छ । उसको वाणी थामिएलाजस्तो छैन । ऊ पोखियो भने सोहोर्नाकै हैरान‚ फेरि सम्हाल्नै नसकिने पो हो कि । मैले कुरा अन्तै मोडिदिएँ‚ बालक ! हेर त आकाशमा कस्तो घनीभूत बादल मडारिएको ।

मनमा अनेक कुतूहलता थियो तर आफैँमा सीमित गराएँ । बालक भावोच्छलनले फेरि तरङ्गित होला । ऊ चुपचाप थियो । म पनि त्यस्तै भएँ । मेरा दृष्टिसँगै उसका दृष्टि पनि त्यतै थिए‚ बाहिरको अन्धकारमा ।

बालक अब सहरमै पढ्ने रे । दुई चारदिन भयो ऊ हाम्रोमा आएको । उसका मातापिता गाउँमै खेतीकिसानी गर्छन् । पहाडको चिसो जलवायुमा हुर्किएको केटो । गर्मी सहन सक्दैन । हरर्र बाफ उडेको तात्तातो खानाले उष्णताको अनुभूति भएको थियो । यथार्थमा रात्रिकालीन पर्यावरण त्यस्तो थिएन । हामी भित्रै थियौँ । बालक बाहिर कौसीमा गयो हावा खान ।

हामी गफिरहेका छौँ । उत्तिनखेरै हठात् स्वरमा बालकले आएर भन्यो‚ रोडमा हिँडिरहेको एक अपरिचित मानिस सरासर आएर ट्वाइलेट पसेको छ ।च्यानल गेटमा चाबी लगाएको रहेनछ । निश्चय त्यो मानिस दुर्भावनाको हुनुपर्छ । बिनास्वीकृति रातको समय किन प्रवेश लिएको रु ट्वाइलेट छिरेर आफू यही घरमा बस्ने मानिस हुँ भनी झुक्याउन उसले त्यसो गरेको हुनसक्छ‚ कि त मलाई देखेर लुक्न ट्वाइलेट गएको हुनुपर्छ ।कुन हेतुले ऊ ट्वाइलेट गएको हो ?

अनेक छलछामले आजका मानिस कुदेका हुन्छन् । कुन अभिप्रायले ऊ निकट हुन्छ‚ फेरि कुन अभिप्रायले टाढिन्छ । कुन स्वार्थले मित्रता बढाउँछ‚ फेरि कुन स्वार्थले शत्रुता साँध्न पुग्छ । अहिले छुट्याउन मुस्किल छ ।

अघि भर्खर हामी यस्तै सन्देहका कुरा गरिरहेका थियौँ । बालक हुर्किएको परिवेशले उसलाई ज्यादै संशयी बनाएको छ । कुनै पनि विषयलाई उसले अनेक कोणबाट हेर्छ । राम्रो कुरामा पनिकतै नराम्रो पो छ कि भनी ऊ खोतलिरहन्छ । अनन्त सन्देहले ऊ त्यसो गर्छ ।

त्यस दिनको कुरा हो‚ बालकले सिलसिला मिलाउँदै भन्यो‚ बेलुकाको खाना खाएपश्चात् बुवाआमा टिभी हेर्न लाग्नुभयो । म आफ्नो कोठामा छु । एघारको परीक्षा चलिरहेको थियो । मलाई केमेस्ट्री अलिक अप्ठ्यारै लाग्थ्यो । भोलिपल्ट त्यसैको परीक्षा थियो । रातको बाह्र बजिसकेको छ‚ अझ पनि म सुतेको थिइनँ । एकदुईवटा चिट पनि बनाएँ । केही निशाचरहरू किरिमिरिङ आवाज निकालेर कराउँदै थिए । छिनछिनमा अनौठो अर्को आवाज आउँथ्यो‚ च्याक च्याक ……‚ चुक चुक ……‚ सुइँय्य ……. यो ध्वनि मलाई नौलो लाग्यो । यसअघि सुनेको थिइनँ । अरू दिन म यति अबेरसम्म बसेको हुन्थिनँ ।

मध्यरातको समय गम्भीर हुँदै गयो । निद्राले आँखाका परेला खुम्चिन लागे । म शिथिल भइसकेको थिएँ । घडी हेर्ने पनि जाँगर थिएन । किताबकापी त्यतिकै छरपस्ट थिए । चिटका ससाना टुक्राले मलाई नै हेरेका थिए । जे सुकै होस् मैले चासो दिइनँ । थान्कोमान्को गराइनँ । अलिअलि पिसाब लाग्लाजस्तो थियो परन्तु च्यापेको थिएन । निद्राले बेहोस भइसकेको थिएँ । त्यत्तिकै सुतेँ ।

घरदेखि पश्चिमपट्टि थोरै उता‚ ठन्डीमा घाम ताप्ने त्यो थुम्किलो हरित बगान । त्यहीँनेर केही मानिसको गुनगुन आवाज सुनेर फौँचे र काइँ समवेत स्वरमा आत्तिएर कराउन थाले ।

मस्त यौवनले भरिएको रात । दुई इन्चीको पाइपमा अटुट बगिरहेको धाराको कलकल ध्वनि प्रस्टै थियो । पूर्वपट्टि घरको नजिकै आँगनछेउमा पागुर मार्दै झुलेका गोठका गाई भैँसी जर्‍याकजुरुक्कै उठे । मानौँ ती सङ्कटसूचक उद्बोध गर्ने प्राणी थिए । निशाकालीन शान्त परिवेश‚ पातलो फाट्टफुट्ट बस्ती । निरीह निर्जन थियो ।

निवास वरिपरि अनेक प्रजातिका फलफूल र घाँसका रुखहरूले एउटा सानो कुञ्जको सम्झना गराउँथे । टाढाबाट हेर्दा त्यो ठाउँ बस्तीविहीन जङ्गल हो भन्न सकिने थियो । यस्तो गोप्य र अनौठो लाग्ने नीरव कुञ्ज रात्रिप्रहरमा झन् बढी एक्लो लाग्थ्यो ।
पश्चिमपट्टि बार्दली छेउको कोठा प्रायः खाली नै हुन्थ्यो । अलिक सुनसान लाग्ने हुँदा त्यहाँ कोही सुत्ने बस्ने गर्थेन । घरमा को आयो‚ को गयो केही पत्तो नहुने अभेगिलो थियो । यो कुरा अहिले ती गुनगुनाउनेलाई पनि थाहा होला । तिनीहरूलाई यो पनि थाहा छ‚ त्यहाँ कोही सुत्दैन । त्यसकारण उनीहरूले आफू रहेको ठाउँलाई गोप्य मानेका छन् । उनीहरूले सोचेका छन्‌‚ हामीले बोलेको यस घरमा कसैले सुनेका छैनन् यो मध्यरातमा ।

परिस्थिति बदलिइसकेको थियो‚ सातादिन अघिदेखि नै बुवा त्यता सुत्ने गर्नुभएको थियो । त्यो कुरा उनीहरूलाई थाहा थिएन ।

त्यो थुम्क्याइलो बगान र बुवा सुत्नुभएको कोठाबिच धेरै अन्तर थिएन । उमेर पुगेको जवान फौँचे र काइँको धोद्रो आवाज बिछट्टै भयावह सुनिन्थ्यो । अकस्मात् परिवेश ब्युँझियो असमयमै । “केटा हो निकै होसियारीले बसौँ । कुकुर छोड्न सक्छन्‌”‚ एउटाले मधुरो स्वरमा ग्याङ्लाई सावधान गराउँदै भन्यो “यहाँका कुरा निकै डरलाग्दा छन् रे !”

अर्कोले भन्यो‚ “अब के गर्ने रु कुकुरको भुकाइले ती ब्युँझिसकेका होलान्‌‚ अवश्य ।”

कुकुरले गर्दा पटकपटक हामीले विफलता भोग्नुपर्‍यो । अब अर्कै जुक्ति लगाउनुपर्छ । यसै छोड्नु हुँदैन ।” यसो भन्ने सायद त्यो जत्थाको नाइके थियो ।

मलिनु तर प्रस्ट वाणीमा फेरि अर्कोले थप्यो‚ “प्रभुको इच्छा । आफूले चाहेर हुन्थ्यो भने हामी उहिल्यै सफल भइसकेका हुन्थ्यौँ । आजसम्मको निरन्तर प्रयास व्यर्थ भएको छ । केटा हो‚ यो कुरा मननीय छ‚ हामी विजयी नहुँदै अपराधी ठहरिन पनि सक्छौँ । यसपूर्वका योजनाहरू खुल्न सक्छन् । ज्यानकाजीको हत्या त्यति सजिलै गर्न सकिन्छ हामीले सोचेका थिएनौँ । आजका मितिसम्म कसैले सुइँको पाएन‚ उसको हत्या कसले गर्‍यो रु कसरी भयो रु त्यस्तै अरू अरूको पनि …….।

हेर केटा हो तिमीहरूले यस्तो अनुसन्धान गरेका छैनौँ । हामी त्यसबखत सफल भएका थियौँ‚ हाम्रो लक्ष्य बनेका तिनीहरूको छिद्रान्वेषण गरी हामीले त्यहाँ प्रवेश लिएका थियौँ । मोतीराम मदिराको मातमा नझुम्दो हो हाम्रो योजना फत्ते हुने थिएन । मदमा आसक्त नहुँदो हो उसलाई त्यसरी मार्न सम्भव थिएन । प्रमोद कामुक पुरुष भएकै कारण षड्यन्त्र रचाउन सहज भयो । बुद्धिरामलाई यसरी पासो थाप्ने छिद्र हामीले फेला पार्न सकेका छैनौँ । यसकारण हामी असफल भएका छौँ । अब चाहिँ हामी…………..”

अधुरो वाक्य पूरा नभई अर्कोले बोल्यो‚ “हो यार १ तैँले ठिक कुरा गरिस् । बुद्धिरामलाई समाप्त पार्न साँझपख हामीले उसको बाटो पनि बथानेकै हो । उसलाई रक्सीभट्टीमा भुलाउन अनेक प्रयास गर्‍यौँ । तासको खालमा अल्मल्याउन पनि सकेनौँ । मेनकाजस्ती सुन्दरीको नखरा पनि त्यसै खेर गयो । अब यसलाई सिध्याउन कुनै न कुनै छिद्र अवश्य चाहिन्छ ।हामी गम्भीर हुन जरुरी छ । हामी फेरि एकपटक राममणिकै केस स्मरण गरौँ न ।

दिनभर अफिसियल कामले गलेको राममणिले त्यस रात कुनै पुस्तक पुस्तिका पल्टाएन । खाना खाए लगत्तै ऊ बिस्तरामा गयो । उसलाई श्रीमतीको पनि इच्छा भएन । सबेरै फेसबुकामा आफ्नो गन्तव्यको म्याप पोस्ट गरेर ऊ पोखरा हिँड्यो । त्यो पोस्ट देख्ने जति सबैलाई थाहा भयो‚ आज राममणि घरमा छैन । त्यसै दिन बेलुका उसको घर फोरिएको थियो ।

यता श्रीमतीले फोन गर्दा उसको साथमा एउटी सुडौल षोडशी थिई‚ सुविधासम्पन्न गेस्टहाउसमा । त्यस युवतीले उसलाई भनी‚ “राममणिजी १ तपाईँले मलाई विश्वास गर्नुस् नगर्नुस् तर म तपाईँलाई धेरै प्रेम गर्छु । साँच्ची नै तपाईँ कति लायकको हुनुहुन्छ‚ सुन्दर । आकर्षक व्यक्तित्व । तपाईँलाई देखेपछि नारीहरू यो सुन्दरतामा लोभिने छन्‌‚ यस्तो अप्राप्य पुरुष ।

सम्पूर्ण रूपले आकर्षक कामदेव‚ यौवनाहरूको काम्य पुरुष …… तपाईँलाई के यो कुरा थाहा छ रु षोडशीहरू यस्तै वलिष्ठ‚ दीर्घबाहु‚ चेप्टोछातीमा ज्यादा आनन्दित हुन्छन् । त्यो कठोर तर मायालु आलिङ्गनबाट निसास्सिएर बाहिरिने प्रयास नै उनीहरूका लागि बडो प्रिय हुन्छ । तपाईँलाई देख्यो कि म यस्तै केके सोच्न पुग्छु । पोखराको यो सुरम्य साँझलाई साक्षी राखेर हामी आजको रात कहिल्यै नभुल्ने गरी रमाऔँ । अतृप्त वासनाको ज्वाला बोकेर कति हिँड्नु हुन्छ रु आफू तृप्त हुनोस् र मलाई पनि तृप्त गराउनोस् । जीवनको आनन्द यसैमा छ । भोग्नकै लागि जन्मिएका हौँ किन कञ्जुस्याइँ गर्ने ?”
युवतीका कामाशक्त संवादमा राममणिले भन्यो‚ “प्रीति १ तिमी यसरी मलाई नभुलाऊ । म एकविवाहित पुरुष हुँ । अस्ति भर्खर जस्तो लाग्छ मैले उनलाई आफ्नी बनाएको । घरमा अप्सरा जस्ती उनलाई एक्लै छोडेर म यहाँ आएको छु

कामविशेषले । म कसैको क्षणिक प्रेममा भुलेर आफ्नो घरव्यवहार बिगार्न चाहन्नँ । नढाँटी भनूँ‚ तिमीभन्दा मेरी श्रीमती अझ धेर राम्री छिन् । मान्छेको मन हो‚ उसले पूर्ण तृप्तिको अनुभूति कहिल्यै गर्न सक्दैन । केही बाँकी नै रहन्छ । त्यसक्षणको तृप्तिले तृष्णा झन् बढाउँदै लैजान्छ । तिमीले भन्यौ आफू तृप्त भएर मलाई पनि तृप्त गराऊ‚ के यो कुरा सत्य हुन सक्छ ? अहिले तिमीसँगको निकटतामा म कसरी सम्पूर्ण रूपले सन्तुष्ट हुन सक्छुरु बरु त्यो चाहना अझ थपिँदै जान्छ । यही अनित्य भोकको भारी बोकेर मान्छे कुदेको छ । ती कोही आफ्नो भोकलाई थामेर भोक नलागेजस्ता देखिन्छन् । म पनि त्यसै मध्येको एक हुँ । मेरो अप्रकट भोकमा घिउ थपेर प्रज्वलित गराउनेचेष्टा नगर । अन्तमा मेरो भोक फेरि उति नै रहने छ । त्यसैले तिम्रो सामीप्य म स्विकार्दिनँ ।”

“कुरा त्यसो होइन राममणिजी । यो जगती संसार भोग्नकै निम्ति बनिएको हो । भोक अपूर्णै रहन्छ भनेर भोग्नै छोडे झन् के हुन्छ रु हामीभित्र यस्तो अनन्त भोक जगाइदिने ऊ के हो रु थाहा छैन । जेहोस् जन्मिँदैमा उसले हामीलाई असीमित भोक खन्याएर पठाएको छ । विश्वास गर‚ तिमीले मसँग एकरात प्रेम गर्दैमा तिम्रो घर विखण्डित हुनेछैन । सुन्दर परिवार खण्डित गर्ने अभिप्रायले मैले प्रेमको आशा राखेको होइन । प्रेम गरिएका सम्पूर्णलाई श्रीमतीको थान्कामा राखेर घरबार चलाउनुपर्छ भन्ने तिम्रो धारणाप्रति मलाई दया जाग्यो । श्रीमतीलाई प्रेमिकाको दृष्टिले हेर्न सकिन्छ तर सबै प्रेमिकालाई श्रीमतीको दृष्टिले हेरिँदैन । त्यो आवश्यक छैन । सम्भवको कुरा पनि होइन । माया गरिएकासँग विवाह नहुन पनि सक्छ । त्यसो त तिमी विवाहित पुरुष हौ भन्ने के मलाई थाहा छैन रु विवाहपश्चात् पनि तिमी कसैलाई प्रेम गर्न सक्छौ । प्रेम मनसँग सम्बन्धित कुरा हो । विवाहितले अर्को प्रेम गर्न हुँदैन भन्ने कुरा मलाई विचित्र लाग्छ । फेरि पनि भन्छु प्रेमिका र श्रीमती अलग कुरा हुन् । मैले तिमीसँग बस एकरातको प्रेम चाहेकी हुँ । किन्तु श्रीमतीको अधिकार र दायित्व मागेको होइन । लोग्ने मान्छे भएर पनि प्रेमको कदर गर्न नसक्ने तिमी कस्ता मानिस हौ रु तिम्रो पुरुषत्वलाई त्यो सुहाउँदैन । उर्वशीको प्रेमलाई नलिँदा गाण्डीवधारी अर्जुन नपुंसक हुनुपर्‍यो । उर्वशीको प्रेमलाई प्रसन्न मनले लिँदा क्षयको सम्भावना नै के थियो र रु एकछिन तिमी यही कल्पना गर‚ मानौँ हामी दुई अर्जुन र उर्वशी हौँ । उर्वशीले तिम्रो प्रेम चाहेकी हो तथापि द्रौपदीको सौता बन्न होइन । उर्वशीलाई कसैकीश्रीमती कसैकी सौता बन्नु छैन । ऊ त बस् स्वर्गकी अप्सरा हो ।”

दीर्घनिःश्वाससँगै उसले फेरि थपी त्यो सब राममणिले आश्चर्यले सुनिरहेको थियो‚ प्रिय ! तिमीले मेरो कुरा त बुझ्यौ होला नि रुकि बुझेनौ………..

प्रीतिले अघिदेखि नै उसलाई ‘तिमी’को सम्बोधन गरेकी थिई ।
अबोधगम्य कुरा नै उसले के गरेकी थिई र रु राममणिले सोच्यो‚ प्रीतिको अभिप्राय के हो ? ऊ मबाट के चाहन्छे ? कामासक्त भावले नै के यति कुरा भएका हुन् ? कामिनी यौवनाले मबाट के यत्ति चाहेकी हो ? बस् तृप्तिकै लागि उसले मरिहत्ते गरेकी हो ? प्रीतिले मबाट के साँच्ची नै अग्निसमान ज्वाला निभाउन चाहेकी हो ?

अहिलेको समय कत्रो भरपर्दो छ र ? स्वार्थवश गरिएको यो कुनै छल हुन सक्छ । यतिखेरको मेरो बुझाइ अनुसार उसको इच्छा छ आजको सम्पूर्ण रात हामी दुई यही भौतिक प्रेममा निर्लिप्त होऔँ । के निःस्वार्थ मनले नै उसले मसँग रात बिताउन चाहेकी हो ? उसको पनि त आफ्नो मान्छे होला । किन ऊसँग यस्तो प्रेम मागिन ? अनि मसँग रातको समय माग्नु पर्‍यो ? उसको प्रेमीले यो सब थाहा पायो भने के मलाई बाँकी राख्ला ? सायद ऊ विवाहिता हुन पनि सक्छे । कतै मेरो चरित्रमाथि प्रश्न उठाएर प्रतिष्ठामा कालोमोसो दल्न खोजिएको त होइन ?

राममणि एकचोटि फेरि झस्कियो । प्रीतिको कुरामा उसलाई कुनै विश्वास थिएन । अस्ति भर्खरको घटना हो पुरञ्जनले कुनै एउटी केटीलाई एस।एम।एस। गर्दा बिगो नै तिर्नुपरेको थियो । केटी खतरा रहिछे । कुनै दिन पुरञ्जनलाई उसैले मनपेट दिएकी थिई । उसलाई नौनीजस्तै कमजोर बनाई । मनमा प्रेमको बाढी चलेको बेला उसले एउटा यस्तो म्यासेज पठाएको थियो रे‚ प्रिय सचिना ! म तिम्रो प्रेममा दुर्बल हुँदै गएको छु । हरेक रात मैले तिमीलाई आफ्नी बनाएको हुन्छु । कल्पनामा मात्रै कति रमिरहूँरु अब त ………।

आफ्नी प्रेमिकालाई म्यासेज गरेको भरमा अपराधी कहलिएर उसले थानामा जानुपरेको थियो । कम्ती बेइज्जत भएको होइन त्यस दिन उसको ।

त्यस्तै अर्को घटना पनि राममणिको स्मृतिमा थियो । दीपक प्रसाईँले म्यासेन्जरमा आफ्नी विद्यार्थी लुनालाई एउटा इमोजी पठाएछ‚ म तिमीलाई धेरै माया गर्छु त्यस्तै केही सन्देश दिने खालको । यत्तिको भरमा दीपकलाई जुत्ताको माला लगाएर बजार परिक्रमा गराइएको थियो । उसको जागिर पनि छुट्यो ।

राममणिले प्रीतिको अभिव्यक्तिमा अनेक अर्थ लगाउन खोज्दा ऊ गहिराइमा डुब्यो । तत्कालै होसियार हुन उसले आफ्नो मनलाई आदेश दियो । पासोमा पारेर आफूलाई बदनाम गराउन प्रीतिले मायाको अभिनय गरेकी हुनसक्छे । त्यसो नहुँदो हो पराईलाई आफ्नो कुमारित्व सुम्पिन को चाहन्छ रु त्यो सुन्दर यौवन उकुसमुकुस भई भर्खर कोपिलाबाट फुटेको पुष्पदल जस्तो लोभलाग्दो……….. उसलाई मन पराउने हजार होलान्‌‚ लोभिने कति छन् । त्यसो भए एकरातका लागि उसले मसँग प्रेम माग्न के खाँचो छ रु अहँ‚ यो हुन सक्दैन । पत्यार नलाग्ने कुरा ।

ए साँच्ची‚ कुरा के भने नि‚ प्रेमको लीला रचेर रात्रिकालीन भिडियो बनाइ ब्ल्याक मेल गर्न पो हो कि ? निश्चय पनि यो गोप्य षड्यन्त्र हुनसक्छ । प्रीति कुनै जासुसी नारी हुन सक्छे । आफ्नो यौवनलाई यसरी भोग गर्न लगाउनुमा निश्चय सङ्कीर्ण मूल्य छैन ।

राममणि वाक्यहारा भई मनमनै गमिरहेको थियो । त्यो मनस्थितिको ख्याल राख्दै प्रीतिले भनी‚ ‘म तिमीलाई कसरी विश्वास दिलाऊँ ? भन कुन कुराले तिमी ढुक्क हुन सक्छौ रु तिमीले जसो भन्छौ म तयार छु । मैले प्रतिज्ञासाथ भन्दैछु‚ सुन सचिनाले जस्तो अभिनय मैले गरिरहेकी छैन । बस् मैले त यत्ति चाहेकी हुँ तिमीसँगको यो मादकरात्रि ….. निसन्देह हुनु‚ तिमीलाई शङ्का छ । हाम्रो यो आनन्दको क्षण कुनै भिडियो अडियो रेकर्ड गरिने छैन । सेल्फी त्यो पनि म लिने छैन । यदि तिमीलाई विश्वास लाग्दैन भने‚ के कुरामा लागेन भन । यो उन्मादिलो रातमा हामीसँगै बसेको कुनै प्रमाण नभएपछि म तिमीलाई पछिगएर कुन आधारमादोषी ठहर्‍याउन सक्छु ? त्यसो त यो मेरो आफ्नै प्रस्ताव होइन र ? अब त विश्वास लाग्ला नि‚ कि लागेको छैन ? मेरो साथ पाएर यो अपूर्व रात्रिलाई जसरी उपभोग गर्छौ गर । त्यो आनन्द मेरो प्रस्तावको प्रतिफल हुनेछ । विश्वस्त रहू‚ सन्देह दूर गराऊ । अब पनि के निसन्देह हुन सकेनौ ?’

रोमान्सका लागि राममणिलाई तयार गराउने अनेक चेष्टापश्चात् त्यो परिवेश सुस्तरी बदलिँदै गयो । अर्कै बन्यो । त्यसबखत प्रीतिले भनी‚ प्रिय एकैछिन पर्ख । मलाई यो समय अत्यन्तै दुर्लभ र त्यत्तिकै महङ्गो लाग्दैछ । म चाहन्छु यस घडी कसैले डिस्टर्ब नगरोस् । फोन साइलेन्समा राख्छु तिमी पनि त्यसै गर । यसो भनिरहँदा त्यो अधरमा कुटिल मुस्कान काँडाको बिचमा गुलाफ भएको थियो ।

उससमयको हनिमुन स्मरण गर्दै राममणिले प्रीतिलाई आफ्नी श्रीमतीको कल्पना गरी नवदाम्पत्यको आनन्द लियो । मादकताको घुम्टो सम्पूर्ण किसिमले उघ्रिँदै गयो । अपार सुख र आनन्दको त्यसक्षण सारा जगत् भुलेर ती दुई एकाकार भए । नितान्त एकाम्मे परिवेशमा अचानक घर्‍याक्क ढोका खुलेको आवाजले राममणि छहराबाट खसेजस्तो भयो । प्रीतिलाई भने त्यस आवाजले कुनै असर गरेन । यसो भनौँ संयम अपनाउनै नसक्ने गरी ऊबेहोस भएकी छ ।

खै त्यो ढोकाको छेकबार ? अघि राममणिले तलमाथि दुवैतिर छेस्किनी लगाएको सम्झियो । तन्द्रा हो यो जाग्रत उसले छुट्याउन सकेन । उसको विचारमा यो सपना हुनुपर्छ । ओछ्यानमा जानुअघि उसले त्यो पक्का गरेको थियो । उसो भए त्यति सजिलै ढोका किन खोलियो रु यो रातको समय गेस्टहाउसभित्र प्रवेशद्वार ढकढक्याउँदै को आउँछ ? किन ?
राममणिले भर्खरको अतीतलाई पुनः पुनः सम्झिने चेष्टा गर्‍यो । त्यो छेस्किनी आफैँ कसरी खुल्न सक्छ ? असम्भव कुरा । निर्बन्धित त्यो खोलिनु र कुसमयमा प्रवेश लिनु यो सामान्य कुरा होइन । कामोत्तेजित भएको त्यस क्षण प्रीतिले मोबाइल साइलेन्समा राख्ने बहानामा एकपटक ढोकासम्म पुगेको कुरा अहिले आएर शङ्काको विषय बनेको छ । निश्चय उसले त्यसैबखत बडो चलाखीपूर्ण ढङ्गले छेकबार हटाएकी थिई‚ त्यसकुरामा राममणिको ध्यान पुगेन ।

आत्तिएको स्वरमा राममणिले भन्यो‚ उठ प्रिय तिमीलाई शरम लाग्दैन ? सम्मिएर बस‚ हाम्रो कोठामा कोही आइसकेको छ । एकफेर आफूलाई हेर त ……. जाऊ वस्त्रले छोपिएर आऊ । इज्जत बचाऊ । त्यति कुरा गर्दा पनि उसले किञ्चित वास्ता गरिन । निर्विकार भावले राममणिलाई हेरिरही ।

एक जवान केटो फुत्त भित्र पसेको छ । कुनै सङ्कोच र भय उसमा थिएन । समय असाधारण भए पनि ऊ सामान्य स्थितिमा यताउताहेर्न लाग्यो । परन्तु राममणि र प्रीतिलाई उसले अलिकति पनि दृष्टि दिएको छैन । निर्बोध बालकसमान भएर ऊ अन्तै भुल्न लाग्यो । खेलौना देखेर ऊ त्यही टिप्न लागेको छ । राममणिलाई त्यो परिवेशको विश्वासै लागेन । सपनामा पनि सम्भव नहुने कुरा । त्यो केटाको चालामाला देखेर ऊ अवाक् भयो । अज्ञात आशङ्का र भयले ऊ डगडग कामेको छ । यो चर्तिकला भवितव्य नभएर नियोजित हुनुपर्छ यही सोचेर ऊ जुरुक्क उठ्यो ।

परिस्थिति बुझ्न राममणि बाहिर जान खोजेको थियो । त्यसैबखत प्रीतिले उसको हात समाएर यहीँ बस्न भनी । त्यो सुनेर आगन्तुक केटाले पुलुक्क हेर्‍यो । प्रीतिले पनि उसलाई एकदृष्टि दिई । अचानक राममणिको मनमा एउटा विचार आयो‚ अब पुलिसलाई खबर गर्नुपर्छ । त्यही सोचेर उसले वरपर छामछुम गर्‍यो । केही भेट्टाएन । अस्पष्ट स्वरमा गन्थनायो‚ यहीँ राखेजस्तो लाग्थ्यो कहाँ गएछ नै मोबाइल ?

तिमीले के खोजेको त्यसरी रु प्रीतिले थाहा नभएझैँ सोधी । राममणिको मोबाइल उसले अघि नै पत्ता नपाउने गरी लुकाइसकेकी थिई ।

खै मोबाइल रु भावावेशमा उसले सोध्यो ।
किन ?

देखिनौ किन चाहिएको छ ? यो रात्रिको समय अज्ञात मानिसले हामीलाई घेरिसकेकाछन् । अब पुलिसलाई खबर गर्नुपर्छ ।
ती दुईको संवाद सुनेर पनि नसुनेजस्तै गरेको त्यो केटो त्यसैबखत हड्बडाएर बाहिर गयो । राममणि फोन खाज्नकै लयमा थियो । अघि जसरी नै ऊ नबुझिनेगरी बोलेको छ ।

सर्‍याक सर्‍याक बेग्लै किसिमको आवाजले कोठामा फेरि प्रवेश लियो । त्यसले राममणिको ध्यान खिच्छ । अघि भर्खर बाहिर गएको केटासहित उस्तै उमेरका चारजना भित्र पसेर ढोका लगाए । झ्याल ड्यामडुम्मै पारे ।

विश्वासहीन परिस्थितिमा राममणिले केही सोच्नै सकेन । आफूले मोबाइल खोजिरहेको छु भन्ने पनि उसले बिर्सियो । अनुहारको रङ्ग उडेर ऊ फुस्रिसकेको थियो ।

स्थिति भयानक हुँदासमेत राममणिले आफूलाई पासो थापिएको छ भन्ने थाहा पाएन । उसले सहायताको भावले प्रीतिलाई हेर्‍यो । यस कठिन परिस्थितिमा आफ्नो प्रतिरक्षा उसले पनि गर्ली । दुईजना भएपछि प्रतिरोधीले बल पाउन सक्दैनन् भन्ने उसलाई लागेको थियो । कता के गर्दा ठिक हुने हो ऊ गम्दैछ । कुन तरिकाले आत्मरक्षा हुन्छ‚ त्यो पत्ता लगाउन सक्दैन । ऊ अलमलमा पर्‍यो ।

यस्तैमा एउटाले भन्यो‚ ‘मेलिना ! ऊ को हो ?’

‘मेलिना’ रुरुरु ……… राममणि गहिरो निद्राबाट ब्युँझिएजस्तो हुन्छ । उसको नाम मेलिना हो भन्ने ती केटाहरूलाई कसरी थाहा भयो ? यता उसले राममणिलाई आफू प्रीति हुँ भनेर चिनाएकी छ । प्रीतिले अभिमानी स्वरमा त्यो केटालाई भनी‚ ‘ऊ मेरो प्रेमी हो परन्तु एकरातको । अहिल्यै हाम्रो प्रेम सकिएको छैन‚ सिङ्गै रात्रि बाँकी छ । उसका तृष्णाहरू पूरा हुन समय लाग्छ । एकछिन उसलाई भोग गर्न देऊ । उसलाई दिएको वचन पूरा गर्ने त्यो प्रहर आइसकेको छैन । कबुल गरेकी छु सम्पूर्ण रात उसँगै बिताउने । यो सुनेर अर्को बोल्छ‚ तिम्रो प्रेमीको शुभनामचाहिँ के नि ?’

‘राममणि’

त्यसैबखत राममणिले बुझ्यो प्रीतिको नाम ठाउँ परिवेश र व्यक्तिअनुसार परिवर्तित हुँदो रहेछ । उसले त्यो पनि बुझ्यो आफू पासोमा परिसकेको छु । प्रीति यही पासो थाप्न आएकी गणिका हो भन्नेमा सन्देह बाँकी थिएन ।

अब स्वर्गका राजा इन्द्र सहाय भएर आए पनि राममणिको बचावट उसले गर्न सक्ने छैन । त्यसो त राममणिलाई बचाउनु उसको उद्देश्य होइन ।

त्यो कालेकेटाले भन्यो‚ ‘मेलिना तिमीलाई धन्यवाद छ । अब कबुल पूरा हुनु नहुनुमा चिन्ता नलेऊ । यही नै हाम्रो अन्तिम ध्येय हो ।’

राममणिलाई आफैँप्रति अव्यक्त भाव जागेर आयो तर त्यो कस्तो भाव उसले यस्तै हो भन्ने ठम्याउन सकेन । सुरुमा त दया जागेजस्तो लाग्यो । कहाँ हुनु आफैँलाई उसले घृणा गरेको रहेछ । गणिकाको पासोमा फस्ने आफ्नो कमजोरीलाई धिक्कार्‍यो । आडमै बसेकी प्रीतिलाई झड्कारेर ऊ जुरुक्क उठ्दै थियो । त्यसैबेला त्यो अज्ञात समूह उसमाथि जाइलाग्यो । एउटाले कन्चटमा एकमुक्का हानेको थियो । ऊ डङ्रङ्ग भुईँमा पछारियो । त्यस्तै अर्कोले उसको छातीमा ग्वाम्म छुरा रोपेको के थियो‚ रगतको सिर्काले कोठाको भित्ता नै टाटेपाटे भयो ।

त्यस दुःखद अन्त्यमा राममणिले गुहार लगाउने समय नै पाएन ।

दोस्रोले सही थाप्दै भन्यो‚ ठिक कुरा …….. राममणिको समाप्ति त्यति सानो जुक्तिले भएको थिएन । अब बुद्धिरामलाई पनि यस्तै जुक्ति लगाउनुपर्छ । केही समय उसको दुर्बलताको खोजीमा हामी लाग्नुपर्छ । त्यो छिद्र नभेट्टाउनजेल हामीले हतार गर्नु हुँदैन ।

त्यस घडी युद्धविजेता तेस्रोले भन्यो‚ ओ………नो ……. गुड आइडिया………  मेरो दिमागमा अहिले एउटा यस्तो जुक्ति आइरहको छ केटा हो । त्यसलाई यथोचित ढङ्गले पूरा गर्‍यौँ भने हामी अहिल्यै सिद्धि हुनेछौँ ।

कस्तो आइडिया रु विलम्ब नगर् न यार ! जिज्ञासित स्वरमा चौथोले भन्यो । अरू पनि अस्पष्टस्वरमा गुनगुनाउँदै थिए ।
कुरा के भने नि‚ गोठका गाई‚ भैँसी‚ बाख्रा‚ पाठा एउटै बाँकी नराखी बन्धनमुक्त गराइदिऊँ । चौपायाको उन्मुक्तिले बुद्धिरामको परिवार बाहिर निस्किने छ । यो अँध्यारो रातमा झ्याप झ्याप्ति घाँटी अठ्याएर परिवारै निर्मूल पार्न सकिनेछ । सुनओ …….. हामी प्रत्येकले एक(एकजनालाई पक्डिएर आरम्भमै मुख थुनिहाल्नुपर्छ । त्यसो हुँदा कसैले चाल पाउने छैन ।
राम्रो कुरा गरिस् मुस्टे … तँलाई मान्नैपर्छ । तँलाई होइन तेरो विचारलाई । समवेत स्वरमा सबैले होमा हो मिलाउँदै धाप मोरको आवाज मध्यरातको शून्यतामा टड्कारै सुनिएको थियो ।

अस्मेल बाढी चलेको छ । कुत्कुते भेल जगरबगर एकछत्तै देखिन्थ्यो । बुद्धिराम जँघार तरेर खोलाको बिचमा पुगेका थिए । पल्लो किनारको छालले टिपेर उनलाई भङ्गालोमा गाडेको गाड्यै बनायो । निकैबेरपछि छालले उतारेर उनलाई किनारामा हुत्याइदियो ।

माझीहरू विफल भए । बुद्धिरामलाई बचाउन सकेनन् । विचरा ! छोटा दिनका रहेछन् । यो खबर सुनेर घरपरिवार कसरी थामिएलान् रु खोला किनारमा उनको निष्प्राण देह लडेको देखेर सम्पूर्ण शोकाकुल थिए । धीरस्वरमा एउटाले भन्यो‚ अब बुद्धिरामको छोरालाई यो खबर सुनाउन ढिला गर्नु हुँदैन ।

‘छोरालाई खबर छोड्नुपर्‍यो’ भनेको सुन्ने बित्तिकै उनी जुरुक्क उठे । मध्यरातमा कस्तो भयभीत ऐँठन । बुद्धिरामलाई मुर्छा परेर ढलेपछिको सूक्ष्म चेष्टा खुलेजस्तो भयो । उनी पसिनाले निथ्रुक्कै भएका थिए । गाउँलेहरूले आफ्नो शोक मनाइरहँदा उनी ब्युँझन्छन् । धन्य प्रभु ! यो त सपना रहेछ । नत्र उनी मरिसकेका थिए । त्यतिखेर उनलाई जीवनकै उत्सव मनाएको अनुभूति भयो ।

बुद्धिरामले लामो ढुक्कको सास लिन के भ्याएका थिए‚ बाहिरको गुनगुनाहटले उनको ध्यान खिच्यो । सुरुदेखि अन्त्यसम्मको त्यो डरलाग्दो संवाद उनले चुपचाप सुनिरहेका थिए । ऐँठनमुक्त भएर एकपल सुखद आनन्द लिन पाएको थिएन अर्को भयानक सङ्कट । सपनामा उनी एक्लै मरेका थिए । एक्लै संसार छाडेका थिए । विपनामा परिवारै मास्ने त्यो योजना कठोर थियो । अहो ! कत्रो विडम्बना । परिवार नै सिध्याउने षड्यन्त्र ….. ।

आफूलाई मार्ने अनेक प्रपञ्च धेरै अघिदेखि चलेको रहेछ । त्यो सुनेर बुद्धिरामले एकपटक भगवान्‌लाई सम्झिए । प्रार्थना गरे । खत्तम गर्ने सिध्याउने दागाधरे पनि आफ्नो जन्मसँगै प्राप्त आयु कसैले खोसेर खोसिँदो रहेनछ‚ लुटेर लुटिँदो रहेनछ । यस कुरामा उनी विश्वस्त भए । अनि त उनलाई त्यो जत्थासँग किञ्चित डर लागेन । बरु शुरवीर भए । दाँत किट्किटाउँदै उनले भने‚ यो भगवान्‌ले दिएको जन्म हो कसैले खाएर खाइँदैन । तैँले खाएर खाइन्थ्यो भने त म पहिल्यै मरिसकेको हुनेरहेछु । हे भगवान् ! तिमीले धेरै राम्रो काम गर्‍यौ यिनीहरूलाई यहाँ पठाएर । यो गोप्य कुराको नत्र रहस्योद्धाटन हुने थिएन ।
बुद्धिरामसँग थोरै पनि भय थिएन । परन्तु होसियारी अवश्य हुनुपर्छ । उनले सोचे अब के गर्ने ? एकमनले भन्यो‚ कुकुर छोडिदे । अर्को मनले भन्यो‚ कुकुरलाई केही भयो भने ? यस्तो द्विविधामा उनले कुकुर नछोड्ने निर्णय गरे । काइँ र फौँचे अझै बढी खल्बल मच्चाउँदै थिए । खुकुरीको धार थियो अबको समय । यस सङ्गीन परिस्थितिमा कता के गर्ने ? परिवार कसरी बचाउने ? भन्ने कुरा बडो महत्त्वको थियो । अर्को कुरा यस ठाउँमा बारबार घटना घटाउने यही दल रहेछ । राममणि जस्तो सज्जन मानिसलाई पोखराको एउटा गेस्टहाउसमा छल गरेर मार्ने पनि यिनीहरू नै रहेछन् । आज आएर बल्ल गोप्यता खुल्यो । यिनीहरूलाई छोड्न हुँदैन । जतिसक्दो दल पहिचान गर्नु पहिलो शृङ्खला हो ।

अस्ति एउटा जँड्याहाले हाँकदिँदै भनेको थियो‚ तेरो परिवार म सबै भुट्दिने छु । तैँले के गर्न सक्छस् ? तेरो सम्पत्तिले के गर्छ ? कसलाई बचाउन सक्छ ?

यस्तै अरक्षित र अलमल्ल परिस्थितिमा बुद्धिरामले नजिकैको पुलिस चौकीमा फोन गरेर भने‚ हलो इन्स्पेक्टर साहेब ! यो निशाकालीन निर्जन प्रहरमा कुनै अज्ञात जमातले हाम्रो घर घरिसकेका छन् । धनजनको सुरक्षा गर्न हजुरहरू मिर्मिरे नगरपालिका वडा नं। ! को सिरुटारमा तुरुन्तै आउनुपर्ने भयो । हामी निकै त्रासद स्थितिमा छौँ‚ र अर्को कुरा यो अज्ञात समूह सुरक्षाकर्मीको पन्जाबाट नफुत्कियोस् ।

अपराधिक गतिविधिमा संलग्न त्यो समूहलाई हामीले चलाखीपूर्ण तरिकाले काम गरेका छौँ भन्ने लागेको थियो । उनीहरूले आफूलाई ज्यादै सफल हुँदै आएको मानेका थिए । त्यस क्षण पनि उनीहरूलाई योजना सफल पारिन्छ भन्ने लागेको थियो । त्यसैबखत पुसिल इन्स्पेक्टरलाई फोन गरेको सुनेर ती कुलेलाम ठोके ।

यति कुरा गरिसक्दा बालक थाकिसकेको थियो । एकैछिन रोकिएर उसले फेरि प्रसङ्ग जोड्यो‚ भोलिपल्ट बिहान म उठ्दा उज्यालो भइसकेको थियो । घरमा आएका मानिससँग बुवाले गए रातको यो सब कुरा सुनाउँदा मेरो शरीर ढक्क फुल्यो । म निदाएपछि त्यो अज्ञात समूह आएको रहेछ ।

बुद्धिराम मेरो बुवाको नाम हो बालकले भन्यो‚ यो यथार्थ घटनालाई मैले कथात्मक शैलीमा भनेको हुँदा बुवाको ठाउँमा मैले बुद्धिराम पात्र चयन गरेको हुँ । त्यस रात कालको मुखबाट फुत्किएरै हामी अहिलेसम्म बाँच्न पाएका छौँ । रातको त्यो खलबल मैले केही थाहा पाइनँ । यति भनेर बालक थामियो ।

फिल्मको कथाजस्तो लाग्ने उसका कुरा सुनेर म विस्मित भएँ । कस्तो विकराल स्थिति भोगेर आज बालक यहाँ आइपुगेको रहेछ । उसप्रति मेरो मनमा स्नेह र सदिच्छाको बाढी चल्यो । झन्डै त्यसरात उसको सम्पूर्ण परिवारको एउटै चिहान बनेको थियो । त्यस घडी केही तलमाथि हुँदो हो हामीले बालकलाई कहिल्यै देख्न पाउने थिएनौँ । अहिले उसले यो कुरा गर्न पाउने थिएन । धन्य प्रभु उसको रक्षा गरेछौ । मैले फेरि कामना गरेँ‚ अब उसको र उसको परिवारको कपाल पनि नदुखोस् ।
यस्तो डरलाग्दो कुरा सुनेर म अघिदेखि नै कामिरहेको थिएँ ।

अहिले म ट्वाइलेट छिरेको अज्ञात मानिसको पहिचान गर्न साहस निकालेर बाहिर निस्किएको छु । मेरा पछि(पछि सानुभाइ र बालक पनि आएका छन् । बालकलाई हामी बसेको परिवेश नौलो थियो । हाम्रो आडैको कोठामा उदयपुरका राई परिवार राति सुत्नमात्रै आउँछन्‌‚

त्यो कुरा पनि बालकलाई थाहा थिएन ।

तिनीहरूलाई देख्नेबित्तिकै मेरो हाँसो रोकिएन‚ जसलाई बालकले अपराधी ठहर्‍याएको थियो । ट्वाइलेट गएका दाइ अहिले कौसीमा बसिरहेका छन् । उनकी श्रीमती पसल बन्द गरेर भर्खर आएकी छिन् ।

के भयो बहिनी खुब हाँस्नु भएको छ नि‚ मेरो हाँसोमा उत्सुकतावश उनले सोधे ।

हामीबिचको त्रास र आशङ्का उनलाई बताउन उचित लागेन । हाँस्नुको विषय अर्कै थियो । कुरा छलेर मैले उनकीश्रीमतीलाई इङ्गित गर्दै भनेँ‚ छाता थिएन र दिदी ? यस्तो पानीमा मुसो भिजेजस्तै हुनुभएछ नि ……..

मेरो कुराले एकपटक फेरि हामी सबै हाँस्यौँ ।

लमजुङ