लगभग १० बजेको हुँदो हो। पिठ्युँमा सानो आकारको खैरो रंगको ब्याग बोकेर प्रकृति घरबाट निस्किन्छिन। बिहानको ६ नबज्दै घामको आभास सुरु हुने तराइको प्रचण्ड गर्मिमा उनी कुनै काम विषेशले बजार जान लागेकी हुन्छन। तिनपाङ्ग्रे रिक्सामा केही बेरमै बजार पुग्छिन र ओर्लिन्छिन। उनका काखीहरू पसिनाले रुजिसकेका हुन्छन। उनको आसपासमा हिडिरहेका मान्छेहरूलाई देख्दा उनी छक्क पर्छिन। मानौं उनि मेडुसाको भेषमा शहर पसेकी छन जस्तै गरि सबैले उनितिर अनौठो तवरले एकोहोरो हेरिरहेका छन। दायाँ बायाँ भएका महिला पुरुष सबैले उनलाई छर्के नजरले हेर्छन। तर उनिभने हिडिराख्छन।
अत्याधिक गर्मीले गर्दा होला, उनले आफुलाई रजस्वला भएर Bleeding भैरहेको पत्तै पाउंँदिनन्। उनले तब चाल पाउँछिन् जब ती मानिसहरूका नजरहरू उनको सुन्दर अनुहार भन्दापनि अर्कैतिर गाडिएको उनलाई अनिभुती हुन्छ। उनले आफ्ना नजरहरूलाई निहुराउँछिन र देख्छिन सेतो सुरुवात बाहिर दुई तिघ्रा बिचको भाग पुरै रग्ताम्मे भएको , उनी झसङ्ग हुन्छिन, जाडोले कठ्यांङग्रिएको शरीर काँपे जसरी उनको मुटुको चाल बढ्छ। निहुरिएका नजरहरू माथी उठाउने हिम्मत रहदैन उनमा। सरासर अगाडि बढिरहेका पाइलाहरू कछुवाको चालमा परिणत हुन्छन उनलाई बहुतै सरम लाग्छ। हेजिटेसन फील हुन्छ। मान्छेका रुखा नजरहरूले उनलाई झन Discouraged गराउँछ। के गर्ने के नगर्ने, केही उपाय उनको दिमागमा फुर्दैन। मध्याह्नको धुपले जलाएको उनको गहुँगोरो अनुहार एक्कासी दिनमा पनि रात जस्तै लाग्छ। उनको डराएको अनि चिन्तित देखिने हाउभाउ देख्दा यस्तो लाग्छ कि उनले कुनै ठूलै पाप गरेकी छन।
कछुवाको चालमा पाइला चालिरहेकी १७ बर्षिय प्रकृति नजिकै रहेको प्रतीक्षालयमा जान्छिन। त्याहा पनि उनलाई आपत्तिजनक नजरले हेर्नेहरूको कमि हुंँदैन। फलामे डण्डिको बस्ने बेन्च भएको उक्त ठाउँको डण्डीबाट पनि रगतका थोपाहरू तप्प-तप्प चुहिरहेका छन। वरपरका मान्छेहरूले कानेखुसी गरेको देख्दा उनले थाहा पाइहाल्छिन कि सबैले उनको यहि अवस्थाका बारेमा कुरा काटिरहेका छन, खिँसी गरिरहेका छन।
एकछिन पछि नब्बेको दशकमा बजारमा आएको थोत्रो हिरोहोण्डा मोटरसाइकलमा एकजना ३५-४० का लोग्ने मान्छे त्यही प्रतीक्षालयमा सायद विश्राम गर्न आइपुग्छन। उनले पनि प्रकृति बसेको बेन्चको मुन्तिरबाट तप्प तप्प रगतका थोपाहरू चुहिरहेको देख्छन र थाहा पाउँछन् उनको अगाडि मलिन मुद्रामा लाजले टाउको निहुराइरहेको अनुहारको अवस्था बारे।
प्रकृतिको त्यो अवस्था देख्ने बितिक्कै, ती अधबैंसे दाइ प्रकृतिको नजिकै जान्छन र भन्नुहुन्छ ” बहिनी तिमिले यसरी किन शिर झुकाएको ? के तिमीले कुनै पाप गरेकी छौ र? होइन! यो संसारका ३ अर्ब भन्दा बढी महिलाहरूलाई पनि रक्तस्राव (bleeding) हुन्छ। अनि यसमा तिनको र तिम्रो के गल्ती? यसरी चिन्ता नगर बैनी , तिमिलाई घृणाको नजरले हेरिरहेका मान्छेहरूका आमा, दिदीबहिनी, भाउजी, काकी सबैलाई निश्चित समयावधि सम्म रजस्वला हुन्छ यो त न्याचुरल होनि, तिमीले यसरी निराश भएर हतोत्साहित हुनुपर्ने कुनै कारण छैन।
एकैछिन पख है त!” भन्दै दाइ मोटरसाइकल साइकल स्टार्ट गर्दै कतै घुइकाउछन।
यति सुन्दा, प्रकृतिको मनले उनलाई नै उत्तर दिन्छ। “हो मैले कुनै पाप गरेकी छैन।” सामर्थ्यको आयतन कम भएका उनका हातगोडमा बलियो चाल आउँछ। उनको तौलहिन मनमा १० केजि साहस भरिन्छ।
लगभग ५ मिनेट पछि फेरि दाई भटभटेमा आउंँछन। प्रकृतिलाई २ ओटा प्याड र एक जोडा लुगा भएको सानो प्लास्टिकको थैली दिन्छन र भन्छन “आउँ बैनी म संग, उ त्यांँहानेर, एउटा सार्वजनिक सौचालय छ। त्याहा कपडा फेर्नु” अहिले साहस अटाएको उनको मन प्रफुल्ल हुन्छ। प्रकृति त्यही दाइको थोत्रो हिरोहोण्डामा बस्छिन र अलिपर सौचालयनेर उत्रिन्छन। एकछिनमा उनले कपडा र प्याड फेर्छिन र बाहिर आउछिन। दाईलाई दुई हात जोडेर बडो आभार व्यक्त गर्छिन। दाइले आफ्नो हातलाई मुट्ठी पार्दै उनलाई “You are strong” भन्ने sign दिन्छन र दुबै हाँस्दै आ-आफ्नो बाटो लाग्छन।
ध.उप.म.पा १३ राजपुर, कैलाली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।