मस्तिष्क नियन्त्रित दूरसञ्चारले एउटा सम्पर्क जोड्छ, ”टुङ्ग टुङ्ग टुङ्ग, टुङ्ग टुङ्ग टुङ्ग … ।”

दृश्यसहित दूरसञ्चारको परावर्तित ‘डिजिटल’ सतहमाथि उभ्रिएको दोश्रो अनुहार, ”अहो ! हेल्लो हेल्लो ।”

बाथटबको गाँजभित्र लुकेको अनुहार, जसले सम्पर्क जोडेको थियो, ”हाई, के गर्दै छेस् ?”

भित्तामा परावर्तन भई उभ्रिएको अनुहारले उत्तिखेरै उत्तर फर्काउँछ, ”मी कुकिङ्ग यार, अनि अनि, मुडमा छस् जस्तो छ नि त ? कहिलेसम्म ‘हट डेट’ मात्र मनाइबस्छेस् ? अब नि बेला भएन ?”

बाथटबबाटै, ”बुझिस्, म यो डेट्को पनि डीप थेसिस लेख्ने प्लानमा छु । सुन न, अङ्कितालाई कल गर त ।”

सम्पर्कको डिजिटल आवाज, ”टुङ्ग टुङ्ग टुङ्ग, टुङ्ग टुङ्ग टुङ्ग … ।”

बाथटबको  भित्तोमा परावर्तित दृश्यसहित दूरसञ्चारको सतहमा अर्को एउटा अनुहार उभिन्छ, ”हेलो हेल्लो ! आम्मै, के गर्दै छौ तिमीहरु ?”

”हामीहरुचाहिँ मोजमा छौँ । बरु भन अङ्किता, क्यानडा पुगेर बिर्सिगइस् होइन त ?”

”त्यै त भन्या, हेर त कति भो कुरा नभाको ?” पहिलो सम्पर्क ।

अङ्किता, ”के गर्ने त ? मेरो बिहान हुँदा तिमीहरुको रात पर्छ, तिमीहरु ब्युँझदा यता म मस्त … ।”

तैजस शर्मा

”लौ लौ भैगो, तेरो बाहाना यता आएपछिलाई राख । बरु, खै कता छन् तेरो गोलु र मोट्लुहरु ? माइण्ड टू टर्न दी काँम प्लिज ?”  बाथटबबाट ।

”हेर्छेस् ? बट दे आर् सेलेप्ट अलरेडी, माई बेबिज् । बरु तिमीहरु सुनाउन, के छ त्यताको खबर ?” अङ्किता ।

”हामीलाई देखिरा’छेस् होइन ? टाढाबाट । नदेखिराको भए लौ भनी पनि दिन्छु, म यी टबमा छु । सायद सूचीको चाहिँ ‘हबी’ घरमै छ क्यार आज… ! भन् त सूची ?”  बाथटबबाट ।

सूची अर्थात् पहिलो सम्पर्क, ”यस ही इज । एण्ड वुही आर ह्याभिङ सेलिब्रेसन  ।”

”अनि त्यो पनि एक्लाएक्लै है ? याट लिस्ट यति नजिक भएकी साथीलाई त सम्झिदिएको भए पनि केही बिग्रन्थ्यो र सूची डियर ?” बाथटबबाट ।

”रेनी, सुन्न पहिले । मकहाँ सेलिब्रेसन हुनलाई तँलाई थाहै छ त, मेरो बुढो घर बसिदिए पुग्छ त, अनि ।” सूची ।

”ए है, लौ लौ बुझ्यौँ हामीले ।” अङ्किता, ”बरु घरमै बसेको मात्र सेलिब्रेसन राख्छाै कि अरु पनि गरेर स्टाटस राख्छाै ? लौन रेनी, बुझाइदे त यसलाई ।”

”त्यै त भन्या ।”, बाथटबबाट अर्थात् रेनी, ”खै मैले चाहिँ सूची तेरो बेबी सावरको पिक अपलोड गर्न नपाउने भएँ ।”

दुरसञ्चारको डिजिटल सतहमा उन्मुक्त हाँसो गुञ्जन थाल्छ ।

”के गरौँ त ? बूढोलाई मेरो जिउ मोटाएको हेर्ने मन छैन रे त ।” सूची  ।

पुन: उही हाँसो, सतहमा ।

”छिः कत्ति नअघाउने हो तेरो बूढो ?” अङ्किता ।

रेनी, हाँसोलाई नियन्त्रित गर्दै, ”ओई सूची,बोको त बिहे गरिनस् तैँले ?”

उन्मुक्त हाँसो  ।

केहिबेर पछि-

”सुन सुन सुन ?”, रेनी ।

”लौ लौ भन्, अब तेरो पक्कै हट न्युज होला नि, हैन ?” अङ्किता ।

”त्यै त ?” सूची ।

”तेस्तै हो क्या सूची, सुन न ।”, रेनी, ”साँच्ची तैँले त थाहा पाएकै होलिस् नि, म्याडम क्युरीको निउज् ?”

”म्याडम क्युरी मतलब हाम्री कृतिका, के भएछ फेरि त्यसलाई ?” अङ्किता  ।

”सूची ?”, रेनी ।

”छैन, भन्न के हो त ?” सूची ।

”अनि त, उनीहरु त छुटिएछन् नि त .. ।”, रेनी ।

”यु मिन डिभोर्स ?” अङ्किता ।

”आम्मै, हो र ! कहिले ?”, सूची ।

”अस्ति, लविम महलमा के, मैले भेटेको थिएँ । तर उसलाई होइन, उसको सासूलाई । अनि पो भन्दै थिइन् बुढिया ..।”

”के भन्दै थिइन् त ? भन्याजस्तो बुहारी पाएँ  भनेर खुबै फुलेकी थिइन् त त्यसको सासु, कसोरी यस्तो भएछ फेरि ?”, सूची ।

”के गरोस् त, छोरोले उतै परिवार बढाएपछि ?”, रेनी ।

”मैले त केही बुझिनँ । के भाको हो खास, अलि स्पस्ट भन् न  रेनी ?” अङ्किता  ।

”सुन न अङ्किता, हाम्रो कृतिकाले त्यै अस्ट्रेलियन भिसावालासँग  बिहे गरेकी थिई नि, त्यो त थाहै होला नि तँलाई ?”, रेनी ।

”त्यो त थाहा छ, तर कुरो कसोरी डिभोर्ससम्म पुगे छ त फेरि ?” अङ्किता ।

”तर जे भन् तिमीहरु, म यसमा दोष कृतिकालाई नै दिन्छु, बुझिस ?” रेनी, ”केटीसँग डिपेनडेण्ट भैसकेर जान लागिसकेको केटाको कुरा आयो भन्दैमा त्यसलाई किन बिहे गर्नु पर्थ्यो ?”

”के गरोस् त ? परिवारको दबाब, त्यहाँमाथि केटोले पनि, अस्ट्रेलिया जान मात्र ऊसँग बिहे गरेको, कृतिकासँगकाे बिहे नै पहिलो बिहे हो, यस्तै यस्तै कुरा गरेर फकाएछ नि त ।”, सूची ।

”तर बिहे त उसले गर्दै थिई नि, अनि जीवन बिताउनु पर्ने पनि त उसैले  थियो ?”, रेनी ।

”कस्तो खालकी हो त्यो केटी ? कम से कम अहिलेको समयमा आएर पनि, जानीजानी खाल्टो कहाँ छ भनेर हामफाल्न पुग्ने ?” अङ्किता ।

”मैले त भनेकै थिएँ, त्यतिखेर ‘केटा हो है स्वभाव नदेखाई के छाड्ला’, तर कृतिकाले सुने पो, उल्टै मलाई पो भन्थी, ‘त्यसो होइन रेनी, ही इज इन ट्रु लभ विथ मी । र म, केही महिनामा अस्ट्रेलिया ऊसँगै यु नो यु गाइज्ड आर गोइन टु बी मिस्ड ।”, रेनी।

सञ्चार सतह सबैतर्फ शून्यता छाउँछ । तर धेरैबेरसम्म भने लम्बिदैन ।

”अनि ऐले, के गर्दै छे त हाम्रो म्याडम क्युरी ?” अङ्किता ।

बाथटबबाट बाहिर निस्किएर सफा रुमालले आङ्ग ढाक्छे रेनी, ”अब के गर्थी नि, उही नेपाली मुद्धामामिला, अड्डाअदालत ।”

”मतलब ?”, अङ्किता ।

”एक करोडको छ्यतिपूर्ति र आधा अंश मागेकी छ रे नि त, होइन रेनी ?” सूची ।

”आमम्मा ! अनि दिन्छन् रे त त्यसका सासू ससुराले ?” अङ्किता ।

”त्यै त, इट्स नट ए जोक ?” सूची ।

”अब त्योचाहिँ फैसलाले भानिदेला नि त ।” रेनी ।

डिजिटल शून्यता पुनः सतहमा छाउन थाल्छ ।

अलिबेरपछि –

”ओके लेडिज्, सो हेर कम्ज माई हबी एण्ड, सेइङ्ग हाई टु यु बोथ गाइज् ।” अङ्किता ।

”हाई रेयोन ।” रेनी ।

”हाई रेयोन ।” सूची ।

”नाओ लेडिज आई निडा लिटिल कडल्स एण्ड टाइम इज अल्सो गेटिङ्ग ओवर, इफ यु डन्ट माइण्ड, नाइस टकिङ्ग गाइज, बाई ?” अङ्किता।

”बाई अङ्क ।” रेनी  ।

”बाई अङ्कु ।” सूची  ।

हत्केलाको चिम चिमसँगै दूरसञ्चारको डिजिटल सतह, भित्तोबाट गायब हुन्छ ।