“सरी ।’ ऊ पान पसलनिर उभिएकाे जेन्टलम्यानलाई गडिएर हेर्छ । मोटो मोटो पाखुरा, खस्रो हात, च्याप्टो अनुहारमा दृढता । छ भित्रभित्रै अलिक डराउँछ । टीकारामलाई विश्वास छ, उसले उस्तोसाह्रो घचेटेको छैन । अनि उसले चोट पुर्याउने उद्देश्यले घचेटेको पनि त हैन । ऊ आफ्नो तर्कले सन्तुष्ट भएपछि ऐनामा हेरिदिन्छ । चौपट्ट राम्रो नभए तापनि ऊ साह्रै नराम्रो त रहेनछ । सुगाजस्तो घोप्टिएको नाकमाथिको पसिना पुछ्छ ।
‘पान’, उसले दस पैसा पान राख्ने पित्तले खाटमा फाल्छ । एक हूल कलेजका विद्यार्थीहरू जोडतोडले हाँस्दै स्टेशनतिर गएका हुन्छन् । उसले बीए. पास गर्न सकेन, दुर्भाग्य हो उसको | बा खसेको हुनाले खेती गर्ने कोही छैन | तर अब उसलाई पढ्न पनि मन लागेको हुँदैन । आमा रुन्छिन् । दाजुलाई घरको वास्ता छैन । उसलाई जनकपुर छोड्न मन लाग्दैन । तर खेतीको बेला गाउँ जानै परेको हुन्छ ।
ऊ पान खाएर स्टेशनतर्फ जान्छ । बेञ्चमा बसेर साथी कुर्छ । लोहारपट्टि जाने र जयनगर जाने दुवैतर्फको ट्रेन एउटै प्लेटफर्ममा लम्बिएको छ | अर्को प्लेटफर्म नै कुन छ र ! प्लेटफर्ममा मानिसहरू गज्याङगुजुङ भएका छन् । ऊ ज्यादै उदास हुँदै छ । अतः पैन्टको ब्याकपाकेटबाट काइँयो झिकेर कपाल कोर्छ | एउटा मोटो मानिस आफ्नी दुब्ली स्वास्नीलाई लिएर जयनगर जाने ट्रेनमा ठाउँ खोज्दै यताउता गरिराख्छ ।
‘स्वास्नीमान्छे सहनशील हुन्छन् ।’ ऊ विस्तारो आफूसँग बोल्छ ।
“हलो टीका, कहिले आइस् गाउँबाट ?’ चक्रबहादुरले उसलाई झस्काइदिन्छ ।
टीका उसको च्याप्टो अनुहारमा हेरेर हाँस्छ ।
‘हिजै त आएको हुँ । भन्, तेरो अफिसको काम कस्तो छ ?’
“के भन्नु यार, जिन्दगी बेकार भयो । कामको कसले वास्ता गर्छ ? साला एक त अफिसमा बसेर कामभन्दा बढ्ता अफिसरको खुसामद गर अनि उल्टै पनि खाऊ ।’
एउटा लुते कुकुर आएर बेञ्चतल बस्छ । चक्र पनि उदास मुख लगाएर बिँडी झिक्छ । कोइलाको गन्धले गर्दा वातावरण अनौठो लाग्छ । झुप्राझाप्रीको बीच-बीचमा पक्काघर माटोको डल्लाहरूका बीच इँटाको टुक्राजस्तो लाग्छ।
टीकालाई यस डल्लाकालाई यस वातावरणमा खुसी हुनेजस्तो कुनै कुरा लाग्दैन । चक्रको च्याप्टो नाक, च्याप्टो अनुहार र चिम्से आँखा देखेर उसलाई फेरि आफू राम्रो छु जस्तो लाग्छ | र सन्तुष्ट भएर लोहारपट्टितिर जाने ट्रेनतर्फ लम्केकी ठिटीलाई हेरिदिन्छ |
एक्कासि ऊ झस्केर चक्रलाई कोट्टयाउँछ, ‘ए चतक्रे, यो ठिटी तँसँग हाईस्कुलमा पढ्थी, होइन ?’
चक्र बिंडी सल्काएर बोलेको हुन्छ, “यसबारे तँलाई थाहा छैन र ? यो पहिलो पनि लभर बटुल्न सिपालु थिई र अझै पनि छ | तर अहिले महिला सङठनमा छ रे | आफ्नो सम्पर्कमा आएका महिलाहरूको कल्याण गर्न यो ज्यादै छ । यसैले त गोपालप्रसादलाई बहुला बनाएकी थिई | थुक्क !’
उसको थुक बेञ्चमाथि नै पर्छ र लोहारपट्टी जाने ट्रेन कराउँछ । बिस्तारो चिप्लेकीराझैँ चिप्हिँदै पश्चिमतिर लाग्छ ।
एक- दुईपटक टीकाले पनि त्यहाँकाे हरियाली चरेकाे हुन्छ । अधिकाश जेन्टलम्यानहरू त्यहाँकाे हरियाली चर्न पुगेका हुन्छन ।
पिपलको बोटतल खाडलमा कालो पानी असाध्य गन्हाउँछ | यो गन्हाउने वातावरणको अनुभव उसले फर्केपछि मात्र गर्न सकेको हुन्छ | स्टेशनवरिपरिका चियापसलेहरूका नोकरहरू लिकमा पत्थरकोइला बटुल्न लागेका हुन्छन् । घाँस काट्ने ठिटीहरू छिटी र हँसिया लिएर स्टेशनको पूर्वतर्फ गइदिएका छन् । मन्दिरको कर्सापट्टीको सानो तर्कारी-बजारमा घाँसका छिटीहरू बेचिएको देखेकाे हुन्छ । ठिटीहरूको घाँस छिटो बिकेको हुन्छ । बूढीहरू नाक खुम्च्याउँछन । घाँसकाे साथ आफ्नाे सम्पूर्ण हरियाली पनि बेच्छन । एक- दुईपटक टीकाले पनि त्यहाँकाे हरियाली चरेकाे हुन्छ । अधिकाश जेन्टलम्यानहरू त्यहाँकाे हरियाली चर्न पुगेका हुन्छन ।
ऊ चक्रलाई हेर्छ । चक्र अनासक्त भावले आँखा खुम्च्याएर बिंडी चुसिराखेको छ । उसले विशाल खुट्टा देखेर टीकाले आफ्नो खुट्टातिर हेरिदिन्छ । पातलो, कालो र फिँजारिएका औँला । किन-किन ऊ चोटको अनुभव गर्छ । अनि अलिक उदास भएर आफ्नो गाला छामिदिन्छ ।
‘चक्रे, तैँले छोरो पाइस् रे । भोज ख्वाउँदैनस् ? टीका प्रसन्नता प्रकट गर्ने प्रयास गर्दै बोल्छ । वास्तवमा उसलाई चक्रले छोरो पाएको कुनै खुशी छैन तर भोजको आशाले उसलाई अलिक उत्साह दिएको हुन्छ ।
“जाउँ, पान खाउँ ! चक्रले उसको कुराको जवाफ नदिएर बेज्चबाट उठिदिन्छ । टीकाले फेरि चोटको अनुभव गर्छ । ऊ पनि चुपचाप उठेर चत्रसँग हिँडिदिएको हुन्छ । स्टेशनबाट बाहिर आउँछन् । दुवैतिरका झुपडीहरू फोहरले घेरिएर कैद भएका छन् । घाम चर्किएर देब्रे कनपट्टी पोल्न थाल्छ | एक्कासि दाहिनेपट्टिको फुपडीबाट कोलाहल बाहिरिन्छ | सबै तमासा हेर्न थालेका हुन्छन् । पानपसले पानमा चुना लगाउँदा लगाउँदै घिच्रो तानेर झगडा हेर्न थाल्छ । उसकाे आवश्यकताभन्दा लामो गर्धन र गर्धनतल झुण्डिएको ओखरजत्रो रुद्रघणटी देखेर टीकाले ऐनामा आफ्नो गर्धन हेर्छ । उसलाई झगडा राम्रो लागिदिन्छ । आनन्दविभोर भएर आफ्नो विङ्ग सर्टको कलर माथि फर्काउँछ ।
पानपसले फेरि पान लगाउन थाल्छ । सबै आफ्नै आफ्नो-आफ्नो काममा व्यस्त भइदिन्छन् । मानौं यहाँ केही भएको छैन | एउटा उत्तेजनाको लहर एक्कासि बिलाएर जान्छ । टीका आफ्नो पातलो खिइएको पाखुरामा हेर्छ | अनि बहादुरीको अनुकुल आफ्नो बडी कन्सट्रक्सन नपाएर कलर तल झार्छ।
“अच्छा यार म हिँडेँ । नुहाएको पनि छैन र अफिस जानु छ ।” हात मिलाएर चक्र जान्छ ।
अफिस जान पाउनु कुनै महानता हाे जस्ताे टीकाले अनुभव गरेन । तर चत्रको व्यस्तताप्रति उसलाई ईष्र्या लाग्छ । भन्सार अड्डा , अनि भन्सार अड्डापछि नेपाल बैङ्क लिमिटेड अनि राष्ट्रबैङ्क , राष्ट्रबैङ्ककाे अगाडि नेशनल टेडिङको पसल भएको हुन्छ । ऊ शोकेसमा राखिएकाे घडी, कलम, चेन र यस्तै अनेकौँ कुरामा आँखा दगुराउँछ । एकजोड गृहलक्ष्मी नायलाकाे चाेलाबाट ब्रेसरकाे छटा देखाउँदै मन्दिरतिरबाट आउँछन् । ऊ अचानक सुसेल्न थाल्छ । उसलाई लाग्छ , बिहे गर्नुपर्छ । आमाले लडकी हेर्न गौर जा भनेकाे सम्झिन्छ । अतः ऊ एकपटक फेरि आफ्नो अनुहार छाम्छ | क्रसिङमा आएपछि ऊ सिग्रेट फैक्ट्री जाने धुलेबाटोतर्फ लाग्छ ।
घाम झन् चकिँदै छ । बिस्तारो-बिस्तारो धूलो उड्न थाल्छ । गाउँबाट हिँड्दाखरिका उत्साह नष्ट भइसकेको छ | जनकपुरमा आएपछि ऊ फेरि निराश हुन्छ | गाउँमा र सर्वश्रेष्ठ भएको हुन्छ । तर यहाँ कस्तो प्रतिस्पर्धा छ | दुईवटा कुकुरहरू आएर झगडा गर्न थाल्छन् । र झर्किन्छ र कुकुरलाई गाली गरेर अगाडि बढेको हुन्छ । आफ्नो पुरानो विङ्ग सर्टप्रति ऊ गुनासो गर्छ ! सधैँ एउटै लुगा लगायो भने कसैमाथि पनि राम्रो इम्प्रेसन परिदिँदैन । अनि यो जिनको पैन्ट पनि एक वर्ष खपिसकेको छ | शायद यसै हुनाले होला छिमेकमा बस्ने पुष्पलताले पनि आजकाल उसलाई देखेर आफ्नो अनुहारमा आह्वान ल्याउन नसकेकी | तर उसकी आमा भने अझै उसको घरमा आउँछे | उसको आमालाई टीका मनपरेको हुन्छ । तर टीकाको आमालाई पुष्पलताको हिपटाइटले जिस्क्याइराख्छ | साँच्चै भन्ने हो भने टीकाले कहिल्यै पनि पुष्पलताको अनुहारमा गडेर हेर्न सकेन । ऊ हेरेको हेर्यै गर्छ । अनि टीका आँखा कर्के पारेर आफ्नो फूलपैन्ट, विङ्ग सर्ट र हातखुट्टा हेर्छ । तर आफ्नो अनुहार हेर्न सकेको हुँदैन । पराजितझैँ खिस्स हाँसेर उसको पढाइको कुरा गर्छ ।
“हल्लो टीका, कता ?’
हल्लो, यसै घुमेकी ।’
हल्लोबाहेक केही नभनी एउटा साथी गइदिन्छ । हल्लो-हल्लो गर्ने साथीहरूको शिष्टाचारले गर्दा ऊ झस्किन्छ । फुर्सत नभए हल्लो पनि नभने फेरि त्यस्ताको प्रति हार्दिक रोष प्रकट गर्छ । टाउको जोडले हल्लाए गर्धन पड्काउँछ । बाटाको हवाइचप्पल र गोडासमेत धुलाम्मे हुन्छ । उसले एक्कासि गणेशले दिएको जासुसी उपन्यास सम्झिन्छ । अतः ऊ छिटो-छिटो घर फर्किन थाल्छ । बाटोमा उसले स्कूल जान लागेका ठिटीहरूलाई भेट्छ । अनि ऊ बिस्तारो हिँड्न लागेको हुन्छ । सबैलाई नियालेर हेर्छ । काली, गोरी, मोटी, पातली सबै उसको नजीकबाट गुजरिन्छन् । उसलाई वाक्क लाग्छ । र फेरि छिटो छिटो हिँडछ ।
भाइ उसलाई आएको देखेर छिटो-छिटो बिँडी निभाएर किताप सम्याउन थाल्छ |
आँगनमा आएपछि ऊ विरक्तिन्छ । जासुसी उपन्यास फिक्का होलाजस्तो लागिदिन्छ । कथानक सबैमा उस्तै हुन्छ । असम्भव कुराहरू, मारकाट, भागदौड अनि अन्तमा जासुसको सफलता । भाइ उसलाई आएको देखेर छिटो-छिटो बिँडी निभाएर किताप सम्याउन थाल्छ |
– ‘स्कूल किन नगएको ?’
-‘आमा पल्लो घरमा जानुभयो । दाजु आएपछि जानू भन्नुभा’को थियो ।’
“ए, पुष्पलताकहाँ जानुभयो ?’
‘अँ।… भनेर रमेश स्कूल जान थाल्छ ।
रमेश यहाँ हेर ! रमेश चुपचाप डराउँदै दाजुको सामुन्ने आउँछ |
‘तैँले बिंडी खाइस् ?’ दुई-चार थप्पड हिर्काएपछि उसले रमेशलाई स्कूल पठाउँछ ।
पुष्पलताको आमा गोमादेवीको लोग्ने स्वर्गे भएको उसलाई थाहा छ । आमालाई व्यर्थ दया लाग्छ । टीकाले कसैसँग पनि दया देखाउन सकेको छैन | जहाँ स्वार्थ छैन त्यहाँ दयाको के काम ? छ दयालाई अगाडि राखेर स्वार्थलाई पछाडि राख्न डराउँछ । अशिष्टाचार भए पनि स्वार्थलाई नै अगाडि राखेर दयालाई पछाडि राख्ने उसको बानी भएको छ ।
आँगनमा दाउराहरू छरिएका हुन्छन् । फुसको छानो उत्तरपट्टि अलिक ढल्किएको जस्तो छ । ऊ ओछ्यानमा आफ्नो जीउ पछार्छ । घुँडादेखि तलको भाग लत्रङ्ग खाटतल झरिदिएको छ | ऊ छानातिर हेर्छ । एकजोडा भँगेराले गुँड लगाउन थाल्छ । एउटा माउसुलीले क्वाप्प झिँगा निल्छ । छिः वाक्क लाग्छ । ऊ आङ मर्काएर कोल्टे परिदिन्छ । आफूले खेती गर्न नसेकेकोमा उसलाई आश्यर्च लाग्छ | आमाको विचारमा यस रोगको औषधि बिहे हो रे | तर कससँग बिहे गर्नु ? पुष्पलताको बैनी मञ्जुलतालाई उसले देखेको छ । ऊ पुष्पलताझैँ नजर लडाउन सकेकी हुन्न | पुष्प गोरी छ | पातली छ । राम्री छ | तर टीकालाई सिनो सम्झिएर गिद्धझैँ हेर्छ । ऊ मन पराउँदिनँ ।
चक्र अझै पनि भन्छ, बैनीचाहिँ मज्जाकी छ । टीकाले उसको ‘मज्जाकी’को अर्थ बुझेको हुन्छ । मञ्जु गोरी छैन । मोटीमोटी बैँसालु जीउडाल भएकि छ । एकछिनको लागि मञ्जु राम्री हुन सक्छे । ऊ टीकालाई देखेर लाज पनि मानिदिन्छे । अनि टीकाले उसको अङ्ग-प्रत्यङ्गको विश्लेषण गर्न पाउँछ।.
ऊ उत्तानो परेर हातको औँला पड्काउँछ र सोच्न बन्द गर्छ । मञ्जुको विषयमा सोच्दा उसको जीउमा खजरो दगुरेकैँ लागिदिएको हुन्छ । कहिलेकाहीं मञ्जु उससँग पढ्न आउँछे | पढ्दाखेरि ऊ दुवै खुट्टा एकातिर फर्काएर बस्छे । अनि जीउको सम्पर्ण भार सम्हाल्न ऊ दुवै हातले टेक्छे । यसो गर्दा टीकाले उसको विशाल छाती प्रष्ट देखिको हुन्छ । ऊ आत्तिएर ‘बुझ्यौ कि बुझिनौ भन्दै आफ्नो कामेको हातले उसको पिठ्यूँमा धाप मार्छे । आफ्नो दुर्बलता लुकाउन जुसले यसो गरेको हो भन्ने उसले प्रष्ट बुझेको हुन्छ । अनि उसलाई मञ्जुले पनि । यो कम्जोरीको प्रतीक बुझेजस्तो लाग्छ । अनि उ बोल्दा लरबराउन थालिदिन्छ । अतः ऊ खोक्न पनि थाल्छ । मञ्जु झन् मुसुक्क हाँसिदिन्छे । ऊ हरुवा भएपछि बिस्तारो बोल्छ, ‘तिमीलाई नराम्रो लाग्यो ?’
“के नराम्रो लाग्नु ?’ प्रश्नको बदला प्रश्न उपस्थित हुन्छ ।
त्यसो हुनाले ऊ फेरि खोक्न थाल्छ । मञ्जुको बोसो भरिएको मोटो जीउलाई ऊ कसाईझैँ हेरिदिन्छ । तर छुरी चलाउने आफ्नो अकुशलताले गर्दा आफ्नै गर्धन रेटूँजस्तो अनुभव गर्छ । अहिले यहाँ चक्र भएको भए के गर्ने थियो होला ? तर ऊ पनि धाक बढ्ता लगाउँछ | यो सोचेर ऊ सन्तुष्ट हुन्छ । फेरि अर्को धाप मार्ने शक्ति ऊ बटुल्न सकेको हुँदैन ।
उसले कुन हो मनोवैज्ञानिक लेखमा पढेको हुन्छ । ऊ उत्तेजित भएर आफ्नो पाखुरा सुमसुम्याउन थाल्छ ।
ऊ निसास्सिएकै खाटमा उत्तानो परेर लामो-लामो सास तान्छ । सिरानबाट डी- सलाई झिकेर सल्काउँछ । अब उसले पक्का निधो गरेको छ । यो उराठलाग्दो वातारणमा उसले मञ्जुको पाखुरा अवश्य समात्नेछ । यो सोचेर उसलाई भारी बिसाएझैँ हुन्छ । माउसुलीले फेरि एउटा झिँगा क्वाप्प निल्छ । ऊ खाटबाट जुरुक्क उठेर बसेको छ । आफ्नो सन्तोषपूर्ण र प्रसन्न अनुहार हेर्न खोज्छ | तर ऐना उसले पाएको छैन । ऊ एक्लै बरबराएको हुन्छ । उसको मगजमा अझै मञ्जुको पाखुरा सगबगाएको छ । माटो माटो पाखुरा कुमसम्म नाङगो पाखुरा । काखीतल कुर्ताबाट फुत्किएको खैरो-खैरो रौँको गुजुल्टो । त्यो रौँ ऊ पनि नरम भएको हुनुपर्छ । मञ्जुको फुकेको नाकको पोरा देख्दा उसलाई
ऊ रिसाएझैँ लाग्छ । तर ऊ रिसाएकी हुन्न । यस्ती ठिटी रिसाउन सक्तिन । उसले कुन हो मनोवैज्ञानिक लेखमा पढेको हुन्छ । ऊ उत्तेजित भएर आफ्नो पाखुरा सुमसुम्याउन थाल्छ । कोठा ज्यादै शून्य लागेपछि बाहिर आउँछ । ऊ हिजो गाउँबाट आउनासाथ गोमादेवीको हैन्ड-पाइपमा नुहाउन गएको हुन्छ ।
पुष्पलता भन्थी, “के तपाईं भरखर आउनुभा’को ? कुशवाहाकान्तको उपन्यास ल्याउनुभयो होला ।’
ऊ हेरिराखेकी हुन्छे । ऊ हेर्न सक्तैन । बोल्छ, बोल्छ, यसकाे बाेल्ट खुकुलाे भएछ , हल्लिन्छ ।’
‘के हल्लिन्छ ?’ ऊ हाँस्छे । टीका झसङ्ग भएर भन्छ, ‘यो पाइपको हैन्डिल ।’
पुष्पतला गएपछि मञ्जुलता बोल्छे, ‘तपाईं हल्लाएर चलाउनुहुन्छ | अनि त यस्तो भएको । बिस्तारो चलाए पानी पनि धेरै आउँछ ।’
मञ्जु पिंडीमा बसेर पढेको जस्तो गरेर उसलाई हेरिराखेकी हुन्छे | ऊ जोडले आफ्नो जीउ मिच्न डराउँछ, कहीँ मयल धेरै आइदियो भने ? तर बिस्तारो मिच्दा पनि उसलाई धेरै मयल आइदिएको जस्तो लाग्छ । अतः मञ्जुलाई हप्काएर भित्र पठाइदिउँजस्तो लाग्छ । तर र यसो गर्न असमर्थ भएको हुन्छ । पुष्लता नभए तापनि उसको हेराइ अझै उपस्थितजस्तो लाग्छ । कहिलेकाहीँ ‘हेराई जोडसँग आफ्नो छालामा गाडिएको जस्तो उसले अनुभव गर्छ । मञ्जु भित्र जाली भन्ने प्रतीज्ञा गर्दा-गर्दा उसले अनेक बाल्टिन पानी टाउकोमा खन्याइसक्यो। तर मञ्जु र पुष्पको हेराइ प्रस्तुत छ । लुगा फुकालेपछि ऊ आफ्नो बडी कन्सट्रकसनले गर्दा झन् लाज मान्छ । साप्राहरू त तैविसेक छन् तर पिँडौला कति पातलो छ। जे होस्, मारवाडीमार्का बडी हुनुभन्दा मस्कूलर बडी राम्रो । कस्सिएको र दह्रो जीउ हुनुपर्छ । उसलाई लाग्छ, उसको जीउ पनि यस्तै भएको छ | आखिर जन्मै दुब्लो भए तापनि पुष्प र मञ्जुभन्दा अवश्य पनि दुर्बल होइन होला | ऊ लुगा फेर्न जुरुक्क उठ्छ । तर फेरि उसलाई लाज लाग्छ | पुष्प र मञ्जुभन्दा बलियो छु भन्ने तर्क एक्कासि बिलाइदिन्छ । ठिटीहरूसँग आफ्नो बल दाँज्ने प्रयत्न उसलाई उपहासप्रद लाग्छ ।
हिजोको कुराप्रति ऊ रोष प्रकट गर्दै टाउको झट्कार्छ । पिँडीमा कमिलाकाे ताँती खाँबा उक्लेर छानोसम्म पुगेको छ | खाँबोमा लिपेको माटोको अनेक पत्र उक्किएको छ । लाग्छ, यो मासु झरेको हाङ मात्र हो । पुष्पलता कुशवाहाकान्तको उपन्यास माग्छे | तर ऊ जासुसी उपन्यास मात्र पढ्छ । अनि जासुसी उपन्यासमा सार्थकता नभेट्टाउँदा ऊ चक्रबहादुरले दिएको पुरानाे कोकशास्त्र पल्टाउँछ ।
कोकशास्त्र पल्टाउँदा उसलाई लाग्छ, मञ्जु अवश्य पनि हस्तिनी हो | सबै लक्षण मिलिदिएको छ | अनि उपयुक्त आसनको खोज गर्न थालेको हुन्छ । आसन खोज्दाखोज्दै ऊ आफ्नो आसन पनि फेर्न थाल्छ । र बुझ्दैन, उसले किन आसन फेरेको ? शायद हाड बिझायो होला | दुब्लो भएपछि राम्रोसँग बस्न पनि नहुनु |
कमिलाको ताँती पनि भङ्ग भएछ | आमा पनि गोमादेवीकहाँबाट आइपुग्नु भएछ । र उठेर कोठाभित्र जान्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।