साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा महिनाबारीको

कथा

Chovar Blues Mobile Size
नेचुरल्ली दीपक

यो त्यो बोलाको कथा हो, जब मान्छोहरू घर, परिवार, बस्ति र विवाह थालनी गर्दै थिए । कला, भाषा, संस्कार, धर्म, विधि आदिको थालनी हुँदै थियाो । यी कुराहरू परिस्कृत गरिँदै थियाो । अन्य जीवहरूभन्दा उच्च बन्न मानिसहरू भरमग्दुर प्रयास गर्दै थिए । अनेक गुरु र संस्कारकहरूको जन्म हुँदै थियो । मानवमा एकताको र प्रेमको खाँचो पनि थियो । सबैमा उत्सुकता र उत्साह थपिदै थियो । हो यसैबोला एउटा समस्या देखा पर्यो मानव समाजमा । पुरूष र महिलाबीच विवाद उत्पन्न भयो । विवाहको चलन थालनी भएपश्चात् पशु जगतभन्दा आफूलाई अलग दोखाउन मानवले पति-पत्नीबीच मात्र यौन सम्बन्ध राख्ने व्यवस्था बनाएको थियाो । यसो गर्नुको उद्देश्य विवाह संस्थालाई जोगाउनु पनि थियो । तर मानवमा सदा यौनमा सरिक हुने क्षमता र चाहनाले यो समस्या आइपरेको थियो । महिनाबारी हुँदा महिला यौनमा सामोल हुन असहज हुने तर पुरूषको जबरजस्तीले यो समस्या उत्पन्न भयो । यसले भर्खरै सुरू भएको मानव सभ्यता नै संकटमा पर्ने खतरा भएको दोखिएर बृहद भोला गरियाो । मानव सभ्यताको सुरूको कुनै स्थानको यो भोलामा संस्कार गुरु, स्वस्थ गुरु, धर्म गुरु आदि सबै गुरुहरुको उपस्थिति थियो । यस विषयमा निकै ठूलो विवाद र बहस भयो । धेरै महिलाहरू त पुरानै परम्परामा जाने सोचमा थिए तर पुरूष दबदबा बढेका कारण विद्रोह गर्न सकेनन् नारीहरूले । अन्तत: सबै गुरुहरुले निर्णय सुनाए ।

‘विशेष गरी महिनाबारी भएको अवस्थामा यौन कार्यका लागि पुरुषले महिलालाई बाध्य पार्न नपाउने । पारेको खण्डमा सामाजिक सजायको भागिदार हुने ।’

तर यो निर्णय राम्रोसँग लागू गर्न सकिएन । पुरुषको जिद्दी स्वाभावका अगाडि खासै केही हुन सकेन । अझ पुरुषहरु नै प्रायः नोतृत्वदायी भूमिकामा हुने भएकाले यो निर्णय उति फलदायी हुन सकेन । तसर्थ, अर्को निर्णय लिन बाध्य भयो समाज । भर्खरै सुरु भएको सभ्यतालाई जाोगाउने उनीहरुको एक मात्र उद्देश्य हुँदो हो ।

त्यसपछि अर्को निर्णय गरियो । जसअनुरुप नारीहरूले फरक स्थानमा एक्लै ३ दोखि ५ दिनसम्म बस्न पाउने ताकि उनीहरु बाध्य भएर यौनकर्ममा सामेल हुन नपरोस् । अनि आराम पनि मिलोस् नारीहरूलाई ।

तर समय अगाडि बढ्दै गयाो । सबै क्षेत्रमा पुरुष हर्ताकर्ता भए । नारीहरूलाई घरभित्र मात्र सीमित पार्न थालियो । ज्ञान र शिक्षाबाट उनीहरुलाई टाढा गरियो । अनेक धर्म र संस्कारको लोपन लगाएर यस प्राकृतिक नारी धर्मलाई गलत अर्थ र धारणाको विकास गरियो ।

sagarmani mobile size

महिनाबारीका लागि पहिलो पटक विशेष निर्णय लिइएको करिब १०० वर्षपश्चात् एक आमा पहिलो पटक यो अवस्थामा पाइला सारेकी आफ्नी छोरीलाई भन्दै थिइन्, “अब तैँले बुबा, दाजु-भाइ कसैको पनि मुख हेर्न हुन्न । पाँच दिनसम्म गोठमा बस्नु पर्छ । राम्रो खान र राम्रो ठाउँमा बस्नु पनि हुन्न । भान्सामा त पाइलै राख्न हुन्न । अरु कसैलाई पनि छुन हुन्न । नत्र देउता रिसाएर महाअनिष्ट हुन्छ । यो त हामी आइमाई पापी भएकाले पाएको सजाय हो, बुझिस् ?”

“कस्तो पाप आमा ?”

“धेर जान्ने नहू, खुरुक्क गोठतिर हिँड् त ! यो त देउताको पालाबाट चलेको थिति पो हो त !”

यति मात्र हैन, पुरुषहरूले पाप र देउताको थिति भनेर एकभन्दा बढी बिहे गर्न लागे । अनि प्रेमभन्दा पुरुषलाई महिलाले घरमा शारीरिक सुखबाट रिझाउनु पर्छ भन्ने शिक्षा हरेक नारीलाई दिन थालियो । नारीहरू युगौँसम्म आफूलाई पापी नै सम्झेर बाँच्न लागे । तर यो चलाखी षुरुषलो यौन आनन्दबाट कोही दिन टाढिनु पर्ने रिसले महिलालाई दिएका थिए । कसले सिकाउने नारी पापी हैन भनेर…।

प्रतिक्रिया
Loading...