उफ्, दिन पनि कस्तो धुम्मिएको ? पानी पर्छ जस्तो छ । आज कतै पनि गइएन, केही काम पनि छैन । काम नभएको दिन पनि बैराग लाग्छ । घरमा बस्न बोर’ लागेकोले साथीको घरतिर लाग्छु, समय बिताउने उपाय खोज्दै । तर ऊ पनि घरमा रहेनछ । उसकी दिदीसँग भेट भयो ।

उनले भनिन्- “आऊ न बसौं, गफसफ गरौं, म पनि एक्लै भएर बोर भइरहेकी छु । म उनको कोठातिर उक्लन्छु ।

घरका सबै बाहिर गएका रहेछन्- कोही जागिर खान, कोही पढ्न र बुढियाहरू आज कुन्नि के तिथि भनेर देवस्थलतिर । नभन्दै उनी एक्लै रहिछन् घरमा । मध्याह्नको चकमन्न छ । आँगनमा कुखुरा चरिरहेका छन् ।

उनी र म गफ गर्न थाल्यौँ । म मेचमा बसेर एउटा पत्रिका पल्टाउँदै उनीसँग गफ गर्दै छु । उनी पलङमा बसेर स्वेटर बुन्दै मसँग गफ गर्दै छिन् । गफ चल्दै छ- पढाइको, फिल्मको, उपन्यासको, फलानाको, ढिस्कानाको |

****

गफ गर्दागर्दै मलाई निद्राले घेर्न थाल्यो । म मेचमै उँग्न लागेकोले उनले भनिन्- “पलङमै आरामसँग सुत न ।”

“घरमै गएर सुत्छु” मैले भनेँ ।

उनले भनिन्- “यहाँ सुते पनि के भो र ? सुत न, अलिखेरमा म खाजा बनाउँला, खाँउला, त्यतिन्जेलसम्म भाइ पनि आइहाल्छ होला ।”

मलाई पनि घर फर्केर जान अल्छी लागेकोले उनकै पलङमा पल्टिएँ । केही बेरपछि निदाएछु पनि ।

****

निदाएको केहीबेरपछि मैले आफ्नो शरीरमा कसैको हात सल्बलाएको चाल पाएँ र ब्यूँझिएँ । उनी पनि मसँगै पल्टेकी रहिछन् । मलाई अप्ठ्यारो लाग्यो र चलमलाएँ । उनले मेरो शरीरबाट आफ्नो हात हटाइन् । केहीबेरपछि फेरि उनको हात मेरो पाइन्टभित्र पस्ने प्रयास गरिरहेको थियो । साथै उनको एउटा खुट्टा पनि मेरो खुट्टामाथि खप्टिएको थियो । यो देखेर म जर्याकजुरूक उठें ।

तर म पलङबाट ओर्लन नपाउँदै उनले मेरो कम्मर अठ्याउँदै भनिन्- “किन उठेको यत्ति चाँडै ?”

मलाई झोंक चलिसकेको थियो, त्यसैले म बोलें- “छोड्नुस् मलाई सुत्न पुगिसक्यो ।”

उनले छोडिनन् ।

“मलाई सुत्न पुगेको छैन ।” भन्दै तान्न थालिन् ।

मैले जङ्गिदै भनें- “के गरेको ? लाज लाग्दैन ?”

उनले भनिन्- “तिमीलाई यसरी भाग्न लाज लाग्दैन नि ?”

उनको ओछ्यानमा सुत्ने मुर्ख्याइँ गरेकोमा मलाई आफ्नै बुद्धिसँग पनि त्यतिखेर रिस उठिरहेको थियो ।

“भाइसरहको मान्छेसँग पनि यस्तो व्यवहार गर्ने ?” म उनको पकडबाट फुत्किँदै भन्न थालेँ ।

“भाइ ? को भाइ ?”

“म तपाईंको आफ्नै भाइ नभए पनि भाइसमानको छैन र ?”

“नाता त जे लगाइदिए पनि हुन्छ । तिमीसँगको मेरो नाता हाडले जोडिएको छैन, रगतले टाँस्सिएको छैन । तिम्रो र मेरो वास्तविक नाता त पुरूष र स्त्रीको नाता मात्र हो ।” उनी केही भावुक हुँदै गइन् ।

मलाई अब रिसभन्दा बढ्ता अचम्म लाग्न थाल्यो ।

“भिनाजु छँदाछँदै अरूसँग यस्तो गर्नु त पाप हो, बुझनुभो ।” म बच्ने उपाय गर्दै थिएँ ।

“त्यो मेरो पोइ भनाउँदोको बानीबेहोरा गतिलो भइदिएको भए त किन मलाई यस्तो मर्नु न बाँच्नु हुन्थ्यो र ?” उनी लामो निस्श्वास छाड्दै भन्छिन् ।

मलाई झन् अचम्म लाग्यो र सोधें- “किन र के भा’छ र भिनाजुलाई ?”

“स्वर्ग जाने बाटो गए पो स्वर्ग पुगिन्छ र स्वर्गीय आनन्द लुट्न पाइन्छ । नर्क जाने बाटोबाट नर्क पुगिन्छ, स्वर्ग पुगिन्न । म उसलाई स्वर्ग जाने बाटोबाट जाऊँ भन्छु तर ऊ मलाई नर्कको बाटोतिर जबर्जस्ती घोक्र्याउँछ ।” उनी गम्भीर भएर भन्छिन् । मैले उनको यो स्वर्ग र नर्कको कुरो केही पनि बुझिनँ र सोधें, “के भनेको यो स्वर्ग र नर्क ? मैले केही बुझिन ।”

“उसको सानैदेखि बानी बिग्रेको रहेछ । घरको काम गर्ने फुच्चे केटालाई नै उसले सिकार बनाएको रहेछ । उसलाई स्वास्नीमान्छे के हो भन्ने नै थाहा छैन । स्वास्नीले के दिन सक्छे, स्वास्नीलाई के दिनुपर्छ, उसलाई केही थाहा छैन, वास्ता छैन ।

उसलाई त स्वास्नीमान्छे नै चाहिँदैन, कलिलो केटो भए पुगिहाल्छ । त्यो मोराको यही उल्टो बानीले गर्दा मलाई त त्यसको मुख पनि हेर्न मन लाग्दैन ।”

बल्ल मैले कुरो बुझें र किन यी केटी धेरैजसो माइतीमै बस्छिन् भन्ने कारण पनि बुझें । मलाई उनीप्रति टिठ पनि लाग्यो । बैँसको प्रचण्ड तापले रनक्क रन्किएकी पोथी प्रकृतिलाई अतृप्तिको असह्य वेदना, यो पनि कम विडम्बना होइन ।

यही सोच्दै म उनलाई टोलाएर हेरिरहेको थिएँ । उनको लोग्नेले मात्र देख्न पाउने उनका शरीरका केही कुनाकाप्चाहरूको झल्याकझुलुक झलक यतिन्जेलसम्ममा उनले मलाई दिइसकेकी थिइन् । नढाँटीकन भन्ने हो भने ममा पनि स्थितिअनुकूल परिवर्तन आइसकेको थियो ।

तर पनि मेरो अगाडि नैतिकताको पर्दा थियो । मैले संयमसाथ भनेँ- ‘तपाईं जेसुकै भन्नुस्, मबाट यो पाप हुन सक्तैन ।”

बाहिर परिरहेको पानीलाई झ्यालबाट पुलुक्क हेर्दै पलङबाट ओर्लिएर उनले अलि कडा स्वरमा भनिन् – “तिमी त लोग्नेमान्छे नै होइनौ कि क्या हो ? यदि आज तिमीले मलाई निराश पार्यौ भने म तिमीले मलाई हातपात गर्न खोज्यो भनेर भाइलाई भनिदिन्छु, त्यसपछि तिमीहरू दुईजना साथीका बीच के हुँदो रहेछ थाहा पाउनेछौ ।”

म आफू राम्रैसँग धर्मसङ्कटमा फँसेको र आफ्नो पुरूषत्वलाई ठूलो चुनौती आइपरेको अनुभव गर्छु । अघिसम्म मैले देखेको नैतिकताको पर्दा अब बिस्तारै पारदर्शक हुँदै छ्याङ्ग भएझैँ लाग्छ । मलाई लाग्छ अब मलाई उनले मात्र होइन मेरै पुरुषत्वले समेत पनि जित्न लागिसकेको छ । पराजय स्विकार्दै म मेरो माथिल्लो बोक्रा छोडाउँदै भन्छु “यसै बेला कोही आयो भने नि ?”

उनी रमाउँदै मेरो तल्लो बोक्रा छोडाउँदै भन्छिन्- “तिमी त्यसको चिन्तै नगर । अघि नै तिमी सुतेपछि तलदेखि माथिसम्मका सबै ढोकाहरूमा मैले छेस्किनी लगाइसकेँ ।”

(श्रीरामसिंह बस्नेतको कथासंग्रह ‘यौनका फूल यौनका काँडा’बाट)