म सानो छँदा हली दाइलाई खाना लिएर जब म खेतमा जान्थेँ । जब ऊ खाना खान बस्थ्यो । म जोत्न लाग्थेँ । ती दिनहरूमै मैले थाहा पाइसकेको थिएँ, म आफूलाई त खेत जोतेर पनि पाल्न सक्छु ।
जुन दिन मैले केही अप्ठ्यारो नमानी मेरो बिरामी साथीको थाल धोएको थिएँ । त्यस दिन लाग्यो, म होटल खोलेर भए पनि जहान पाल्न सक्छु ।
धन बहादुरसँग पैसा नभएर उसको आधामै रोकिएको घर बनाउन निःशुल्क सहयोग गरेको थिएँ । त्यो दिन थाहा पाएँ, म मजदुरी गरेरै भएपनि छोराछोरी पाल्न सक्छु ।
मैले एम ए पास गरेको दिन मलाई लाग्यो, म इज्जत पनि कमाउन सक्छु ।
मैले मालपोतको हाकिमसँग बसेर मदिरा सेवन गरेकै दिन लागेको थियो, म धन कमाउन पनि सक्छु ।
तर मरौंला कहिलै सोचेको थिइनँ । के म मर्छु होला ? क्यान्सर लागे जतिका सब मर्छन् होला र ? मलाई आज पनि लाग्दैन म मर्छु भनेर ।
बुवाले “अब तँ छँदैछस्” भनेको दिन, मलाई पनि लागेको थियो आफ्नो छोरालाई म पनि यस्तै गरी भन्नेछु, “अब त छँदैछस्” तर के गर्नु आफू नै नहुने भैयो ।
त्यही धन बहादुर भन्छ, “यी चिचिलाको मुख हेरेपछि सब दुःख भुल्छु ” । त्यस गरिबको मुखबाट यही सुन्दा सुन्दै मलाई मेरा पनि सन्तान होस् लागेको थियो ।
अनि तपाईँले सन्तान नभए बुढेसकालमा दुःख खेप्नु पर्छ नभनेको भए पनि हुन्थ्यो । त्यही सुनेर र त मलाई सन्तान चाहिएको हो । तर अब त म युवा अवस्थामै मर्ने भए । वयस्क पनि छुन नपाइने भो ।
तपाईँ बुढेसकालमासम्मै बाँचिरहनु भा‘छ । कस्तो पसाङिएको तराजु रै’छ भगवानको है ।
मेरो त आयु बढीमा फेब्रअरी एकसम्म मात्रै छ भन्छ डाक्टर । ती चिसा दिनमा म चिसो हुने भए है । मलाई ओखरको फूल हुनु थिएन । आए गएको कसैलाई थाहा नहुने । अब तपाईँ नै भन्नुस्, म गए पछि न मेरो क्रिया हुन्छ न श्राद्ध । मलाई केही वर्षमै बिर्सिदिने छ यो समाज । सायद यही लोभले होला है मलाई सन्तानको लोभ लागेको ।
त्यही भएर नै म खोज्न निस्केको थिएँ , वीर्य पात्र । जो मेरो वीर्य दान लिएर । मेरो वीर्य आफू भित्र हुर्काइ यस समाजलाई मेरो नाममा एक मानव देओस् ।
मात्रै दूध आउने हुनाले, ऊ आइमाई हो लाग्छ । सायद ऊ केटी जस्ती हुनुको कारण उसको त्यो बच्चा पनि अप्रेसन गरी निकालिएको हो ।
सबैभन्दा पहिले उसैकहाँ गए । जो मेरी पहिली प्रेमिका थिई । ऊ मलाई माया गर्थी, दस कक्षामै उसले मतिर मायाको डोरी फालेकी थिई । मैले समातेको थिए । ऊ अलि कति कल्सरी छे, काली चाहिँ हैन । तर अरु खोट केही छैन । उसको एक बच्चा छ तर पनि ऊ केटी जस्ती देखिन्छ । केटी जस्ती नै छ, उसको प्रजननन अंग पनि । मात्रै दूध आउने हुनाले, ऊ आइमाई हो लाग्छ । सायद ऊ केटी जस्ती हुनुको कारण उसको त्यो बच्चा पनि अप्रेसन गरी निकालिएको हो ।
एस.एल.सी पास भएर जब म पढ्न बजार गएँ । उसलाई उसका बा आमाले पोइल लगाइदिए ।
ऊ माइत आउँदा, म घर हुँदा, हाम्रो जहिले भेट हुन्थ्यो । हाम्रो माया मरेको थिएन । यही राजधानीमा छ आजकाल । उसको पसल खोल्न मैले पनि सानो आर्थिक सहयोग गरेकै हुँ । अहिलेकी मेरि प्रेमिकासँग ठाकठुक परे म उसैकाहाँ जाने गर्थे । कहिलेकाहीँ उसलाई मेरोमा बोलाउने गर्थे । मेरो दोस्री भुतपूर्व प्रेमिका नेपाल आएदेखि चै उसकोमा खासै जान पाएको थिइनँ । र उसलाई बोलाएको पनि छैन । एक त मर्दैछु भन्ने चिन्ता लागिरहन्थ्यो ।
मेरो भाग्य भन्नु कि उसको दुर्भाग्य भन्नु ।
“म एकल महिलाले बच्चा जन्माए समाजले के भन्ला ?”
उसको र उसको श्रीमानको डिभोर्स भयो । उनीहरूको पहिलो सन्तान भएको एक वर्षमै छुटिए । खै गल्ती कसको हो, ऊ चाहिँ आफ्नो श्रीमानलाई दोष लगाउँछ । उसको श्रीमान गलत निस्क्यो र त आजसम्म हाम्रो सम्बन्ध ठीक छ । म मरेपछि चै हाम्रो सम्बन्ध बेठीक हुने भयो ।
उसले के भनी थाहा छ ,“म एकल महिलाले बच्चा जन्माए समाजले के भन्ला ?” के भन्थ्यो र है समाजले आजसम्म उसको दुःख कम गराएको छ र यो समाजले ? फेरि भनी, “तिमी त मर्ने नै हौ । मलाई जिउँदै किन मार्छौ ?” त्यसपछि मैले उसलाई खुब फकाउने कोसिस गरेँ । पहिलो प्रेमको माग यही हो भनेँ । यदि उसले मेरो वीर्य दान ग्रहण गरी भने म मरे पनि मेरो छाया ऊसँगै रहनेछ भने । हाम्रो प्रेम युगौसम्म बाँचिरहने छ भने । उसले यही समाजका कुरा बीचमा ल्याइरही । मैले समाजले त सीता माथी पनि प्रश्न गरेको थियो भनँे । त्यसपछि मैले उसलाई अर्को सहरमा घर किनिदिने र उसको व्यापार बसाइदिने प्रस्ताव राखेँ । यसै पनि म मर्दैछु भन्ने खबरले ऊ निरास थिई । केही समय रोई पनि । ऊ रुँदा मलाई पनि रुन लाग्यो । म उसको अङ्गालोमा बाँधिएर रोएँ । र उसले रुँदै मेरो कानमा , “म एकफेरा सोच्छु अनि कुरा गराँैला नि” भनेपछि म त्यहाँबाट निस्किएँ ।
“विवाह गरेर विदेश जाऊ”
त्यसपछि म, मेरी क्याम्पस पढ्ने बेलाकी प्रेमिकाकोमा गएँ । उसको र मेरो प्रेम कहानी पनि सुन्नुस् । पहिलो प्रेम भुतपूर्व भैसके पछि म दोस्रो प्रेम गर्न स्वतन्त्र थिएँ । प्रेम गरौं भनेर ऊसँग प्रेम गरेको हैन, सँगै बसेर हिसाब गर्दा गर्दै एक अर्कालाई प्रेम गर्न थालेका थियौं । ऊ त्यही बजारकी लोकल थिई । तर ऊ गोरी थिई, बोइलर जस्ती । विदेश जान चाहन्थी, विदेश जानलाई जुनसुकै सम्झौता गर्न सक्थी । मलाई नभनेकी हैन, भनेकी थिई , “विवाह गरेर विदेश जाऊ” ।
म “देश मै केही गर्छु” भन्थेँ । अब देशमै मर्ने भएँ ।
आजकाल लाग्छ त्यो बेला विदेश जान्छु भनेको भए मेरो मेडिकल टेस्टमै थाहा हुन्थ्यो होला । म फस्ट इस्टेजको क्यान्सर रोगी हुँ भन्ने । अनि म अलि बढी बाँच्नका लागि औषधि मुलो गर्थेँ । त्यो अवसर थाहा नै नपाइ गयो । एउटा अवसर जाँदा आफै जानुपर्ने दिन आउन सक्छ कहिलै सोचिनँ मैले । मेरो त्यही विदेश नजाने ढिपीले ऊ पि.आर वालासँग विदेश गई । उसको एउटा सपना पूरा भयो । ऊ विदेश गएनी मलाई विदेशी बनाइनँ । उसको श्रीमान काममा हुँदा उसले भिडियोबाटै भएपनि मेरो काम देउतालाई शान्त पारी । त्यतिसम्म गर्ने मान्छे, मलाई माया गर्दिन कसरी ठान्नु ?
नेपाल आएपछि पनि ऊ अनेक बहानामा मेरो घर आइरहन्छे । त्यसरी आफ्नो श्रीमानको आँखा सजिलै छल्न सक्नेले एउटा हाम्रो प्रेमको निशानी, मेरो बीउ त लुकाइ हाल्नी नि भनेरै ऊ कहाँ गएको थिएँ । उसले पनि खुब दुःख प्रकट गरी म मर्दैछु भन्ने जानकारी पाएर ।
“धान हुनेको घरमा हो, भकारी हुने । उसको श्रीमानसँग धान नै छैन रे !”
उसले आफूले बच्चा राख्न चाहेको तर श्रीमानले थाहा पाए गाह्रो हुने कुरा जानकारी गराइ । त्यसपछि मैले ,“महिला पृथ्वी हो । उसले यस्ता बीउ लुकाएर राखेकी हुन्छ । तिमी पनि राख्न सक्छौ” भन्दा के भनी थाहा छ ? म त दङ्ग खाएँ । नेपाल हुँदा हामी सँगै पढ्थौं, मेरो कोठामा । अरु पनि गर्थ्यौं । हाम्रो आदत जस्तै थियो, अरु गर्नु । प्रायः दिनहु जसो हुन्थ्यो “अरु” । उसले आफैँलाई कसरी रोकि होली यी दुई वर्ष । उसले यति ठूलो कुरा आफ्नो सानो मनमा कसरी लुकाइ होली ? उसले भनी , “धान हुनेको घरमा हो, भकारी हुने । उसको श्रीमानसँग धान नै छैन रे !”
यो कुरा सुन्दा तपाईँलाई कस्तो लाग्यो ? दुःख कि खुसी ? हो सुरुमा सुन्दा मलाई पनि तपार्इँकै जत्तिको दुःख लाग्यो । र पछि खुसी लाग्यो । यो एक अवसर थियो मेरा लागि । अनि उसलाई सोधेँ, “के तिमी बच्चा जन्माउन चाहन्नौ र ? उसले , “आफू आमा बनेको सपना देख्छु” भनी । कस्तो कुरा हेर्नुन, म आफ्ना छोराछोरी सँग डाइनिङ टेबलमा सँगै बसेर खाना खाएको सपना देख्छु । उसको पनि मेरा जस्तै पूरा नहुने सपना रैछ्न् । तर उसले चाहे उसको सपना सजिलै पूरा हुन सक्छ । त्यसैले त मैले उसलाई भने, “तिमी घुमाउरो पाराले आफ्नो श्रीमानलाई नियोगका लागि राजी गरन त । म कसैको वीर्य दान लिउ भनेर सोध ? यदि उसले मान्यो भने । यो समाजमा उसको साख रहन्छ र मेरो सन्तान । हामीलाई थाहा भएकै कुरा हो । वेदव्यास नियोगका लागि राजी भएर नै हस्तिनापुर बच्यो । कुन्ती र मादृले नियोगकै साहारा लिएर पाण्डुको वंश रह्यो । यसरी तिम्रो श्रीमानको वंश रहन्छ र मेरो वीर्य रहन्छ । उसलाई सम्झाऊ विचित्र बिर्य र पाण्डु जस्ता महान मान्छेले पनि नियोग जारी राखेकै हुन ।”, मलाई भित्र भित्र लाग्न थाल्यो ऊ मान्छे र अन्त्यमा भनेँ, “म जिउँदै रहे पो उसको आत्मसम्मानमा ठेस लाग्ने हो, दुःख हुने हो । म त मरि जाने मान्छे । दुनियाँले यत्ती थाहा पाउने छ बाउ बन्यो ।”
ऊ केही छिन चुप लागी । अनि भनी, “केही त्यस्तो पोजेटिभ सिङ्नल आए, म खबर गर्छु है ।”
उसको श्रीमानले उसको प्रस्ताव मान्ने चान्स कम छ । किनकी ऊ भित्र पनि एक पुरुष इगो छ । त्यसैले उसले मेरो वीर्य ग्रहण गर्ने चान्स पनि कम नै छ र पोजेटिभ सिग्नल आउने चान्स पनि कम नै छ । आए राम्रै हो । उसको पोजेटिभ सिङ्नल पनि कुरिरहेको थिएँ र अर्को विकल्प पनि खोजिरहेको थिएँ ।
त्यसपछि म कहाँ गए थाहा छ ?
उसले भनी, “यदि मैले बच्चा जन्माए भने म कहाँ कोइ आउँदैन, मेरो जिउ सकिन्छ । “हेर्नुन म जाँदैछु, मेरो पुरै सकिँदैछ ।”, उसलाई चिन्ता आउनेको र जिउ सकिनेको छ ।
अहिलेकी मेरी प्रेमिकालाई त म बिहा नै गर्न चाहन्थेँ । त्यो भन्दा त कुनै सभ्य कल गर्ल आमा बन्दा उत्तम हुन्छ लागेर म एउटा कल गर्लकोमा गएँ । जसकोमा म त्यो विदेश वाली छुटेपछि जान्थेँ । अहिलेकी भेटिनु अघि जान्थे । पहिले वाली राजधानी आउनु अघि जान्थे । कहिलेकाहीँ आफ्नै घरमा पनि बोलाउँथेँ । ऊ पनि आउँथी, म पनि जान्थे ।
ऊ कल गर्ल भएपनि कहिलै नाइ भन्थिन । म रक्सी धोकेर जाँदा पनि नाइ भनिन । ऊ मिन्स हुँदा पनि नाइ भनिन । मलाई आज पनि लाग्छ त्यो मलाई माया गर्छे । जब उसले सुनी म मर्दैछु भन्ने मेरै बोलीबाट । उसका आँखाबाट बलिन्द्र धारा आँसु बगे । मलाई अङालो हारेर रोइ । उसँगै म पनि रोएँ ।
उसले भनी, “यदि मैले बच्चा जन्माए भने म कहाँ कोइ आउँदैन, मेरो जिउ सकिन्छ । “हेर्नुन म जाँदैछु, मेरो पुरै सकिँदैछ ।”, उसलाई चिन्ता आउनेको र जिउ सकिनेको छ ।
त्यसपछि मैले उसलाई पैसाको प्रलोभन दिएँ र भनेँ , “ म सबै चेकमा सिङ्नेचर गरेर दिन्छु । तर ती चेक सब बच्चा जन्मेको डेटपछि मात्र साट्न मिल्नेछन् । र बच्चा उसको पेटमा तीन महिना पुगेको दिन मेरो यो रियल स्टेटको बिजनेस सब उसको नाम गरिदिन्छु र मैले यो पनि भने, “कतिन्जेल धन्दा गरेर बस्छौ ?” मेरो छोरो जन्माऊ । आमा भएर बस ।”
उसलाई थाहा छ । म मातेर गएको दिन होस् या पुरै होशमा गएको दिन । मैले उसलाई सधै उसले मागेको भन्दा बढी नै दिएँ । यति पैसा त ऊ जिन्दगीभर कमाउन सक्दिनँ । पैसाको मामलामा मेरो नियत ठीक छ भन्ने कुरा उसलाई थाहा छ । उसले, “म सोचेर भन्छु भनी । अनि म त्यहाँबाट निस्केँ ।
हप्ता दिनसम्म पनि कहीँबाट केही खबर आएन । म अपुतो नै मर्ने भए लागिरह्यो । मैले मेरा पुर्खाको वीर्यको विरासत मेरा सन्ततीलाई सुम्पिन नपाउने भएँ लागिरहन्थ्यो ।
दिन घट्दै थिए । अब मसँग सय दिन मात्र बाँकी थिए । मैले सबै सम्बन्ध, व्यापार घटाउँदै लिएको थिएँ ।
उसले, “मसँग मजाक नगर” भनी ।
एकदिन मेरि अहिले कि भनौ या मेरि कान्छी मेरो कोठामा आई । उसलाई त्यो दिन खुब मुड आएको थियो । ऊ मुड बढी भएको दिन, थोरै रक्सी खान्छे यो उसको बानी हो । सायद रक्सीले अप्राकितिक सम्भोग गर्न सजिलो पार्छ होला । खासमा उसको यही जंगली स्वाभावले गर्दा म योसँग बिहा गर्न चाहन्नथेँ, सन्तान उत्पत्तिको कुरा त परको भैगो । योबाट जन्मने सन्तान एकदम उदण्ड जन्मिने छ लाग्थ्यो । भन्छन् नि “मर्ता क्या नही कर्ता” । ऊ र म नाङ्गै बेडमा पल्टिरहेका बेला मैले सब भनेँ ।
उसले, “मसँग मजाक नगर” भनी ।
पछि रिपोर्ट हेरेपछि त्यसको चित्त बुझ्यो ।
अहिलेसम्म सिंङ्गो ब्राह्मणको ज्ञानको रूपमा बाँचिरहेका छन् ।
अनि रोइ । मलाई चुम्दै रोई । ऊ मलाई चुमिरहँदा मैले सोधेँ, “मेरो सन्तानलाई जन्म दिन्छौ ?” भनेर । बरु म तिम्रो सिउँदो भर्न तयार छु । अचम्मको कुरा उसँग बिहा नगर्ने योजना मेरो थियो तर उसले त बिहाबारे मैले कहिलै सोचिनँ पो भनि । अनि मैले भए भरको सब सम्पत्ति उसको नाममा गरिदिन्छु भने ।
र सम्पत्तिले जतिकै सम्वेदनाले काम गर्छ लागेर । अनेक विवाहपूर्व मात्र प्रेमबाट जन्मेका सन्तानको उदाहरण दिएँ । जन्माउने प्रेमी र प्रेमिकाको उदाहरण दिएँ ।
दुश्यन्त र सकुन्तलाको प्रेमको रुप भरत । अहिले भारत भएर बाँचिरहेका छन् ।
सत्यवती र परिसरको प्रेम वेदव्यास । अहिलेसम्म सिंङ्गो ब्राह्मणको ज्ञानको रूपमा बाँचिरहेका छन् ।
सूर्य र कुन्तिको प्रेम कर्ण । अहिलेसम्म दानको पर्यायवाची भएर बाँचिरहेका छन् । यसरी चौधै भुवनका कुरामा उसलाई । बिलमैले अल्झाएपछि उसले नाइँ त भन्न सकिनँ तर भनी मलाई केही दिन समय देऊ ।
अब तपाई नै भन्नुस् । म कसैलाई समय दिन सक्ने अवस्थामा छु र ? म पाए कसैको समय किन्थे अलिकति बाँच्थे । मैले मात्र दुई वर्ष पाएको भए म बिहा गरि आफ्नो सन्तानको मुख हेरि मर्थेँ । मेरो आयु दुई अंकमा हिँडिरहेको थियो । मैले अप्ठ्यारो पर्न सक्छ भनी तपाईँंको नम्बर स्पिड डायलमा राखिसकेको थिएँ । कम्तिमा हजुरलाई म मर्दैछु भन्ने जानकारी दिन पाउँ भन्ने थियो । मैले पालेको त्यो कालो कुकुरलाई स्वतन्त्र छोडिदिएको थिएँ । तर ऊ मेरै घरभित्र बसिरहेको थियो । सायद म मरे पछि ऊ घर छोड्ला । बँगैंचाका फूलका बोट छाटिसकेको थिए । मेरो यो सहरमा अरु गर्नु पर्ने बाँकी के नै छ । तपाईँ भेट्न बाँकी थियो त्यो पनि पूरा गरिसकेँ । अब म ढुक्कले मर्नेछु ।
खासमा मलाई म मर्दै छु भन्दा पनि मैले वीर्य पात्र पाइन भन्ने ठूलो गुनासो थियो । सिर्जना गर्न सकिने, सन्तान सिर्जना हो, त्यही गर्न सकिनँ भन्ने थियो । अरु यी धन सम्पत्ति त कमाउने कुरा न हुन । सन्तान त सिर्जना हुने कुरा हो ।
म निन्द्रामै थिएँ धन्न त्यस दिन बिहान मेरो घरको ढोका ढकढकियो । मेरो वीर्य पात्र भेटियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।