
‘सुत्न जाऊँ दाइ ।’
लुरुलुरु हिँडेको मान्छे ठिङग भएँ । पुरानो बसस्ट्याण्ड कटेको मात्रै छु । आश्चर्य लग्यो र आवाज आएतिर देखेँ । एक मस्त सुन्दरी मुखमा मास्क लगाएर उभिएकी छे । म उसलाई सोध्न खोज्थेँ, व्यस्त रहेको फुटपाथमा कस्तो कुरा बोली ? मैले चिनेकी स्त्री होइन ऊ । तर मलाई चिनेरै त्यसो भनेकी हो भन्ने लागेपछि मेरा मनमा अनेक जिज्ञासाहरू जागे । त्यसलाई ‘लु हिँड जाउँ’ भनेर लैजाऊँ र ऊसँग मनका कुरा खोलेर मलाई मेरै कुरा बुझ्न मन लाग्यो । तर मेरो लाने ठाउँ थिएन । मेरा आफ्नै विवशताहरू थिए ।
उसले मलाई किन छोड्थी र ! मैले कदम चाल्नै लाग्दा भनी, “कहाँ जान लागेको ?”
उसका आँखामा प्यास थियो । तनमा जोस थियो । ऊ आवेगमा आइसकेकी थी । उसको चाला लज्जाहीन भइरहेको थियो । ऊ फुटपथमै अँगालोले मलाई बेर्न चाहन्थी ।
मैले उसलाई कहिल्यै देखेको थिइनँ । तर मलाई चाहिँ उसले पहिल्यैदेखि लख काटेकी रहिछे । मलाई यही बसस्ट्याण्डमा देखेकी रहिछ । दुई दिनअघि पनि मलाई यहाँबाट रत्नपार्कतिर जाँदै गरेको देखिछ र पछ्याइछ ।
“दाइ, तपाईं कति छिटो हिडेँको ? अस्ति यहीबेला तपाईं यो फुटपथको बाटो कट्नु भयो । म परसम्म गएर पनि तपाईंलाई भेट्न सकिनँ । मसँग एउटा जुँघे काले पनि थियो । त्यसले थाहा पाउँछ भनेर बोलाउन सकिनँ । दाइ जाऔँ, मलाई लिएर हिँड्नुहोस् । तपाईं जहाँ लानुहुन्छ म जान तयार छु ।”, उसका आँखाहरू बलिरहेका थिए । बाघले सिकार भेटे जसरी झम्टीरहेकी थिई ।
मैले सोधेँ, “को थियो त्यो मान्छे ? के सम्बन्ध छ त्यससँग तिम्रो ॽ”
“ऊ त्यहाँ त्यसको डेरा छ । भाडाको टट्टु हो । परिवार छैनन् । एक्लै बस्छ काले ।”, झर्नै लागेको ब्यागको फित्ता कुमतिर तानी । बाटेको चुल्ठोबाट खुस्केर झुलेका केश चुल्ठोमै दोबरी ।
म एक कदमपछि हटेँ । किनकि, त्यसको नतिजा ठिक थिएन । ऊ जतिबेलै मलाई कोपर्न खोजेको देखिन्थी ।
“त्यो मान्छे किन आएको ॽ अनि के गर्यो ॽ”, म उसका कुरा सुन्न हतारिएँ ।
उसले मलाई सर्तले बाँधी । मैले अस्वीकार गर्न सकिनँ । हामी दुबै जना होटलको काउन्टरमा पुग्यौँ । होटल साहुनीसँग उसैले कुरा मिलाई । पैसा उसैले तिरी र कोठासम्म लगी ।
त्यो काले एक्लो मान्छेबारे मेरा मनमा कुरा खेल्न लागे । मैले उसलाई त्यो मान्छेबारे छिटो बताउन भनेँ ।
“एकदिनको कुरा हो । मसँग पैसा थिएन । किनेर खान गाह्रो भयो । उपाए खोज्दै जाँदा त्योसँग भेट भयो ।”, उसले भनी ।
“तिमीलाई अभाव टार्न पैसा दियो ॽ”
“दियो । तर……”
“फेरि के भयो ? सुनाउन मिल्छ ॽ”
“मिल्छ । दाइ, खाजा खाऊ है ।”, उसले साहुनीलाई डायल गरेर खाजा र पेय मगाइ अनि अट्याच बाथरुम पसी ।
“तपाईं पनि वास हुनुहोस् ।”, सेतो तौलिया मलाई दिदैँ भनी ।
खाजा खाँदै गर्दा उसले थुप्रै कुरा सुनाइ । पाँच वर्षअघि राकेशले उसलाई धोखा दिएर विदेश गएको रहेछ । बिहे गर्ने वचन दिएर ऊबाट आफ्नो स्वार्थ पूरा गरेछ । विदेश गएपछि पनि कतिपल्ट केही पैसा पठाएको रहेछ । पछि विदेशमै एउटी स्त्रीको प्रेममा परेपछि राकेशले सम्बन्ध टुटाएको रहेछ ।
“विदेश गएको राकेशले तिमीलाई धोखा दियो तर तिम्रो भाग्यले स्वदेशमै बसेको कालेलाई पायौ । फेरि के भयो ?”, मैले कुरा खोतल्ने प्रयासले भनेँ ।
“दाइ, मेरो भाग्य छैन । भावी पनि कोडी बनेर मेरो भाग्य लेखेका रहेछन् ।”
“मतलब, कालेसँग तिम्रो प्रेम छैन ?”
“शरीर पैसाले किन्नेसँग कसरी प्रेमको पवित्र सम्बन्ध हुन सक्छ र ? ऊ यौनानन्दका लागि जति पनि पैसा दिन तयार हुन्छ । त्यो चोखो प्रेम होइन नि दाइ !”
उसका आँखामा निस्किएका पिलपिले आँसु लामा नङले आँखा जोगाएर पुछी र भन्न लागी, “राकेशसँग मेरो सँच्चा प्रेमको भावनात्मक सम्बन्ध थियो । शारीरिक सम्बन्ध होइन । हाम्रो प्रेममा बिहेपछि मात्र शारीरको सम्बन्ध राख्ने प्रतीज्ञा थियो ।”
“कालेले पैसाले तिम्रो शरीर किन्यो । त्यही भन्न खोजेको हो तिमीले ॽ”, मैले थोरै आवेग ल्याउने कोसिसमा भनेँ ।
“हो ।”
“के भन्यौ ॽ उसले तिमीलाई लुट्यो ॽ”
“उस्ले मलाई लुट्ने हर प्रयास गर्यो । मलाई निचोर्न खोज्यो । चुस्न खोज्यो र कप्प खाउँला जस्तो गर्यो । म मानिनँ । उस्ले मलाई पैसाको बिटा देखायो । अँह, म मान्दै मानिनँ । उस्को अघिल्तिरको भित्तामा झुण्डिएको तक्मा देखेर मैले उसलाई चिनिसकेकी थिएँ । ऊ पेन्सन पकाएर विदेशबाट आएको फौजी रहेछ । त्यसपछि म उस्को कोठाबाट निस्किएँ । उसले बाटामा भेट्यो भने हातमा आए जति पैसा दिन्छ । के गर्नु दाइ ? म अभागिनी । त्यसको थुप्रै पैसा समाइसकेकी छु ।”
“आमाबुवा ? तिम्रो घर परिवार नि ?”
“नसोध्नुस् दाइ त्यो कुरा !”
“तिमीले गरेको हिम्मत देखेर विश्वास भएन ।”
“सत्य हो । मेरो घर भर्खरै सरकारले डोजर लगाएर तोडफोड गर्यो । ऊ त्यो भग्नको थुप्रो देख्नु भयो नि ॽ”, उठेर गएर उसले झ्यालको पर्दा सारेर देखाई ।
मैले मुन्टोले देखेको सङ्केत गरेँ ।
झ्यालको पर्दा त्यहीँ अल्झाइ र फर्किएर आएर ओछ्यानमा बसेर भन्न लागी, “आमाले मलाई जन्माएपछि नै छोडेर जानु भएको रहेछ । बुवा दरबारियाहरूको छेउको हुनुहुन्थ्यो । बुबालाई उनीहरूले बोलाएर लिएर गएको दस वर्ष भयो । बुबा फर्किनु भएन । सम्झिएर छाती चिरिन्छ । भक्कानो फुटेर आउँछ । अबला नारी, त्यो पनि सर्वहारा टुहुरी भएर बाँच्नै नसक्ने भएँ दाइ ।”
“तिम्रो नाम नि ॽ”, मैले उसको नाम जान्न खोजेँ ।
“ललिता !”
फेरि दोहोर्याइ, “ललिता अभागी !”
मैले भने, “मलाई राजनारायन भन्छन् ।”
मेरो ध्यान समयतिर गयो । साँझ परिसकेको थियो । पर्दा दोब्रिएको झ्यालको कुनाबाट चिहाएर हेरेँ । भग्न घरको अवशेषमाथि बिजुलीको प्रकाश प्रतिफलित भएर टल्किरहेको थियो । पर परसम्म सहर पुरै बिजुलीको प्रकाशले झलमल देखिन्थ्यो । मैले बिदा लिने प्रयास गरिहेरेँ ।
उसले मलाई उम्किन नदिने सुर गरेर भनी, “श्रीमान् राजनारायन ! के तपाईं एक नारीको अन्तरव्यथा बुझ्न सक्नुहुन्न ? सहाराबिनाकी एउटी नारीको पीडा ?”
“तिमी नारी, म पुरुष । हामी बिचमा भिन्नता केही छैन, बुझ्यौ ललिता । उही हाड, छाला, मन र मुटु । दुख, पीडा र वेदनाहरू उस्तै ।” भनेँ ।
“म कहाँ हिँडेको मान्छेलाई कहाँ ल्यायौ ! सबै कामहरू लठीभद्र छन् । मलाई जान देऊ ।”, मैले उसलाई अनुरोध गर्न खोजेँ ।
उसले मलाई छोडने छाँट थिएन । म ललिताको फन्दामा परिसकेको थिएँ । मैले मेरा कुरा राखेँ, “तिमी राजघरानकी एक सुन्दर नारी । म कहाँको सामान्य एक मर्द । तिमी र मलाई समाजले स्वीकार्दैन । जातले, परिवेशले, उमेर केहीले स्वीकार नगर्ला । तिमी समभ्रान्त शाह परिवारकी, दुखमा परेकी एक नारी । म पाती पढेर दिन गुजार्ने बाहुन परिवारको एक पुरुष । हाम्रो संसार बन्न सक्दैन । यो सब व्यर्थ छ ललिता, जो तिम्रो मनले सोचेकी छौ ।”
“पुरुषहरू स्वार्थी हुन्छन् । कोही पैसाले प्यास मेटाउन चाहने । कोही प्रेमको आगोले समेत नगल्ने । तपाईं कुन श्रेणीको ?”
उसले मलाई कुरा घुमाएर छेड हानी । मसँग सबै कुराको जवाफ हुँदाहुँदै पनि प्रत्योत्तरमा चाहिँ ती कुरा भनिनँ । किन भने मैले ललिताको मन बुझिसकेको, पढिसकेको थिएँ । ऊ प्रेमवासनाले आकुल थिई । उसले होटल साहुनीलाई फोन लगाई र फेरि केके मगाई । रातले बिस्तारै घुम्टो ओढ्दै थियो । हामी पनि होटलको कोठाभित्र आफ्नो आफ्नो प्रकारको जीवन-भोगाइका पीडाहरू कोठाभित्र बसेर आवेग बढाउदै थियौँ र बैँसको मादकता पिउनै लागेका थियौँ ।
यो मादकता होटलको कोठाभित्रको एकान्तमा । यौवनको रागले होस गायव हुनै लागेको थियो । ललिताले विष नै घोली । बिर्को खोलेको रक्सीको बोतल मेरा मुखमा घोप्टाई । जबर्जस्त घोप्ट्याई । त्यसपछि खै के भयो मैले भन्न सकिनँ । निद्राबाट ब्युझे जसरी ब्युझँदा मैले लगाएको पहिरन मात्र होइन ललिताका समेत लगाएका सबै लुगा छरपस्टै मिल्काइएको थियो । ऊ पनि नाङ्गै थिई । म पनि नाङ्गै थिएँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

