सीताले श्रीमती मरेका विदुर वयस्क रमणलाई आफैँले फोन गरेर भनिन्, ” हुन त मेरो उमेर २२ बर्ष मात्रै हो । हजुर ३८ बर्षको हुनुहुन्छ । गरिबको जीवन जिउनु भन्दा हजुरसँग जीवन जिउन खुशी छु ।”
विस्वास लागेन । त्यहाँ मााथि छोरीको उमेरको युवतीको कल पत्याउने कुरा भएन । आफू भ्रममा छु कि भनेर रमणले आफैँलाई चिमोटे । दुख्यो । फेरि कल आयो । कल तेहरिए पछि विश्वस्त हुन कर लाग्यो ।
आफैँले मेहनत गरेर टन्न कमाएकाे थिएँ । आफन्तको साथमा किनमेल गर्न गएँ। सुन जोडे पछि काम लाग्छ भन्ने लाग्यो । आठ तोलाको गहना किनेँ । लुगा तथा श्रृङ्गारका सामान किनेँ । तेस्रो दिन विश्वस्त पात्र लिएर सीताको घरमा पुगेँ । सीताको बा शालिन थिए । खाना साना बनाएर एकछिन बाहिर जान्छु भनेर सीता प्रेमीको घरमा पुगिन् । गाउँका सबैलाई उठाएर ल्याइन् ।
“जबर्जस्ति छोरीसरहको यूवतीलाई बिहे गर्न आउने हो ? ” गाउँलेका एउटै आवाज गुञ्जियो । माक्क र मुक्क सबैले हिर्काए । भएका सुन, गहना तथा पैसा सबै लुटे ।
भीडमा एक विद्वान जस्ता लाग्ने एक वृद्ध थिए । उनलाई अवस्था गडबड जस्तो लाग्यो । प्रहरी बोलाए । प्रहरीले पनि भीडको आवाज सुन्यो । न्याय हुन सकेन । मान्छे मर्न सक्छ । अनर्थ नहोस् भनेर युवतीको बासँग ती गाउँलेले छलफल चलाए । सबै बिषय छर्लङ्ग भएपछि छोरीले बेइमानी गरेको यकिन भयो ।
उनले रमणसँग माफी माग्दै भने, “हुन त हालका प्रधानमन्त्रीका पुत्रीहरुले छिमेकी देशमा विवाह गरेर उताका नागरिकता लिएका थिए । अदालतले गृह मन्त्रीको मात्र विषय प्रस्तुत गर्यो । फैसला अपाच्य लाग्यो । दण्डहीनताको हामी नराम्ररी शिकार भएका छौँ । शक्ति र भीडले जे गरे पनि मान्न थाल्याैँ । आफ्नै छोरीले मलाई फसाइदी ।”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला