“तीन सय एकासी बाेरा ।” मैले भनेँ।

“तीन सय एकासी बाेरा किताब ?” उसले अलि नपत्याएकाे भाव व्यक्त गर्याे।

मित्र ‘उराठी’ गौतम

“हाे, ब्रिटिश इण्डियाका नेपालकाे लागि तत्कालीन  राजदूत हड्सन थिए।उनैले आजभन्दा लगभग २०० वर्ष अगाडि नेपालबाट फर्कने बेला ३८१ बाेरा बहुमूल्य सम्पदाहरु लगेर गएका थिए।” स्पष्ट गर्न खाेजेँ मैले।

“कुन थिए त्यस्ता बहुमूल्य किताबहरु?” बल्ल जिज्ञासु बन्यो ऊ।

“विशिष्ट खालका प्राचीन वाैद्ध ग्रन्थलगायत अन्य पनि जाे संसारमै अन्यत्र थिएनन्। हड्सनले भारत र बेलायतसमेत पुर्याए।अङ्ग्रेजले ती ग्रन्थ अनुवाद गरेर विश्वव्यापी गराए।” म पनि उसको अगाडि अझ जान्ने पल्टिएँ।

“हाम्रा पूर्वजहरु साँच्चिकै विद्वान रहेछन् हगी ? त्यस्ता त्यस्ता ग्रन्थहरु लेख्ने !” उसले थप जिज्ञासा देखायो।

“हाम्रो भाषा, कला, संस्कृति त प्राचीन कालमा उत्कृष्ट नै थियोे नि। तथापि ती ग्रन्थमध्ये प्रज्ञापारमिता इशाकाे पहिलो वा दाेस्राे शताब्दीतिर ऋषि नागार्जुनले भारतमा तयार पारेका थिए।” मैले थप बुझाउने काेशिश गरेँ।

“अनि भारतबाट कसरी आयो त नेपालमा ?” प्रश्न तेर्सायाे फेरि ।

“महायानी वाैद्ध धर्मका विशिष्ट नाैवटा लगायत महत्त्वपूर्ण ग्रन्थहरु पनि नेपाल भित्रिए।भारतमा जब मुगलहरुले आक्रमण गरे तब नालन्दा, विक्रमशिला विश्वविद्यालयहरु ध्वस्त  भए। त्यस बखत कतिपय बहुमूल्य ग्रन्थहरु नष्ट भए।कतिपय विद्वानहरुले बाेकेर नेपाल भित्र्याए।लामो समयसम्म ती नेपालमा सुरक्षित रहे तर हड्सनले पुनः बाहिर लगे।” मलाई जानकारी भएको कुरा सबै ओकलेँ।

“हैन, यी सब कुरा तँलाई कसरी थाहा भयो ?” उसले भन्यो।

गर्वले छाती फुलाउँदै मैले जवाफ दिएँ  “शताब्दी पुरुष ‘सत्यमोहन’ पढेर नि।”