“के गर्दैछौ यार” भिडियो कलमा रमणले आरोहणलाई सोध्छ।
“ड्युटीबाट भर्खर रुम आइपुगेँ। तिमी के गर्दै छौ ? पढ्दै छौ ?”
“लु न मलाई पनि विदेशतिर तान्नु पर्यो तिमीसँगै ।”
“किन र ? तिम्रो अधिकृत बन्ने सपना, गाउँ छाडेर काठमाडौँ बसेर गरेको तयारी , के भो?”
“हेर न यार यो साल पनि विज्ञापन त धेरै संख्यामा भयो। तयारी पनि राम्रै छ तर ब्याचलरको रिजल्ट नआए पछि के गर्नु र ? बरु तिमीले जित्यौ यार बेलैमा विदेशिएर।”
आरोहणले केही नबोली भिडियो कल काटिदिन्छ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला