ऊ जहिल्यै भन्ने गर्दथ्यो, “आ …मधेसको गर्मीमा को बस्न सक्छ ? गर्मी उस्तै । घामले डढेर उस्तै कालो भइने ! मलाई त मधेस त पटक्कै मन पर्दैन । हाम्रो काठमाडौँ आहा ! चिसो ,शितल अनि हराभरा सहर | यस्तो ठाउँ छाडेर म त मधेसमा सित्तैमा जग्गा दिए पनि बस्दिनँ ।”

म पनि जवाफमा भन्ने गर्थें , “त्यस्तो फुटानी चाहिँ नगरौँ । मान्छेले कहिलेकाहीँ खान्न भनेको कुरा खानु पर्छ । जान्न भनेको ठाउँमा जानु पर्छ । भोलिको दिन कसले देख्छ र ?”

आचार्य प्रभा

लु … म एक कट्ठा जग्गा तिमीलाई सस्तोमा दिन्छु | लिइराख |भवितव्य भन्ने कुरा कसले जान्दछ र ? यहाँ पनि जोडी राखे आफ्नो सम्पति सुरक्षा नै हुन्छ ।”

उसले नाख खुम्च्याउँदै भन्थ्यो, “हैन … मलाई नखिज्याऊ न हौ । मैले भनिहालेँ त । म मधेशमा एक रात पनि बिताउन सक्दिनँ ।”

यसरी हाम्रो मधेस र काठमाडौँ बसाइबीच छलफल हुन्थ्यो | ऊ पटक्क मान्दैनथ्यो मदेशमा बस्न |

आज ऊ मलाई फोन मार्फतबिन्ति बिसाइरहेछ , “मित्र लौ न ! जसरी भए पनि मलाई ४ आना जग्गा उपलब्ध गराइदिनु पर्यो । ठिक दाममा । मेरो त उठिबास नै लाग्यो | अझै कम्पन आउन छाडेको छैन । घरको भरोसा भएन । अनाहकमा हौसिएर पाँचतले घर ठोकियो । रातदिन डरले मुटु काँपी रहेछ ।”

म केही जवाफ दिन सक्दिनँ केवल अतितमा मैले उसलाई बिन्ति बिसाएको मात्र सम्झिन्छु , “मित्र मधेस पनि त धर्ती नै हो । किन यत्तिका घृणा गर्छौ ? घर नै नबनाए के भो त ? थोरै भए पनि माटो लिइराख |”

उसको अहंमपना सधैँ बोल्ने गर्थ्यो, “कहाँ काठमाडाैँ सहर ? कहाँ तिम्रो मधेस ? हा …हा …..हा !”

कठै !अहिले ऊ दिनमा पचास पटक फोन गर्छ, “म उसलाई उसरी नै जवाफ दिन्छु । कहाँ काठमाडौं ? कहाँ यो मधेस ? हा.. हा… हा …|

ऊ सानो स्वरमा भन्ने गर्छ , “यार आई एम सिरियस । डन्ट जोक विथ मि ।”