साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

घर फर्केका पाइला

डा. पुष्करराज भट्ट


डा. पुष्करराज भट्ट

त्यो परिवारमा दुई जना श्रीमान–श्रीमती मात्र थिए । नयाँ पुस्ता सब विदेशमा । वरपर दाजुभाईको घर थियो । आपतविपतमा काम लाग्ने दाजुभाई नै थिए । एक दिन साँझपखको कुरा हो, बुढाले छिमेकतिर हल्ला भए जस्तो ठाने ।

“पहिला त कुनै हल्ला सुनिँदैनथ्यो, आज के को हल्ला हो यो ?” बुढाले बुढीसँग सोधे ।

bahulako diary small and inside post

“कोरोना के कोरोना….? बुढीले भान्साबाटै भनिन् ।

“कोरोना ? कोरोना पनि यसरी बोल्छ र ?” बुढाले अचम्म माने ।

“होइन, कोरोनाले बोल्दैन । कोरोनाको डरले सब घर फर्केका छन नी ! कोरोना संसारभरि फैलिएको छ । यसैका डरले तपाईँका भतिजाका घरपरिवार अनि गाउँभरका जवान मान्छे सब घर फर्केका छन् नी । चाडबाड जस्तो हुने भयो !” बूढीले सारा वृतान्त बताइन ।

“लौ गजब भएछ त । वषौंपछि आफन्त भेटघाट हुने भयो ।” बुढाले अचम्म मान्दै भने ।

सम्बन्धित पोस्टहरु

तीन लघुकथा श्रृंखला २३

तीन लघुकथा श्रृंखला २१

दुई लघुकथा

लघुकथा : पुछिएको आँसु

बिहान उनको घरमा ठूलो भीड देखियो । दाजुभाइका छोराबुहारी, नातिनातिना सब भेटन आएका छन् ।

“लौ राम्रै भयो । महामारीको बहानामा भेट त भयो ।” बुढाले सन्तोक माने ।

“हामी त सुख खोज्न गएका बडाबा ! दुःख पो पाइयो । यस्तो होला भनेर सोचिएको थिएन ।” एउटा भतिजाले आँसु झार्दै भन्यो ।

“धेरैपछि घर आयौ, राम्रै भयो । लामो यात्राबाट आएका छौ । यात्रामा अनेक यात्रुसँग भेट भयो होला । एकपटक चेकजाँच गराऊ । आफ््नो र आफ्ना परिवारको सुरक्षाको लागि पनि जरुरी छ ।” बुढाले आफ्नो कुरा राखे ।

“कति वर्षपछि घर आएका छन् । आफन्त, दाजुभाइ, साथीसँगी भेटन पाएका छैनन्, चेकजाँच गराऊ, के भन्न लाग्नुभएको हो ?” बुढी रिसाइन् ।

“जीवन रहे न घरपरिवार, आफन्त, साथीभाइ हो । जीवनै नरहे केही रहँदैन । आफू र आफ्नाका लागि पनि यो जरुरी छ ।” उनी बोल्दै गए ।

प्रतिक्रिया
Loading...